भर्खरै :

भ्रमण वर्ष सफल पार्न

– मेरिना शाक्य
नेपाल भ्रमण वर्षको पहिलो महिना भोलिबाट सकिन्छ । करिब ८ प्रतिशत दिन सकिए । धेरै शुभसङ्केत देखिन्न । चीनबाट सुरू कोरोना भाइरसको आतङ्क कहिलेसम्म जान्छ, भन्न सकिन्न । त्यतिकै त २० लाख पर्यटक पु¥याउने लक्ष्यमा शङ्का थियो ।
सन् २०१९ मा नेपालमा १२ लाख पर्यटकले नेपाल भ्रमण गरे । प्रस्तुत तथ्य सुद्ध पर्यटकमात्र त नहोला । किनभने विभिन्न प्रयोजनमा विदेशी नेपाल आउँछन् । विभिन्न कूटनीतिक नियोगका कर्मचारी, धर्म प्रचारक वा व्यवसायको सिलसिलामा नेपाल आउने पर्यटकसमेत प्रस्तुत तथ्याङ्क उल्लेख भएको पाइन्छ । तर समग्रमा गत केही वर्षभन्दा नेपालमा पर्यटकको सङ्ख्या बढेको हो ।
भूकम्पको कारण नेपालको पर्यटन व्यवसाय पनि नराम्ररी थलिएको अवस्था थियो । यहाँका सम्पदाहरू भत्किनु र विभिन्न स्थानका होटलहरूमा समेत नराम्ररी क्षति पुगेको अवस्था पनि थियो । भूकम्पसँगै भारतले नेपालमाथि आर्थिक एवम् व्यापारिक नाकाबन्दी लगाएपछि झन् स्थिति बिग्रियो । नेपालबारे नराम्ररी प्रचार भयो, पर्यटकको गन्तव्य मोडियो ।

पर्यटक त नेपाल आउँछन्, तिनले उपभोग गर्ने वस्तु कताबाट आउँछ ? विदेशीको पैसा विदेश नै पुगिरहेको अवस्था पनि छ । नेपालका मौलिक उत्पादनको उपभोग बढाउन के गर्नुपर्ला भन्नेबारे पनि ध्यान दिनु आवश्यक छ । गुणस्तरीय खानाको उत्पादन पनि कम महत्वको पक्ष होइन ।

नेपाल विश्व पर्यटकको निम्ति राम्रो गन्तव्य हुनसक्छ भन्नेबारे धेरैले धेरै विचार पोखे । नेपालको सांस्कृतिक र भौगोलिक विविधता संसारको आकर्षणको विषय हो । यहाँको अनुपम जैविक विविधता एवम् प्राकृतिक सुन्दरता अतुलनीय छ । यसलाई मूल्यमा रूपान्तरण गर्ने प्रशस्तै आधार छ ।
सन् २०१९ मा सबभन्दा बढी करिब ढाई लाख भारतीय पर्यटक भित्रिएको, दोस्रोमा करिब पौने दुई लाख, तेस्रोमा संरा अमेरिकी करिब १ लाख, बेलायती ६१ हजार, श्रीलङ्काली ५५, जर्मन नागरिक ३६ हजार भित्रिएको तथ्याङ्क छ । चिनियाँ पर्यटक बर्र्सेिन उच्च दरमा बढिरहेको छ ।
नगएको ठाउँमा पुग्ने रहर जोकोहीमा हुन्छ । पर्यटक बढाउन विश्वभर राम्रो प्रचार हुनु जरूरी छ । नयाँनयाँ गन्तव्य पत्ता लगाउने एउटा उपाय हुनसक्छ । सीधा हवाई सेवा अर्को महत्वपूर्ण उपाय हो । नेपालसँग आफ्नै पर्याप्त विमान सेवा उपलब्ध छैन । कति पर्यटक भारत भएर नेपाल आउँछन्, त्यसो हुँदा पर्यटकले नेपालमा कम समय दिने वा आउँदै नआउने समस्या पनि छ ।
पर्यटक त नेपाल आउँछन्, तिनले उपभोग गर्ने वस्तु कताबाट आउँछ ? विदेशीको पैसा विदेश नै पुगिरहेको अवस्था पनि छ । नेपालका मौलिक उत्पादनको उपभोग बढाउन के गर्नुपर्ला भन्नेबारे पनि ध्यान दिनु आवश्यक छ । गुणस्तरीय खानाको उत्पादन पनि कम महत्वको पक्ष होइन ।
पर्यटकले खर्च गर्ने पैसाको वितरण कसरी हुन्छ ? के पैसा केही व्यापारीमा सीमित हुन्छ ? व्यापारीमा पनि ठूला उद्योगीमा मात्र ? त्यसो हो भने समतामूलक समाजको कसरी बन्ला ? सर्वसाधारण जनतामा पनि पर्यटन उद्योगबाट कसरी फाइदा पु¥याउन सकिन्छ ? यसबारे पनि चिन्तन गर्नुपर्ने आवश्यकता छ ।
हस्तकलाका उद्योगको विकासले स–साना पुँजीले विकास गर्ने अवसर पाउला । पर्यटन उद्योगले रोजगारीको सृजना गर्नेमा दुईमत छैन । सर्वसाधारण जनताका छोराछोरीलाई पर्यटनमा लाग्न तालिमको व्यवस्था गर्नुपर्ने हुन्छ । भाषा तालिम, पाककला तालिम, व्यवस्थापन तालिम, ट्रेकिङ तथा पथप्रदर्शन तालिम आवश्यक होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *