भर्खरै :

विश्वभरबाट चीनप्रति सद्भावको ओइरो

पेइचिङ, १३ फेब्रुअरी । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले फेब्रुअरी १३ तारिख इन्टरनेटमार्फत आयोजित पत्रकार सम्मेलनमा विविध मुलुकका जनता विशेष तथा युवापुस्ता र किशोर–किशोरीहरूले कोरोना भाइरस सङ्क्रमण प्रतिरोध गर्न चीनलाई नैतिक समर्थन गरेकोमा चीनले प्रशंसा गरेको बताउनुभएको छ । विश्वका जनताको समझदारी र समर्थनमा चिनियाँ जनताले अवश्य नै नोभेल कोरोना भाइरसमामाथि अन्तिम विजय प्राप्त सक्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।
हाल इटली, जापान र बेलायतलगायतका विविध मुलुकका युवायुवती र किशोर–किशोरीहरूले सार्वजनिक स्थलमा भेला भई, चन्दा दिने र चिनियाँ गीत गाउने आदि कार्यमार्फत कोरोनाको प्रतिरोध गर्न चीनलाई नैतिक समर्थन गरेका छन् ।
चीन सरकार र चिनियाँ जनताले ती मायालु भिडियोको प्रशंसा गरेको बताउँदै प्रवक्ता कङले विविध मुलुकका जनताले विभिन्न तरिकामार्फत देखाएको सोझो, माया र साहसको चीनले उच्च सराहना र ह्दयको कृतज्ञता प्रकट गरेको कुरा पनि औँल्याउनुभएको छ ।
ब्रिक्स देशको ऐक्यबद्धता
ब्रिक्स मुलुकका अध्यक्ष मुलुक रुसले फेबु्रअरी ११ तारिख मुख्य वक्तव्य जारी गर्दै ब्रिक्स मुलुकको तर्फबाट एनसीपीको प्रतिरोध गर्न चीनले प्रयास गरेकोप्रति समर्थन गरेको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले १२ तारिख उक्त मुख्य वक्तव्यबाट ब्रिक्स मुलुकबीच एकअर्काको ख्याल–विचार र सहयोग गर्नुकासाथै सँगै मिलेर कठिन अवस्थालाई जित्ने भावना र रोगको प्रतिरोध गर्न अन्तर्राष्ट्रिय समाजले चीनलाई समर्थन गरेको औँल्याउनुभयो । त्यसप्रति चीनले उच्च प्रशंसा गरेको पनि प्रवक्ता कङले बताउनुभयो ।
ब्रिक्स मुलुकले भ्याएसम्म एनसीपीको प्रतिरोध र नियन्त्रण गर्न चीन सरकारलाई समर्थन गर्नुका साथै चीनसँग घनिष्ट सहयोग गर्दै जान ब्रिक्स मुलुक इच्छुक रहेको कुरा उक्त वक्तव्यमा उल्लेख गरिएको छ ।
ब्रिक्स मुलुकलगायतका समस्त अन्तर्राष्ट्रिय समाजसँगै मिलेर रोगको प्रतिरोध गर्नुका साथै क्षेत्रीय र विश्वको सार्वजनिक स्वास्थ्य सुरक्षाको संरक्षण गर्दै जान चीन इच्छुक रहेको पनि प्रवक्ता कङले औँल्याउनुभएको छ ।
युरोपेली सङ्घको समर्थन
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले फेबु्रअरी १२ तारिख इन्टरनेटमार्फत आयोजित पत्रकार सम्मेलनमा यूरोपेली सङ्घलगायतका अन्तर्राष्ट्रिय समाजले नोभेल कोरोना भाइरसको प्रतिरोध गर्न चीनलाई समर्थन र सहायता गरेकोप्रति चीनले हृदयको कृतज्ञता व्यक्त गरेको बताउँदै निरन्तर रुपमा खुलस्त, स्पष्ट र दायित्वपूर्ण धारणा लिएर विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय समाजसँगको आदान–प्रदानलाई सबल पारीसँगै मिलेर रोगको सामना गरी छिटोभन्दा छिटो गरी रोगलाई जित्न चीन इच्छुक रहेको औँल्याउनुभएको छ ।
प्राप्त जानकारीअनुसार, यूरोपेली सङ्घका २७ वटा सदस्य मुलुकका स्वास्थ्यमन्त्रीहरूले आगामी १३ तारिख एनसीभीसम्बन्धी विशेष सम्मेलनको आयोजना गर्दै विभिन्न सदस्य मुलुकको आ–आफ्नो कारबाहीबारे विचार–विमर्श गर्ने कार्यक्रम रहेको छ ।
रोगको निवारण र नियन्त्रण गर्ने सन्दर्भमा देशको सीमाना छैन भन्ने कुरा बताउँदै रोगको सामना गर्दा अन्तर्राष्ट्रिय समाजले आपसी आदान–प्रदान र समन्वयलाई सबल पारी एकताबद्ध भएर त्यसलाई जित्नुपर्ने कुरामा प्रवक्ता कङले जोड दिनुभएको छ ।
नेपाली जनताको सद्भाव
फेब्रुअरी १२ तारिख नेपाल हिमालय पार विकास केन्द्रले कोरोना भाइरसविरूद्ध चीनको प्रतिरोधमा हौसला थप्न काठमाडौँमा ‘हामी साथ छौं’ शीर्षकको सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । नेपालका विभिन्न क्षेत्रका मित्रहरूले सो कार्यक्रममा कोरोना भाइरसविरूद्धको अभियानमा चीन एक्लो नभई चीनसँगै मिलेर यस भाइरसविरूद्धको लडाइँलाई जित्न नेपाल इच्छुक रहेको कुरा व्यक्त गरेका छन् ।
नेपालका लागि चिनियाँ राजदूत हौ याङछीले कोरोना भाइरसपछि नेपाल सरकारले चीनलाई एक लाख मास्कहरू सहयोग गरेकोमा प्रशंसा गर्दै नेपालले चीनलाई देखाएको सद्भाव तथा मायाप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । नेपाल समेतका अन्तर्राष्ट्रिय समाजसँग मिलेर कोरोना भाइरसलाई सफलताका साथ परास्त गर्न चीन इच्छुक रहेको कुरा पनि उहाँले व्यक्त गर्नुभयो ।
नेपालका एक जना विद्यार्थी प्रणय शाक्य आफैँले चिनियाँ चिकित्साकर्मीहरूको सम्मान तथा प्रोत्साहन गर्नका लागि एउटा चित्र बनाएका छन् । उनी भन्छन्, Fमैले चिनियाँ विज्ञान र स्वास्थ्यकर्मीहरूको भावनालाई चित्रमा समेटेको छु ।”
नेपाल चीन आर्थिक व्यापारिक सङ्घका अध्यक्ष अनुपरञ्जन भट्टराईले कोरोना भाइरसविरूद्ध चीनको प्रतिरोध कार्य सफल हुने विश्वास लिँदै चीनको आर्थिक विकास कुनै पनि भाइरसबाट प्रभावित नहुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, Fचीन सरकार यो समस्या समाधान गर्न सक्षम छ ।”
चीनको सछ्वान विश्वविद्यालयबाट स्नातक भएका नेपाली डाक्टर सुजान शाक्यले कोरोनाभाइरस प्रकोपको नियन्त्रण गर्न चीनले प्रभावकारी गतिविधि गरेको कुरा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, Fचीन सरकारले चालेका कदमप्रति म पूर्ण आशावादी छु ।”
सो कार्यक्रममा कोरोना भाइरसविरूद्ध चीनलाई प्रोत्साहन र समर्थन गर्नका लागि नेपालका विद्यार्थीहरूले सँगसँगै चिनियाँ भाषामा Fचोङ्को च्या यौ” भन्दै नारा लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *