भर्खरै :

देश विकासको आधार

– प्रकृति
देश किन विकास भएन ? देश विकासको आधार के हो ? विकास केलाई मान्ने ? ठूला भवन र चौडा सडक नै विकास हो ? विकासको मापदण्ड कसरी निर्धारण गर्ने । हिजो–आज बौद्धिक छलफल हुने गर्दछ । यो स्वाभाविकै हो । युवामा देशको विकासको पीर नभएको होइन । तर, देशको आर्थिक उन्नतिको आधारबारे व्यापक छलफल अद्यापि भएको पाइन्न ।
देश अविकासका केही कारण कमिसन तथा भागबण्डा, सरकारी भत्ता, विदेश भ्रमण, औषधि उपचार, कार्यकर्ता पालन, अनावश्यक बढी कर्मचारी भर्तीजस्ता चुहावट भन्नुमा दुईमत होइन । विकास निर्माणमा हुने भ्रष्टाचारका कुरा पनि गरिन्छ । तर शोषणमा आधारित यो पुँजीवादी राज्य बन्दोबस्त नै अविकासको मुख्य कारणबारे पर्याप्त छलफल भएको छैन । माथि उल्लिखित जति पनि कारण छन्, ती सबै पुँजीवादी व्यवस्थाकै कमजोरी हुन् । भ्रष्टाचारलाई पुँजीवादी व्यवस्थाकै छायाँ मानिन्छ । कुनै पनि पुँजीवादी व्यवस्थामा चरम भ्रष्टाचार पाइन्छ ।
देशको अविकासमा उत्पादनका साधन शोषक वर्गको स्वामित्वमा रहनु नै मुख्य कारण हो । नेपालका अधिकांश जनता अहिले पनि कृषि पेशामा संलग्न छन् । कृषि क्षेत्रमा लाग्ने नागरिकले गर्व र सन्तोष गर्ने ठाउँ छैन । जमिनदारी प्रथा अहिले पनि कायम छ । जग्गामा नजोत्नेकै स्वामित्व कायम छ । हजारौँ विघा जमिनको मालिक रहेका जमिनदारलाई उत्पादनसँग खासै मतलब छैन, किनभने त्यही जमिन उनको आयको मुख्य माध्यम होइन ।
मजदुर वर्गले न्यायोचित ज्याला, आराम र बौद्धिक विकासको हक नपाउँदा आर्थिक विकास ढीलो भएको यथार्थलाई पनि नकार्न सकिन्न । यसको अर्थ समाजवादी अर्थव्यवस्थाले देश विकासको आधार कोर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *