राष्ट्रपति ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना
- बैशाख ८, २०८३
बुटवल ।
नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले कठपुतली प्रचण्ड सरकारले संविधान संशोधनको विवादलाई धुँवाको पर्दा बनाई भारतीय शासक वर्गको स्वार्थ अनुसार देशघाती र जनघाती गोप्य निर्णयहरु गरिरहेको दाबी गर्नुभयो ।
आइतबार नेपाल मजदुर किसान पार्टी रुपन्देहीको आयोजनामा सम्पन्न पत्रकार सम्मेलनमा अध्यक्ष वासीले बुटवलमा भारतीय सेनाको पेन्सन वितरण कार्यालय स्थापना गर्न दिने र बुटवल धागो कारखाना निजी क्षेत्रलाई भाडामा दिने निर्णय गरेर प्रचण्ड भारतीय ट्रोर्जन हर्स नै भएको पुष्टि गरेको छ भन्नुभयो ।
अङ्ग्रेजलाई हराएको बुटवलमा सयौँ बहालवाला भारतीय सेना रहने गरी पेन्सन कार्यालय स्थापना गरेर नेपाली स्वाभिमानमाथि भारतीय शासक वर्ग र तिनका दलालहरुले आक्रमण गरेको चर्चा गर्दै अध्यक्ष वासीले स्थानीय तहको निर्वाचनको संघारमा यो निर्णयमा प्रत्यक्ष अप्रत्यक्ष सम्लग्न कुन कुन पार्टीका कुन कुन नेताहरुले कति कति आर्थिक लाभ लिए भन्ने विषयमा छिट्टै समाचार बाहिर आउने आशंका व्यक्त गर्नुभयो ।
बुटवल धागो कारखाना डुबाउन भारतीय एकाधिकार पुँजीको इशारामा खेतान ग्रुपका प्रतिनिधि जिएम भएको बेलामा अनेक जालसाजी गरेको तथ्य उद्ग्याउँदै अध्यक्ष वासीले प्रचण्ड सरकारले निजी क्षेत्रलाई भाडा दिने भने पनि अन्ततः भारतीय एकाधिकार पुँजी र तिनका दलालहरुले मात्र फाइदा लिन सक्ने बताउनु भयो । बुटवलका उद्योगी र व्यापारीबीचमा पनि दलाल पुँजीपति वर्ग र राष्ट्रिय पुँजीपति वर्गको अन्तरविरोध रहेको चर्चा गर्दै अध्यक्ष वासीले भारतीय एकाधिकार पुँजीले नेपालको राष्ट्रिय पुँजीलाई अगाडि बढ्न दिँदैन भन्नुभयो ।
नेमकिपा रुपन्देहीका कोषाध्यक्ष रामचन्द्र श्रेष्ठले सञ्चालन गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासा हल गर्दै अध्यक्ष वासीले नेमकिपाले जितेको स्थानीय निकाय भक्तपुर नगरपालिकाले कलेज सञ्चालन गरेर देशभरका विद्यार्थीहरुलाई सस्तो र गुणस्तरीय शिक्षा दिए जस्तै बुटवलमा नेमकिपाले जितेको अवस्थामा बुटवल धागो कारखाना जस्तै अन्य उद्योगसमेत सञ्चालन गर्ने बताउनु भयो ।
पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तिमा भनिएको छ ः
नेपालले अङ्ग्रेजलाई हराएको बुटवलस्थित जितगढीसँगै जोडिएको ऐतिहासिक मणिमुकुण्ड सेन दरबारक्षेत्रमा भारतीय सेनाको स्थायी पेन्सन वितरण कार्यालय स्थापना गर्न प्रचण्ड सरकारको मन्त्री परिषदले गत फागुन १७ गते अनुमति तथा जग्गा दिने निर्णय गरेको समाचारप्रति नेपाल मजदुर किसान पार्टी, रूपन्देहीको गम्भीर ध्यानाकर्षण भएको छ । बहालवाला सयौँ भारतीय सेना आइबस्ने उक्त स्थायी कार्यालयले नेपालको सार्वभौमिकता र स्वाधिनतामा आँच पु¥याउने निश्चित छ । यसकारण स्वतन्त्र नेपालको अस्तित्व मेट्ने उद्देश्यकासाथ भारतीय सेनाको कार्यालय स्थापना गर्न दिने प्रचण्ड सरकारको निन्दनीय निर्णयको भत्सर्ना गर्दै तत्काल खारेज गर्न नेमकिपा, रूपन्देही जोडदार माग गर्दछ ।
मित्र राष्ट्र चीन सरकारको सहयोगमा स्थापना भएको बुटवल धागो कारखानालाई भारतीय एकाधिकार पुँजीको इशारामा ध्वस्त बनाइयो । नेपालको स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको लागि बाँकेको कपास उद्योग, रूपन्देहीको धागो उद्योग र मकवानपुरको कपडा उद्योगलाई एकिकृत उद्योगहरू नेपाल सरकारले नै सञ्चालन गर्नुपर्नेमा उल्टै बुटवल धागो कारखानाको १४३ रोपनी जग्गा निजी क्षेत्रलाई भाडामा दिने प्रचण्ड सरकारको निर्णयले भारतीय एकाधिकार पुँजी र त्यसका दलालहरूलाई मात्र फाइदा हुने छ । त्यसैले व्यक्तिलाई भाडामा दिने निर्णय खारेज गरी बुटवलका जनताको सहयोगमा नेपाल सरकारले नै (बुटवल उपमहानगरपालिकाले) बुटवल धागो कारखाना सञ्चालन गर्न नेमकिपा, रूपन्देही माग गर्दछ ।
खुल्ला सीमा कारण लागुपदार्थको ओसारपसार, अपराधीहरुको आवतजावत र सीमा तस्करी भइरहँदा सीमा क्षेत्रका जनता असुरक्षित छन् । यसकारण सीमा क्षेत्रका नेपाली जनताको सुरक्षा र नेपालको सार्वभौमसत्ता अक्षुण राख्न नेपाल भारतबीचको सीमा नियमित गर्नुपर्दछ ।
संविधान संशोधनको विवादलाई धुँवाको पर्दा बनाई भारतीय शासक वर्गको निर्देशनमा प्रचण्ड सरकारले देश र जनताको हित विपरीत धमाधम गोप्य निर्णय गर्दैछ । यसले प्रचण्ड फेरि पनि भारतीय एकाधिकार पुँजीको ट्रोर्जन हर्स भएको पुष्टि गरेको छ ।
सामरिक, ऐतिहासिक र पुरातात्विक महत्वको क्षेत्रमा भारतीय सेनाको पेन्सन कार्यालय स्थापना गर्न दिने तथा बुटवल धागो कारखाना निजी क्षेत्रलाई भाडामा दिने कठपुतली प्रचण्ड सरकारको निर्णयविरूद्ध आन्दोलित हुन सम्पूर्ण देशभक्त बुद्धिजीवी, राष्ट्रिय पुँजीपति वर्ग र मजदुर किसान तथा पेशाकर्मीहरूमा नेमकिपा, रूपन्देही हार्दिक अपिल गर्दछ ।
हरिसुन्दर वासी
अध्यक्ष
मिति- २०७४।१।१७ गते आइतबार
Leave a Reply