भर्खरै :

गणेश मावि ३६ औँ वर्षमा

भक्तपुर, ५ फागुन । गणेश माध्यमिक विद्यालयको ३६ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण एवं सांस्कृतिक कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खर्बुजाले एमसीसी सम्झौताबाट देशलाई पार्ने नराम्रो असरबारे चर्चा गर्दै यो इन्डो प्यासिफिक रणनीतिको एक अङ्ग भएकोले विद्यार्थीहरू बेलैमा सचेत हुनुपर्ने बताउनुभयो । उहाँले अमेरिकाले सहयोगको नाममा नेपाली भूमिलाई युद्ध मैदानमा परिणत गर्न खोजिरहेको बताउनुभयो ।
भक्तपुर नगर शिक्षा अधिकृत हरिप्रसाद निरौलाले विद्यार्थीहरूको स्तर उन्नतिको लागि शिक्षक, अभिभावक र विद्यार्थीहरूको सक्रिय भूमिका हुनुपर्ने र नगर शिक्षा शाखाले विद्यालयको भौतिक र शैक्षिक विकासको निम्ति निरन्तर सहयोग गरिरहेको बताउनुभयो ।
स्रोतव्यक्ति कृष्णप्रसाद कर्माचार्यले विद्यालयको शैक्षिक गतिविधिका साथसाथै अतिरिक्त क्रियाकलापमा पनि निरन्तरता दिनुपर्छ भन्नुभयो ।
सार्वजनिक मा.वि. संयुक्त परीक्षा समितिका अध्यक्ष एवं बासु मा.वि.का प्रधानाध्यापक अम्बिका न्याइच्याईले बिनामेहनत शैक्षिक प्रगति नहुने र मेहनत र परिश्रम गर्न विद्यार्थीहरूलाई उत्प्रेरित गर्नुपर्छ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका सल्लाहकार लक्ष्मीनारायण राजलवटले टोलवासी र नगरपालिकाको सहयोगले विद्यालयलाई हालको स्थितिसम्ममा पु¥याउन सकेको र १२ कक्षासम्म सञ्चालनको लागि सबैले योगदान गर्नुहुने अपेक्षा गर्नुभयो ।
विद्यालयका प्रअ गंगाप्रसाद याकामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक गणेशराम थुसा र शिक्षिका सुशिला न्याइच्याईंले पनि बोल्नुभयो ।
विद्यालयको ३६ औँ वार्षिकोत्सवको अवसरमा वि.व्य.स.का पदाधिकारी, शिक्षक–शिक्षिका, कर्मचारीहरूले ३६ वटा गमलामा फूल रोपेका थिए । शैक्षिक सत्र २०७५ को वार्षिक परीक्षामा सर्वाेत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण र अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरणका साथै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *