भर्खरै :

विना प्रसङ्ग वामदेवको हल्ला किन ?

– अजित दुलाल
निर्वाचनमा हारेका नेकपाका नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने सपना कसले बुनेका हुन्, किन बुनेका हुन् ? यो हल्लाको राजनीति हो कि यथार्थ ? भन्नेबारे राजनीतिक वृत्तमा चर्चाको विषय बनिरहेको छ । अनि नेता गौतम देशमा प्रम बन्नैपर्ने या बनाउनैपर्ने बाध्यता के हो ? के ओलीपछिको प्रम नेता गौतम नै हुन् ? नेता गौतमलाई प्रम बनाउन नेकपाले पुष्पमकमल दाहाललाई पार्टीका कार्यकारी अध्यक्ष बनाएको हो ? नेता गौतमलाई प्रम बनाउन नेकपा चाहँदैन भने राष्ट्रियसभा सदस्य भएर प्रम बन्ने लालसा कहाँबाट आयो ? नेता गौतमसँग प्रम बनेर देशको विकास गर्ने के जादू छ ? के नेता गौतम प्रम भएपछि देशमा आफसेआफ परिवर्तन हुन्छ ?
५ वर्षसम्म सरकारको नेतृत्व प्रम ओलीलाई नै गराउने निर्णय गर्ने नेकपाले अहिले बीचमा वामदेव गौतमको प्रमको सपना लिएर किन पार्टीमा दबाब बढेको हो ? शिष्टताको ख्यालै नगरी ठाडो बोल्ने नेता गौतम गृहमन्त्री बन्दाताकाको निर्वाचनमा भाँडभैलो मचिएको थियो । उनी गृहमन्त्री भएको बेलामा जति पक्षपातपूर्ण निर्वाचन अरू बेला भएको थिएन । के हाँक–धाक गर्ने क्षमता भएर यतिबेला उनको बखान भइरहेको हो ? जनता झुक्याउने राजनीतिमा खप्पिस भएर उनको हल्ला गरिएको हो ? उनै नेता गौतमले भक्तपुरको संसदीय उपनिर्वाचनमा माओवादीका उम्मेदवार जिते मन्त्री बनाउने आश्वासन दिएका थिए । निर्वाचन नहुँदै उनले भने, नेकपा उम्मेदवार जित्ने पक्का छ, निर्वाचनमा उनी जितिसके, अब मन्त्री बन्न पाउने भयो । यसरी झूटको खेती गर्न खप्पिस नेता गौतम साँच्चै प्रम भए देशमा थप भताभुङ्ग हुनेछ ।
नेकपाका उपनेता सुवास नेम्वाङले त व्यङ्ग्य गर्दै भने, “वामेदव कामरेडले अहिले जस्तै तीन वर्ष पार्टीमा क्रियाशील हुनुपर्छ, प्रतिनिधिसभामा जितेर प्रधानमन्त्री बन्नुपर्छ ।” उपनेता नेम्वाङले प्रतिनिधिसभामा जितेर उनलाई प्रधानमन्त्री बन्नुपर्छ भनेर हौस्याएका हुन् कि अर्को निर्वाचन कहिले हुने हो थाहा नहुँदै अहिलदेखि नै ‘प्रधानमन्त्री बन्नुपर्छ’ भनेर नेता गौतमलाई उचालेका हुन् । उनै नेता गौतमलाई सरकारी पदमा पु¥याउन गठित भनिएको कार्यदल कसको परामर्श या आदेशमा भएको हो, त्यसबारे पनि तिनै दलका नेताहरूबीच फरक फरक मत छन् । नेता वामदेवको धोको पटक–पटक किन असफल !

Leave a Reply

Your email address will not be published. Required fields are marked *