सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
डीपी काफ्ले
पञ्चायती व्यवस्थाको शासन चल्दै गर्दा नेपालको कम्युनिस्ट आन्दोलनमा खोटा विचारहरू देखिए । तिनै खोटा विचारहरूको खण्डन गर्दै सैद्धान्तिक र वैचारिक पक्ष अघि बढाउन नेपाल मजदुर किसान सङ्गठनको जन्म भयो । २०३१ माघ १० गते नेपाल मजदुर किसान सङ्गठनको विधिवत्रूपमा आदरणीय नेता नारायणमान बिजुक्छेँ (रोहित)को अध्यक्षतामा गठन भएको थियो ।
माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई आफ्नो मार्ग निर्देशक बनाई स्थापना भएको नेपाल मजदुर किसान सङ्गठनको २०४७ सालमा रुपन्देही जिल्लाको भैरहवा (सिद्धार्थनगर नपा) मा भएको प्रथम राष्ट्रिय सम्मेलनले पार्टीको नाम नेपाल मजदुर किसान पार्टी राखेको थियो । नेमकिपाले स्थापनाकालदेखि देश र जनताको पक्षमा काम गर्दै आएको छ ।
नेमकिपा तल्लो वर्गका जनताबाटै क्रान्तिकारी बुद्धिजीवीहरू तयार पार्दै अगाडि बढ्दै छ । तिनै बुद्धिजीवीहरूले तल्लो वर्गका जनतालाई उठाउने छन् । पार्टीको तत्कालीन लक्ष्य जनताको प्रजातन्त्र र दीर्घकालीन लक्ष्य समाजवाद रसाम्यवादमा पुग्ने रहेको छ । यसलाई प्राप्त गर्न शोषित–पीडित जनताको न्यायपूर्ण सङ्घर्ष आवश्यक छ । मजदुर–किसानजस्ता आर्थिकरूपले पछाडि परेका जनताको साथ र सहयोग नेमकिपालाई आवश्यक छ ।
पार्टीले देश र जनताको सेवा गर्न सिद्धान्तनिष्ठ, कर्तव्यपरायण, निःस्वार्थरूपले जनताको सेवा गर्ने, अनुशासित, देशभक्त र दृढ क्रान्तिकारी योग्य सिपाहीँ तयार गर्दै छ । यस पार्टीले देश बनाउन र जनताको अधिकार दिलाउन समाजवादी गणतन्त्र ल्याउन सङ्घर्ष गरिरहेको छ ।
माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा पार्टीको पथप्रदर्शक सिद्धान्तलाई पार्टीले आफ्नो देशको वस्तुगत परिस्थितिअनुसार लागू गर्ने भन्दै सङ्घर्षमा अगाडि बढिरहेको छ । पार्टी अन्तर्राष्ट्रवादी भावना बोकेर विदेशी थिचोमिचो, हस्तक्षेप र शोषणको विरोधमा लडिरहेको, देशको सार्वभौमिकता भूअखण्डता र स्वतन्त्रता जोगाउने सङ्घर्षमा लागिरहेको छ ।
पार्टीको सिद्धान्तअनुसार अधिकार प्राप्त गर्न विभिन्न जात–जाति, भाषा–भाषी, दुर्गम र सीमान्तकृत शोषित पीडित कामदार वर्गका जनतालाई सचेत र सङ्गठित गर्दै पार्टी अगाडि बढिरहेको छ ।
माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई देशको परिस्थितिअनुकूल लागू गर्न संसारका नयाँ र पुराना आन्दोलन र परिवर्तनको अध्ययन गर्दै प्राप्त शिक्षाबाट नेपालमा मजदुर र किसान आन्दोलन अगाडि बढाउन पार्टी दृढताका साथ अगाडि बढेको छ ।
माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा पुरानो भयो, हेरफेर गर्नुपर्छ भन्नेहरू संशोधनवादी हुन् । माक्र्सवादी सिद्धान्त देशमा लागू गर्नुपर्छ भन्दै पार्टीले सङ्घर्ष गरिरहेको छ । पार्टीले देशमा उत्पन्न उत्ताउला विचार र गतिविधिको विरोध गर्दै आएको छ ।
नेमकिपा जालीफटाहा, षड्यन्त्रकारी, बेइमानी, जनविरोधी र वर्गशत्रुहरूबाट पार्टीलाई जोगाएर देश र जनतालाई सक्कली समाजवादी पार्टी प्राप्त गराउन लागिरहेको छ ।
पार्टीले सबै प्रकारका संशोधनवाद, अराजकतावाद, नवउदारवाद, आत्मसर्मणवाद, वामपन्थी तथा दक्षिणपन्थी अवसरवाद र उदारवादको विरोधमा सङ्घर्ष गर्दै वर्गसङ्घर्षलाई देश र जनताको सामु अगाडि बढाइरहेको छ । यसका लागि अनुशासित र गम्भीरतापूर्वक जिम्मेवारी वहन गर्ने नागरिकको खाँचो छ ।
देशको लागि योग्य मानिसको आवश्यकता पर्छ । योग्य मानिस उत्पादन गर्न देश र विदेशको ज्ञान विज्ञान, प्रविधि र सिद्धान्तको अध्ययन गराउन आवश्यक हुन्छ । त्यसको लागि नेपाल मजदुर किसान पार्टीले ‘श्रमिक’, ‘मजदुर’, ‘मजदुर–किसान’लगायतका विभिन्न प्रकाशन जनतासमक्ष ल्याइरहेको छ । यसको अध्ययनले देश र जनताको सेवा हो भन्ने भावनाका साथ कार्यकर्ताहरू तयार गर्दैछ ।
व्यक्तिगत स्वार्थ, जातीय साम्प्रदायिकता तथा क्षेत्रीय स्वार्थलाई आत्मसात गरिरहेकाहरूलाई किनारा लगाई वर्गसङ्घर्षको राजनीतिलाई अगाडि बढाउन गोष्ठी र छलफल चालू राखेको छ ।
नेमकिपाले देशमा विद्यमान भ्रष्टाचार, अनियमितता, घूसखोरी, जातिवाद, नातावाद, क्षेत्रीयता, गुण्डागर्दी, शोषण पुँजीवादको जनता एक भई समाजवाद स्थापना गरेमात्र सफल हुन्छ भन्ने विश्वासका साथ लागिपरेको छ ।
यस पार्टीले सबैखाले विकृति र विसङ्गतिको विरोध गर्दै एक आदर्श समाजको निर्माण गर्न सङ्घर्ष गरिरहेको छ । शोषित पीडित जनताको न्यायपूर्ण सङ्घर्षमा लाग्न पार्टीले न्यायप्रेमी जनतालाई अपिल गरिरहेको छ ।
Leave a Reply