भर्खरै :

सिद्धान्त र विचार देखाउने दाँत होइन

– अर्जुन मुलेपति
कुनै पनि पार्टी अरूले हल्ला गरेर फुट्ने होइन, फुट्दैन । नेपाली जनताको चाहना नेकपा नफुटोस् तर सच्चा कम्युनिस्ट पार्टी बनोस् भन्ने हो । नेकपा अध्यक्ष पुष्पकमल दाहालले भने, ँनेकपा फुट्ने हल्लामात्र हो ।” नेकपाका अर्का नेता झलनाथ खनालले भने, ँनेकपा फुट्छ भनेर दिवास्वप्न नदेखे हुन्छ ।” पार्टीभित्र विचार नमिलेपछि या पार्टीको सिद्धान्त र विचार एउटा व्यवहार अर्को भयो भने पार्टी फुट्छ । कुनै दलले आफूलाई कम्युनिस्ट पार्टी दाबी गरेर कम्युनिस्टको सिद्धान्त र विचारअनुसार अघि बढ्दैन भने त्यसको विरोध गर्नुपर्छ । पटक–पटक आलोचना गरेर, असन्तोष पोखेर र विरोध गरेर पनि गलत नीति छोड्दैन भने कम्युनिस्ट पार्टी बचाउन, कम्युनिस्ट पार्टी विकास र विस्तार गर्न सच्चा कम्युनिस्टहरू एक ठाउँमा उभिनुपर्छ, गलत नीति लिने पार्टीका नेता, मन्त्री र सांसदहरूलाई छोड्नुपर्छ । सिद्धान्त र विचार देखाउने दाँत होइन ।
कम्युनिस्ट पार्टी कम्युनिस्टको सिद्धान्त र विचार कार्यान्वयन गर्न अघि बढ्नुपर्छ । देशका सबै कम्युनिस्ट, वामपन्थी र प्रगतिशील जनताको चाहना कम्युनिस्ट पार्टी कम्युनिस्ट भएर अघि बढ्नुपर्छ भन्ने नै हो । कम्युनिस्ट पार्टी फुटाउने, फुटाउन अनेक छलछाम गर्ने काम कम्युनिस्ट पार्टीको धर्म होइन । यदि नेकपाभित्र नेकपाका नेताहरूले समाजवादी क्रान्तिको कुरा गर्छ, समाजवादी क्रान्तिको निम्ति पाइला चाल्ने कुरा गर्छ भने ठिक्कै हो । पार्टीभित्र सामन्ती र पुँजीवादी चिन्तनको विरोध गर्छ, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गर्छ भने त्यो सही पाइला हो । नेकपाले कम्युनिस्टको सिद्धान्त र विचार अघि नबढाई कम्युनिस्टको सिद्धान्त र विचारविपरीत काम गरेको कारण नेकपालाई अरू कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूले नक्कली कम्युनिस्ट पार्टी भनेका हुन् ।
नेकपाका नेताहरूले आफ्नो पार्टी सच्चा कम्युनिस्ट पार्टी हो भन्ने कुरा व्यवहारमा देखाउनुपर्छ । कम्युनिस्ट पार्टी कुनै नेताले फुकेर, कार्यकर्ता भेलामा बताएर हुने होइन । कम्युनिस्टको सिद्धान्त र विचार के हो रु सिद्धान्त र विचारअनुसार नेताहरू अघि बढेका छन् कि छैनन् भन्ने कुरा महत्वपूर्ण हो । पार्टी ठूलो हुँदैमा कुनै दल कम्युनिस्ट हुँदैन । सरकारमा सामेल भएर कम्युनिस्ट पार्टी बलियो हुन्छ, देशमा वर्गसङ्घर्ष चर्किन्छ र आमूल परिर्वतन हुन्छ भन्ने होइन । नेकपाका नेताहरूको सभा समारोेहहरूमा पार्टी फुट्ने भन्ने कुरा हल्लामात्र हो, नेकपा फुट्छ भनेर दिवास्वप्न नदेखे हुन्छ भनी किन घाँटी सुकाइरहेका हुन् रु सामन्तवादको अवशेष बाँकी भएको पुँजीवादी बन्दोबस्तभित्र पसेर कम्युनिस्ट आन्दोलन अघि बढ्दैन, कम्युनिस्ट पार्टी बलियो हुँदैन । सामन्ती र पुँजीवादी चिन्तनका नेताहरू, सङ्कीर्ण, जातियवादी र क्षेत्रीयवादी नेताहरू कम्युनिस्टदिल्ली हिंसाको जिम्मेदार को रु दिल्ली हिंसाको जिम्मेदार को रु बलियो भएको, कम्युनिस्ट आन्दोलन अघि बढेको हेर्न चाहँदैनन् । उनीहरू बहुमत जनताको हित चाहँदैनन् । आज तिनै पुँजीवादी चरित्रका नेताहरूले भनेझैँ आफूलाई कम्युनिस्ट भनिने नेकपाको सरकारले बहुमत जनताको होइन अल्पमत वर्गकै सेवा गरिरहेको छ, सेवा गर्न अघि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *