काभ्रेमा ‘भक्तपुर काण्ड’ को विरोध तथा भत्र्सना कार्यक्रम
- भाद्र ९, २०८३
काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणबाट बच्न सरकारलाई १० बुँदे निर्देशन दिएको छ ।
समितिको बिहीबारको बैठकले दिएको निर्देशनमा उपत्यकालगायत देशभरका स्वास्थ्य संस्थामा जनसङ्ख्याको चापअनुसार सघन उपचारकक्ष र आइसोलेसनको पर्याप्त व्यवस्था मिलाउने र कोरोना भाइरसको परीक्षणका लागि मेडिकल सामग्री उपलब्ध गराई औषधि मौज्दात राख्ने प्रबन्ध गर्ने रहेको छ ।
त्यस्तै, सरकारी, सामुदायिक र निजी अस्पतालबीच आवश्यक समन्वय गरी कोरोना भाइरसबाट सङ्क्रमण रोकथामका लागि आइसीयू र आइसोलेसन राख्ने, सातै प्रदेशमा यो उपचार तथा परीक्षण हुनसक्ने गरी प्रबन्ध गर्ने निर्देशन दिइएको छ ।
प्रत्येक स्वास्थ्य संस्थामा मेडिकल विज्ञ समूह खडा गरी कोरोना भाइरसविरुद्ध लड्न चिकित्सकको मनोबल वृद्धि गरी चिकित्सकको सुरक्षामा विशेष ध्यान पु¥याउन निर्देशनमा भनिएको छ । निर्देशनमा कोरोना भाइरसको नियन्त्रणमा सफलता हासिल गरेको मित्रराष्ट्र चीनको व्यवस्थापकीय पक्षको जानकारी लिई देशभर सञ्चारमाध्यममार्फत तत्काल जनचेतनाको अभियान कार्यक्रम सञ्चालन गर्नुपर्ने रहेको छ ।
मास्क, औषधि तथा अति आवश्यक वस्तुको अभाव देखाउने काम भएको हुनाले कालाबजारी रोक्न गृह र उद्योग तथा वाणिज्य मन्त्रालयलाई समितिले निर्देशन दिएको हो । विपद्को बेला राजनीतिक दलको एकतालाई स्वागत गर्दै स्थानीय तहको वडा तहसम्म राजनीतिक दलका भ्रातृ सङ्गठनमार्फत कोरोना सम्भावित सङ्क्रमणलाई रोक्ने अभियान सञ्चालन गर्ने रहेको छ । साथै, कारागार, बालगृह, अनाथालयलाई न्यूनीकरण गरी त्यहाँ बस्ने सम्पूर्ण नागरिकलाई सुरक्षा दिन निर्देशन दिइएको छ ।
समितिका सभापति कृष्णभक्त पोखरेलले सरकारलाई समितिले दिएको १०बुँदे निर्देशनको जानकारी दिँदै सञ्चारमाध्यमले कोरोना भाइरससम्बन्धी समाचार प्रकाशन वा प्रसारण गर्दा सत्य, तथ्य र वस्तुनिष्ठ जानकारीमात्र सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
समितिको बैठकमा सांसदहरू सुवासचन्द्र नेम्वाङ, देव गुरुङ, बालकृष्ण खाँड, गोमा देवकोटालगायतले सरकारले कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई रोक्न आवश्यक उपचारको व्यवस्था गर्नुपर्ने र बजारमा अति आवश्यक वस्तुलाई लुकाएर कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्ने सुझाव दिनुभएको थियो ।
Leave a Reply