प्रदेश आम्दानीको स्रोत र आत्मनिर्भरताको प्रश्न जहाँको तहीँ
- श्रावण १३, २०८३
कृष्णकुमार अवाल
शुक्रबार माउन्टेन टेलिभिजनमा प्रसारण भएको एक कार्यक्रममा नेपाली काङ्ग्रेसको तर्फबाट भक्तपुर नगरपालिकाका प्रमुख पदका उम्मेदवारले ‘उत्तर कोरिया मगन्ते देश’ भएको बोले । नेपाल मजदुर किसान पार्टीले प्रजग कोरियालाई समर्थन गरेको प्रसङ्गमा उनले त्यस्तो बोलेका हुन् । प्रजग कोरियाले संसारकै सबभन्दा बलियो भनिएको संरा अमेरिकालाई समेत थर्कमान बनाउने आणविक हतियार परीक्षण गरेको समाचारबाट दैनिक रुपमा पत्रिका पढ्ने जोकोही पनि जानकार छन् । साँच्चै प्रजग कोरिया ती महानुभावले भनेजस्तै मगन्तेको देश हुँदो हो त त्यो देशले पटक पटक आणविक हतियार परीक्षण गर्ने क्षमता राख्दछ ? हालसालै मात्र प्रजग कोरियाका पिता किम इल सङको जन्म दिवसको अवसरमा राजधानी प्योङयाङमा भएको भव्य प्रदर्शनीले त्यो देशलाई ‘मगन्ते’ भन्ने जो कोहीको मुखमा बुझो लागेको हुनुपर्दछ ।
तर राजनीतिक कार्यकर्ता भएर अरुले चिया पसल वा भट्टीमा गरेको गफकै भरमा बोल्ने बानी परेका मानिसहरु सत्यको खोजी आवश्यक ठान्ने गर्दैनन् । सुगाले ‘गोपी कृष्णको’ गरेजस्तै कुन जमानामा सुनेको कुरालाई जिन्दगीभर भत्याइरहनु कुनै पनि पार्टीको असल कार्यकर्ताको सद्गुण पक्कै होइन । अपडेट नभएका राजनीतिक कार्यकर्ता खिया लागेको चुलेसी जस्तै हो । काट्नु पर्ने तरकारी नकाटी हात काट्ने गर्दछन्–त्यस्ता कार्यकर्ताहरुले ।
एक क्षणलाई मानौं, प्रजग कोरिया ‘मगन्ते’ देश नै हो । मगन्ते देश भन्नुको अर्थ विकासशील र गरीब देश भनिएको हो । हाम्रो देश नेपाल आफैमा एउटा विकासशील र गरीब देश हो । एउटा गरीब र विकासशील देशले अर्को त्यस्तै देशलाई सहयोग गर्नुपर्दछ र सद्भाव राख्नुपर्दछ । तर यो देशको सरकार चलाइरहेको एउटा शासक दलको कार्यकर्ताले आफू जस्तै विकासशील देशलाई यसरी अपशब्द प्रयोग गर्नुले आफैलाई व्यङ्ग्य गरेको प्रष्ट छ । प्रजग कोरिया मगन्ते देश भए नेपाली काङ्ग्रेसले इतिहासमा सबभन्दा लामो समय शासन चलाएको देश नेपाललाई के शब्द भन्नु उपयुक्त होला ? यसप्रकार बोल्ने ठाउँ पायो भन्दैमा जे पायो त्यही बोल्दै हिंड्ने हचुवा र हावादारी मानिसले कुनै पनि नगरको प्रमुख पद सम्हाल्न सक्ला भनी कसरी विश्वास गर्ने ? भक्तपुर नगरले प्रजग कोरियाको एउटा शहरसँग भगिनी सम्बन्ध स्थापित गरेको छ । तर आज नगरपालिका चलाउँछु भनी हिंडेको मानिसको अभिव्यक्ति यस्तो छ भन्ने अब विवेक लगाउने पालो त जनताकै हो ।
Leave a Reply