खासाङखुसुङ खोला सफाइ अभियान चासो, बुझाइ र वास्तविकता
- असार १४, २०८३
–आरोही श्रेष्ठ
नेपाली समाजमा रहेको एउटा कुरीति बहुविवाहलाई निरुत्साहित गर्ने भन्दै २०७५ भदौदेखि लागू भएको मुलुकी देवानीसंहितामा दोस्रो विवाह स्वतः बदर हुने व्यवस्था गरिएको छ । बहुविवाह स्वतः बदर गराइदिने कानुनी प्रावधानले घुमाउरो तरिकाले महिलाहरू नै थप पीडित हुने जोखिम बढाएको छ ।
दोस्रो वा तेस्रो श्रीमतीको रूपमा विवाह गरिएका अधिकांश महिलाहरूलाई झुक्याएर विवाह गरिएको पाइन्छ । त्यसरी झुक्याएर दोस्रो विवाह गरिएका महिलाहरूले एकातिर अनाहकमा सजाय भुक्तान गर्नुपर्ने स्थिति छ भने अर्कोतिर भावी जीवन नै डावाडोल बन्ने गरेको छ । झुक्याएर दोस्रो विवाह गरिएकी महिलाको विवाह बदर हुँदा उनले फेरि विवाह गर्ने स्थिति लगभग नरहने गरेको छ । बालबच्चा जन्म भइसकेको अवस्थामा बच्चाको मायाले पनि महिलाले दोस्रो विवाह गर्न नसकिने हुन्छ । देवानीसंहिताको दफा ७१ उपदफा (३) मा उपदफा (२) बमोजिम झुक्याइ विवाह गरेको कारणबाट मर्का पर्ने व्यक्तिले त्यस्तो विवाह बदर गराउन र झुक्याई विवाह गर्ने वा गराउनेबाट मनासिव क्षतिपूर्ति दाबी गर्नसक्ने छ भने व्यवस्था भए पनि जेलमा परेका पतिबाट र पत्नी कायम रहेकी साताबाट पीडित महिलाले केही पनि पाउन सक्ने अवस्था व्यवहारमा निकै कठिन छ ।
२०७५ भदौमा यो कानुन कार्यान्वयनमा ल्याइँदा बहुविवाहजस्तो कुरीतिको अन्त्य गर्ने प्रयासस्वरूप ल्याइएको भन्दै स्वागत भएको थियो । नयाँ मुलुकी देवानी संहितामा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको छ । यस्तै बहुविवाह गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्मको जेल सजाय हुनसक्ने उल्लेख गरिएको छ । उक्त कानुनले बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागिरका लागि अयोग्य हुने स्पष्टरूपमा उल्लेख गरेको छ । तर, महिलालाई झुक्याएर गरिएको रहेछ भने महिलामाथि अदालतले सजाय नगर्ने गरेको पाइएको छ तर सम्बन्धबिच्छेदबाट जन्मेको र जन्मने बच्चाको कानुनीरूपमा अधिकार सुनिश्चित भए पनि व्यवहारमा अधिकार मिलिरहेको छैन । सम्बन्ध विच्छेद भएका आमाबाबुसँगै बस्ने अवस्था नभएकोले तिनीहरूको अवस्था टुहुराको जस्तो हुने देखिएको छ । महिला हितमा आएको कानुनी व्यवस्थाले महिला र बालबालिका नै पीडित भएको देखिएको छ ।
Leave a Reply