भर्खरै :

प्रदेश नं.२ को नाममा किन यति सकस ?

– सुरजसिंह
नेपालको संविधान २०७२ ले नेपालमा सङ्घीय शासन व्यवस्था लागू गर्दै देशलाई ७ वटा प्रदेशमा विभाजन गरेको छ । प्रदेश सरकारहरू बनेको पनि दुई वर्षभन्दा बढी नाघिसकेको छ । तर अझै तीनवटा प्रदेशले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन सकेको छैन । त्यसरी प्रदेशको नामकरण र राजधानी तोक्ने कार्य प्रदेश संसद्को दुईतिहाइ बहुमतले गर्ने संवैधानिक व्यवस्था छ । मङ्गलबार प्रदेश नं. २ को प्रदेश सभामा प्रदेशको नाम टुङ्गो लगाउन ४ वटा प्रस्तावमा चार चरणको मतदान भयो तर मत परिणाममा कुनै प्रस्तावले पनि दुईतिहाइ बहुमत पाउन नसक्दा प्रदेशको नामकरण असफल भएको छ । जनता प्रश्न गर्दैछन् – प्रदेश नं.२ को नाममा किन यति सकस ? प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलबीच तार्किक छलफल किन हुँदैन ? सबैजना ‘मेरो गोरुको बा¥है तक्का’ अडानमा किन छन् ?
प्रदेश नं. २ मा नेपालका सप्तरी, सिराहा, धनुषा, महोतरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला पर्दछन् । तीमध्ये अधिकांश जिल्लामा मैथिली भाषा बोलिन्छ । पौराणिक कालमा जनकपुर धामलाई केन्द्र बनाएर मिथिला राज्य रहेको जनविश्वास रहँदै आएको पनि छ । मिथिला राज्य कतिसमय अघि थियो वा कहिलेदेखि मिथिला भन्न थालियो त्यसमा सबैको एकमत नहोला तर मिथिला नामले स्थानीयता बोध गराउने तथ्यमा कसैको विमति नहोला । फेरि प्रदेशलाई जाति वा सम्प्रदाय विशेषको बोध हुने गरी नामकरण गर्नुभन्दा सर्वस्वीकार्य हुनेखालको नाम नै बढी राम्रो, सुहाउँदो र उपयोगी हुन्छ । त्यसैले प्रदेश नं. २ को नाम मिथिला र राजधानी बृहत जनकपुर क्षेत्र हुनेगरी छलफल चलाउनु श्रेयष्कर हुने विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *