लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
क्रिश्चिना
नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डको ‘समाजवादी क्रान्ति’ र ‘समाजवाद’ लाई केलाउँदा लेनिनवादविरोधी नरोदवादी ‘व्यक्ति हत्या’ बाट झापामा सुरु भएको थियो । त्यसको उत्कर्ष भारतीय विस्तारवादको सहयोगमा भएको १० वर्षे ‘जनयुद्ध’बाट सरकारमा पुगेको अराजकतावादी प्रचण्ड र बाबुराम भट्टराईको सरकार थियो ।
हालैको सभामुखको ‘निर्विरोध’ निर्वाचनमा बर्बर हत्याको मुद्दा खेपेका अग्नी सापकोटाको चयनले ‘नेपाल कम्युनिस्ट आन्दोलन’ लाई झन् बदनाम गर्न कम्युनिस्टविरोधीलाई मलजल हुने निश्चित छ । के नेकपाका सांसद र नेतामध्ये ‘हत्या’ को आरोप नलागेका कोही उम्मेदवार छैन ? सरकार वा राष्ट्रपतिबाट माफी दिन लगाउनु नपर्ने कुनै योग्य व्यक्ति नेकपामा छैन ? नेकामा पक्षपात नगर्ने, भ्रष्टाचार नगर्ने र विदेशीलाई सूचना प्रवाहमा शङ्का नगरिएका माथिल्ला कार्यकर्ताको खडेरी छ । गुन्डा, ठग, कालाबजारी, जाली–फटाहा, घर–जग्गा व्यापारी, भ्रष्टाचारी, डोजर र आतङ्ककारी टिपरका मालिकको बात नलागेका कार्यकर्ता र नेता पनि नेकपा र नेकामा जरुर होलान् । किनभने, हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनेजस्तै सबै सरल नेपाली जनताको आशा भनेको राम्रा र असल मानिस अगाडि आऊन् र तिनीहरूकै उदाहरणबाट नयाँ पुस्ताले सिकून् तथा समाज कञ्चन होस् भन्ने नै हो । तर, स्थिति झन् – झन् अप्ठेरो र जटिल बन्दै गएको देखिँदै छ । अध्यक्ष ओली र प्रचण्डजीको बोली र भनाइबाट थाहा हुन्छ– उहाँहरू सर्वज्ञ हुनुहुन्छ अनि जनता मूर्ख हुन्, अरू कसैसँग कुनै ज्ञानै छैन । जसरी पहिलेका निरङ्कुश राजाहरू आफूलाई सर्वज्ञ ठान्थे तर भोका जनतासँग ‘दूध र भात’ पनि खान पाएका छैनौ भनेर सोध्थे ।
ओली र प्रचण्डको हालको नेपालको ‘समाजवादी क्रान्ति’ र ‘समाजवाद’ का केही तथ्य निम्न छन्–
१) बारम्बार चर्चा भइसकेकै विषय हो – व्यापक कामदार जनता र बुद्धिजीवी समुदाय सचेत र सङ्गठित नभई समाजवादी क्रान्ति हुँदैन वा सफल हुँदैन । माक्र्सवाद–लेनिनवाद एक भौतिकवादी सिद्धान्त हो । माक्र्सवाद अन्धविश्वासविरोधी दर्शन हो । तर, नेकपाका नेताहरू व्यवहारमा अन्धविश्वासी र पाखन्डी छन् ।
हालैको सभामुखको ‘निर्विरोध’ निर्वाचनमा बर्बर हत्याको मुद्दा खेपेका अग्नी सापकोटाको चयनले ‘नेपाल कम्युनिस्ट आन्दोलन’ लाई झन् बदनाम गर्न कम्युनिस्टविरोधीलाई मलजल हुने निश्चित छ । के नेकपाका सांसद र नेतामध्ये ‘हत्या’ को आरोप नलागेका कोही उम्मेदवार छैन ? सरकार वा राष्ट्रपतिबाट माफी दिन लगाउनु नपर्ने कुनै योग्य व्यक्ति नेकपामा छैन ? नेकामा पक्षपात नगर्ने, भ्रष्टाचार नगर्ने र विदेशीलाई सूचना प्रवाहमा शङ्का नगरिएका माथिल्ला कार्यकर्ताको खडेरी छ । गुन्डा, ठग, कालाबजारी, जाली–फटाहा, घर–जग्गा व्यापारी, भ्रष्टाचारी, डोजर र आतङ्ककारी टिपरका मालिकको बात नलागेका कार्यकर्ता र नेता पनि नेकपा र नेकामा जरुर होलान् । किनभने, हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनेजस्तै सबै सरल नेपाली जनताको आशा भनेको राम्रा र असल मानिस अगाडि आऊन् र तिनीहरूकै उदाहरणबाट नयाँ पुस्ताले सिकून् तथा समाज कञ्चन होस् भन्ने नै हो ।
‘विद्यालयमै अन्धविश्वासको पराकाष्ठा, विद्यार्थी मुर्छा पर्दा डाक्टर होइन, धामी झाँक्री देखाएर पुराण लाउने तयारी’ शीर्षकको समाचार भन्छ– ‘मेची नगर नगरपालिका–४ बाहुन डाँगीस्थित पशुपति माध्यमिक विद्यालयका कक्षा आठदेखि १० सम्मका २४ छात्रामा मास हिस्टेरिया (कन्भर्जन डिसअर्डर) देखिन थालेको डेढ महिना बितेको छ । तर, शिक्षक र अभिभावक उनीहरूलाई डाक्टरकहाँ लैजानुको सट्टा विद्यालयमै धामी झाँक्री देखाइरहेका छन् । पछिल्लोपटक त ‘माता’ को सल्लाहअनुसार छात्रालाई निको पार्न भन्दै विद्यालयले श्री भागवत पुराण लगाउने तयारी गरेको छ ।’ (नयाँ पत्रिका– १३ माघ २०७६)
‘झाँक्री माता’ भन्छिन् – ‘स्कूलमा भूतप्रेत छ, पुराण लगाउनैपर्छ ।’ खबरदारी गर्नुपर्ने विषय छ– भारतमा बरोबर धर्मकै नाममा नरबली चढाउने गरेको समाचार आउँछ । झापामा त्यसको प्रभाव छिट्टै पुग्ने सम्भावना छ । तर, आश्चर्य छ – शिक्षा र स्वास्थ्यमन्त्रीलाई विराटनगर र धरान मेडिकल कलेजकै चिकित्सक तथा नेपालका नाउँ चलेको साइकियाट्रिक डाक्टर (मनोचिकित्सक) विश्वबन्धु शर्माबारे थाहा छैन ¤
अछाम जिल्लाबाट समाचार सम्प्रेषित छ–‘छाउपडी चुनौती कायमै, ….देवताको डर’ ‘देवताकै डरले गयो १४ जनाको ज्यान’ (नयाँ पत्रिका–उही)
२) शिक्षा र स्वास्थ्यमन्त्रीले आफू योग्य हँु वा होइन भन्ने मूल्याङ्कन आफैले गर्ने होइन कामले देखाउने हो ।
‘एमबीबीएसका विद्यालयका गुनासो– मेडिकल कलेजले थप ६ लाख मागे ।’ ‘चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेको भन्दा बढी रकम नदिने विद्यार्थीलाई भर्ना नगर्ने धम्की मेडिकल कलेज सञ्चालकले दिएका छन् ।’
यस समाचारबाट थाहा हुन्छ– शिक्षा र स्वास्थ्य मन्त्रालयको आदेश मेडिकल कलेजहरूले मान्दैनन् । सत्य त्यही हो भने ती कलेजहरूलाई कार्यवाही गर्नु प¥यो होइन भने शिक्षा र स्वास्थ्यमन्त्रीले राजीनामा दिनुको विकल्प छैन ।
तर, विडम्बना नेपालका पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सेनाको पनि विश्वविद्यालय र मेडिकल कलेज खोलिँदै छ । ठीकै हो– यदि गरिब जनताका छोरा–छारीलाई पनि छात्रवृत्ति दिएर पढाउने योजना भए ¤
३) तर, नेकपाको ‘समाजवादी क्रान्ति’ र ‘समाजवाद’ मा ‘एम्बुलेन्समा गाँजा ओसारप्रसार हुन्छ ।’ (नागरिक–१३ माघ २०७६)
४) ‘सार्वजनिक जग्गा किर्ते प्रकरण’ बारे दमकको समाचार छ– सार्वजनिक जग्गा किर्ते गरी हडपेको आरोप लागेका नेकपाका नेता रेवतराज पुरी (गगन) लाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । उनकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समेत उनको विषयमा ठोस धारणा सार्वजनिक गरेको छैन ।’ समाचारको शीर्षक भन्छ– ‘पुरी अझै फरार, नेकपा मौन ¤’ (नागरिक –१३ माघ २०७६)
५) समाजवादी समाजमा प्राथमिकता दिने पक्ष शिक्षा पनि पर्दछ । नेकपाको ‘समाजवादी क्रान्ति’ र ‘समाजवाद’ को शिक्षाबारे निम्न समाचारले के बताउँछ ? क्रिश्चिना
‘पृथ्वीनारायण क्याम्पसका आंशिक शिक्षक आन्दोलनमा’ (नेपाल समाचार पत्र, १३ माघ २०७६)
चितवनको समाचार छ – ‘दुई विश्वविद्यालयमा ताला’ कृषि र वन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको छ । करार नियुक्तिको माग गर्दै कर्मचारीले अनिश्चितकालीन तालाबन्दी गरेका छन् । (अन्नपूर्ण पोष्ट–१३ माघ २०७६)
६) नेकपाका नेताहरू खास गरेर अध्यक्ष ओली र प्रचण्डमा बिनातयारी महिलालाई माथिल्लो पदमा राखेमा देशभरका अशिक्षित महिला दिदी–बहिनी पनि आफै शिक्षित हुनेछन् भन्ने धारणा पलाएको देखिन्छ । त्यसकारण महिला राष्ट्रपति, संसदीय समितिहरूका सभापति वा सभाध्यक्ष महिला छन् । त्यतिमात्रै होइन, संविधान र ऐन कानुनमै उपसभामुख र उपमेयरसमेत महिला हुनुपर्ने बन्दोबस्त छ ।
यस अर्थमा नेपाल अगाडि बढेको दावा गर्नसक्ने स्थिति भएको अध्यक्षको धारणा प्रस्ट छ । सत्य यही हो भने बोक्सी, छाउपडी र महिला हिंसामा ¥हास आउनुपर्ने हो – त्यो स्थिस्ति घट्नुभन्दा बढेको छ । कारण देखिने काम मात्रै गरियो वा भावुकताको प्रवलता देखियो । महिला स्वास्थ्यबारे पटक्कै ध्यान दिइएको छैन । नेपालमा पुरुष डाक्टरभन्दा महिला डाक्टरको सङ्ख्या बढाउन आवश्यक छ । जबसम्म सरकार र समाजले छात्राको शिक्षा स्तरलाई बढावा दिँदैन तबसम्म यसमा फड्को मार्ने सम्भावना छैन ।
हो, राष्ट्रपति, संसदीय समितिहरूका सभाध्यक्ष, प्रमुख र उपप्रमुखको हातमा न्यायको बन्दोबस्त गरियो । तर, सरकारले के त्रृटि ग¥यो जसले महिला हिंसाका घटना बढ्दै छन् ?
सिराहाको समाचार छ– ‘पेट्रोल खन्याएर पत्नीको हत्या’ (अन्नपूर्ण–१३ माघ २०७६)
तराईका नेताहरूमा महिला हिंसा कम गर्ने चासो जहिलेसम्म हुन्न र सरकारले पनि जबसम्म कडा कानुन बनाउँदैन ओली र प्रचण्डको ‘समाजवादी क्रान्ति’ र ‘समाजवाद’ व्यङ्ग्य र कटाक्षबाहेक केही हुन्न ।
७) नेपालजस्तो देशको ‘समाजवादी क्रान्ति’ र ‘समाजवाद’ मा कृषि उत्पादन र फलफुलमा प्राथमिकता दिनुपर्नेबारे सबै अवगत छन् । साथै, नेपाल जलविद्युत्को ‘धनी’ देश पनि हो । यसकारण, नेपालको जलविद्युत् भारत र अन्य देशमा निर्यात हुने भएको छ संरा अमेरिकासँगको एमसीसी र इन्डो–प्यासिफिक सम्झौतामा । तर, विडम्बना, बेनीको एउटा समाचार छापियो– ‘विद्युत् समस्याले शीत भण्डार प्रयोगविहीन ।’ (अन्नपूर्ण–१३ माघ २०७६)
Leave a Reply