जीवनयापनको उच्च लागतविरुद्ध ग्रीसमा हजारौँ विद्यार्थी र शिक्षकको प्रदर्शन
- कार्तिक ५, २०८३
हुवाङ युचिए
उहानमा तीन दिनदेखि न्यानो घाम लागेको छ । मौसम दिनानुदिन न्यानो बन्दै गएको छ । सामान्य दिशामा फर्किरहेको उहानको समुदायको लागि यो सायद एउटा शुभ सङ्केत हो । कोरोना भाइरसको भयानक महामारीसँगको हाम्रो पहिलो साक्षात्कारमा हामी वास्तवमै त्रसित थियौँ । हतासिएका थियौँ । अन्योलग्रस्त थियौँ । तर, चीनमा एउटा उखान छ–फी ची थाइ लाइ । (चरम दुःखले दिन्छ अगाढ सुख)
अर्थात्, हिलोमै फुल्छ कमल । जब कुनै निकै नराम्रो घटना घट्छ, राम्रो कुराको शुभारम्भ पनि त्यही बिन्दुबाट हुने गर्छ । जटिलता र समस्याले चीनलाई कहिल्यै छोड्दैन । तर, तिनै कठिनाइले नै चीनमा असामान्य रूपान्तरणले गति लिने गरेको छ ।
यो वर्ष फेब्रुअरी ८ मा लालटिन पर्व परेको छ । लालटिन पर्वपछि चिनियाँहरू आ–आफ्नो काममा फर्किने गर्छन् । तर, महामारीको कारण यो वर्ष पहिलेजस्तै लालटिन पर्व सकिएलगत्तै मानिसहरू काममा जान सक्नेछैनन् । काम गर्ने ठाउँमा कोरोना भाइरस फैलिन नदिन गत साता हुपेई, सान्तोङ आदि प्रान्तले फेब्रुअरी महिनापछि मात्र काम सुरु गर्ने घोषणा गरेका छन् । अरू अधिकांश प्रान्तले भने नियमित काम कतिबेलाबाट सुरु गर्ने कुनै टुङ्गो लगाएका छैनन् । महामारी निकै फैलिएका क्षेत्रबाहेक अन्य ठाउँमा भने निकट भविष्यमा काम सुचारु गर्ने आशा गरिएको छ । शान्सी प्रान्तले पूर्णगतिमा काम कहिलेबाट थालनी गर्ने कुनै घोषणा गरेको छैन । तथापि काम थालनी गर्न खोजिरहेका निश्चित कम्पनीको नाममा विस्तृत संहिता र सहयोगी नीति घोषणा गरेको छ । त्यस्ता कम्पनीमा विशेषतः पूर्वाधार निर्माण क्षेत्रका कम्पनीहरू छन् ।
भौगोलिक दुरीको सीमिततालाई छिचोल्ने सबभन्दा उपयुक्त तरिका भनेको अनलाइनमार्फत काम गर्ने । आफूलाई व्यक्त गर्न र आफूले भोगिरहेको समयको अभिलेखीकरण गर्न मानिसहरूले टिक–टक, तोउयीन, खाईशउजस्ता अनलाइन माध्यमहरूको भरपुर प्रयोग गरिरहेका छन् । विशेषतः यसले युवाहरूलाई बढी आकर्षित बनाएको छ । यसले सर्वसाधारणलाई थोरै भए पनि मनोरञ्जन प्रदान गरेको छ । साथै लघु–श्रव्यदृश्य अर्थतन्त्रको प्रवद्र्धनका लागि टेवा पु¥याएको छ । शारीरिक तन्दुरुस्ती र राम्रो स्वास्थ्यको लागि फिटनेस क्षेत्रमा मानिसहरूले अनलाइन दबु प्रयोग गरिरहेका छन् । उनीहरूले फिटनेसका प्रशिक्षक र विज्ञहरूमार्फत अनलाइन सल्लाह दिइरहेका छन् । सर्वसाधारणलाई कस्तो शारीरिक मुद्रामा सही तरिकाबाट व्यायाम गर्न सकिन्छ भनेर सिकाउने गरिएको छ । घरमा उपलब्ध पानीको बोटल, लुगा धुने पाउडरको बोटल र अन्य दैनिक आवश्यक वस्तुलाई घरभित्रै व्यायामको लागि सहजै कसरी प्रयोग गर्न सकिन्छ भन्ने तरिका उनीहरूले सिकाउने गरेका छन् ।
चीनमा उच्च गुणस्तरका सिकाइ सामग्री र स्रोत मनग्य भए पनि शिक्षक र विद्यार्थीले अझै त्यसको भरपूर उपयोग गर्न सकेका छैनन् । आजभोलि स्मार्टफोन, टीभी वा कम्प्युटरमार्फत विद्यार्थीले सहजै एकसेएक प्रतिभाशाली शिक्षकहरूबाट लात् कक्षामा बस्न सक्छन् । सिकाइ अझ प्रभावकारी बनाउन शिक्षकहरूले विभिन्न एपको प्रयोग गरिरहेका छन् । मेरो भाईले आजभोलि सिआहे र स्युशेङ नामका एप प्रयोग गरिरहेका छन् । विद्यार्थीलाई गृहकार्य दिन र त्यसको परीक्षण गर्न यो उपयोगी तरिका हो ।
चीनमा अनलाइन किनमेल, अनलाइन बुकिङ, दूरशिक्षा आदि क्षेत्रमा बितेका केही वर्षयता ठूलो फड्को मारिसकेको छ । महामारीको चापमा यी क्षेत्रले थप फस्टाउने मौका पाएको छ । दूरशिक्षा यसको राम्रो उदाहरण हुनसक्छ । हुपेईको शिक्षा कार्यालयले दुरशिक्षा प्रविधिमार्फत आधारभूत र माध्यामिक विद्यालय तथा अन्य व्यवहारिक ज्ञान प्रसारण गर्दै आएको छ । चीनमा उच्च गुणस्तरका सिकाइ सामग्री र स्रोत मनग्य भए पनि शिक्षक र विद्यार्थीले अझै त्यसको भरपूर उपयोग गर्न सकेका छैनन् । आजभोलि स्मार्टफोन, टीभी वा कम्प्युटरमार्फत विद्यार्थीले सहजै एकसेएक प्रतिभाशाली शिक्षकहरूबाट लात् कक्षामा बस्न सक्छन् । सिकाइ अझ प्रभावकारी बनाउन शिक्षकहरूले विभिन्न एपको प्रयोग गरिरहेका छन् । मेरो भाईले आजभोलि सिआहे र स्युशेङ नामका एप प्रयोग गरिरहेका छन् । विद्यार्थीलाई गृहकार्य दिन र त्यसको परीक्षण गर्न यो उपयोगी तरिका हो । यस्ता विभिन्न स्रोत र आविष्कारले यतिबेला मानिसका जीवन सहज बनाएको छ । महामारी समाप्त नहुञ्जेल विद्यालयको पढाईमा कुनै असर नपार्न दुरशिक्षाको तरिका उपयुक्त छ । घरमा बस्दा विद्यार्थीको ध्यान पढाइमा केन्द्रित नहुने, पुराना शिक्षकहरूले विभिन्न यस्ता एप प्रयोग गर्ने तरिका नजान्ने आदि समस्या भने क्रमशः समाधान हुँदै जानेछ ।
एकपछि अर्को राम्रा समाचार आइरहेका छन्ः अधिकांश मानिसको फेब्रुअरी महिनाको तलब काटिने अवस्थालाई ध्यानमा राखी क्वाङतोङ, शन्चेनलगायत धेरै सहरमा घरभेटीलाई फेब्रुअरी महिनाको घरभाडा न्यूनतम गर्न सूचना जारी गरेको छ । क्रेडिट कार्ड प्रयोगकर्तालाई बैङ्कहरूले ग्राहकमैत्री नीति लागू गरेको छ । अलिबाबाले आफ्नो वित्तीय भुक्तानीको म्याद थपेको छ । यस्ता सबै नीति नियमले सङ्कटको सामना गरिरहेका मानिसको जीवन सहज बनेको छ ।
यी दिनहरूमा महामारीको फैलिँदो अवस्थाप्रति कडा निगरानी राख्नुको विकल्प छैन । भाइरसबाट सङ्क्रमितप्रति गहिरो चासो र चिन्ता व्यक्त गरिरहेका छौँ । अझै पनि हामी महामारी र दैनिक जीवनबीच सन्तुलन कायम राख्ने तरिका सिक्दै छौँ । अनिश्चितता सम्हाल्न हामीले उपाय पहिल्याइरहेका छौँ । पीडालाई कम गर्ने बाटा हामीले क्रमशः भेटाइरहेका छौँ । अनि आगामी जीवनको लागि तयारी गरिरहेका छौँ । यो महामारी धेरै चाँडै अन्त्य हुने हामीलाई थाहा छ । त्यसपछिको नयाँ जीवनको लागि हामी तयारी रहनु छ ¤
Leave a Reply