भर्खरै :

एन्जेला मार्केल क्वारेन्टिनमा

बर्लिन, २३ मार्च । जर्मनीका चान्सलर एन्जेला मार्केल पनि क्वारेन्टिनमा बस्नुभएको छ । उहाँले शुक्रबार भेट्नुभएका चिकित्सकको कोभिड–१९ परीक्षणमा पोजेटिभ
आए पछि उहाँ क्वारेन्टिनमा बस्ने निर्णय गर्नुपरेको हो ।
जर्मनी सरकारका प्रवक्ता मार्केल तत्काल घरमै क्वारेन्टिनमा बस्नु हुने र केही दिनमा परीक्षण गर्नुहुने बताउनुभएको छ ।
“चान्सलरले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गर्नुहुनेछ”, प्रवक्ताले भन्नुभयो ।
मार्केलले आइतबार पत्रकार भेटघाटमा सहभागी हुनुभएको थियो । सो क्रममा उहाँले कोभिड–१९ को संक्रमण रोक्न केही कडा कदम चाल्ने निर्णय सुनाउनुभएको
थियो । जर्मनीमा कोभिड–१९ को संक्रमणबाट हालसम्म ९४ जनाको निधन भइसकेको छ । २४ हजार ९०४ जना मानिसमा संक्रमण फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *