भर्खरै :

आत्मरक्षा तालिम सम्पन्न

भक्तपुर, ६ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा भनपा वडा नं. ९ मा भएको आत्मरक्षा तालिमको समापन कार्यक्रम नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले आफूमा भएको कुनै पनि सीप अनावश्यक प्रयोग भए खतरा हुने र सही सदुपयोग भए निकै फलदायी हुने बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले विद्यार्थीको अमूल्य समयलाई सही सीप सिकाउने अवसरको रूपमा यो तालिम सञ्चालन गरेको बताउँदै कुनै पनि समयमा आउनसक्ने आपत्विपत्मा आफूमा भएको सीपले आफ्नो सुरक्षा गर्न मद्दत पु¥याउने बताउनुभयो ।
कार्यक्रममा आत्मरक्षा तालिमका प्रशिक्षकद्वय रविना सुवाल, मुना बासुकला, गीता खनाल र सदिक्षा न्हेमाफुकीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य छोरीमैया सुजखु र मीरा बासुकलाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *