भर्खरै :

चिनियाँ अर्थतन्त्रको राम्रो दिशातर्फको प्रवृत्तिमा परिवर्तन छैन

पेइचिङ, १८ मार्च । एप्पल इन्कका सी.ई.ओ. टीम कुकले हालै वक्तव्य प्रकाशित गरेर मार्च २७ तारिखसम्म ग्रेटर चीनबाहेक क्षेत्रमा सबै एप्पल स्टोर बन्द गर्ने घोषणा गर्नुभएको छ । साथै भाइरसको प्रसार जोखिमलाई कम पार्नका लागि जून महिनाको विकास सम्मेलन अनलाइनमार्फत आयोजना हुनेछ । कुकका अनुसार, चीनमा महामारीको नियन्त्रण हुनुका साथै ग्रेटर चीनमा रहेका सबै पसलको पुनःसञ्चालन भइसकेको छ ।
यो वक्तव्यले दुइटा सूचना दिएको छ । पहिलो, विश्वव्यापीरूपमा कोभिड– १९ महामारी फैलिएर अर्थतन्त्रमा झन्–झन् स्पष्ट प्रभाव पार्दै गएको छ । दोस्रो, महामारीको नियन्त्रणका साथमा चिनियाँ अर्थतन्त्र छिट्टै पुनः सामान्य बन्दै छ ।
एप्पल मोबाइल फोनको उत्पादन चिनियाँ कारखानामा भर परेको छ । चीनमा पसलको पुनः सञ्चालनबाट उक्त कम्पनीको आपूर्ति सृङ्खला पनि पुनःसामान्य बन्दै गएको पुष्टि गरिएको छ । अथक प्रयासमा चीनमा महामारीको रोकथाम तथा नियन्त्रणले चरणगत प्रगति हासिल गरेको छ । विश्वको कारखाना मानिएको चीनमा झन्–झन् बढी मेसिनले काम गर्न थालेका छन् ।
चिनियाँ राष्ट्रिय तथ्याङ्कका अनुसार, जनवरी र फेब्रअरीमा महामारीको प्रभाव परे तापनि चिनियाँ अर्थतन्त्रमा राम्रो दिशातिर आधारभूत अवस्था र भित्री प्रवृत्तिमा परिवर्तन छैन ।
महामारी फैलिएपछि चीनले लचिलो, विनम्र र सटीकरूपमा व्यवसायिक कदम तथा पुँजी सहयोग गरेको छ । उदाहरणका लागि महामारीबाट प्रभावित व्यवसायलाई सहयोग गर्न चिनियाँ अर्थ मन्त्रालयले कर तथा शुल्कमा छुट, ऋण आदि कदमद्वारा एक खर्ब चिनियाँ युआन पुँजी प्रदान गरेको छ ।
महामारीको अवधिमा चिनियाँ डिजिटल अर्थतन्त्रले बलियो जीवन शक्ति तथा ठूलो निहित शक्ति देखाएको छ । ५ जी, औद्योगिक इन्टरनेट, चीजको इन्टरनेटलगायत नयाँ ढाँचाको आधारभूत प्रबन्धको निर्माणमा मार्चदेखि लगानीको विशेषता बनेको छ ।
चिनियाँ अर्थतन्त्रमा महामारीको प्रभाव अल्पकालीन, बाहिरी र नियन्त्रणयोग्य छ । तर, वर्तमान विदेशमा महामारीको प्रसारले चिनियाँ अर्थतन्त्रलाई जोखिम पु¥याएको छ । अन्तर्राष्ट्रिय बैङ्किङ्ग बजार, बजार भाउ तथा व्यापारको उतार–चढावले चीनको आर्थिक वृद्धिलाई प्रभाव पारेको छ ।
कठिनात्न्दा उपायहरू सधैँ नै धेरै छन् । भविष्यमा चीनले निरन्तररूपमा राम्रोसँग महामारीको रोकथाम तथा नियन्त्रण गर्दा त्यसमा सक्रियरूपमा अन्तर्राष्ट्रिय सहयोग गर्नुका साथै अझ बलियो समग्र नीति प्रस्तुत गर्नेछ ।
राष्ट्र सङ्घीय महासचिव अन्टोनिओ गुटेरेसका अनुसार, चीनले छिट्टै महामारीलाई जित्नुका साथै आर्थिक व्यवस्थालाई सामान्य पार्नेछ । यो चिनियाँ जनताको लाभका लागि सहयोगी हुनुका साथै विश्वका लागि पनि महत्वपूर्ण योगदान हुनेछ । (सीआरआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *