भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम
- असार ७, २०८३
कमलराज गोसाई
एक्कासि मेरो कानमा एउटा शब्द ठोक्कियो, कोरोना ! म आफ्नो बाटो तताउँदै थिएँ, फेरि शब्द गुञ्जियो, आई कोरोना ! फर्केर नहेरी अगाडि हिँड्न नै सकिनँ । मैले पछाडि हेरेँ । हो, तिमीलाई नै बोलाएको हो । मेरो बाल्यकालदेखिको साथीले मलाई बोलाएको रहेछ । एकचोटि त म अलमलिएँ । मेरो नाम तिमीलाई थाहै छ, किन कोरोना भनी बोलाएको । तिमी चीनबाट फर्केका होइनौ ? त्यही भएर कोरोना भनी बोलाएको । म स्तब्ध भएँ । मैले सोचेँ, म चीनबाट नेपाल अनुसन्धानको लागि फर्केको चार महिना भइसकेको छ तर पनि मलाई साथीहरू कोरोना भनी गिज्याउन पछि परेनन् । चिनियाँहरू नै आए भने के भन्ने होलान्, कस्तो व्यवहार गर्ने होलान् । चीनको उहान प्रान्तमा अध्ययनरत १७५ जना विद्यार्थीहरू नेपाल फर्किएका छन्, भोलि क्वारेन्टाइनपछि उनीहरू घर जाँदा समाजले कस्तो व्यवहार गर्ने होला ? मनमा प्रश्नको आँधीबेहरी चल्यो ।
नोबेल कोरोना भाइरसबारे धेरै जनाको कन्फ्युजन (अल्पज्ञान सृजित अवस्था) छ । कसैले यो भाइरस जनावर–जन्तुको खानपानले गर्दा फैलिएको भनिरहेका छन् भने कसैले यो युद्ध मनपराउने र चीनको विकास र शक्ति हेर्न नसक्ने राष्ट्रहरूले तयार गरेको जैविक हतियार भनी शङ्का गरिरहेका छन् । तथ्य दुवै वा कुनै एक हुनसक्छ तर हालसम्म प्रमाणित र प्रसारित तथ्य÷कारण चाहिँ जनावर जन्तुको खानपान नै हो । चीनले केही समयसम्म जीव–जन्तुको ओसारपसार बन्द गर्ने निर्णय सायद यही कारणले गरेको होला । जैविक हतियारको रूपमा यो नोवेल कोरोना भाइरस कुनै शक्ति राष्ट्रले चीनमा सारेको हुँदै होइन भन्न पनि सकिन्न । ३ हजार बढी वर्षअघि ट्युलारेमिया भन्ने रोग लागेका बिरामीहरूलाई दुश्मनको भूमिमा पठाउने गरेको हिटिटे भाषाका किताबहरूमा छापिएको थियो । सन् १७६३ तिर बेलायती सिपाहीँहरूले आदिवासी अमेरिकीहरूलाई लक्ष्य गरेर बिफर (Smallpox) को किटाणुलाई जैविक हतियारको रूपमा प्रयोग गरेका थिए । त्यस यता शक्ति राष्ट्रहरूले आफू शक्तिशाली भइरहन, गरीब राष्ट्रमाथि थिचोमिचो गर्न, उनीहरूसँग भएको स्रोत–साधन लुट्न वा अन्य निहुँमा अनेक समयमा जैविक हतियार वा किटाणु युद्ध भएका छन् । नोवेल कोरोना भाइरस यसैको अर्को श्रृङ्खला नहोला नै चाहिं भन्न सकिन्न ।
कोरोना भाइरस भनेको भाइरस (किटाणु) हरूको एउटा परिवार हो ।(Middle East Respiratory Syndrome (MERS-Cov), Severe Acute Respiratory Syndrome (SARS- Cov) त्यसै परिवारका सदस्यहरू हुन् । अहिले संसारलाई आक्रान्त पारिरहेको नयाँ भाइरसको नामकरण नै नहुँदै प्रकोपको रूपमा फैलिएकोले यसको नाम नोवेल कोरोना भाइरस Novel – Coronavirus, Novel अर्थात् नयाँ राखिएको छ ।
कोरोना भाइरस जनावरबाट मानिसहरूमा सर्छ, SARS – CoV जङ्गली बिरालोबाट मान्छेमा सरेको थियो रMERS – CoV उँटबाट मान्छेमा सरेको थियो । जङ्गली जनावरहरूमा अझ धेरै कोरोना भाइरसहरू छन् जुन भाइरस भविष्यमा मानिसमा सर्नसक्छ ।
कोरोना भाइरस लागेका मानिसहरूमा श्वास–प्रस्वासमा समस्या, ज्वरो, खोकी लाग्न थाल्छ भने निको गर्न नसके न्युमोनिया हुँदै मृगौलामा समस्या पर्छ र मृत्यु पनि हुनसक्छ । नोवेल कोरोना भाइरसको लक्षण पनि यस्तै हुन्, ज्वरो आउनु, खोकी लाग्नु र श्वास फेर्न गा¥हो हुनु । यो किटाणु भएको व्यक्तिमा यस्ता लक्षणहरू २–१४ दिनमा देखापर्नसक्छ ।
नेमकिपाका अध्यक्ष एवं वरिष्ठ नेता नारायणमान बिजुक्छेँले १७५ जना विद्यार्थीलाई सम्पूर्ण व्यवस्था नमिलाइकन खरीपाटीमा नसार्न वा नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनको व्यवस्था विश्व स्वास्थ्य सङ्गठनको विधि÷नियम पालना गरेरमात्रै सार्न र मानवीय बस्तीभन्दा निकै पर राख्न सुझाएका थिए । यदि सम्पूर्ण व्यवस्था नमिलाई खरिपाटीमा सारे त्यसले भयावह अवस्था सृजना हुनसक्नेप्रति सरकार सचेत हुनुपर्ने आवश्यकता अध्यक्ष रोहितले औँल्याए । त्यस्तै आवाज सांसद प्रेम सुवालले पनि सदनमा व्यक्त गरेका थिए । खरीपाटीका स्थानीय बासिन्दाले पनि विरोधको कार्यक्रम गरेका थिए तर केन्द्र सरकारले सुनुवाइ गरेन ।
परिचित साहित्यकार÷लेखक खग्रेन्द्र सङ्ग्रौला नेमकिपाको विचार र खरीपाटी आसपासका जनसमुदायको आवाजको आपत्तिजनक अभिव्यक्ति दिन ट्वीटमार्फत अघि सरे । उनले लेखे, “चीनबाट ल्याइने कोरोना भाइरसले नछोएका विद्यार्थीलाई आफ्नो जिल्लामा राख्नुहुन्न भनी सुनिने गरी प्वाक्क बोल्ने नारायमान बिजुक्छेँ रोहित कति क्रुर, कति अमानवीच, कति शरमहीन ¤ हैट, यस्ता मान्छे जनवादी कम्निस्ट । रोहितको दुष्टमति देखेर लज्जा स्वयम्ले लज्जित हुँदै मुख छोप्यो, मान्यवर ¤” सङ्ग्रौला काकाको त्यो ट्वीटले तरङ्ग उत्पन्न ग¥यो । धेरैले त्यस ट्वीटको विरोध गरे र बिजुक्छेँको विचारलाई गलत अर्थ लगाई उहाँको विचार र विद्वतामाथि प्रश्न उठाउने प्रयास गरेको अभिव्यक्ति पनि लेखे ।
मेरो एक जना साथीलाई थोरै ज्वरो र खोकी लागिरहेको थियो । अचानक उनलाई श्वास फेर्न गा¥हो भयो, मोटरसाइकल हुइक्याउँदै गरेको त्यो साथी यी लक्षण देखेर असिनपसिन भए । उनले २ महिनाअघि चीन भ्रमण पनि गरेका थिए, शङ्कामाथि थप शङ्का, आफ्नो कार्यालय नै नगई सीधै सरकारी अस्पताल गए । कोरोना भाइरस नभएको जानकारी पाए तर सरकारी अस्पतालको विश्वास नलागेर प्राइभेट अस्पताल गए, त्यही नै जानकारी पाए । अन्तमा आफ्नै चिकित्सक साथीको क्लिनिकमा जँचाए र नोवेल कोरोना भाइरस उनको शरीरमा नभएको निर्णयमा उनी पुगे । श्वास प्रस्वासमा समस्या त उनको गलामा बाँधेको गलबन्दी र दुईवटा मास्कले गर्दा पो रहेछ भन्ने तथ्य पत्ता लगाउन त्यो साथीलाई दुई दिन लाग्यो । त्यसैले रुघा–खोकी–ज्वरो आउँदैमानोवेल कोरोना भाइरस आफ्नो शरीरमा पस्यो भनी शङ्का गर्नु गलत हुन्छ ।
कोरोना भाइरसबारे धेरै गलत प्रचारबाजी भइरहेको छ । नोवेल कोरोना भाइरस चिनियाँ, चीनबाट पठाइएका सामग्री र चीन भ्रमण गरेका नेपालीहरूको सम्पर्कबाट सर्छ भनी दुष्प्रचार गरिएको छ, कति देशहरूमा त चिनियाँहरूलाई हेला–होचो र छुवाछूतको दृष्टिकोणले पनि हेर्न थालिएको समाचार पढ्न, सुन्न र हेर्न पाइन्छ । तर, तथ्य योभन्दा निकै फरक छ । नोवेल कोरोना भाइरस सङ्क्रमित व्यक्ति÷जनावरले मात्रै अन्य व्यक्तिमा यो किटाणु सार्नसक्छ, कुनै पनि निर्जीव वस्तुबाट सर्दैन । नोवेल कोरोना भाइरस Novel Corona Virus (N–CoV) पानी वा हावाबाट सर्छ भन्ने अर्काे गलत प्रचार हो । तर, तथ्य के हो भने यो किटाणु पानी वा हावाबाट पनि सर्छ भन्ने अहिलेसम्म पुष्टि भएको छैन । N-CoV बाल–बालिका तथा वृद्धहरूमा मात्रै सर्छ भन्ने हल्ला फैलाइएको छ । तर, साँचो कुरा के हो भने यो किटाणु हरेक उमेरमा सर्नसक्छ । सबैभन्दा गलत दुष्प्रचार N-CoV किटाणु मानिसमा देखापर्ने बित्तिकै त्यो मानिस मर्छ नै । N-CoV भएको व्यक्ति तबमात्रै मर्छ जब उसले स्वस्थ व्यवहार अवलम्बन गर्दैन वा उसको रोग प्रतिरोधात्मक क्षमता कम छ । त्यसैले N-CoV लाग्नेबित्तिकै मान्छे मर्दैन भन्ने तथ्य स्वस्थ भएर घर फर्केका चीनमा १०,८४४ जना व्यक्तिबाट पुष्टि भएको छ । हालसम्म (फेब्रुअरी १७, २०२०) मा N-CoV बाट १७७० जना मानिस मरेका छन् भने ७०,५४८ सङ्क्रमित छन् ।
उहानबाट ल्याइएका १७५ जना स्वस्थ भनिएका तर क्वारेन्टाइनमा राखिएका नेपालीहरूलाई भक्तपुरस्थित खरीपाटीको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ । केही स्थानीय र भक्तपुरवासीहरू नगरकोट÷तेलकोट आवतजावत गर्न पनि त्रास भएको महसुस गरिरहेका छन् । यो सरासर गलत अनुभव हो किनभने स्वस्थ व्यक्ति N-CoV सङ्क्रमित व्यक्तिको सीधा सम्पर्कमा नपरेसम्म N-CoV सर्दैन, यसमा ढुक्क हुँदा हुन्छ ।
अहिले त यस्तो अवस्था भइसकेको छ कि खरिपाटी, भक्तपुर, वागीश्वरी भनेबित्तिकै कोरोना भाइरस सम्झिने बानी परिसकेको छ । साँच्चै हामी यो भाइरसबाट किन यत्ति धेरै त्रसित भइरहेका छौँ त ? ३१ डिसेम्बर २०१९ मा पत्ता लागेको यो किटाणु कहाँबाट सर्छ ? (स्रोत) भने हालसम्म पत्ता लगाउन सकेको छैन । त्यसैले हालसम्म यसको उपचार विधि निस्केको छैन, जसकारण डर व्याप्त छ । N-CoV का लक्षणहरू सामान्य CoV(रुघा–खोकी–ज्वरो) का लक्षणहरू जस्तै नै छन् । त्यसैले सामान्य ऋयख् हो कि N-CoV हो भन्ने पत्ता लगाउन प्रयोगशालाबाट नै परीक्षण गर्न आवश्यक छ । नेपालमा शुक्रराज त्यसको सुविधा ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र छ भनिन्छ । N-CoV साधारण व्यवहारजस्तै सङ्क्रमितसँग हात मिलाउने, कुनै वस्तु (मास्क) विना सङ्क्रमित व्यक्तिले अन्य मानिस नजीक हाच्छ्युँ गर्दा, खोक्दा पानीका साना–साना थोपाहरू स्वस्थ मानिसमा पर्छ र उसमा पनि N-CoV किटाणु सर्छ, N-CoV भएको हातले स्वस्थ व्यक्तिसँग हात मिलाउँदा पनि यो किटाणु सर्छ । त्यसैले यो रोगबाट मानिसहरू धेरै त्रसित भएको हुनुपर्छ । प्रतिशतको हिसाबले भन्दा N-CoV अन्य व्यक्तिमा सर्न सक्ने सम्भावना ५० प्रतिशतको हाराहारीमा हुन्छ तर सङ्क्रमित व्यक्ति मर्ने नै सम्भावना भने २ प्रतिशतमात्रै छ ।
विगतको रोगको तथ्याङ्क हेर्दा इबोला भाइरस (E-bola Virus), सार्स SARS, मर्स MERSको तुलनामा यो N-CoVअति कममात्रै खतरनाक छ । इबोला लागेको मध्ये ७० प्रतिशत मर्ने, मर्स लागेको व्यक्तिमध्ये ४४ प्रतिशत मर्ने सम्भावना हुन्छ तर N-CoV लागे पनि २ प्रतिशत वा कम व्यक्तिमात्रै मर्ने सम्भावना देखिन्छ । यो रोग अन्य स्वस्थ व्यक्तिमा सर्ने सम्भावना भने इबोला, सार्स र मर्सभन्दा बढी नै होला भन्ने अनुमान लगाइएको छ ।
यही तथ्यलाई मध्यनजर गरी नेमकिपाका अध्यक्ष एवं वरिष्ठ नेता नारायणमान बिजुक्छेँले १७५ जना विद्यार्थीलाई सम्पूर्ण व्यवस्था नमिलाइकन खरीपाटीमा नसार्न वा नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनको व्यवस्था विश्व स्वास्थ्य सङ्गठनको विधि÷नियम पालना गरेरमात्रै सार्न र मानवीय बस्तीभन्दा निकै पर राख्न सुझाएका थिए । यदि सम्पूर्ण व्यवस्था नमिलाई खरिपाटीमा सारे त्यसले भयावह अवस्था सृजना हुनसक्नेप्रति सरकार सचेत हुनुपर्ने आवश्यकता अध्यक्ष रोहितले औँल्याए । त्यस्तै आवाज सांसद प्रेम सुवालले पनि सदनमा व्यक्त गरेका थिए । खरीपाटीका स्थानीय बासिन्दाले पनि विरोधको कार्यक्रम गरेका थिए तर केन्द्र सरकारले सुनुवाइ गरेन ।
परिचित साहित्यकार÷लेखक खग्रेन्द्र सङ्ग्रौला नेमकिपाको विचार र खरीपाटी आसपासका जनसमुदायको आवाजको आपत्तिजनक अभिव्यक्ति दिन ट्वीटमार्फत अघि सरे । उनले लेखे, “चीनबाट ल्याइने कोरोना भाइरसले नछोएका विद्यार्थीलाई आफ्नो जिल्लामा राख्नुहुन्न भनी सुनिने गरी प्वाक्क बोल्ने नारायमान बिजुक्छेँ रोहित कति क्रुर, कति अमानवीच, कति शरमहीन ¤ हैट, यस्ता मान्छे जनवादी कम्निस्ट । रोहितको दुष्टमति देखेर लज्जा स्वयम्ले लज्जित हुँदै मुख छोप्यो, मान्यवर ¤” सङ्ग्रौला काकाको त्यो ट्वीटले तरङ्ग उत्पन्न ग¥यो । धेरैले त्यस ट्वीटको विरोध गरे र बिजुक्छेँको विचारलाई गलत अर्थ लगाई उहाँको विचार र विद्वतामाथि प्रश्न उठाउने प्रयास गरेको अभिव्यक्ति पनि लेखे ।
अष्टे«लियाले आफ्ना शङ्कास्पद नागरिकलाई क्वारेन्टाइनको लागि मुख्य भूमिबाट २००० किमि टाढाको क्रिसमस टापुमा राखेको छ, सानो देश सिङ्गापुरले पनि उत्तर पूर्वमा पर्ने पुलाउ उविन भन्ने टापुमा क्वारेन्टाइनको ठाउँ बनायो । तर, नेपाल सरकारले किन भक्तपुर जिल्ला नै रोजेको ? त्यसमाथि घना बस्ती नजिक नै किन ? सरकारको कदममा शङ्का उब्जेको छ । १७५ जना नेपाली सो तालिम केन्द्रमा राख्ने निर्णय गर्दा स्थानीय जनप्रतिनिधि, विद्वान, विज्ञ र जनतासँग छलफल नभएको तथ्य भर्खरै चाँगुनारायण नगरपालिकाको मेयरले पनि खुलासा गरे । संसारभरि त्राहि–त्राहि फैलाइरहेको N-CoV को उद्गमस्थल उहानबाट ल्याइएका नेपालीहरूलाई मानव बस्ती नजिक राख्दा सङ्क्रमणको अवस्था आउनसक्ने दूरदर्शिता देखाउनु के गलत हो, उचित व्यवस्था मिलाउन पर्छ भन्नु के मूर्खता हो ? वैचारिक स्खलन भएका सङ्ग्रौलासँग जनताले प्रति–प्रश्न गरिरहेका छन् ।
अबको बाटो स्पष्ट छ, कुनै पनि स्वास्थ्य समस्या नभएका नेपालीहरूलाई तालिम केन्द्रमा सुविधाको कमी हुन नदिने, स्वास्थ्य जाँच सही तरीकाले गर्ने, सङ्क्रमण भए Isolation मा लाने र Recovery को लागि पूर्ण तयारी गर्ने ।
चिनियाँ वैज्ञानिकहरूले ल्(ऋयख् विरुद्ध लड्न भरमग्दुर प्रयास गरिरहेको छ, N-CoV सङ्क्रमित भएर पनि फर्केका १०,८४४ जना व्यक्तिहरूको रक्तकोष N-CoV सङ्क्रमितमा प्रयोग गरेर निको पार्ने विधि सफल भइरहेको तथ्य बाहिर आइसकेको छ । बिरामीको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउनसके सङ्क्रमित पनि निरोगी बनिरहेको समाचार आइरहँदा उहानमा खुसीको लहर छाउन थालेको छ । १४ दिनपछि सबै १७५ जना नै स्वस्थ छन् भन्ने प्रमाणित होस् र सम्पूर्ण मानसिक तनावबाट मुक्ति मिलोस् । कोरोनाले कोही पनि नेपालीलाई करुणा नगरोस् ।
(लेखक त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक हुनुहुन्छ ।)
Leave a Reply