भर्खरै :

एमसीसी झन् गलत

सत्तारुढ नेकपा वैचारिक अस्पष्टताको जगमा हुर्केको दल हो । सत्ताप्राप्ति नै नेकपाको मूल लक्ष्य र सिद्धान्त हो । कुन गन्तव्यको लागि कुन बाटो जाने भन्ने मूल मुद्दामा नेकपामा कुनै प्रस्टता छैन । बुधबार नेकपा केन्द्रीय समितिको पूर्ण बैठकमा प्रस्तुत प्रतिवेदनमा त्यस्तो अस्पष्टता जताततै देख्न सकिन्छ । देशमा यतिबेला चर्चामा रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नेकपाको अस्पष्टता र अन्योल वैचारिक र सैद्धान्तिक दिशाहीनताको परिणाम हो ।
नेकपाका नेताहरूले एकातिर एमसीसी पारित गर्न जोड दिइरहेका छन् भने अर्कोतिर केन्द्रीय समितिको बैठकमा प्रस्तुत प्रति वेदनमा अमेरिकी हिन्द–प्रशान्त रणनीतिलाई ‘चीन घेर्न अमेरिकाद्वारा प्रस्तावित रणनीति’ भनेको छ । संरा अमेरिकी नियोगहरूले धेरै पटक एमसीसी हिन्द–प्रशान्त रणनीतिकै अङ्ग भएको प्रस्ट बनाइसकेका छन् । तर नेकपाले भने एकातिर एमसीसीको समर्थन गर्ने र अर्कोतिर त्यही एमसीसीको आधार हिन्द–प्रशान्त रणनीतिको भने विरोध गर्नु उसको दोहोरो चरित्र र वैचारिक अन्योलको परिणाम हो ।
कुनै पनि राजनीतिक दलको मूल आधार भनेको विचार र सिद्धान्त हो । वैचारिकरूपमा अन्योल र अस्पष्ट दलले देशलाई सही दिशामा डो¥याउन सक्दैन । एमसीसी गलत हो भने हिन्द–प्रशान्त रणनीति पनि गलत हो । यदि नेकपाले एमसीसीलाई सही मान्छ भने हिन्द–प्रशान्त रणनीतिलाई पनि सही भन्ने आधार देखाउन सक्नुपर्छ ।

नेकपाका नेताहरूले एकातिर एमसीसी पारित गर्न जोड दिइरहेका छन् भने अर्कोतिर केन्द्रीय समितिको बैठकमा प्रस्तुत प्रति वेदनमा अमेरिकी हिन्द–प्रशान्त रणनीतिलाई ‘चीन घेर्न अमेरिकाद्वारा प्रस्तावित रणनीति’ भनेको छ । संरा अमेरिकी नियोगहरूले धेरै पटक एमसीसी हिन्द–प्रशान्त रणनीतिकै अङ्ग भएको प्रस्ट बनाइसकेका छन् । तर नेकपाले भने एकातिर एमसीसीको समर्थन गर्ने र अर्कोतिर त्यही एमसीसीको आधार हिन्द–प्रशान्त रणनीतिको भने विरोध गर्नु उसको दोहोरो चरित्र र वैचारिक अन्योलको परिणाम हो ।

सिद्धान्तमा कुनै मध्य क्षेत्र (ग्रे–जोन) हुनेगर्दैन । नेकपाले हिन्द–प्रशान्तलाई छिमेकी देश चीनलाई घेर्न अघि सारेको भन्ने अनि त्यही रणनीतिमा पलाएको एमसीसीलाई भने ‘जसरी पनि पारित गर्नुपर्ने’ परियोजना मान्नु सर्वथा दोहोरो चरित्रको अभिव्यक्ति हो ।
हिन्द–प्रशान्त रणनीतिभन्दा एमसीसीअघि नै लागू भएको कार्यक्रम भनी तर्क गर्ने मानिसको कमी छैन । तर, वास्तविकता के हो भने आज हिन्द–प्रशान्त क्षेत्रमा संरा अमेरिकाले लगानी गर्ने एक डलरमात्र पनि हिन्द–प्रशान्त रणनीतिअन्तर्गत गरिरहेको छ । एमसीसी संसारका अन्य देशमा जसरी लागू गरिए पनि हिन्द–प्रशान्त क्षेत्रमा त्यसको कार्यान्वयन हिन्द–प्रशान्त रणनीतिअन्तर्गत नै भइरहेको छ । यसमा कुनै प्रकारको दुविधा वा दोहोरो कुरा जनता झुक्याउने प्रपञ्चमात्र हो ।
नेकपाले हिन्द–प्रशान्तलाई ‘चीन घेर्ने कार्यक्रम’ मान्छ भने एमसीसीलाई पनि त्यही ‘चीन घेर्ने कार्यक्रमको अङ्ग’ मान्न जरुरी छ । त्यसकारण हिन्द–प्रशान्त रणनीतिसँगै एमसीसीको विरोध गर्न जरुरी छ ।
पैसा आउने भएकोले एमसीसीको समर्थन गर्ने र त्यसको जग बनेको हिन्द–प्रशान्त रणनीतिको समर्थन गर्नु पैसाको लागि चुक पनि पाथी घुट्याउने लोभी तर्कबाजीमात्र हो । सत्तारुढ दल पैसाको लागि देश बेच्न तयार हो वा होइन भन्ने कुराको निक्र्योल भने एमसीसीप्रति उसको अन्तिम निर्णयमा निर्भर रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *