ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
- माघ ५, २०८२
भक्तपुर, २१ माघ । फेब्रुअरी ३, २०२० सोमबारका दिन पूरै भियतनाम कम्युनिस्ट पार्टी, जनता र भियतनामको जनसेनाले पार्टीको ९० औँ स्थापना दिवस भव्यताकासाथ मनाए ।
भियतनाम कम्युनिस्ट पार्टी महान राष्ट्रपति हो चि मिन्हले स्थापना, नेतृत्व र तालिम दिनुभएको पार्टी हो ।
विगत ९० वर्षमा भिकपाले देशको मुक्ति सङ्ग्राम र क्रान्तिका अगाडि उभिएका सबै कठिनाइ र चुनौतीहरूमाथि विजय प्राप्त गरेको छ र हजारौँ सफलताहरू हासिल गरेको छ । भियतनामलाई विश्वको नगण्य देशबाट अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित राष्ट्रको रूपमा उठाएको छ ।
भिकपाको जन्म अघिसम्म भियतनाम उपनिवेशिक दासताको लामो कालरात्रिमा डुबेको थियो । जनता विभिन्न देशभक्तिपूर्ण आन्दोलनका साथमा उपनिवेशवादी र सामन्ती शासनको दमन र शोषणविरुद्ध उठे तर ती सबै असफल रहे कारण त्यहाँ कुनै निश्चित मार्ग थिएन ।
त्यसै परिप्रेक्ष्येमा काका होका नामले सम्मानित नेता हो चि मिन्ह्ले आफ्नो देशलाई मुक्त गर्ने मार्गको खोजीमा न्युगेन आइ कोकको नाममा विश्वको भ्रमण गरे । उहाँले माक्र्सवाद–लेनिनवाद मात्रै आफ्नो देशलाई मुक्त गर्ने एकमात्र सिद्धान्त र मार्ग भएको पत्ता लगाउनुभयो र त्यसकै प्रचार गर्नुभयो ।
त्यसै सिलसिलामा फेब्रुअरी ३, १९३० मा भियतनामका ३ वटा कम्युनिस्ट सङ्गठनहरू उहाँको अध्यक्षतामा एकीकृत भए र भियतनाम कम्युनिस्ट पार्टीको स्थापना भयो । त्यसपछिदेखि भियतनामको मुक्ति सङ्घर्ष भिकपाको ब्यानरमुनि अगाडि बढ्यो र यो पार्टी भियतनामका कामदार वर्ग र भियतनामी जनताको अग्रगामी दस्ता बन्यो ।
भिकपाको ९० औँ स्थापना दिवसका अवसरमा विश्वभरका कैयौँ मित्र पार्टीहरूले शुभकामना र बधाई सन्देशहरू पठाएका छन् । तीमध्ये क्युवाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रथम सचिव कामरेड राउल क्याष्ट्रो रुज, कोरियाली मजदुर पार्टीका अध्यक्ष तथा प्रजग कोरिया राज्य मामिला आयोगका अध्यक्ष कामरेड किम जोङ उन, चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिलगायतले भिकपाका महासचिव एवं राष्ट्रपति न्युयेन फु ट्रोङलाई पठाउनुभएकी शुभकामना सन्देश उल्लेखनीय छन् ।
भिकपाको ९० औँ स्थापना दिवस भियतनामको राजधानी हनोइमा सोमबार बृहत समारोह आयोजना भयो । समारोहमा भिकपाका महासचिव एवं राष्ट्रपति न्युयेन फु ट्रोङ, पार्टी र राज्यका पूर्व नेताहरू, र वरिष्ठ क्रान्तिकारी लडाकूहरूले सम्बोधन गर्नुभएको थियो । सोही अवसरमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा पार्टीले ९० वर्ष मा तय गरेका गौरवपूर्ण मार्ग र सङ्घर्षको प्रशंसा गर्नुका साथै काका हो, वसन्त ऋतु र भियतनामी जनताप्रति गहिरो माया दर्शाइएका गीत सङ्गीत प्रस्तुत गरिएका थिए ।
Leave a Reply