सतही निर्णयले परिवर्तनको अनुभूति नहुने
- बैशाख ८, २०८३
देशको बद्लिंदो राजनीतिक परिस्थितिका कारण बैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनको लागि अवस्था क्रमशः प्रतिकूल बन्दै गएको छ । तथापि बिरालोको घाँटीमा घण्टी कसले झुण्ड्याउने भन्ने कुरा टुङ्गो नलाग्दा शासक दलहरुले चुनाव हुने रटान छोडेका छैनन् । तर उनहिरुको व्यवहार स्वंयले चुनावप्रतिको संशयलाई बाक्लो बनाएको छ । चुनावको उम्मेद्वारी दर्ता गर्न एक दिन बाँकी हुँदा पनि शासक दलहरुले आ–आफ्नो घोषणा पत्रसमेत सार्वजनिक गरेका छैनन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले चुनावको मिति नजिकिंदा समेत घोषणा पत्र सार्वजनिक नगरेको बाट प्रधानमन्त्री स्वंय चुनावको लागि इमान्दार नभएको सहजै विश्लेषण गर्न सकिन्छ ।
एमालेको घोषणापत्र आइतबार सार्वजनिक हुने प्रचार गरिएको थियो । तर ‘सम्पादन कार्य नसकिएको’ भन्दै कार्यक्रम स्थगित गरियो । साता दिनअघि बाट एमालेको घोषणा पत्रमा रहेका बुँदाहरुको खुब प्रचार भए तापनि सार्वजनिक हुने भनिएको दिन कार्यक्रम स्थगित हुनु आश्चर्यको कुरा हो । ‘सम्पादन कार्य नसकिएको’ कारण कार्यक्रम स्थगित हुनु र चुनावको लागि प्रतिकुल वातावरण बन्दै जानु कागताली मात्र त पक्कै होइन होला ।
काङ्ग्रेस स्थानीय तहको निर्वाचनमा इमान्दार नभएको कुरा त चुनाव नजिकिंदै गरेको समयमा गृहमन्त्री निधिले राजीनामा गर्नुबाट प्रष्ट भएको छ । काङ्ग्रेस जस्तै तानाबाना बुनेर पनि आफ्ना््े नेतृत्वमा सरकार बनाउने हतारोमा लागेको छ । आफ्नो नेतृत्वमा संविधान बनाएको हावादारी गफ गरेर लोकपत्यार गर्ने गरेको काङ्गे्रसले अब स्थानीय तहको चुनाव पनि ‘आफ्नै नेतृत्वको सरकारले मात्र गर्न सक्ने’ लोकपत्यार गर्ने जालझेलमा लागेको छ । काङ्ग्रेसलाई यो उपक्रममा हाल मधेसी दलहरुका नेताहरु, देउवाका पूर्वगोतियारहरुले सघाउनेमा कुनै विवाद छैन । व्यवस्थापिका–संसदको बैठक बहिस्कार गरिरहेका मधेसी नेताहरु सुशिल कोइरालालाई प्रधानमन्त्री बनाउन लाइन लागेर आएका कुरा नेपाली जनतालाई राम्रो स्मरण छ ।
काङ्ग्रेस स्थानीय तहको निर्वाचनमा इमान्दार नभएको कुरा त चुनाव नजिकिंदै गरेको समयमा गृहमन्त्री निधिले राजीनामा गर्नुबाट प्रष्ट भएको छ । काङ्ग्रेस जस्तै तानाबाना बुनेर पनि आफ्ना््े नेतृत्वमा सरकार बनाउने हतारोमा लागेको छ । आफ्नो नेतृत्वमा संविधान बनाएको हावादारी गफ गरेर लोकपत्यार गर्ने गरेको काङ्गे्रसले अब स्थानीय तहको चुनाव पनि ‘आफ्नै नेतृत्वको सरकारले मात्र गर्न सक्ने’ लोकपत्यार गर्ने जालझेलमा लागेको छ ।
चुनावको रटान लगाएर शासक दलहरुले जनतालाई भुलभुलैयामा पारेको कुरा फेरि प्रमाणित भएको छ । शासक दलहरु जति नाङ्गो भए पनि लज्जाबोध नहुनुकै कारण राजनीति आजको विकृत मोडमा आएकोमा नेपाली जनताले बुझ्ने दिन आएको छ । जनताले पनि विवेक र विचारलाई भन्दा शक्तिकै भक्ति गर्ने अवस्थाका कारण शासक दलहरु दण्डहिनताको अवस्थामा पुगेका छन् । लौ न यिनलाई सजाय दिने चेतना जनतामा कतिबेला आउने हो ? देशलाई भड्खालोमा जाँक्ने शक्ति केन्द्रहरुलाई सजाय दिन अब ढिला गर्नु उपयुक्त नहोला ।
Leave a Reply