सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
एक सातादेखि मध्यचीनको हुपेई प्रान्तको उहान सहर लगभग बन्द छ । उहान जाने–आउने सबै रेलमार्ग र हवाई मार्ग बन्द छन् । सार्वजनिक सवारी, सहरी रेल र ढुवानी सेवा पनि सबै बन्द छन् । कुनै विशेष कारण बिना उहानमा मानिसलाई उहान छोड्न बन्देज लगाइएको छ । नोवेल कोरोना भाइरसको सङ्क्रमणले महामारीको रूप लिइरहेको बेला उहान प्रशासनले लिएको यो ठूलो निर्णय हो ।
पछिल्ला दिन कोरोना भाइरसको सङ्क्रमण अझ व्यापक बनेको छ । उहानमा अझै पनि रहस्यमयी कोरोना भाइरसको कारणले हुने निमोनियाका बिरामी निकै बढेको छ । हुपेई प्रान्तमा नयाँ कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको सङ्ख्या पाँच हजार नाघेको छ । उनीहरूमध्ये अधिकांश मानिस उहानमा छन् । चीनका अन्य सहरमा पनि कोरोनाका बिरामी देखिएका छन् । अधिकांश मानिसको सङ्क्रमणको स्रोत भने उहान नै देखिएको छ । नयाँ रोगविरुद्ध लड्ने सबभन्दा पहिलो पाइला भनेको यसलाई उहानबाट बाहिर फैलिन नदिनु हो ।
कोरोना भाइरसको सङ्क्रमण व्यापक बन्दैछ । भाइरसको सङ्क्रमण रोक्न चीनले दु्रततर प्रयास गर्नुपर्छ र निश्चित उपलब्धि हासिल गर्न ठोस कदम चाल्नुपर्छ ।
सन् १९४९ यता चीनले यति ठूलो प्रादेशिक राजधानी बन्द गर्ने निर्णय गरेको हो । उहान चीनका नौ प्रान्तको केन्द्र हो । उहान मध्यचीनकै सबभन्दा ठूलो यातायात केन्द्र हो । त्यसकारण यो केन्द्र बन्द गर्ने सरकारको निर्णय त्यति सहज निर्णय पक्कै होइन । यसको निम्ति ठूलो साहस र विवेकको खाँचो पर्छ ।
उहानका जनताले यतिबेला गरिरहेको त्यागको हामी उच्च कदर गर्छौं । महामारी नियन्त्रणको लागि उहानका जनताले ठूलो त्याग गर्नुपरेको छ । उहानका केही मानिसको नियमित यातायात सेवा प्रभावित बनेको छ । निःसन्देह यसले उनीहरूको दैनिक जीवनमा गम्भीरता असहजता आइपरेको छ ।
उहानका १ करोडभन्दा बढी जनताको सहनशीलता कदरयोग्य छ । यस्तो गम्भीर समयमा ठूलो मन बनाएका उहानका जनताप्रति चीन र संसारका जनताले सम्मान गर्न जरुरी छ ।
उहानका जनताको साथमा सम्पूर्ण चिनियाँ जनता छन् । उहानको रक्षा गर्नसकेमात्र आज यो नयाँ रोगविरुद्ध चीनले विजय हासिल गर्न सक्नेछन् । उहानमा महामारी नियन्त्रणमा भएको प्रगतिबारे चिनियाँ समाजले नजिकबाट नियाल्न जरुरी छ ।
नयाँ कोरोना भाइरसविरुद्ध लड्न उहानको दृढनिश्चयी कदमले ठूलो महत्व राख्छ । तर, यसको अर्थ चीनका अन्य भूभागमा जनताले चैनको निद्रा सुत्न सक्छन् भन्ने होइन । आजसम्ममा यो भाइरस चीनका विभिन्न सहरमा फैलिसकेको छ । भाइरसले अझै अर्को रूप धारण गर्न सक्छ र मानिसलाई त्यसबारे कममात्र जानकारी छ । सङ्क्रमित व्यक्तिले अर्को व्यक्तिलाई रोग सार्नसक्ने सम्भावना अझै पनि उच्च छ ।
केही समयको उहान बन्दले भाइरस नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ । चिनियाँ समाजसँग भविष्यको लागि एकजुट हुनुको विकल्प छैन । चिनियाँ जनताले उहान निमोनियाविरुद्ध एक भएर लड्नैपर्छ किनभने त्यसबाहेक अरू कुनै विकल्प छैन ।
स्रोत ः ग्लोबल टाइम्स
Leave a Reply