सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
सुनिल दुवाल, सदस्य, नेपाल प्राध्यापक समाज
आस्थाको पत्रकारिता अनि देश र जनतामा समर्पित नेपालको सायद एकमात्र साप्ताहिक पत्रिका ‘श्रमिक’ नै होला । देश, विदेशमा भइरहेका घटनाहरूको यथार्थ खबर जनतासम्म पु¥याउने मात्र नभई सैद्धान्तिक स्पष्टतासहितको विचार दिएर जनताको चेतनास्तर उकास्ने अभियानमा गत २६ वर्षदेखि अटुटरूपमा लागिरहेको ‘श्रमिक’ साँचो अर्थमा प्रगतिशील समाजको निर्माण गर्दै समाजवाद हुँदै साम्यवाद पुग्ने लक्ष्यमा अविचलितरूपमा अघि बढिरहेको छ । नेपाल मजदुर किसान पार्टीको विचार जनतासम्म पु¥याइरहेको ‘श्रमिक’ले समाचारसँगै देश, समाज र अन्तर्राष्ट्रिय विषयहरूमा आफ्नो स्पष्ट विचार दिएर शोषितवर्गको पक्षमा रही भविष्य देखाउने कम्पासको काम गरिरहेको छ । यो पत्रिकाले देशका मूलधारका भनिएका पत्रपत्रिकाहरू भन्दा फरक ढङ्गबाट तथा व्यापार वा नाफाको लागि नभई जनतालाई सही विचार दिने शिक्षालयकै कार्य गरिरहेको छ । विगत २६ वर्षदेखि अथकरूपमा निरन्तर सही विचार दिएर देश र जनतालाई गरेको सेवाको लागि ‘श्रमिक’ साप्ताहिकलाई साधुवाद ¤
पत्रिकामा लेखिएका हरेक लेख—रचनाहरूमा पोखिएका विचारहरू सबैजसो लेखककै विचारहरू हुन्छन् र सम्पादकको विचारसँग मिल्नैपर्छ भन्ने हुँदैन । पत्रिकाको आधिकारिक धारणा वा विचार सम्पादकीयले पाठकमाझ पु¥याउने हो । यही अर्थमा ‘श्रमिक’ साप्ताहिकको सम्पादकीय आधिकारिकरूपमा यो पत्रिका वा एक हिसाबमा यो पत्रिकाले प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान पार्टीकै धारणाको रूपमा बुझ्न सक्छौँ । यसकै आधारमा ‘श्रमिक’ साप्ताहिकको वर्ष २६ का अङ्क १ देखि ५२ सम्म (अङ्क १ र ३८ बाहेक) का सम्पादकीयलाई सरसर्ति केलाउँदा मुख्य ७ वटा विषयमा विभाजन गरेर बुझ्न सकिन्छ । यसमा कुनै अङ्कमा एकभन्दा बढी विषयहरूमा केन्द्रित रहेकालाई त्यहीअनुसार विभाजित गरेर हेर्दा सबैभन्दा बढी देशमा भएका घटना—परिघटनाहरू र देशको विसङ्गतिको विषयमा लेखिएको देखिन्छ । देशमा भएका विसङ्गतिको विषयमा चिरफारमात्र नभई समस्याहरूको समाधानका उपायहरूसहित जम्मा २२ वटा अर्थात् ३६ प्रतिशत अङ्कका सम्पादकीय लेखिएका छन् । देशमा भएका राजनैतिक घटना र विसङ्गतिहरूको मूल कारण देशका शासक पार्टीहरूमा राजनैतिक संस्कारको कमी भएको राजनीतिकरूपले सचेत नागरिकको निष्कर्ष छ । यस साप्ताहिकमा १६ वटा अङ्क अर्थात् २६ प्रतिशत सम्पादकीय यस्तै विषयवस्तुहरूमा केन्द्रित रहेको छ । यी सम्पादकीयमा देशमा राजनैतिक संस्कारको कमीका कारण के–कस्ता नराम्रा घटनाहरू घटेका छन् र त्यो समस्याको सही समाधान के हो ? भन्ने विषयमा लेखिएका छन् । त्यसैगरी शिक्षा र संस्कृतिका विषयमा भएका राम्रा–नराम्रा पक्षलाई केलाएर स्पष्ट धारणासहित ७ वटा अङ्क अर्थात् १२ प्रतिशत सम्पादकीयका लेखहरू केन्द्रित छन् ।
साम्राज्यवादी अमेरिकाको यस्ता कदमको विषयमा देशका अरू कुनै पनि पत्रिकाले स्पष्ट धारणा राखी विरोध गर्न नसकेको अवस्थामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले मात्र यो भूमिका निर्वाह गरेको स्पष्ट छ । यसैमा केन्द्रित रहेर हाल चर्चामा रहेको सहश्राब्दी चुनौति निगम -(Millenium Challenge Corporation-MCC) र हिन्दप्रशान्त रणनीति (Indo Pacific Strategy-IPS) र संरा अमेरिका – चीनको सम्बन्धको विषयमा भएका घटनाहरूको विश्लेषण गरेर ५–५ वटा अङ्क अर्थात् ८–८ गरी जम्मा १६ प्रतिशत अङ्कका सम्पादकीयमा स्पष्ट विचारसहित संरा अमिरिकी नितीहरूको विरोध गरिएका छन् ।
हालको विश्व परिस्थितिलाई केलाउँदा संसारभरि भएका युद्धलगायत अशान्ति र विवादहरूका प्रत्यक्ष–अप्रत्यक्षरूपमा प्रमुख कारक संरा अमेरिका नै हो । समाजवादी देश चीन विश्व अर्थतन्त्रमा दोस्रो ठूलो अर्थतन्त्रको रूपमा उदय भएसँगै साम्राज्यवादी संरा अमेरिकालाई असह्य भएको हाल घटिरहेका घटनाले पनि पुष्टि गर्छ । हङकङमा उपद्रव मच्चाउने मात्र नभई, चीनले अघि सारेको संसारको नै प्रगतिको बाटो बेल्ट एन्ड रोड इनिसियटिभ (BRI) लाई भाँजो हाल्न उसले हरसम्भव प्रयास गरिरहेको छ । त्यसैगरी अर्को ठूलो युद्ध एसियामा गराउने र एसियालीलाई एसियालीसँगै भिडाउन अनि चीनलाई घेर्न हिन्दप्रशान्त रणनीतिमा जालझेल र लोभ देखाएर अरू देशहरूलाई सामेल गराउन अर्थात् फसाउन संरा अमेरिका उद्यत छ । साम्राज्यवादी अमेरिकाको यस्ता कदमको विषयमा देशका अरू कुनै पनि पत्रिकाले स्पष्ट धारणा राखी विरोध गर्न नसकेको अवस्थामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले मात्र यो भूमिका निर्वाह गरेको स्पष्ट छ । यसैमा केन्द्रित रहेर हाल चर्चामा रहेको सहश्राब्दी चुनौति निगम -(Millenium Challenge Corporation-MCC) र हिन्दप्रशान्त रणनीति (Indo Pacific Strategy-IPS) र संरा अमेरिका – चीनको सम्बन्धको विषयमा भएका घटनाहरूको विश्लेषण गरेर ५–५ वटा अङ्क अर्थात् ८–८ गरी जम्मा १६ प्रतिशत अङ्कका सम्पादकीयमा स्पष्ट विचारसहित संरा अमिरिकी नितीहरूको विरोध गरिएका छन् । यस्तै विश्वका विभिन्न देशहरूमा संरा अमेरिकाले गरेका हस्तक्षेप तथा थिचोमिचो एवम् भारतीय एकाधिकार पँुजी तथा विस्तारवादी नीतिका कारण नेपालमा भएका हस्तक्षेपहरूको विरोधमा १० प्रतिशत सम्पादकीय केन्द्रित रहेका छन् । यसरी सरसरती ‘श्रमिक’ साप्ताहिकको सम्पादकीयले राष्ट्रिय र अन्तर्राष्ट्रिय जल्दाबल्दा घटनाहरूको विश्लेषणात्मक ढङ्गबाट स्पष्ट विचार दिएर पार्टी कार्यकर्ता मात्र नभई साधारण पाठकलाई समेत सही बाटो देखाउने वा सचेत पार्ने काम गरेको छ । अतः देश र जनताप्रति समर्पित रहेको ‘श्रमिक’ साप्ताहिकले जनतालाई मार्गदर्शन गर्ने चम्किलो र बलियो प्रकाशस्तम्भको रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दैआएको छ ।
यसको वर्ष २६ को अङ्क १ ‘दश माघ २०३१ साल अविस्मरणीय दिन’ शीर्षकको सम्पादकीयमा नेमकिपा सामन्तवाद, पुँजीवादको विरोध गर्दै युवा, विद्यार्थी, किसान, कामदारलगायत शोषितवर्गको पक्षमा लड्दै विद्यालयदेखि विश्वविद्यालयसम्म भविष्यको बाटो देखाउने पार्टी हो भन्ने विचार उल्लेख छ । अङ्क २ देखि अङ्क ५२ सम्म निम्नबमोजिम शीर्षकमा लेखिएका सम्पादकीयहरूको सारांश र सन्देशहरूलाई प्रस्तुत गरिएको छ –
अङ्क २ ः भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेपको विरोध गरौँ ।
–आफ्नो साम्राज्य स्थापनाको लागि जस्तोसुकै कुकृत्य गर्ने संरा अमेरिकाले निर्वाचित राष्ट्रपतिलाई अपदस्त गर्न खोज्ने अमेरीकी कार्यको सबै सार्वभौम मुलुकका जनताले विरोध गर्नुपर्छ । बल मिचाइलाई कूटनीतिको संज्ञा दिनु समस्या समाधानको उपाय होइन ।
अङ्क ३ ः समय सधैँ एउटै रहँदैन
समृद्धिको अर्थ जसरी भएपनि विकासको काममा संलग्न भएर आफूले पनि केही नाफा लिऊँ र कानुन बनाएरै आफ्नो स्वार्थपूर्ति गरौंँ भन्ने स्वार्थी र गलत प्रवृत्तिका र कानुनमा भएका छिद्रको फाइदा उठाउनुलाई अपराध नमान्ने प्रकृतिका नेता कार्यकर्ताहरूले एक दिन पछुताउनुपर्ने गरी जनता उठ्नेछन् ।
अङ्क ४ ः काठमाडौँ उपत्यका किन अव्यवस्थित ?
पृथ्वीनारायण शाहदेखि राणाकालसम्म काठमाडौँ उपत्यकालाई जितेको राज्यको रूपमा लिई स्थानीय रहनसहन, कला संस्कृति र जनजिविकाको विषयमा ध्यान दिइएन । पञ्चायत, बहुदल हुँदै गणतन्त्रमा पनि जसरी भएपनि काठमाडौँमा घर बनाउनुपर्ने अवधारणाका कारण उपत्यका अव्यवस्थित भएको हो । देशका अरू क्षेत्र उपेक्षित हुँदै जाँदा नाममा चाहीँ नगर÷सहर बने तर विकासमा पछि परे । त्यसैगरी घर जग्गाका व्यापारीहरूले प्रमदेखि गापा अध्यक्षसम्मलाई प्रभावमा पारी आफ्नो स्वार्थअनुकूल काम गराउँदा झन् अव्यवस्थित भएको छ ।
अङ्क ५ ः सरकारको उपस्थिति गुनासोको उपचार हो ।
शासक दलका नेताहरू मोटर चलाउन आउने तर सर्भिसिङ्ग गराउनुपर्ने, पेट्रोल हाल्नुपर्ने र मोबिल फेर्नपर्ने थाहा नपाएका ड्राइभरजस्तै भए । देशभर अव्यवस्था भ्रष्टाचार, अनियमितताको कारण सरकारमा गएका दलका कार्यकर्तालाई राजनैतिक संस्कार नदिइकन कसरी नाफा कमाउने भनी सिकाउनाले हो ।
अङ्क ६ ः युद्धको स्रोत नै सरा अमेरिका
संसारका हरेक विद्यालयका विद्यार्थी समेतले थाहा पाए कि संरा अमेरिका भनेको युद्धको स्रोत हो, हतियारको व्यापारी हो । हत्या हिंसा र विध्वंस को सौदागर हो । संसारका शान्तिप्रेमी देशहरूले एक – एक पाइला गर्दै अमेरिकाको साथ छोडिरहेका छन् । ¥हासोन्मुख साम्राज्यवादी देश अमेरिकाले शान्ति वार्ताको नाममा युद्धको तयारी गर्दै हिन्द प्रसान्त रणनीती अगाडि सारे पनि यसले आफ्नो पतनलाई रोक्न सक्नेछैन ।
अङ्क ७ ः आत्मश्लाघाबाट बचौँ ।
राणा पञ्चायत प्रजातन्त्र गणतन्त्र भनिए पनि शासनसत्तामा उही मान्छे पुगेका कारण सरकारमा गएकाहरूको व्यवहारमा कुनै परिवर्तन आएको छैन । सरकारले जतिसुकै समृद्धीको डिङ हाँके पनि श्रम, वैदेशिक रोजगार, समाज कल्याण, कृषि, जलस्रोत, सार्वजनिक खरिद र निर्माणलगायतका क्षेत्रको भ्रष्टाचारले सबैलाई झस्काइदिएको छ ।
अङ्क ८ ः दल, नेता र कार्यकर्ता चिन्ने सजिलो उपाय
जसरी भए पनि चुनाव जितेर आफ्नो स्वार्थपूर्ति गर्ने व्यक्तिको दलको नाम जे भए पनि जस्तोसुकै क्रान्तिकारी कुरा गरे पनि तिनीहरू पुँजीवादी दलका पुँजीवादी नेता नै हुन् । सरलरूपमा देश र जनताको अहित गर्ने देशद्रोही र जनद्रोही हुन् । जनताको सार्वजनिक जग्गा, मठमन्दिर, सत्तल, ढुङ्गेधारा, पोखरी, पाटीपौवा, व्यक्तिको नाममा गर्ने समाजवादी वा साम्यवादी हुँदै होइनन्, जनताविरोधी हुन् । व्यक्तिगत स्वार्थ नहेरी देश र जनताको हित गर्ने देशभक्त हुन् । यी आधारमा नेता कार्यकर्ता पहिचान गर्नुपर्छ ।
अङ्क ९ ः सरकारको अपेक्षा ।
दुईतिहाइको सरकार भए तापनि मन्त्री, सल्लाहकार र कर्मचारीहरूले आफ्नै आउरे बाउरेहरूको स्वार्थका लागि मात्र काम गर्दा प्रम र सरकारका निर्णय तथा आदेशहरू तल्लो तहमा गएर कार्यान्वयन हुन सकेको छैन ।
अङ्क १० ः देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षा गरौँ ।
संरा अमेरिकाले सहायताको नाममा चीनको विखण्डनवादी दलाई लामालाई भेट्ने निहुँमा नेपाल पसेका तिब्बतीहरूलाई चीन नभई भारत फर्काउने र प्रजग कोरियासँग नेपालको सम्बन्ध विच्छेद गर्ने सर्त राख्नु नेपालको सार्वभौमिकतामाथि नै हमला भएकोले यसलाई सिधै अस्वीकार गरिनुपर्छ ।
अङ्क ११ ः दाइजो, हत्या, र ¥हासोन्मुख शिक्षा स्तरमा दोषी को ?
सामाजिक विकृतिका विषयमा कडा कानुन बनाउन नसक्नु तथा राजनैतिक दलले घोषणापत्रमा यस्ता कार्यलाई निषेध गर्न नसक्नाले हरेक दिन जसो यस्ता घटनाहरू घटिरहेका छन् ।
अङ्क १२ ः चीन र अमेरिकाबारे फरक दृष्टिकोण
चीनको आजको आर्थिक वृद्धि माओ त्सेतुङ्ग युगकै जगमा आधारित हो र यो विधिको शासन थियो, हुकुमी शासन होइन । चीनसँग पहिले नै राजकीय उद्योगधन्दा भएका कारण नै चीन अहिलेको स्थितिमा आएको हो । निजीकरण गरिएको भए हाम्रोजस्तो हालत हुन्थ्यो । व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदर कम देखिए पनि यसको असर अमेरिकालाई नै बढी पर्नेछ । चीनको एक क्षेत्र एक मार्ग र मित्रवत् परराष्ट्र नीतिका कारण शत्रु कम मित्र ज्यादा भएका छन् । अमेरिकाको साम्राज्यवादी नीतिका कारण ऊ झन् – झन् असफल हुँदै छ ।
अङ्क १३ ः नयाँ वर्षको सन्देश कि आत्मश्लाघा ?¤
चिप्लेकिरा प्रगतिलाई उत्साहपूर्वक लिनु र ठगहरूको घेरामा बसेर गुण्डाहरूलाई काखी च्यापी देशको विकास र शान्ति सुरक्षा राम्रो होला भनी कल्पना गर्नु मण्डलेहरूले पञ्चायतलाई शोषणविहीन समाज निर्माण गर्ने भनेजस्तै हो ।
अङ्क १४ ः प्रम र सल्लाहकार
पत्रपत्रिकामार्फत सरकारका कमीकमजोरी र अव्यवस्थाबारे औँल्याउँदा पनि प्रम र सल्लाहकारहरूको अभिव्यक्ति तथा गतिविधिहरूमा परिवर्तन नहुनु सुखद होइन ।
अङ्क १५ ः राजनैतिक संस्कृतिको अभावको दोषी को ?
राजनीतिक नेता र कार्यकर्ताहरूको सदाचार एवम् राजनैतिक संस्कारमा ती दलका नेताहरू नैतिकरूपले जिम्मेवार हुन्छन् । तर, नेता कार्यकर्ताको पृष्ठभूमि जात–जाती, भाषा–भाषी र वर्गसमेतलाई ध्यान दिइनुपर्छ । राजनैतिक संस्कारका विषयमा छलफल हुँदा साइकल चलाउने स्क्यान्डेनिभियाक प्रधानमन्त्रीको मात्र होइन होची मिन्ह र माओ त्सेतुङको बारेमा पनि अध्ययन जरुरी छ ।
अङ्क १६ ः माक्र्स दिवसमा नेकपाको रुवावासी
दलाल पुँजीवादमा फसेको र कम्युनिस्ट आदर्शवाट च्युत भएको कारण नयाँ परिस्कृत पार्टी चाहिन्छ भन्ने नेकपाका नेताहरू नेकपा कम्युनिस्ट पार्टी नै नभएको तर आफ्नो अपराधमा माक्र्स नामको पर्दाले छोप्न माक्र्स दिवस मनाई रहेका छन् ।
अङ्क १७ ः प्रम ओलीको भियतनाम भ्रमण
भियतनामलाई हामी हाम्रो अव्यवस्था उपहार दिने होइन हाम्रो तीतो अनुभव सुनाउने हो, भियतनामबाट हामीले सादा जीवन र अन्तर्राष्ट्रिय भावना सिक्ने हो ।
अङ्क १८ ः शासक नेताहरूले शब्दमा ख्याल राखौँ
गाउँ–गाउँमा सिंहदरबार पु¥याउनुपर्छ र अब देशले पुँजीवादको विकास गर्नुपर्छ भनेकोले त्यसको परिणाम गाउँपालिका तथा नगरपालिकाहरूले ऐन नियमविपरीत जथाभावी खर्च गरेका छन् । पुँजीवादका सबै कुकृत्यहरू जस्तै – सार्वजनिक स्थलहरू व्यक्तिको नाउँमा ल्याउने, कर छली, तस्करी, चोरी, डकैती, लुट, हत्याहिंसा बढेको छ र नेकपा अनि काङ्गे्रस दुवै दलाली गर्न उद्धत छन् ।
अङ्क १९ ः प्रम र मन्त्रीहरू सर्वज्ञ हुँदैनन्
राम्रो अध्ययन र छलफलविना ल्याइएको गणतन्त्रसँगैको सङ्घियताका कारण पुरानै सामन्ती जालीफटाहाहरू सत्तामा पुगेका छन् साथै सबैतिर अन्यौलको स्थिति छ । सङ्घ सरकारमा रहेको केन्द्रीकृत मानसिकताले विकेन्द्रीकरणको सिद्धान्तविपरीत सरकार काम गरिरहेको छ ।
अङ्क २० ः राजनैतिक गाईजात्रा
पदका लागि जे पनि र जस्तो पनि गर्ने नेपाली राजनीतिको गाईजात्रा सत्तापक्षमा मात्र सीमित नभई प्रमुख प्रतिपक्ष भनिएको दलमा पनि रहेको कारण पार्टीमात्र नभई देश नै असहज परिस्थितिमा छ ।
अङ्क २१ ः प्रम र सहयोगीहरू ¤?
जिम्मेवार सहयोगी र सल्लाहकारहरू नहुँदा आलोचनाका हरेक शब्दहरूलाई कुस्तीको लल्कार सम्झिँदा प्रम ओली एकपछि अर्को गर्दै नराम्रा समाचारहरूका कारक बनेका र गैरजिम्मेवार देखिएका छन् ।
अङ्क २२ ः जनप्रतिनिधिहरू थरीथरीका
चुनाव जित्न व्यापारी नातागोता ठेकेदार साथीभाइ जात भाषा र क्षेत्रीय भावनाको सहयोग लिएका जनप्रतिनिधि सधैँ दबाब, समस्या, अपराधी छुटाउनेजस्ता अनैतिक कार्यहरूले हायल कायल हुन्छन् । तर, पार्टीको सिद्धान्त बुझेका कर्तव्यनिष्ठ र इमानदार जनप्रतिनिधिहरूलाई यस्ता अप्ठ्यारा हुँदैनन् ।
अङ्क २३ ः विश्वविद्यालय र राजनैतिक दलहरू
देशका शासक दलहरू आफ्नो अकर्मण्यतामात्र होइन विदेशीको चङ्गुल र निजी कलेजका लगानीकर्ताहरूको स्वार्थमा फस्दा त्रिविलगायत सबै विश्वविद्यालयमा समस्यै समस्या भएको हो ।
अङ्क २४ ः पारदर्शिता र इमानदारिता
विदेशी पुँजी भित्र्याएर देशको विकास गर्ने सोच भएका शासकहरूले देशमा भएको भ्रष्टाचार अराजकता र अपराधलाई अन्त्य गर्ने आँटसमेत गर्न सक्दैनन् तर सिक्नको लागि बोलाइएको मित्र देशहरूबाट होटेलका सामान चोरेर ल्याउनबाहेक केही सिक्दा पनि सिक्दैनन् र सिक्न पनि चाहँदैनन् ।
अङ्क २५ ः उपनिवेशवाद कूटनीति र नैतिकता
हङकङमा निम्त्याइएको समस्या एसियालीलाई एसियालीसँगै, अफ्रिकीलाई अफ्रिकीसँगै र ल्याटिन अमेरिकीलाई ल्याटिन अमेरिकीसँगै अनि चीनियाँलाई चीनियाँसँगै भिडाउने साम्राज्यवादीहरूको पुरानै षड्यन्त्रको रूपमात्र हो । तर सिस्नु रोपेर तुल्सी उम्रन्न ।
अङ्क २६ ः पुँजीवाद ः अपराधी र सरकार एकै ¤
खानेपानी सचिव आफै खानेपानी ट्याङ्कर व्यवसायी र त्यस्ता व्यवसायीहरूका समर्थक भएको कारण मेलम्चीका ठेकेदार भगाउनु, भुमाफियाको सिकार प्रधानमन्त्री निवास नै हुनु, भूमाफियाले सर्वोच्चको आदेश अवज्ञा गरेर खोलाको प्राकृतिक बहाव नै परिवर्तन गर्नु आदि काममा अपराधीसँगै सरकार पनि सामेल हुनु पुँजीवादको नमुना हो ।
अङ्क २७ ः प्रमहरू किन जिम्मेवार ?
सरकार सदन र जनताप्रति जवाफदेही नहुँदा तथा सरकारमा गएका प्रम र मन्त्रीहरूमा दीर्घकालीन सोच नहुँदा देशले सयौँ वर्षसम्मलाई दुःख पाउने खालका कामहरू भएका छन् । स्थानीय निर्वाचन समयमा नहुँदा अहिलेसम्म पनि देशमा विभिन्न खालका समस्या यथावत छन् । यसमा शेरबहादुर देउवाजस्ता प्रमहरू जिम्मेवार छन् ।
अङ्क २८ ः गणतान्त्रिक नेपालको दुर्गतिको दोषी को ?
सरकारमा गएका मन्त्री, प्राविधिक र कर्मचारीहरू देश विकासभन्दा पनि विकासको नाममा ठेकेदारसँग मिलेर देश र जनतालाई लुट्ने अनि आफू काठमाडौँमा आरामको जिन्दगी बिताउने सोच भएका कारण देशको दुर्गति भएको हो । यसको विरुद्ध कानुन बनाई अवलम्बन गर्न ढिलाइ भइसकेको छ ।
अङ्क २९ ः हङकङमा बेलायती उपनिवेशको कुसंस्कार
हङकङमा चलिरहेको उपद्रव ट्रम्प प्रशासनले व्यापार युद्धमा चीनलाई गलाउन नसक्दा साम्राज्यवादी संरा अमेरिकाले प्रतिक्रियावादी बेलायतसँग मिलेर आफ्ना एजेन्टहरूमार्फत गराइरहेको हो । विभिन्न समाजवादी देशहरूमा मच्चाइरहेको विध्वंस, क्युवा तथा प्रजग कोरियामा लगाएको नाकाबन्दी बढाउनु साम्राज्यवादको मरेको सर्पको पुच्छर हल्लाइ मात्र हो ।
अङ्क ३० ः के अब भुटानपछि नेपालको पालो ?
इतिहासदेखि भारतले छिमेकी देशहरूलाई आफ्नो साम्राज्यमा मिलाउन अनेकौँ जालझेल गरेको स्पष्ट हुँदा पनि नेपाली मन्त्रीहरूले विभिन्न बहानामा भारतीय एकाधिकार पँुजीको फन्दामा देशलाई फसाउँदै लानु र छिमेकी देशको अस्तित्व मेटिँदा काल पल्केको कुरालाई बुझ पचाउँदै जानु दुर्भाग्यपूर्ण छ ।
अङ्क ३१ ः नयाँ राजतन्त्रको उदय ?
राजतन्त्रको पुनःस्थापना वा प्रतिगमनको कुराले थर्कमान भएका शासक दलका नेताहरू जो गोर्खालीलाई साम्राज्यवादी बेलायतको युद्धमा पठाएका राणाहरूजस्तै ७० लाख युवाहरूलाई विदेशमा पठाएर दलाली भाग खाँदै छन्, उनीहरू सबै प्रतिक्रियावादी नयाँ राणाहरू नै हुन् ।
काश्मीर भारतीय महासङ्घमा विलय—नेपालीहरू होसियार हुनुपर्ने ।
अङ्क ३२ ः ‘चर्काचर्की’ को उद्देश्य के होला !
पार्टीहरूमा सही र गलत, व्यावहारिक र अव्यावहारिक, अल्पकालीन र दीर्घकालीन, सिद्धाननिष्ठ र सिद्धान्तच्यूत कुनै पनि विषयमा चर्काचर्की हुनसक्छ । तर, प्रम ओली र माधव नेपालबीचको चर्काचर्कीबाट देशका विभिन्न तहतप्काका जनताले देशको प्रगतिको लागि अब केही होला की भनेर सोचे पनि यसबाट देशलाई केही फाइदा नपुग्ने निश्चित छ ।
अङ्क ३३ ः नेतृत्व कसको युवा, महिला वा ……….?
युवा, महिला, जातजातिको नेतृत्वको नाममा डोकोजस्तो प्वाल नै प्वाल भएको संविधान बनेको कारण देशमा भ्रष्टाचार र अपराध मौलाएको हो । प्रश्न युवा, महिला नेतृत्वको होइन प्रश्न इमानदारिता, कर्तव्यनिष्ठता र देशभक्तिको हो । कुन नेतृत्वले हित ग¥यो कसले अहित ग¥यो यो मुख्य हो ।
अङ्क ३४ ः एक आदर्श समाजको निर्माण गर्न
क्रान्तिको निम्ति क्रान्तिकारी नेतृत्व र सिद्धान्त चाहिन्छ । कसैको भरमा आन्दोलन गरेमा वा केही नेता क्रान्तिकारी हुँदैमा वा केही हजारको मृत्यु हुँदैमा क्रान्ति हुने होइन । यसको लागि वैचारिकरूपले शिक्षित सिद्धान्तनिष्ठ जनता र यसलाई नेतृत्व दिने पार्टी चाहिन्छ । नेमकिपा वर्षौँदेखि यही काममा लागिरहेको छ ।
अङ्क ३५ ः साम्यवाद एक आदर्श समाज
प्रत्यक्ष – अप्रत्यक्ष शोषणमा रहेका शारीरिक एवम् बौद्धिक मजदुरहरू सचेत भएपछि नर्कसमान पँुजीवादी व्यवस्थालाई फालेर समाजवाद ल्याउनेछन् । जहाँ उत्पादनका सबै सामान र सेवा बिस्तारै निजी नभई समाजको स्वामित्वमा आउनेछ र शोषण विलय हुनेछ तथा सबै किसिमको विभेदको अन्त्य हुनेछ । त्यो आदर्श समाज साम्यवाद हो ।
अङ्क ३६ ः नेताको निर्माण कार्यकर्ताबाट हुन्छ ।
धेरै हन्डर र अग्निपरीक्षाहरू, अनेकौँ अनुभव, हजारौँ व्यक्तिको चिनजान र सङ्गठनहरूबाट खारिएका एक उदाहरण्ीाय व्यक्ति नेता बन्ने हो । साइकल चलाउने केटोले हवाई जहाज चलाउने आकाङ्क्षा राख्न त सक्छ तर साइकल चलाउने महारथ प्राप्तिबाट नै हवाई जहाज चलाउन सक्दैन ।
अङ्क ३७ ः नेपाललाई बुझ्ने दृष्टिकोण फराकिलो होस्
चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूद्वारा नेकपाका नेताहरूलाई सी चिनफिङ विचारधाराबारे कक्षा सञ्चालनको विषयमा संरा अमेरिकी राजदूतको चासो–चिन्ता के निहुँ पाऊँ कनिका बुकाऊँ भनेझैँ हो । सिकाउन चाहने नेकपाका नेता भएको भए नेपाली भाषामा प्रकाशित पुस्तकहरूबाटै सिक्न सक्थे । यिनीहरूलाई सी चिनफिङ विचारधारा पढाउनु भालुलाई पुराण सुनाउनुजस्तै हो ।
अङ्क ३९ ः तः मुँज्या के हो ?
पञ्चायतकालमा काम गरी खाने जनताको विषयमा बोल्ने डबली नहुँदा जनताद्वारा जनताकै लागि निर्माण गरिएको तःमुँज्याको डबलीले देशभरका भाषाभाषीहरूको साहित्य वाचन ग¥यो र अहिले जनतालाई विभिन्न विषयमा सचेत बनाउने डबलीको काम गरिरहेको छ ।
अङ्क ४० ः के हामी एक्काइसौँ शताब्दीमा बाँचिरहेका छौँ !
साइनबोर्ड झुण्ड्याउँदैमा विश्वविद्यालय हुँदैन । भएका विश्वविद्यालयहरूको उचित व्यवस्थापन नहुँदा देश नै अन्यौलमा परेको छ ।
यथेष्ठ पूर्वाधार भएको र ख्वप विश्वविद्यालयलाई संसदीय समितिबाट एकमत भई पहिलो नम्बरमा राखेर किन स्वीकृति नदिएको ?
अङ्क ४१ ः फरक–फरक दृष्टिकोण
अमेरिका साम्राज्यवादी देश हो । उसले जोसँग मित्रता गाँस्छ, त्यसले नयाँ दास मालिक पाउँछ । अतः नेपाली शासक दलहरूले अमेरिकाको हरेक कुरामा साथ दिनु र चीनबारे गलत दृष्टिकोण राख्नु देशको लागि दूर्भाग्यपूर्ण छ ।
अङ्क ४२ ः बसका यात्रुहरूको बलिदान नरोकिने भो ?
वाहन दुर्घटनाको कारण सडक निर्माणमा भएका त्रुटि, विषेशज्ञद्वारा निरीक्षण नहुनु र गाडि मालिकले नाफाका लागि यात्रु कोच्न दबाब दिनु आदि भए पनि यात्रु आफू पनि सचेत भएर हतारमा जसरी भए पनि सवार गर्न नहुने ।
अङ्क ४३ ः सीमाबारे सेनाको चासो ? अन्नपूर्ण पोस्ट ?
विभिन्न पत्र –पत्रिकामा सीमा अतिक्रमणको विषयमा भएका गतिविधि र सीमाका नेपाली जनताले सीमा बचाउन सङ्घर्ष गरिरहँदा सरकार मन्त्रीहरू परिवर्तन गर्ने खेलमा लागेर भारत भक्ति देखाउँदै छ कि ?
अङ्क ४४ ः नेपाली सेना र सशस्त्र प्रहरी सीमामा किन नपठाउने ?
लिम्पियाधुरा, कालापानी, लिपुलेक र अन्य क्षेत्रमा भएका सीमा अतिक्रमण विषयमा विभिन्न तह तप्काका जनता आन्दोलित हुँदा सरकार भाषणमात्र गर्छ, भारतसामु खुलेर कुरा गर्नसमेत सक्दैन । भारतीय सेना र एसएसबीको अत्याचार जनताले सहनुपर्दा पनि नेपाली सेना र सशस्त्र प्रहरी सीमामा किन नपठाउने ?
अङ्क ४५ ः राजनीति नगरौँ भन्नेबारे ।
राजनीति नगरौँ शब्दको गलत प्रयोग भएको छ ।
स्मार्ट सिटी ः मेक्सिकोजस्तो नभई बस्नलायक राम्रो बन्दोबस्त भएको सहर
अङ्क ४६ ः हङकङ समस्या दोस्रो अफिम युद्ध
आन्तरिक मामिलामा अरू देशलाई हस्तक्षेप गरिएको आह्वान अस्वीकार्य ।
अमेरीकी साम्राज्वाद हङकङलाई मानव अधिकारविरोधी आतङ्कवादहरू र अपराधीहरूको स्वर्ग बनाइराख्न चाहन्छ ।
अङ्क ४७ ः उपनिर्वाचन, सहानुभूति र जनमत
पैसा खर्च गरेर जीतिने चुनावको मतलाई जनमत भन्नु सही नहोला ।
अङ्क ४८ ः सबैको ध्यान जाओस्
प्रजातन्त्र र गणतन्त्रमा जनताको राजनैतिक चेतना फैलाउन निर्वाचन एक माध्यम र अवसर हो तर सिद्धान्त र राजनीतिबारे छलफल नगरी पैसा खर्च गरी मत लिनु दालभात किन्नु सरह हुनेछ । यसले प्रजातन्त्र कमजोर हुन्छ ।
अङ्क ४९ ः एमसीसी र नेपाली काङ्गे्रस
काङ्ग्रेसले शत्रु र मित्र नचिन्दा अनि युगको प्रवाह नबुझ्दा पराजय भोग्यो ।
संरा अमेरिकी प्रशासनको विकास योजना हरेक पाइला युद्धको सुरुआत हो ।
अङ्क ५० ः संरा अमेरिका एक साम्राज्यवादी देश हो भन्ने बुझौँ
संरा सङ्घको बैठकमा अमेरिकी राजदूत मेहियानले नेपाललाई आजका सिपाहीको देश भनेका थिए । सम्भवतः डा. शर्माजस्तै पैसामा बिक्ने नेपाली बुद्धिजीवीलाई यसो भनेका होलान् ¤ जनता सचेत होऔँ ।
अङ्क ५१ ः समयमै सचेत होऔँ
अमेरिकाको लोभ र प्यार डलर र मित्रताको नाममा फसेका अफगानी, इराकी र लिबियाली मुर्खहरूले पछुताएर के गर्ने ? कति भिडन्तमा मारिए र कति आदेश नमान्दा सीआईएबाट मारिए, कति ज्यान जोगाउन भागे ।
अङ्क ५२ ः के नेपाल एक प्रजातान्त्रिक देश हो ?
प्रजातन्त्रिक समाज र देश कुनै एक व्यक्तिको लिँडेढिपीले चल्दैन चाहे ऊ सभामुख होस् वा उपसभामुख ।
Leave a Reply