ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
भक्तपुर, १६ भदौ । ख्वप मावि र ख्वप कलेजको वार्षिक उत्सवको अवसरमा भइरहेको छैठौँ ख्वप बास्केटबल प्रतियोगिताको नकआउट चरणका खेलहरू बिहीबारबाट सुरू भयो । माघ ११ गतेबाट सुरु भएको उक्त प्रतियोगिताका खेलहरू यसअगाडि लिगको अधारमा खेलाएको थियो ।
बिहीबार भएको स्नातक तहको छात्र प्रतियोगितामा एसएस कलेजलाई लुम्बिनी कलेजले ख्वप कलेज ‘बी’ लाई जेभीयर कलेजले, चाणक्य कलेजलाई अक्सब्रिज कलेले र मोर्गन कलेजलाई नेस्ट फिल्ड कलेजले पराजित गरी सेमिफाइनलमा पुग्न सफल भए ।
त्यस्तै स्नातक तहको छात्रा प्रतियोगितामा एसएस कलेजलाई लुम्बिनी कलेजले र चाणक्य कलेजलाई ख्वप कलेजले पराजित गरी सेमिफाइनलमा पुग्न सफल भए ।
विद्यालयस्तरीय छात्र प्रतियोगितामा एभरेष्टलाई सैनिकले र नेपाल प्रहरीलाई ख्वप माविले पराजित गरी सेमिफाइनलमा पुग्न सफल भए ।
विद्यालयस्तरीय छात्र प्रतियोगितामा चाँगु माविलाई एभरेष्ट स्कूलले पराजित गरेको छ । प्रतियोगिताको सेमिफाइनल खेलहरू शुक्रबार सञ्चालन हुने आयोजक विद्यालयले जनाएको छ ।
Leave a Reply