सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
शशी देशपाण्डे
यो लेख म अन्तर्राष्ट्रिय महिला दिवसको केही दिनअघि लेख्दैछु । कुनै समय यस्तो थियो, जब म मार्च ८ आएपछि ‘भूमिगत’ बन्थेँ । यो दिवसबारे बोल्न धेरैतिरबाट निमन्त्रणाको ओइरो लाग्थ्यो । तर, म वास्तवमा के चाहन्छु भन्ने कसरी भन्न सक्छु ? म कसरी भनुँ, म महिला दिवस भन्ने कुनै दिवस नै नभएको समय चाहन्छु किनभने महिलाहरूको अलग दिवस नहुनुको अर्थ संसारमा महिलाको समान सहभागिता, संसारमा उपलब्ध सुविधा र जिम्मेवारीको स्वाभाविक हिस्सेदार बन्नु हो ।
केही वर्षयता मलाई कुनै कार्यक्रममा बोलाइँदैन । त्यसकारण आजभोलि मलाई कुनै चिन्ता छैन । महिला दिवस निकै चमकदमकपूर्ण बनेको छ । शृङ्गारका सामान, गहना र साडी पसलहरूले महिला दिवसको कार्यक्रमलाई प्रायोजन गर्ने गरेको छ । त्यस्ता कार्यक्रमका पाहुना पनि आकर्षक युवतीहरू हुने गरेका छन् । हामीले महिला दिवस कामदार महिलामा समर्पित दिवस हो भन्ने कुरा नै बिर्सिसकेका छौँ ।
आज पनि हामीकहाँ हाम्रो घर र सडक बढार्ने, निर्माणस्थलमा ढाड भाँचुञ्जेल काम गर्ने, न्यून तलबमा काम गर्ने अर्ध दक्ष घरेलु मजदुर, शिशु र ज्येष्ठ नागरिकको हेरचाह गर्ने मजदुरहरू छन् । उनीहरूका साथै कुनै बेला ‘गृहिणी’ कहलिएका र आजभोलि सम्मानितरूपमा ‘गृहमन्त्री’ भनिने महिला छन् जसले घरमा गर्ने कामको कुनै मूल्य छैन । महिला दिवसको दिन सम्झनुपर्ने महिला यिनीहरू नै हुन् ।
भत्किएका पुरातन
यो वर्ष भने म महिलाहरूको अर्को एउटा समूहलाई सम्झिरहेकी छु । नागरिकता संशोधन ऐनको विरोधमा भारतका असङ्ख्य स्थानमा धर्ना बसिरहेका महिलाहरूलाई म सम्झिरहेकी छु । महिलाहरू घरबाहिर कहिल्यै गएको ठानिएन । कतै घर बाहिर महिला गएका भए पनि पुरुषले डो¥याइएको ठानियो । पुरुष दसै वर्षको भए पनि उसले महिलालाई डो¥याएको ठानिन्छ । बुर्काले मुख छोपिएका, अशिक्षित, धेरै केटाकेटी भएका र सम्भवतः श्रीमान्का चार श्रीमतीमध्ये पर्ने महिलाहरू आज बाहिर आएका छन् । उनीहरूले नाघेको दैलोले पुरातन सोचाइका महल चकनाचुर भएका छन् ।
संसारको खुला आकाशमुनि आन्दोलनरत महिलाहरू दैनिक धर्नामा बसे । उनीहरू मिडियासँग आमनेसामने गर्न कति पनि डराएनन् । उनीहरूले आफू आन्दोलनमा आउनुको कारणबारे आत्मविश्वासका साथ आफ्ना कुरा राखे । उनीहरूले उठाएका प्रश्न सरल छन्ः के राज्यले मुसलमानहरूमाथि विभेद गर्ने कानुन बनाउनु ठीक हो ? के यो कानुन विभेदकारी छैन ? के भारतको संविधानले यस्तो विभेद गर्न दिन्छ ? के हाम्रा पुर्खाले यस्तो देश बनाउन जीवनभर लडेका थिए ?
पुरुषहरूले आफ्नो लागि लडार्इँ लड्न महिलालाई परिचालन गरेको पनि चर्चा चल्यो । तर, के आज महिलाहरूले जे गरिरहेका छन्, त्यो काम आफैसँग पुग्दो साहस र बुझाइ बिना नै गरिरहेका हुन् ? मैले एउटा ज्यादै नमिठो सङ्क्षिप्त लेख पढेँ । त्यसमा महिलाहरू आफ्नो निरस र उच्चाटलाग्दो जीवनबाट केही क्षण भाग्न विरोध प्रदर्शनमा सहभागी बनेको लेखिएको छ । यो कुरा एक जना पुरुषले नै मात्र भन्न सक्छ । महिलाको यही उच्चाटलाग्दो दैनिकीले नै परिवार चलेको हुन्छ, भनेको समयमा खाना तयार हुन्छ, लुगा धोइएको र आइरन गरिएको हुन्छ, घरमा कुचो लगाइएको र सफा सुग्घर हुन्छ, पुरुष र केटाकेटीको हेरविचार गरिएको हुन्छ र पाहुनालाई स्वागत सत्कार गरिएको हुन्छ । यी सबै एक जना महिलाको दायित्व मानिएको छ । तिनी महिला आफै पनि कतै रोजगारी गर्ने भए पनि उनले यी कामलाई आफ्नो दायित्व मानेर गम्भीरतापूर्वक पालना गर्नुपर्ने हुन्छ ।
मैले बारम्बार भनेकी छु, यो शताब्दी महिलाको शताब्दी हुनेमा म ढुक्क छु । महिला अब्बल र पुरुष दुर्बल भएर होइन बरु पुरुष थकित र उत्साहित भएर हो । महिलाहरू शताब्दियौँको बन्धन र दमनबाट मुक्त भएर उनीहरू गाईको बाछो र घोडाको बच्चा जस्तै गरी उर्जा र उत्साहका साथ अघि बढ्नेछन् । मलाई थाहा छैन, यो कुनै अर्को प्रस्थान बिन्दु हो वा होइन । महिलाहरू एक पल्ट बाहिर निस्के पछि उनीहरू बन्धनमा फर्केर जानेछैनन् । आफ्नो नियति बदल्ने जिम्मेवारी उनीहरूकै काँधमा भएको उनीहरूले बुझ्नेछन् । उनीहरूले नयाँ दिशा पहिल्याउनुपर्ने छ । त्यो भिन्न सहासले उनीहरूलाई सक्रिय नागरिक बनाउने छ । आफ्नो अनुभवलाई उनीहरूले शिक्षा र सीपमा रूपान्तरण गर्नेछ । फलतः उनीहरू अझ बढी सक्षम शिल्पी बनाउनेछ जसले उनीहरूलाई अझ स्वतन्त्र बनाउने छ ।
एक जना साथीको पछि लागेर म बैंग्लोरको महिलाको विरोध प्रदर्शनमा सहभागी बनें । महिलाहरूले सहरभन्दा टाढा त्यो प्रदर्शनको आयोजना गरेका थिए । म अभ्यस्त रहेको मध्यम वर्गीय बैंग्लोरका सहरहरू जस्तै मल्लिश्वरम, जयनगर, इन्द्रनगर, क्यान्टोनमेन्टभन्दा त्यो ठाउँ निकै भिन्न थियो । हामी साँघुरो गल्ली छिचोलेर त्यहाँ पुग्यौँ । ती बाटा मुस्किलले मात्र कहिले बढारिएका जस्ता थिए । सडकका दुवै किनारामा अन्त्यहीन स–साना पसलका लहर थिए । वरपरको जर्जर अवस्थाले कुनै झोपडपट्टी बस्तीको याद दिलाउन काफी थियो । कार्यक्रमस्थलको बाटो सोध्दा जोकोहीले हामीलाई मस्जिदको चम्किलो छाना र अग्लो खम्बा देखाएका थिए । त्यसको वरपर वेवास्ता गरिएका पुराना भवनको लहर थियो ।
जब हामी विरोध प्रदर्शनस्थल पुग्यौँ, सबै कुरा बद्लियो । एकजना महिला आइन्, हाम्रो हात समातिन् र स्वागतमा मुस्कुराइन् । माइकको आवाज कानै खाने गरी चर्को थियो । त्यसकारण कुराकानी गर्नु असम्भव थियो । एक जना युवा माइकमा लगातार ‘इन्क्लाब’ भनी नारा लगाइरहेका थिए । महिलाहरू उनलाई पछ्याउँदै भन्दै थिए, “जिन्दावाद ¤” त्यो आवाजमा कुनै सङ्कोच थिएन । प्रस्ट र चर्को थियो त्यो आवाज । युवक करायो, “हामी सबै एक होऔं ¤” सबै एक श्वासमा भन्दै थिए, “एक होऔं ¤ एक होऔं ¤”
वक्ताहरूले कन्नड, हिन्दी र अङ्ग्रेजी भाषामा बोले । वक्ताहरूले बोल्दा सहभागी महिलाहरू कहिले ताली बजाइरहेका थिए, कहिले हाँसिरहेका थिए । त्यसबाट उनीहरूले तीन वटा भाषा बुझेको प्रस्ट हुन्थ्यो । अनि उनीहरू आफ्नो लक्ष्य बुझेका थिए, आफू कहाँ छौँ भन्ने कुरा बुझेका थिए ।
महिलाको शताब्दी
मैले बारम्बार भनेकी छु, यो शताब्दी महिलाको शताब्दी हुनेमा म ढुक्क छु । महिला अब्बल र पुरुष दुर्बल भएर होइन बरु पुरुष थकित र उत्साहित भएर हो । महिलाहरू शताब्दियौँको बन्धन र दमनबाट मुक्त भएर उनीहरू गाईको बाछो र घोडाको बच्चा जस्तै गरी उर्जा र उत्साहका साथ अघि बढ्नेछन् । मलाई थाहा छैन, यो कुनै अर्को प्रस्थान बिन्दु हो वा होइन । महिलाहरू एक पल्ट बाहिर निस्के पछि उनीहरू बन्धनमा फर्केर जानेछैनन् । आफ्नो नियति बदल्ने जिम्मेवारी उनीहरूकै काँधमा भएको उनीहरूले बुझ्नेछन् । उनीहरूले नयाँ दिशा पहिल्याउनुपर्ने छ । त्यो भिन्न सहासले उनीहरूलाई सक्रिय नागरिक बनाउने छ । आफ्नो अनुभवलाई उनीहरूले शिक्षा र सीपमा रूपान्तरण गर्नेछ । फलतः उनीहरू अझ बढी सक्षम शिल्पी बनाउनेछ जसले उनीहरूलाई अझ स्वतन्त्र बनाउने छ ।
नागरिकता संशोधन ऐनविरुद्ध महिलाहरूको विरोध प्रदर्शनलाई नेतृत्व गरेको तरिकालाई लिएर शाहिन बागका महिलालाई जो कोहीले प्रशंसा गर्नुपर्छ । उनीहरूले सबै प्रकारका गिराउने टिप्पणी, गाली र दोषारोपणको सामना गरेका छन् । उनीहरू दिल्लीमा आफ्नै वरपर फैलिएको हिंसाको बीच कति पनि डराएनन् । जनताको दैनिक जीवनमा हुनसक्ने समस्याबारे उनीहरू जिम्मेवार बन्नुपर्ने सर्वोच्च अदालतको भद्र आदेश पनि टसमस गर्न सकेन ।
अर्कोतिर सरकारको प्रतिक्रिया भने चकित पार्ने खालको छ । वास्तवमा सरकारले कुनै प्रतिक्रिया नै जनाएको छैन । महिला आन्दोलन देशभर फैलिए पनि सरकारको निरपेक्षतामा कुनै परिवर्तन भएन । महिलाहरूसँग संवादको लागि कुनै पहल भएको छैन । तल्लोभन्दा तल्लो तहका मन्त्रीसमेत संवादको लागि अग्रसर देखिँदैन । के महिलाहरूसँग संवाद गर्नु उनीहरूले आफ्नो आत्मसम्मानविरुद्ध ठान्छन् ? के उनीहरू महिलाको कुनै मूल्य नहुने र महिलाले उठाएका मुद्दालाई गम्भीरतापूर्वक लिनुहुन्न भनी सोच्छन् ? त्यसो होइन कि ¤ किनभने सरकारले भर्खरै मात्र आफ्ना ‘दिदीबहिनी’ को लागि उनीहरूको मन रुने भन्दै हतारमा संसद्बाट तेहोरो तलाकसम्बन्धी विधेयक पारित ग¥यो ।
‘प्राचीन संस्कृति’ को कुरा गरेर नथाक्ने सरकारले भारतको बहस र छलफलको पुरानो परम्परा भने बिर्सेको छ । शंकराचार्य विभिन्न विद्वानसँग बहस गर्न पूरै भारतको भ्रमण गरेका थिए । बहसको क्रममा उनले आफ्नो दर्शन, हिन्दु धर्मबारे आफ्ना विचार अघि सारेका थिए । लोकतन्त्र बहस र छलफलमा फल्छ फुल्छ । ठूलठूला स्वरले चिच्याउने प्रतिस्पर्धा होइन, दुवै पक्षबाट जायज तर्क वितर्कको आधारमा लोकतन्त्र अघि बढ्ने व्यवस्था हो । सरकारको लागि यो जनताका आवाज सुन्ने राम्रो अवसर हो । तर, उनीहरू निर्जिव बनिरहे । अनि गल्तीले यसैलाई आफ्नो शक्ति मानिरहेका छन् । यो लोकतन्त्र होइन, हुँदै होइन । राजनीतिक नेताहरू महात्मा गान्धीको नाम आफ्नो अनुकूलतामा प्रयोगमा ल्याउँछन् । तिनै महात्मा गान्धीले ‘सहमतिको सौन्दर्य’ बारे बोलेका छन् । सहमतिमा आउनु सत्याग्रहको निकै महत्वपूर्ण हिस्सा हो ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलालाई एउटा उपहार दिइएको छ । त्यसको वास्तवमा कुनै अर्थ छैन । सबै महिलाले चाहेको उपहार भनेको हिंसाबाट मुक्ति हो । त्यस्तो हिंसा घरभित्रको होस् वा सार्वजनिक स्थलको होस् । यौनिक हिंसाबाट मुक्ति हो । लिङ्गको आधारमा कुनै पनि प्रकारका विभेदबाट मुक्ति हो । आन्दोलनरत महिलाले चाहेको एउटा उपहार भनेको देशका सबै नागरिकलाई समानरूपमा व्यवहार गरिने अमूल्य उपहार हो । ती महिलाहरू आफ्नो लागि बहुमूल्य, मानव जातिको लागि सबभन्दा अमूल्य उपहारको लागि लडिरहेका छन् । त्यो उपहार हो–आफ्ना सन्तानको भविष्य । उनीहरू आफ्नो घर र देशमा आफ्नो स्थानको लागि लडिरहेका छन् । कोरोना भाइरस भारतमा पसेको छ । कोरोना भाइरसको भय र रोकथामको लागि चालिनुपर्ने कदमबीच यो महामारीले हामीलाई के सन्देश दिन खोजिरहेको छ भन्ने विषयमा एक क्षण विचार गर्न सक्छौँ । हामी सबै मानिस हौँ । यो भाइरसले हामी सबैको समानता स्मरण गराइरहेको छ । यो वास्तविकतालाई हामीमध्ये कोही असमान छौँ भनी सोच्नेलाई सोच्न बाध्य बनाइनुपर्छ ।
(देशपाण्डे लेखिका हुन् । उहाँको पुस्तक ‘लिसन टु मि’ हालै प्रकाशित छ ।)
स्रोतः स्क्रोल डट कम
नेपाली अनुवादः नीरज
Leave a Reply