सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
सुनिता गाइसी
नेपाल सुन्दर मुलुकको रूपमा विश्वमा परिचित छ । यहाँका प्राकृतिक सुन्दरताको साथै विभिन्न जनजाति र भाषा संस्कृतिले सबैलाई आकर्षित पार्ने गरेको छ । हरेक जातजातिका फरक फरक रीतिरिवाज र संस्कारले सुनमा सुगन्ध थपेसरि भएको छ । यस्तै संस्कृतिका धनी नवलपुर
(कावासोती) बद्रुवाका बोटे समुदायका बारेमा केही चर्चा गरिन्छ । बोटेहरू नेपालका विभिन्न भागमा छरिएर रहेका छन् । यस नवलपुरको बद्रुवा र सेरगञ्जलगायतका क्षेत्रहरूमा बोटे समुदायको बसोबास रहेको छ । यी समुदायका मानिसहरू नदी किनारको छेउछाउमा बसोबास गर्ने गरेको पाइन्छ । कतिपयले यिनीहरूको नाम अङ्ग्रेजी भाषाको द्ययबत बाट आएको गलत धारणा पनि राख्दछन् । डुङ्गा चलाएर आफ्नो गुजारा गर्ने भएकोले बोटे नाम भएको हो भन्नेहरू पनि भेटिन्छन् । हाल आएर यिनीहरूको पेशा सङ्कटमा परेको देखिन्छ ।
यस समुदायका मानिसहरूको आफ्नो मातृभाषा बोटे भए पनि अरू जातिका मानिसहरूसँग नेपाली भाषामा नै कुराकानी गर्छन् । बद्रुवामा बोटेहरूका साथै अन्य जात जातिका मानिसहरू पनि बसोबास गरेको पाइन्छ । जस्तै ः थारु, तिवारी, मगर, गिरी इत्यादि । यस समुदायका मानिसहरू सारै मिलनसार र सोझा हुने हुनाले सबैसँग मिलेर बस्ने गरेको र समुदायमा कुनै नराम्रो झगडा नभएको कुरा स्थानीय तिवारीहरू बताउँछन् । बोटेहरू केही मात्रामा कृषि पेशामा लागेका देखिन्छन् । यिनीहरूले मकै, फापर, तोरी, साग तरकारी उत्पादन गदर्छन् तर आफ्नै जग्गा जमिन नभएको उनीहरूको दुखेसो छ । यिनीहरूले विशेष गरेर गाई, गोरु, बाख्रा, कुखुरा पाल्ने गरेका छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका बोटेहरू आफ्नो गुजारा चलाउन ज्याला मजदुरी गर्दछन् । पहिले–पहिले जस्तो माछा मारेर जीविका चलाउने अवस्था हाल नरहेको कुरा सोमलाल बोटे बताउँछन् । यो क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने हुनाले हाल स्थानीय प्रशासनले जाल हानेर माछा मार्न रोक लगाएको छ । यसले गर्दा पनि बोटेहरूको दैनिक गुजारा चलाउन धौ–धौ परेको कुरा उनीहरू बताउँछन् ।
बोटे समुदायको शैक्षिक अवस्था निकै कमजोर रहेको छ । पढेलेखेका मानिसहरू निकै कम रहेका छन् । कमजोर आर्थिक अवस्था भएकोले आफ्ना बालबालिकालाई राम्रो शिक्षा दीक्षा दिन नसकेको कुरा स्थानीय बोटेहरू बताउँछन् । आफ्नै दुनियाँमा रमेका यिनीहरू राजनीतिक सेरोफरोबाट निकै पर रहेका छन् । अन्य ठाउँका (सेरगञ्जतिर) बोटेहरूलाई सरकारले घर बनाइदिएको तर यस क्षेत्रका बोटेहरूले सरकारबाट केही सुविधा नपाएको गुनासो व्यक्त गर्दछन् । यस समुदायका केही महिलाहरू महिला समूहमा आबद्घ रहेका छन् । यस क्षेत्रमा मध्यवर्ती जनजागृति महिला समूह रहेको छ । यस समूहले महिलाहरूलाई विभिन्न किसिमका तालिमहरू दिँदै आएको छ ।
यस समूहले महिलाको आय आर्जन वृद्धि गर्न ढाकाका विभिन्न सामानहरू बनाउने तालिम दिएको छ । धेरैजसो बोटेहरू अशिक्षित भए पनि उनीहरूलाई परिवार नियोजन, स्वस्थ र सरसफाइको बारेमा जानकारी भएको कुरा उनीहरू बताउँछन् । यस क्षेत्रको मुख्य सवारी साधनहरूमा साइकल मानिन्छ । यहाँका प्रत्येक घरमा साइकल देखिन्छ । बालबालिका स्कूल जानेदेखि बजारबाट सामान ल्याउन, खेतीपातीको काममा जान, दाउरा स्याउला ल्याउन, बिरामीलाई जँचाउन लैजान, ज्याला मजदुरी जान विभिन्न कामका लागि साइकलको प्रयोग गर्दछन् । जाडो मौसममा न्यानो कपडाको अभाव हुनाले बिहान बेलुकी यी विपन्न बोटेहरू आगोको छेउमा बसी आफूलाई न्यानो राख्ने प्रयत्न गर्दै रहेका दृश्यहरू प्रशस्तै देखिन्छन् । बुढाबुढी र बालबालिकाहरू जाडोबाट बढी पीडित रहेका छन् । सरकारले विपन्न आदिवासी जनजातिहरूको हकहितको लागि विशेष कदम चाल्न जरुरी छ ।
Leave a Reply