खरबौँ ऋण बोकाएर विकासको ध्वाङ फुक्नु गलत
- माघ ४, २०८२
काठमाडौँ, २१ माघ । प्रतिनिधिसभाको मङ्गलबार बसेको बैठकमा विभिन्न समसामयिक विषयमा छलफल भयो । छिमेकी देश चीनमा फैलिएको कोरोना भाइरसको विषयमा बैठकमा बोल्ने सांसदहरूले चासो र चिन्ता व्यक्त गर्नुभयो ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई सो विषयमा प्रश्न गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव तथा भक्तपुर क्षेत्र नं १ का सांसद प्रेम सुवालले ‘नेपाल सरकारले संसारका सबै देशसँग मिलेर कोरोना भाइरसविरुद्ध लड्ने योजना बनाएको छ कि छैन ? योजना बनाएको भए कस्तो छ’ भनी जिज्ञासा राख्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धनबारे एमसीसी सम्झौतामा उल्लेख नभएको भन्दै ‘नेपालले को–कोसित पाखुरा सुर्किने ?, आँखा झिम्क्याउँदा बसेको ठाउँमा प्याट्ट दिन्छ । दिएन, अस्ति इरानको कल्लाई ? ऐया ! भन्न पाउँदैन । यो बजेट पाउन नसके कम्युनिस्ट भनेर समाप्त पारिने छ’ आदि सार्वजनिकरूपमा बोल्नुभयो ।”
उहाँले भन्नुभयो, “नोबल कोरोना भाइरसबारे सबै सूचना प्रवाह गरी सङ्क्रमण रोक्न विशेष सावधानी र बिरामीको लागि विशेष स्वास्थ्य सेवाको व्यवस्था गरेकोमा चीन सरकारलाई धन्यवाद दिन चाहन्छु । यो रोगविरुद्धको सफलता संसारकै लागि स्वास्थ्य क्षेत्रको निम्ति महत्वपूर्ण हुनेछ । कम्बोडिया सरकारले चीनसँग कुनै पनि उडान स्थगित नगर्ने बतायो । फ्रान्स र अस्टे«लियाले पनि आवश्यक सबै सहयोग गर्ने बताएका छन् । भनिन्छ, सङ्कटको साथी नै सच्चा साथी हो ।”
त्यस्तै बुधबारको प्रतिनिधिसभा बैठकअन्तर्गत शुन्य समयमा सांसद सुवालले एसियाली देश इरानलाई हेला गरी सार्वजनिक अभिव्यक्ति दिने सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले नैतिकरूपमा राजिनामा दिनुपर्ने बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धनबारे एमसीसी सम्झौतामा उल्लेख नभएको भन्दै ‘नेपालले को–कोसित पाखुरा सुर्किने ?, आँखा झिम्क्याउँदा बसेको ठाउँमा प्याट्ट दिन्छ । दिएन, अस्ति इरानको कल्लाई ? ऐया ¤ भन्न पाउँदैन । यो बजेट पाउन नसके कम्युनिस्ट भनेर समाप्त पारिने छ’ आदि सार्वजनिकरूपमा बोल्नुभयो ।”
अमेरिकी एमसीसी सम्झौतामा हिन्द–प्रशान्त रणनीतिको कुरा उल्लेख नभएको भन्ने बास्कोटाको भनाइप्रति इङ्गित गर्दै सुवालले भन्नुभयो, “एमसीसी सम्झौताको चर्चासँगै अमेरिकी सैन्य कमान्डर डाभिड्सनले नेपालको पाँचखालको सैनिक प्रशिक्षालयमा भ्रमण गरेका थिए । एमसीसी सम्झौतामै अमेरिकी सेना आउने भनी किन लेखिन्छ र ? अमेरिकी सेनाले बालुवाटारमा टेकेपछि मात्र सरकारको होस खुल्ने हो र ?”
उहाँले भन्नुभयो, “स्टालिनले भन्नुभएको थियो–‘कम्युनिस्टहरूले यमराजको ढोका पनि घच्घच्याउँछन् । साम्राज्यवाद र विस्तारवादसँग डराउनेहरू कम्युनिस्ट हुनसक्दैनन् । माओ त्से तुङ्गले भन्नुभएको थियो–‘आणविक बम कागजी बाघ हो ।’ कायरहरू देशभक्त हुनसक्दैनन् ।
निःस्वार्थी निडर हुन्छ । एसियाको एउटा मित्र देश इरानलाई हेला गर्ने मन्त्री बास्कोटा सरकारको प्रवक्ता कसरी हुनसक्छन् ? मन्त्री बास्कोटाले नैतिकरूपमा राजिनामा गर्नु आवश्यक छ ।”
Leave a Reply