तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
जुम्ला, १६ माघ । जुम्लामा ‘श्रमिक’ साप्ताहिकबारे अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टी जुम्लाको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रियामा नेमकिपा जुम्लाका उपाध्यक्ष राजेश्वर देवकोटाले ‘श्रमिक’ साप्ताहिकले देशभक्त नागरिकलाई यर्थात राजनीतिक चेतना फैलाइरहेको बताउनुभयो । नेमकिपाको राजनीतिक विचारको प्रचार गर्न मात्रै नभई ‘श्रमिक’ साप्ताहिकले विश्व राजनितिक परिवेशलाई समेत सरल र संचिप्तमा जनतामाझ शिक्षा दिएको उहाँको भनाइ थियो । जुम्लाका नेमकिपा कार्यकर्तालाई ‘श्रमिक’ साप्ताहिकले दिएका जानकारी र शिक्षा कुनै विश्वविद्यालयमा गरिएको अध्ययनभन्दा कम नभएको उपाध्यक्ष देवकोटाले उल्लेख गर्नुभयो ।
नेमकिपा जुम्लाका सदस्य सन्तबहादुर खत्रीले नेमकिपाले भक्तपुर जिल्लालाई देशकै उत्कृष्ट बनाएको बताउनुभयो । नेमकिपाको विचार र व्यवहार देश र जनताको हितमा रहेको उदाहरणका रुपमा भक्तपुर जिल्लाको प्रगतिलाई हेर्न सकिने उहाको भनाई थियो । ‘श्रमिक’ साप्ताहिकले नेमकिपालाई भक्तपुरमा थप मजबुत बनाइराखेको उहाको धारणा थियो ।
नेमकिपा जुम्लाका अध्यक्ष यज्ञबहादुर बुढ्थापाले अहिले सञ्चारका विभिन्न माध्ययमका कारण पत्रपत्रिका अध्ययन गर्ने वातावरणमा असर पर्न थालेपनि ‘श्रमिक’ साप्ताहिकको महत्व कायमै रहेको बताउनुभयो ।
अन्तरक्रियामा नेमकिपा जुम्लाका सदस्य श्रीराम गीरी, पूर्वजिल्ला सदस्यहरू सिंहबहादुर विष्ट र देवीबहादुर बुढ्थापाले पनि ‘श्रमिक’ साप्ताहिकले नेपाली समाजलाई सत्य तथ्य जानकारी दिने सेतुको काम गरेको भनाई राख्नुभयो ।
नेक्राकिसँग जुम्लाका अध्यक्ष विर्खबहादुर रावत, नेक्रामजदुर सङ्घका अध्यक्ष हर्कबहादुर बोहरा, नेक्रायुसङ्घका अध्यक्ष लालबहादुर बुढा, नेक्राशिसङ्घ जुम्लाका अध्यक्ष नरबहादुर बुढा र सदस्य सतलसिंह रावत, किसानसङ्घ जिल्ला सदस्य बेलपुरा न्यौपानेलगायतले ‘श्रमिक’ साप्ताहिकको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।
अन्तरक्रियामा सहभागीहरूमध्ये केहीले ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको नियमित तथा समयमै उपलब्ध हुने वातावरणको माग गरेका छन् ।
Leave a Reply