‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
डोटी, १८ फागुन । जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासि परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा नोक्सानी पु¥याएको छ ।
पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले भन्नुभयो, Fसाँझ एकाएक परेको असिनाले यहाँका गहुँ, जौ, तोरी र तरकारीबाली पूरै सखाप पा¥यो ।” सो गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले करिब आधा घण्टा असिना परेको र कति क्षति पु¥यायो भन्ने आकलन नभएको जानकारी दिनुभयो ।
असिनाले पाकेर भित्याउनै लागेको हिउँदे बालीमा नोक्सान गरेपछि त्यहाँका किसान चिन्तामा परेका छन् । जिल्लाका लेकाली क्षेत्रमा ती खेतीको भरमा आश्रित किसान असिनापानीले फुलेको तोरी र पाक्नै लागेको गहुँ, जौखेतीमा क्षति पु¥याएपछि निरास भएको स्थानीय भरतबहादुर बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो, Fअसिनाले किसानलाई निकै समस्या पा¥यो ।” गएको महिना बाक्लो हिमपात भएका कारण गहुँ, जौलागयतका अन्य बाली सप्रिने आशामा खुसी भएका यहाँका किसान शनिबार परेको असिनाले पाक्नै लागेको खाद्यान्न बालीमा क्षति पु¥याएपछि निरास भएका छन् ।
Leave a Reply