भर्खरै :

मजदुर वर्गको राज्य पेरिस कम्युन

 का. रोहित
१८४८ जून महिनामा पेरिसका मजदुर वर्गको विद्रोहलाई पुँजीपति वर्गले निर्दयतापूर्वक दबाइदियो । १० डिसेम्बर १८४८ को दिन पुँजीपति वर्गले राष्ट्रपतिको चुनाव ग¥यो । पुँजीपति वर्गले नेपोलियनको भतिजो लुई नेपोलियनलाई धनजनले मद्दत ग¥यो । किसानहरूमा बूढो नेपोलियनको वीरताको खूब प्रचार गरेर नयाँ नेपोलियनको पक्षमा मत लिने छल ग¥यो । चुनावमा लुई नेपोलियन जित्यो र राष्ट्रपति बन्यो । त्यसलाई नेपोलियन तेस्रो भन्ने चलन छ ।
२ डिसेम्बर १८५१ मा नेपोलियन तेस्रोले राष्ट्रिय प्रतिनिधिसभा भङ्ग ग¥यो । २ डिसेम्बर १८५२ मा पुँजीपति वर्गले राष्ट्रपति नेपोलियन तेस्रोलाई सम्राट घोषणा ग¥यो । मजदुर वर्ग र स–साना पुँजीपति वर्गले मात्रै त्यसको विरोध गरे । तर, सेनाको समर्थन उसलाई थियो । बैङ्क व्यवस्थाबाट अनेक सुविधाहरू पाएर पुँजीपति वर्गले त्यसबाट उद्योग र व्यापारमा विकास गर्ने मौका पायो । व्यापार र उद्योगको विकासले बजारको निम्ति अरू देश कब्जा गर्ने नीतिहरू बनाउन थालियो । त्यसकारण १८५४ र १८५६ को बीचमा उसले रुसमाथि हमला ग¥यो । अफ्रिका र हिन्द चीनमा उपनिवेशवादी शासन कायम ग¥यो । मेक्सिकोमा आफ्नो दलाल सरकार कायम गर्न खोज्यो । टर्कीमाथि कब्जा गर्न र रुसलाई हराउन बेलायतसँग मिल्यो । त्यो लडाइँ सा¥है खर्चालु सावित भयो । त्यो खर्च पूरा गर्न उसले किसानहरूमाथि कर लगाउन थाल्यो । उसले ठूल–ठूला जमिनदार र पुँजीपति वर्गको एक गुटको स्वार्थ पूरा गथ्र्यो । १८६० मा बेलायती सामान पनि फ्रान्समा भित्रिन दिन एक सम्झौता ग¥यो । त्यसले फ्रान्सेली वर्गलाई नोक्सान गथ्र्यो । यसकारण पुँजीपति वर्गको एक हिस्सा ऊसँग रिसायो ।
किसानहरू करको बोझले ऊसँग रिसाउँदै थिए । तिनीहरू ऋणमा डुब्दै थिए र असन्तोष बढ्दै गयो । मालसामानको भाउ बढ्दै गयो । जनतासँग पैसा थिएन । मालसामान बिकेन, कल–कारखाना राम्रो चल्न छोड्यो । मजदुर वर्ग बेकार भयो । गरिबी झन् झन् चर्कंदै गयो । मजदुरहरूलाई कारखानामा दिनको १२ देखि १६ घण्टासम्म काम गराइन्थ्यो । १८६७ मा लिरे भन्ने कोइलाखानीमा मजदुरहरूले हडताल गरे । ज्याला बढाउन र ८ घण्टाको कामको माग मजदुरहरूले गरे । त्यस्तै लेक सोडमा स्चोडरको मजदुरहरूले हड्ताल गरे । हड्ताल दबाउन सेनाको प्रयोग ग¥यो । त्यसबाट क्रुद्ध भई ठाउँ–ठाउँमा मजदुरहरूको सङ्घर्ष बढ्दै गयो । थिचोमिचो र दमनको विरोधमा ठाउँ–ठाउँमा जनसभा, प्रदर्शन र हडतालहरू हुनथाल्यो । गणतन्त्रवादीहरूले शासक गुटको विरोधमा प्रचार र सङ्गठन गर्दै गए । १८७० जनवरीमा दुई लाख जनताले सरकारको विरोधमा जुलुस गरे । ‘गणतन्त्र अमर होस् !’ र ‘बोनापार्ट मुर्दावाद !’ भनेर जनताले नारा लगाए ।
मजदुर आन्दोलनलाई दबाउन र जनताको असन्तोषलाई मोड्न पुँजीपति वर्गले नयाँ छल ग¥यो । फ्रान्सले जर्मनीमाथि धावा बोल्यो । जर्मनी त्यसबेला स–साना टुक्रामा विभाजित थियो । त्यो एक भएमा बलियो हुन्थ्यो । बलियो भए त्यसमाथि फ्रान्सले थिचोमिचो गर्नसक्दैनथ्यो । जर्मनी एक हुन खोज्दै थियो । फ्रान्सेली पुँजीपति वर्ग त्यो चाहँदैनथ्यो । जर्मनी पनि फ्रान्सेली पुँजीपति वर्गले गर्ने आक्रमणसँग जुझ्न तयारी गरिरहेको थियो । जर्मनीका राज्यहरूमा प्रशिया सबभन्दा बलियो राज्य थियो । त्यसबेला प्रशियाको प्रधानमन्त्री विस्मार्क थियो । रुस, बेलायत, इटाली आदि देशहरू पनि फ्रान्सको पक्षमा थिएनन् । विस्मार्कले पूरै लडाइँको तयारी गरेको थियो । फ्रान्स चाहिँ स्पेनलाई आफ्नो प्रभाव क्षेत्र मान्थ्यो । विस्मार्कले स्पेनको गद्दीमा आफ्नो पक्षको मानिसलाई राख्न लगायो । त्यो कार्य फ्रान्सको निम्ति एक हाँक थियो ।
१७ जुलाई १८७० मा फ्रान्सले प्रशियाको विरोधमा लडाइँको घोषणा ग¥यो । तर, प्रशिया पूरै तयारीसाथ बसेको थियो । फ्रान्सको सेनाभन्दा उसको सेना दोब्बर थियो । तर, युद्धको निम्ति फ्रान्सको पूरा तयारी थिएन । आवश्यक नक्साहरू पनि थिएन । २ सेप्टेम्बर १८७० को दिन सेडान भन्ने ठाउँमा १ लाख सेनासहित नेपोलियन तेस्रोले आत्मसमर्पण ग¥यो ।
सेडानको हारको समाचार पेरिसमा पुग्यो । जनता नेपोलियन तेस्रोको विरोधमा विद्रोह गर्नथाले । ४ सेप्टेम्बरको दिन जनता व्यवस्थापिका सभा भवनमा घुसे । सम्राट नेपोलियन तेस्रो गद्दीबाट निकालिएको घोषणा गरे । गणतन्त्रको घोषणा गरे । मातृभूमि बचाउने माग गरे । लियो गामबेला भन्ने एक पुँजीवादी राजनीतिज्ञको नेतृत्वमा एक अस्थायी पुँजीवादी सरकार बन्यो । त्यसको नाम ‘राष्ट्रिय रक्षाको सरकार’ राखियो । त्यो एक पुँजीवादी प्रजातान्त्रिक क्रान्ति थियो । तर, राष्ट्रिय प्रतिनिधिसभामा राजतन्त्रवादीहरू बहुमतमा थिए । तिनीहरू प्रशियासँग सम्झौता गर्न चाहन्थे । तर, जर्मनीमा पुँजीपति वर्गले आफ्नो हातमाथि पारिसकेपछि फ्रान्सेली इलाकाहरूमा धावा बोल्दै रक्षात्मक युद्धलाई अब लुटपाट र डकैती युद्धमा फेरिदियो । जर्मनी अब फ्रान्सको अलसास र लोरेन प्रान्त कब्जा गर्न चाहन्थ्यो । फ्रान्सेली गणतन्त्र अब रक्षात्मक युद्ध लड्न थाल्यो ।
१७ सेप्टेम्बरको दिन जर्मन सेना पेरिस पुगे । मजदुरहरूले जनतालाई सशस्त्र गर्न सरकारसँग माग गरे । सरकारले जनतालाई हतियार दिन कर लाग्यो । २२० नयाँ डिभिजन पेरिसको राष्ट्रिय गार्डमा थपियो । पहिलेको साठी बटालियन सेना बाँकी नै थियो । हरेक घरबाट एक सिपाहीँ भए । शत्रुसँग धेरै ठाउँमा भिडन्त भयो । फ्रान्सेली जनताको वीरता र साहस उँचो थियो । तर, लडाइँको निम्ति पूरा तयारी गर्न नसकिएकोले लडाइँ हार्न थाले । मार्शल बार्जनले १ लाख ७० हजार सेनासहित आत्मसमर्पण गरिदियो । पेरिस शत्रुको घेरामा प¥यो । राजतन्त्रवादी र पुँजीपति वर्ग तर्सिन थाले । तिनीहरू प्रशियाको अगाडि घुँडा टेक्ने पक्षमा गए । प्रशिया अलसास र लोरेन प्रान्त हात पार्न चाहन्थ्यो । ५ अर्ब फ्रान्क लडाइँको हर्जाना चाहन्थ्यो । साथै एक निश्चित समयसम्म पेरिसमा आफ्नो सेना राख्न चाहन्थ्यो । सम्झौताको निम्ति प्रशियाको दबाब बढ्दै थियो । प्रशियाले पेरिसमा गोलावारी सुरु ग¥यो । खान नपाएर कामदार जनताका छोरा–छोरी मर्न लागे । जनताको आर्थिक स्थिति सा¥है खराब हुँदै गयो । तर, सम्पत्ति भएको वर्ग मोजमज्जा गर्दै थियो । तिनीहरू प्रशियाको सबै सर्तहरू मानेर भए पनि घुँडा टेक्ने नीतिमा अडिग थिए । भित्र भित्र मेलमिलाप गर्दै गए ।
पुँजीपति वर्गको यस विश्वासघाती नीतिले मजदुरहरू सतर्क हुनथाले । पेरिसका बीसौँ जिल्लाबाट मजदुर र कालिगढका प्रतिनिधिहरू एक बैठकमा भेला भए । त्यस प्रतिनिधिहरूको बैठकले एक तयारी समिति गठन ग¥यो । त्यसले बीसौँ जिल्लाको तर्फबाट एक कार्यक्रम तयार ग¥यो । पुलिसको काम जनतालाई सुम्पने, सरकारी पदाधिकारीहरूको चुनाव गर्ने, भाषण, सभा, सङ्गठन र प्रेस स्वतन्त्रता दिने आदि कार्यक्रमका मुख्य विषयहरू थिए । ती प्रजातान्त्रिक विषयहरूलाई मागको रूपमा पेरिसको पर्खालहरूमा टाँसिदिए । व्यापारीहरूको सबै खाद्यान्न जफत गर्ने रसस्तो मूल्यमा वितरण गर्ने माग जनताले गरे । जनताले त्यस राष्ट्रिय रक्षा सरकारलाई सरापे । ती कागजमा सत्ता जनतालाई सुम्पने मागहरू लेखिएको थियो । पुँजीपति वर्ग विदेशी शत्रुभन्दा घरका क्रान्तिकारी मजदुर वर्गसँग डराउँथ्यो । तिनीहरूले शत्रुको अगाडि घुँडा टेक्ने निश्चय गरे ।

३१ अक्टोबर १८७० को दिन मजदुर कालिगढले विभिन्न गुटहरूसँग मिलेर पेरिसको भिले होटल कब्जा गरे । राष्ट्रिय रक्षा सरकार भङ्ग गरेको घोषणा गरियो । मजदुरहरूको तयारी समितिले एक केन्द्रीय समितिको रूपमा काम गर्नथाल्यो । मजदुर वर्गले त्यसलाई कम्युन अथवा क्रान्तिकारी सरकार घोषणा ग¥यो । मजदुरहरूले नारा लगाए – ‘कम्युन अमर होस् ।’ त्यो एक विद्रोह थियो ।
त्यसकारण पुँजीपति वर्गको राष्ट्रिय रक्षा सरकारले त्यो विद्रोहलाई दबाउन सबै बन्दोबस्त गर्नथाल्यो । मजदुर वर्गले पनि २२ जनवरी १८७१ को दिन त्यस सरकारलाई राष्ट्रिय विश्वासघाती सरकार भनेर हतियारको बलमा उल्टाउने कोसिस ग¥यो । तर, त्यो योजना असफल भयो । पुँजीवादी सरकार र सेनापति मजदुर वर्गदेखि सतर्क थिए । धेरै विद्रोहीहरू गिरफ्तार गरिए र जेलमा बन्द गरिदियो ।
२८ जनवरी १८७१ को दिन त्यस विश्वासघाती सरकारले जनतालाई थाहै नदिई प्रशियासँग घुँडा टेक्ने र युद्ध बन्द गर्ने सन्धिमा हस्ताक्षर ग¥यो । सन्धिको लगत्तै पछि चुनाव गर्ने घोषणा ग¥यो । फ्रान्सको ३ भागमध्ये एक भाग शत्रुको कब्जामा थियो । ती ठाउँहरूको चुनावमा शत्रुहरूले हुनसम्म मद्दत गरेर प्रतिक्रियावादीहरूलाई जिताए । धर्ममाथि विश्वास गर्ने र पिछडिएको गाउँ–गाउँमा धर्माधिकारीहरूले जनतालाई धोखा दिएर राजतन्त्रवादीहरूलाई मत दिन लगाए । पेरिस शत्रुबाट घेरिएको थियो । त्यसकारण त्यहाँ मतदान भएन । ७०० प्रतिनिधिहरूमध्ये ४५० प्रतिनिधिहरू राजतन्त्रवादीहरू जिते । त्यस राष्ट्रिय सभाले एक नयाँ सरकार गठन ग¥यो । त्यसको मुख्य एडोल्फ थियर थियो ।
थियर एक कुख्यात प्रतिक्रियावादी थियो । १८३० को आन्दोलनको बेला पेरिसका मजदुरलाई गोली हान्न लगाउने क्रुर गुण्डा थियो । ऊ एक पुँजीवादी वकिल, झूटा इतिहासकार र राजनीतिज्ञ थियो । ऊ प्रतिनिधिसभाको सदस्य थियो र ऊ राष्ट्रपति बन्यो । पुँजीपति वर्ग पेरिसका क्रान्तिकारी वर्गसँग डराउँथ्यो । यसकारण राष्ट्रिय सभा वोर्डकस भन्ने सहरमा बस्यो । वोर्डकस फ्रान्सको दक्षिण पश्चिमतिर पर्छ । राजधानी पनि पेरिसबाट भर्सेलिजमा सा¥यो । भर्सेलिज पेरिसभन्दा केही माइल दक्षिण पश्चिमतिर पर्दछ ।
थियरको सरकारले मजदुर वर्गलाई घुँडा टेकाउन मजदुरविरोधी नीति लियो । घेरामा परेको बेलामा राष्ट्रिय गार्डले तलब नपाउने र डेराको बहाल भत्ता नदिने निर्णय ग¥यो । त्यो निर्णय मजदुर वर्गलाई दबाब दिने र डेराबाट निकाल्न लगाउने षड्यन्त्र थियो । प्रजातान्त्रिक अखबारहरू बन्द गरिए । क्रान्तिकारी नेताहरू गिरफ्तार गरिए ।
त्यस प्रतिक्रियावादी नीतिले गर्दा मजदुरहरूमा देशभक्ति र क्रान्तिकारी भावना बढ्दै गयो । फेब्रुअरी १८७१ मा राष्ट्रिय गार्डको केन्द्रीय समितिको बैठक बस्यो र बैठकले जनतालाई देश बचाउन आह्वान ग¥यो । राष्ट्रिय गार्डसँग तोप र गोलाबारुद थियो । त्यो मजदुरहरूकै चन्दाबाट जुटाइएको थियो ।
१८ मार्च १८७१ को दिन ती तोपहरूमाथि कब्जा गर्न थियरले सरकारी पल्टन पठायो । समयमै मजदुरहरूले थाहा पाए । खतराको घण्टी बज्यो । सबै मजदुरहरू तोप राखेको ठाउँमा पुगे । मजदुरहरूले फेरि तोप आफ्नो हातमा लिए । सरकारी अफिसरले सिपाहीँहरूलाई मजदुरहरूमाथि गोली चलाउन आदेश दियो । सिपाहीँहरूले अफिसरहरूको आदेश मान्न अस्वीकार गरे । उल्टै अफिसरहरूमाथि गोली हाने । तोपहरू राष्ट्रिय गार्डकै हातमा रह्यो ।
सशस्त्र राष्ट्रिय गार्ड र मजदुरहरू पेरिसको केन्द्रतिर लम्के । सरकारी व्यारेकमाथि कब्जा गरियो । राष्ट्रिय गार्डको केन्द्रीय समितिले पेरिस कब्जा गर्ने आदेश दियो । विद्रोहीहरूले सरकारी छाउनी, स्टेसन, सरकारी भवन र सहरको मुख्य–मुख्य ठाउँ कब्जा गरे ।
थियर र उसका मन्त्रीहरू पेरिस छोडेर भागे । सरकारी पल्टन पनि भर्सेलिजमा भाग्यो । राष्ट्रिय गार्ड र मजदुर वर्गले भिले होटल र युद्ध मन्त्रालयमा रातो झन्डा फहराइदिए । १८ मार्च १८७१ को दिन पेरिसका मजदुर वर्गको क्रान्तिको दिन थियो । राष्ट्रिय गार्डको केन्द्रीय समिति पेरिसको सरकार बन्यो । पुँजीपति वर्गलाई पेरिसका मजदुर वर्गले सत्ताबाट गलहत्याएर निकालिदियो ।
मजदुर वर्गको नयाँ सरकार पेरिस कम्युन
२६ मार्च १८७१ को दिन पेरिस कम्युनका प्रतिनिधिहरूको चुनाव भयो । चुनावबाट जम्मा ८५ प्रतिनिधिहरू चुनिए । त्यसमध्ये आधा मजदुरहरू थिए । २१ जवान पुँजीपति वर्गका थिए । अरू बाँकी कर्मचारी, डाक्टर, शिक्षक, पत्रकार आदि थिए । सबै प्रतिनिधिहरूको हिसाब गर्दा अत्यन्त बहुमत प्रतिनिधिहरू मजदुर वर्गका थिए । पेरिस कम्युनको नेतृत्व मजदुर वर्गको हातमा थियो । २८ मार्च १८७१ को दिन प्रतिनिधिहरूले पेरिसमा नयाँ सरकारको घोषणा गरे । त्यस सरकारको नाम ‘पेरिस कम्युन’ राखियो । राष्ट्रिय गार्डको केन्द्रीय समितिले कम्युनलाई आफ्नो शक्ति सुम्पेको घोषणा ग¥यो । बैन्ड बाजा बजाएर जनताले खुसी मनाए र नारा लगाए– ‘कम्युन अमर होस् ।’
‘पेरिस कम्युन’ जनताको राज्यको सबभन्दा माथिल्लो अङ्ग थियो । पेरिस कम्युन ऐन–कानुन बनाउने एक विधायिका सभा र कार्यान्ययन गर्ने कार्यपालिका दुवै थियो । सेना, जन–सुरक्षा, विदेश सम्बन्ध, न्याय, जनसेवा, शिक्षक, खाद्य, श्रम, श्रम विनियम, अर्थसम्बन्धी कार्यहरू विभिन्न कार्य समितिमार्फत काम चालू गरे । जनतालाई चित्त बुझेन भने आफ्ना प्रतिनिधिहरूलाई फिर्ता बोलाउने अधिकार दिइयो । तर, केही निजामती कर्मचारीहरू पुँजीपति वर्गको राजधानी भर्सेलिज भागे । बाँकी भएकाहरूले नयाँ सरकारको मातहतमा काम गर्न अस्वीकार गरिदिए । २१ जवान पुँजीवादी प्रतिनिधिहरूले कम्युनलाई त्यागिदिए अथवा कम्युनलाई बहिष्कार गरे । ३५ हजार कम्युनबाट ७ लाख नगर सदस्यहरू चुनिएका थिए । त्यसमध्ये विरोधीहरू ८ हजारमात्र थिए ।
कम्युनले पुरानो प्रशासनको ठाउँमा नयाँ प्रशासन व्यवस्था लागू ग¥यो । पहिलो अप्रिलको दिन कर्मचारीहरूको तलब मजदुरहरूको ज्यालासरह गरिदियो । कुनै पनि कर्मचारीको तलब ६ हजार फ्रान्कभन्दा बढी नहुने नयाँ तलब दर लागू ग¥यो । कम्युनका सदस्य अर्थात् प्रतिनिधिसभाका सदस्य र मन्त्रीहरूको तलब पनि साधारण ज्यामीका सरह गरिदियो । त्यो रकम बेलायतको एक स्कूल सेक्रेटरीको सबभन्दा तल्लो तलब दरको ५ भागको १ भाग थियो । त्यसबेला स्कूल, पाठशाला या शिक्षण संस्थाहरू धार्मिक चर्चको पञ्जामा थियो । त्यसले विज्ञान र विवेकलाई थिचिराखेको थियो । ८ अप्रिलको दिन शिक्षण संस्थाहरूलाई चर्चबाट अलग गर्ने ऐन पास गरिदियो । चर्चलाई राज्यबाट अलग गरिदियो । धर्म मानिसको व्यक्तिगत विश्वासको रूपमा तल झारिदियो । धार्मिक कामको निम्ति सरकारले दिने गरेको रकम बन्द गरिदियो । जन्म–मृत्यु र विवाद दर्ता पनि कम्युन आफैँले गर्ने निधो ग¥यो । स्कूलमा धार्मिक ऐनहरू पढाउन बन्द गरिदियो । धेरै चर्च र मठहरू जनताको सभा भवन बनाइदियो । कम्युनले स्कूलबाट सबै धार्मिक तस्वीर र चिह्नहरू, उपदेश र प्रार्थना आदि सबै चित्रहरू झिकिदियो । जनतामा निःशुल्क र अनिवार्य शिक्षा लागू ग¥यो । नयाँ–नयाँ स्कूलहरू खोलिए, जन–विरोधी पादरीहरू गिरफ्तार गरिए । युगौँदेखिको धार्मिक शोषणको सिक्रीलाई चुँडालिदियो । विज्ञानलाई चर्चको सिक्रीबाट छुट्कारा दियो ।
बदनाम भएका पुराना पुलिस र सेनालाई भङ्ग गरेर वार्ड वार्डको आधारमा जनतामा स्वयम्सेवक संस्थाको स्थापना ग¥यो । त्यसका अफिसरहरू आफूमध्येबाट चुनिए । पुरानो अनिवार्य सैनिक भर्तीप्रथा खारेज गरेर हतियार बोक्नसक्ने सबै लोग्ने र स्वास्नीमानिस राष्ट्रिय गार्डमा सामेल हुनसक्ने नियम बनाइयो । यो नियम सेनामा लागू गरिनु प्रजातान्त्रिक पद्धतिको एक उदाहरण थियो ।
सार्वजनिक क्षेत्रमा केन्द्रीय सरकारका अधिकारहरू स्थापना ग¥यो । नगरपालिका र अड्डा–अदालतका सबै काम कम्युनले आफ्नो हातमा लियो । न्यायपालिका सदस्यहरू जनताबाट चुन्ने व्यवस्था ग¥यो । न्यायको त्यस व्यवस्थाले भ्रष्टाचार, चोरी, डकैतीको जगजगी भएको पेरिस राती पनि ताला लगाउन नपर्ने पेरिसमा फेरियो ।
पेरिसबाट भागेका मालिकहरूको कारखाना मजदुरहरूलाई नै जिम्मा दिइयो । श्रम समितिले उत्पादन कार्यलाई अगाडि बढायो र बेकारी समस्यालाई सुल्झायो । मालिकहरू बाँकी भएका कारखानामा ज्याला कम्युनले नै तोकिदियो । कारखानेदारहरूले मजदुरहरूलाई सजाय गर्न नपाउने आदेश दिए । बन्धक राखिएका पसलहरू गरिब जनतालाई नै फर्काइदियो । अक्टोबर १८७० देखि १८७१ अप्रिलसम्मको घरको बहाल माफी गरिदियो र दिइएको रकमलाई पेश्की मानियो । मध्यम वर्गको ऋण ३ वर्षभित्र विनाब्याजले किस्ताबन्दीको रूपमा तिर्ने बन्दोबस्त गरिदियो । त्यस्तो बन्दोबस्तले पसले, कालीगड, व्यापारी र मध्यम वर्ग कम्युनको पक्षमा गए ।
बन्धक लिने संस्थालाई शोषणको संस्था भनेर बन्द गरिदियो । अँध्यारो, ओसिलो छिँडी र पानी चुहिने छानामुनि बसेका मजदुरहरूलाई पेरिसबाट भागेका धनी र पुँजीपति वर्गको घरमा डेरा सारिदियो । कामको समयमा मजदुरहरूको स–साना नानीहरू राख्ने शिशुशाला र बालोद्यानको बन्दोबस्त गरिदियो ।
मजदुर र महिलाहरूको नयाँ–नयाँ वर्गीय र राजनैतिक सङ्गठनहरू खुल्नथाल्यो । कामदार जनाताले ठूलो उत्साहपूर्वक कम्युनलाई सहयोग र समर्थन गर्न लागे । कम्युनले १ लाख प्रति पर्चा छापेर किसानहरूलाई एक हुन आह्वान ग¥यो । पर्चामा लेखिएको थियो– ‘पेरिसको जग्गाजोताहा किसानहरूकै गर्न चाहन्छ । काम गर्ने ज्यावलहरू सबै जनताको निम्ति मजदुरहरूको गर्न चाहन्छ,’ तल ‘पेरिसरका कम्युनहरू’ भनेर लेखिएको थियो । त्यसबेला पुँजीपति र क्याथोलिक चर्चका धर्माधिकारीहरू गाउँ–गाउँमा गएर किसानहरूलाई मजदुरविरोधी प्रचारहरू गरिरहेका थिए । मजदुरहरूले ती पर्चाहरू बेलुनमा बाँधेर गाउँ गाउँमा छर्न लगाए ।
कम्युनमा विदेशी मजदुर पनि निर्वाचित हुनसक्ने ऐन पास ग¥यो । कम्युनले विदेशी क्रान्तिकारीहरूलाई पनि कम्युनको मुख्य – मुख्य पदमा बसेर सेवा गर्ने मौका दियो । त्यो मौका विदेशी क्रान्तिकारीहरूलाई महान् उद्देश्यका निम्ति गरेका बलिदानको सम्मानमा प्रदान गरिएको थियो । कम्युन एक अन्तर्राष्ट्रिय सरकार हो । कम्युनको झन्डामा लेख्यो– ‘कम्युनको झन्डा संसारको प्रजातन्त्रको प्रतीक हो ।’
१८ मार्च १८७१ को क्रान्तिको रात प्रशियाका प्रधानमन्त्री विस्मार्कलाई निद्रा लागेन । पेरिसको क्रान्ति जर्मनीको सीमासम्म पुग्ला भनेर ऊ सा¥है डराइरहेको थियो । ऊ आफैँ छिटो सम्झौता गर्ने पक्षमा थियो । त्यसकारण थियरलाई शान्ति सम्झौताका सर्तहरू निश्चित गर्न दूतहरू पठाउने आदेशको सन्देश पठायो । थियरले दुई जना दूतहरू प्रशियाको राजधानी फ्रैंकफर्ट पठायो । दूतहरूमध्ये एकजना जुलेस फाब्रे थियो । ऊ थियरको परराष्ट्रमन्त्री थियो । अर्को अगस्ट पौयर क्युर्टिएर  १८२० थियो । ऊ थियरको अर्थमन्त्री थियो । क्युर्टिएर स्वयं एक कारखानेदार र राजतन्त्रवादी थियो ।
बिस्मार्कले तिनीहरूलाई साम्राज्यको पुनः स्थापना वा शान्ति सम्झौताका सर्तहरूमध्ये एक रोज्न भन्यो । सर्तमा हर्जाना तिर्ने समय घटाउने र फ्रान्सको स्थिति सन्तोषजनक नभएसम्म पेरिसको किलामा प्रशियाको सेना राखी छाड्ने कुरा पनि थियो । पेरिस कम्युनलाई खतम गर्न बन्दी बनाइएको बोनापार्टको सेनालाई पनि छोड्ने कुरा ग¥यो । त्यसलाई मद्दत गर्न प्रशियाको सम्राट विल्हेमको सेनापति दिने आश्वासन दियो । हर्जानाको पहिलो रकम पेरिस ‘शान्त भएपछि लिने’ कुरा ग¥यो ।
उसका शान्ति सम्झौताका सर्तहरू भर्सेलिजको सरकारले नमानेको खण्डमा साम्राज्यको पुनः स्थापनालाई मान्नुपर्ने थियो । साम्राज्यको पुनः स्थापनाको अर्थ त्यो सम्झौतालई स्वीकार गर्ने सरकार स्थापना गर्नु नै थियो । थियरले आफ्नो सत्ता पनि छोड्नुपर्ने थियो । त्यसकारण उसका दूतहरूले पुनःस्थापनाभन्दा शान्ति सम्झौताका सर्तहरूलाई स्वीकार गरे । वास्तवमा त्यो लज्जाजनक घुँडा टेक्ुवा सम्झौता थियो ।
१० मई १८७१ को दिन थियर सरकारले त्यस सम्झौतामा हस्ताक्षर ग¥यो । अलसास र लोरेन प्रान्त जर्मनीको हातमा सुम्पिदियो । ५ अर्ब फ्रान्क रकम सुनमा तिर्न मञ्जुर ग¥यो । १८ मईको दिन भर्सेलिजको राष्ट्रिय सभाले त्यसलाई स्वीकृति दियो ।
प्रशियाले लडाइँमा बन्दी बनाएका १ लाख फ्रान्सेली सेनालाई पेरिस कम्युन दबाउन फिर्ता दियो । शान्ति सम्झौतामा हारेको पक्षले सेना बढाउन दिँदैनथ्यो । तर, विस्मार्कले कम्युनलाई दबाउन भर्सेलिजको सरकारलाई सेना बढाउन दियो । पेरिसको उत्तरमा प्रशियाको ठूलो सेना थियो । प्रशियाले भर्सेलिजका सेनालाई त्यहाँबाट पेरिसमाथि हमला गर्ने बाटो छोडिदियो । पेरिस कम्युनका सल्लाहकारहरूले उत्तरतिरबाट भर्सेलिजको सेनाले हमला गर्न आउँछ भनेर चिताएकै थिएनन् ।
२० मईको दिन भर्सेलिजको शत्रुले पेरिसमाथि धावा बोल्यो । २१ मईको दिन शत्रु नगरभित्र पस्यो तर मजदुरहरूले शत्रुलाई चारैतिर रोकिराखे । पेरिस सहरको चारैतिर सडकहरूमा पर्खाल बनाएर मोर्चा बनाएका थिए । केटाकेटी र आइमाईहरूसमेत लडिरहेका थिए । कम्युनका समर्थक कम्युनार्डहरू हरेक टोल र हरेक घरमा एक एक इञ्च जग्गाको निम्ति ज्यान दिएर लडिरहे । १० हजारभन्दा बढी मजदुरहरू मोर्चामा लडिरहेका थिए । पेरिसका मजदुरहरूले सहरलाई एक हप्तासम्म रक्षा गरिरहे ।
सबभन्दा पहिलो गढ पेरिसको ‘पिरे लाचेस सेमेट्री’ भन्ने चिहान थियो । २१ मईको दिनसम्म त्यहाँ २०० मजदुरहरू लडिरहेका थिए । आखिरमा भर्सेलिजको पल्टनले त्यसको मुख्य ढोकालाई तोपले फो¥यो र पल्टन भित्र पस्यो । कम्युनार्डहरू अन्तिम गोली भएसम्म लड्दै गए । बाँकी भएका कम्युनार्डहरूलाई पर्खालको कुनामा गोली हानेर मा¥यो । अन्तिम बन्दुक भएसम्म पेरिसभा रातो झन्डा फहरिरहेको थियो ।
२८ मई १८७१ को दिन पेरिस कम्युनको अन्तिम मोर्चा पनि हा¥यो, प्रतिक्रान्तिको जीत भयो ।
२० मईदेखि २८ मईसम्मको त्यस हप्तालाई ‘रगत बगेको मईको हप्ता’ भनिन्छ । पेरिसमा भर्सेलिजको पल्टनको कब्जा हुनासाथै अत्याचारको नाङ्गो–नाच चल्यो । थियर सरकारले शङ्का लाग्ने सबै मानिसहरूलाई गोली हानेर मा¥यो । कम्युनका नेताहरूलाई यातना दिएर मा¥यो । कम्युनार्डहरूलाई मद्दत गरेको शङ्कामा थुप्रै आईमाई र केटाकेटी पक्रिए र मारिए । ६५० केटाकेटी पक्रिएका थिए । ३० हजार कम्युनार्डहरूलाई मुद्दै नचलाई मा¥यो । ४० हजारभन्दा बढी जेलमा थुनिए वा अपराधीको रूपमा उपनिवेशहरूमा काम गर्न पठाइए । त्यो एक प्रकारको कालापानीको सजाय थियो । तिनीहरू त्यहाँ धेरै काम गर्दागर्दै मरे अथवा आर्थिक कठिनाइ र बिरामी भएर मरे ।
२७ मईको दिन हरेक वर्ष ‘पिरे लाचेस सेमेट्री’ मा मजदुरहरूले एक सम्झना सभा गर्ने गर्छन् । पेरिसका कम्युनार्डहरूको सम्झनामा त्यस ठाउँलाई ‘कम्युनार्डहरूको पर्खाल’ नाउँ राखे । त्यो दिन हरेक वर्ष सहिद भएका मजदुरहरूका विधवाहरू त्यहाँ जान्थे । आफ्ना छोरा–छोरीहरूलाई भन्थे, “यही ठाउँमा तिम्रो बालाई पुँजीपति वर्गले मारेको थियो । त्यसको बदला तिमीले लिनुपर्छ ।” यो सम्झना दिवस आज पनि हरेक वर्ष त्यहाँ मनाउने गर्छन् । इतिहासमा कहिले नभएको जस्तो वीरतापूर्वक लडेर सहिद भएका मजदुर वर्गका महान अग्रदूतहरूलाई सलाम गर्छन् । सहिद हुने बेलामा ती वीरहरूले नारा लगाएका थिए, ‘कम्युन जिन्दावाद ¤’
पेरिस कम्युगको असफलताका कारणहरू
पेरिस कम्युगका मजदुरहरूले इतिहासमा नदेखिएको बहादुरी देखाएर लडे । असीम वीरतापूर्वक कम्युनको झन्डालाई ३ महिनासम्म माथि उठाइराखे । तर, त्यसका केही राजनीतिक र रणनीतिक गल्तीहरूले गर्दा पेरिस कम्युनले ठूल–ठूला हारहरू भोग्नु प¥यो ।
कम्युनका रणनीतिक (लडाइँसम्बन्धी व्यावहारिक) भूलहरू
९१० १८ मार्चको दिन, पेरिस कम्युन घोषणा गरिसकेपछि विरोधी सेनालाई निःशस्त्र गरिएन । तिनीहरूलाई भर्सेलिजमा जान दिइयो । तिनीहरूलाई बन्दी बनाइएन । विरोधीहरूलाई पेरिसका किल्लाहरूमा भेला हुन दिइयो । तिनीहरूलाई आवत–जावत गर्न दिइयो । त्यस्ता छुटहरू दिंदा शत्रुहरूले पेरिसका सबै सैनिक गतिविधि र सैनिक कमजोरीहरू पत्ता लगाए । त्यहाँसम्म कि शत्रुले कम्युनको वारुद्ध खानामा आगो लगाइदियो र हेडक्वार्टर ९प्रधानकार्यालय० मा नेताहरूमाथि आक्रमण गर्न सफल भयो ।
९२० फ्रान्सको बैङ्कलाई तुरुन्त कब्जा गरिएन । बैङ्क कब्जा गरिएको भए फ्रान्सेली पुँजीपतिहरूको भर्सेलिज सरकारलाई सम्झौता गर्न दबाब पर्दथ्यो । फेरि बैङ्क पुँजीपति वर्गको स्नायु केन्द्र हो । एक बैङ्क दस हजार सेनाको बराबर थियो । बैङ्कको पैसा भर्सेलिज सरकारलाई दिइयो । त्यस पैसाले युद्धको तयारी ग¥यो । नयाँ–नयाँ सेना भर्ना गरेर शत्रुलाई तरवार दिने भूल ग¥यो । ९३० पेरिस भर्सेलिजको सेना र प्रशियाको सेनाबाट घेरिएको थियो । त्यस्तो निस्सासिंदो परिस्थितिबाट छिट्टै छुट्कारा पाउनु आवश्यक थियो । त्यसको निन्ति भर्सेलिजमा तुरून्तै धावा बोल्नुपर्दथ्यो । त्यसबेला थियरले सेना जम्मा गर्न सकेको थिएन र जम्मा गर्ने फुर्सद पनि पाउने थिएन ।
९४० पुँजीपति वर्गलाई पेरिसबाट बाहिर जान दिइयो । ती लाखपति र करोडपतिहरूलाई बन्दी बनाइनु पर्दथ्यो । त्यसो गरेको खण्डमा धेरै काम आउँथ्यो अथवा भर्सेलिजको सरकारलाई सम्झौता गर्न आउनुपर्दथ्यो । कम्युनले पादरीहरूलाई मात्रै बन्दी बनायो । मजदुर नेताहरूलाई भर्सेलिज सरकारले बन्दी बनाएको थियो । यदि पुँजीपतिहरूलाई बन्दी बनाएको भए बन्दीहरूको आदान–प्रदानको पनि सम्भावना थियो अथवा पुँजीपतिहरू मर्ने डरले पेरिसमा गोलाबारी गर्न डराउँथ्यो ।
९५० विरोधी मानिसहरूलाई आवत–जावत गर्न दिंदा तिनीहरूले सबै प्रकारका सूचनाको आदान–प्रदान गर्थे । त्यसले पेरिस कम्युनभित्र भ्रष्टाचार फैलाउने, आपसमा फुटाउने र जुधाउनेजस्ता षड्यन्त्रहरू गर्ने मौका पाए ।
पेरिस कम्युनले गरेका केही राजनैतिक भूलहरू
९१० १८ मार्चको दिन पेरिस कम्युनको घोषणा गर्नासाथै भर्सेलिजमाथि धावा बोलेर राष्ट्रिय सभालाई भङ्ग गर्नुपर्दथ्यो । थियरको सरकारलाई गिरफ्तार गर्नुपर्दथ्यो, यसबारे पेरिसमा शरण लिएर बसेका पोलैन्डका क्रान्तिकारी जारोस्लाव डोम्ब्रोवस्किले भन्नुभएको थियो । उहाँ एक खान्दानी कुलको हुनुहुन्थ्यो र कम्युनले उहाँलाई पेरिसको मिल्ल भन्ने इलाकाको सुरक्षा कमान्डरमा नियुक्त गरेको थियो । उहाँले भर्सेलिजमा धावा गर्ने र गिरफ्तार गर्ने प्रस्ताव राख्नुभएको थियो । उहाँले त्यसबेला भन्नुभएको थियो, “तपार्इँहरू पछिको कुरा देख्नुहुन्न । तपाईँहरू दुई पाइलाभन्दा बढी सोच्न सक्नुहुन्न । ढिलो वा चाँडो तपार्इँहरूले लडाइँ लड्नैपर्छ । तर, त्यसबेला धेरै अबेर भइसकेको हुन्छ । यदि तपाईहरूले अहिले भर्सेलिजमा हमला गर्नुभयो भने परिस्थिति तपाईको हातमा हुनेछ अथवा तपाईको हातमाथि हुनेछ ।” समयले देखाइदियो– डोम्ब्रोवस्किको भनाइ ठीक थियो ।
९२० २६ मार्चमा चुनावमा विरोधी पार्टीहरूलाई पनि उठ्न दियो । त्यसले उनीहरूलाई आफ्नो शक्ति अनुमान गर्ने मौका दियो ।
९३० त्यसबेला फ्रान्सको जनसङ्ख्याको ठूलो भाग किसान, कालिगड र पसलेहरूजस्तो स–साना पुँजीपति वर्गको थियो । सर्वहारा वर्गले मात्रै सत्तालाई कब्जा गरिराख्न सकिँदैनथ्यो । किसानहरूको सङ्गठन र सहयोग थिएन । पेरिस कम्युन गाउँमा पस्न सकेन । यसकारण प्रतिक्रियावादीहरूले गाउँमा गएर मजदुरविरोधी प्रचार गर्ने मौका पाए । थियरले थुप्रै किसानहरूबाट सेना बनायो । यसले गर्दा पेरिस एक्लियो ।
९४० फ्रान्समा त्यसबेला कुनै एक क्रान्तिकारी मजदुर पार्टी थिएन । मजदुरहरू विभिन्न दलहरूमा विभाजित थिए । तिनीहरू एउटा क्रान्तिकारी सिद्धान्तमा एक थिएनन् । मजदुर वर्गको बहुमत भागले आफ्नो राजनीतिक कार्यहरू बुझेका थिएनन् । क्रान्तिकारी सिद्धान्त बोकेको बलियो मजदुर वर्गको एक राजनैतिक पार्टीविना राज्यसत्ता कब्जा गर्ने क्रान्तिलाई नेतृत्व गर्नसक्दैनथ्यो ।
पेरिस कम्युनको शिक्षा
मजदुर वर्गको हरेक जीत र हारबाट नयाँ–नयाँ शिक्षाहरू मजदुरहरूले सिक्ने गर्छन् । रगत बगाएर सिकेको शिक्षा बिर्सन्न । बलिदान खेर जान्न । सर्वहारा वर्गको प्रजातन्त्र कम्युन पुँजीवादी प्रजातन्त्रभन्दा धेरै उँचो र पूर्ण प्रजातान्त्रिक व्यवस्था सावित भयो ।
पेरिस कम्युनले वर्गीय दमनको मुख्य शक्ति सेना र पुलिसको शक्तिलाई ध्वस्त पारेको थियो । पुरानो सेनाको ठाउँमा ‘राष्ट्रिय गार्ड’ को नयाँ सेना र मजदुरहरूको सशस्त्र शक्तिले रक्षाको काम सम्हालेको थियो । पेरिस कम्युन सर्वहारा वर्गको पहिलो राज्यसत्ता थियो । सर्वहारा क्रान्तिमा त्यसले ऐतिहासिक महत्व राख्छ । यसको हारजीतले तलका शिक्षाहरू लिन सकिन्छ –
९१० वर्ग शत्रुको सैनिक शक्तिलाई ध्वस्त गरेर सर्वहारा वर्गको नयाँ सैनिक शक्ति कायम गर्नुपर्छ ।
९२० शोषक वर्गमाथि नरमी या उदारता देखाउनुहुन्न । तिनीहरूमाथि सर्वहारा वर्गको हुकुम चलाउनुपर्छ । सत्ताबाट फालिएको पुँजीपति वर्ग विदेशी पुँजीपति वर्गको मद्दतले पहिलेको भन्दा झन् बलियो भएर झम्टन आउँछ ।
९३० पुरानो तयारी राज्य मेसिनरी
(प्रशासन) ले सर्वहारा वर्गलाई काम दिंदैन । सर्वहारा वर्गको आफ्नै प्रशासन तुरुन्तै लागू गर्नुपर्छ । नत्र पुराना कर्मचारीहरूले विरोध गर्ने, हड्ताल गर्ने र धोका दिनेछन् अथवा तिनीहरूको बीचमा सर्वहारा वर्गको सङ्गठन हुनुपर्छ ।
९४० समाजवादको विजयको निम्ति किसान र मजदुर वर्गको सहयोग अत्यावश्यक छ । एकता गर्न सकिने स–साना पुँजीपति वर्गलाई पनि एक गर्नुपर्छ । शत्रुलाई सकेसम्म एक्लो पार्नुपर्छ ।
९५० पेरिस कम्युनको क्रान्तिको बेलामा कार्लमाक्र्स बेलायतमा हुनुहुन्थ्यो । पेरिसको खबर सुनेर उहाँले भन्नुभयो, “शत्रु दैलोमा उभिएको छ । विद्रोह हारमा फेरिने छ ।” तर, क्रान्ति भयो । माक्र्सले आफ्नो सारा शक्ति लगाएर त्यसलाई समर्थन गर्नुभयो । संसारका सबै मजदुर वर्गलाई पेरिस कम्युनलाई समर्थन गर्न आव्हान गर्नुभयो । तर, त्यसबेला पेरिस कम्युनमा माक्र्सवादीहरू अल्पमतमा थिए । मजदुर वर्गको एक सिङ्गो राजनैतिक पार्टी थिएन । भर्सेलिजमा आक्रमण गर्नुपर्ने कुरो महसुस गरेनन् । पेरिस कम्युनले सुरुमा लडाइँ नगर्ने र शान्तिसित काम लिने खुकुलो वा उदारताको नीति लियो । त्यसकारण वर्ग शत्रुमाथि जाइलाग्ने माक्र्सवादजस्तो क्रान्तिकारी सिद्धान्त बोकेको राजनैतिक पार्टीको नेतृत्वमा मात्रै क्रान्ति सफलतापूर्वक अगाडि लैजान सकिने प्रस्ट भयो ।
९६० मजदुर वर्गले आफ्नो अधिकार माग्दा र शासन सत्ता हातमा लिंदा पुँजीपति वर्ग बहुला कुकुर झैँ झम्टन आउनेछ । तिनीहरूको त्यो पशु स्वभाव फेरिन्न । त्यसकारण मजदुर वर्गले सत्ता हातमा लिनुभन्दा पहिले र लिइसकेपछि झन् सतर्क र होशियार हुनुपर्छ । कुनै प्रकारको ढिलाइ र नरमी देखाउनुहुन्न ।
कार्लमाक्र्सले भन्नुभयो, “आफ्नो कम्युनसँगै मजदुर वर्गले पेरिसलाई सबै नयाँ समाजको गौरवपूर्ण अग्रदूतको रूपमा सम्झिने छ । यसका सहिदहरू मजदुर वर्गको विशाल हृदयमा रहिरहने छन् । यसलाई सत्यानाश गर्नेहरूलाई इतिहासले सधैंको निम्ति अपराधीलाई उभ्याउने कोठामा राखिसकेको छ । तिनीहरूका गुरु पुरोहितहरूको सबै प्रार्थनाबाट पनि तिनीहरूलाई मुक्त गर्नसक्नेछैनन् ।”
‘कम्युन अमर होस् ।’
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *