भर्खरै :

कोभिड–१९ प्रतिरोधको केरला मोडल

आर कृष्णकुमार
“सङ्क्रमण परीक्षण मात्र होइन । सम्पर्क सुत्रको पहिचान मात्र पनि आवश्यक छ । क्वारेन्टिन मात्र होइन, शारीरिक दुरी कायम राख्न पनि उत्तिकै महत्वपूर्ण छ । यी सबै विधिको पालना हुनुपर्छ । सङ्क्रमितको पहिचान गर, पहिचान भएका सङ्क्रमितलाई अलग राख, परीक्षण गर र सबै सङ्क्रमित बिरामीको पूर्ण उपचार गर । यो नै सङ्क्रमणको सिलसिला तोड्ने उपाय हो… यो आगोलाई फैलिन नदिऊँ ।”
यो भनाइ हो–विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधनोम घेब्रिऐससको । आजको परिस्थितिमा कोभिड–१९ विरुद्ध लड्ने यो सबभन्दा अचुक सल्लाह बनेको छ । अनि कोरोना भाइरसको सङ्क्रमणविरुद्ध तीव्रत्तर र प्रभावकारी काम गरेर आज भारतको केरला प्रान्त सर्वत्र प्रशंसित बनेको छ ।
फेब्रुअरी महिनाको सुरुमा चीनको उहान विश्वविद्यालयमा अध्ययनरत तीन जना विद्यार्थी केरला फर्के । त्यतिबेला उहान कोभिड–१९ सङ्क्रमणको केन्द्र थियो । उनीहरूको पहिचान गरी स्वास्थ्य परीक्षण गर्दा तीनै जनामा भाइरसको सङ्क्रमण देखियो । भारतमै कोभिड–१९ को सङ्क्रमण उनीहरूमा पहिलोपटक फेला परेको थियो । सङ्क्रमण प्रमाणित भएसँगै केरलाले संसारभर फैलिएको महामारीको जोखिमसँग जुझ्न आफूलाई तयारी अवस्थामा राख्ने कामको थालनी ग¥यो ।
केरलाले आफूसँग उपलब्ध सबै स्रोत साधनको प्रभावकारी परिचालन ग¥यो । संसारभर महामारीको जोखिम बढेसँगै विभिन्न देशबाट स्वदेश फर्किने मानिसमा सङ्क्रमण हुनसक्ने विषयमा केरला सरकार समयमै सजग बन्यो । केरलाले आफ्नो जनस्वास्थ्य प्रणालीको पनि यो मौकामा पूर्ण परिचालन ग¥यो । केही वर्षअघि केरलाले प्राणघातक निपा भाइरसको दुई पटक सङ्क्रमणको सामना गरेको थियो । ती महामारी सङ्क्रमणको पनि ऊसँग राम्रो अनुभव थियो ।
सङ्क्रमण बोकेका व्यक्तिको सुरुमै पहिचान र तत्कालै त्यस्ता प्रत्येक बिरामीको उपचार, सङ्क्रमित बिरामीको संसर्गमा आएका हरेक व्यक्तिको पहिचान, उनीहरूमाथि नियमित निगरानी, छोटो समयावधिमा क्वारेन्टिन र अस्पतालको विस्तार, पर्यटकसहित विदेशबाट आएका प्रत्येक व्यक्तिमा रोगको कुनै लक्षण देखिए घर, अस्पताल वा छात्रावासमा क्वारेन्टिनमा राख्ने बन्दोबस्त आदि केरला सरकारले ग¥यो । यस्ता सबै सावधानीका काम गरेर केरलाले कोभिड–१९ भाइरसप्रति तदारुक र सचेत प्रतिक्रिया जनायो ।
विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाअनुसार चालिएका यस्ता सबै कदम समयान्तरमा भारतका अन्य प्रान्तहरूले पनि पछ्याउँदै गए । तर, केरलाले आफ्ना सबै सरकारी निकायको परिचालन र समाजका हरेक समुदायको सहभागितामार्फत सङ्कटको यो समयमा फरक तरिकाले ती निर्देशिकाको पालना ग¥यो ।
निपा महामारीको बेलामा बनाइएको इबोला ढाँचाको अलग (आइसोलेसन) राख्ने विशेष सुविधा र उपचार विधि कुनै बेला प्रयोग गर्न सकिने गरी तत्काल तयारी अवस्थामा राखियो । कोभिड–१९ बाट सङ्क्रमित पहिलो व्यक्ति पहिचान हुनासाथ केरलाले सङ्क्रमण नियन्त्रणको लागि जराबाट नै लाग्ने सोच अघि सा¥यो । मुख्यमन्त्री पिनरायी विजयन र स्वास्थ्यमन्त्री के – के शैलाजाले दैनिकरूपमा पत्रकार भेटघाट आयोजना गरेर महामारी नियन्त्रणको लागि भइरहेका विविध गतिविधिबारे सर्वसाधारणलाई नियमित जानकारी दिए । विशेषतः सङ्क्रमित व्यक्तिको सम्पर्क सुत्र पत्ता लगाउने, क्वारेन्टिन बस्नुपर्नाको कारणबारे सचेतना र स्वास्थ्यकर्मीको तालिम नै यस्तो समयका जटिल समस्या हुन् । यस्ता कामको लागि केरला सरकारले जनतासमक्ष सहयोगको अपिल ग¥यो ।
केरलाका जनता हरेक दिन सरकारले सञ्चारमाध्यममार्फत गराउने पछिल्लो अवस्थाको जानकारीको प्रतिक्षा गर्छन् । यस्ता दैनिक अवस्थाको जानकारीमार्फत प्रान्तीय सरकारले फैलिँदो सङ्कटको प्रतिरोध गर्न आफ्ना काम र हरेक दिनका घटनाप्रति आत्मविश्वास र स्पष्टता अभिव्यक्त गरेको छ । साथै, सरकारले नियमितरूपमा आफूले गरेका निर्णयबारे जनतालाई बुझाउँदै आएको छ । मुख्यमन्त्रीको सामाजिक सञ्जाल एकाउन्टले पनि यो काममा उल्लेख्य भूमिका खेलेको छ । खतरनाक विश्वव्यापी महामारीको प्रतिरोध गर्न सरकारले चालेका कदमबारे सामाजिक सञ्जालमार्फत जनतालाई जानकारी दिइने गरेको छ । महामारी नियन्त्रणको लागि भइरहेका काम तथा जनतालाई सल्लाह एवम् आग्रह पनि ती सामाजिक सञ्जालमार्फत दिने गरिएको छ ।
परिणामतः छोटो समयमा नै केरलाका जनता कोभिड–१९ भाइरसको प्रकृति र फैलिने तरिकाबारे सचेत बने । यो भाइरसको सङ्क्रमण अवधि, सङ्क्रामकता, चिकित्सकीय गम्भीरता र सामुदायिक सङ्क्रमणको दायराबारे अझै पनि सबै कुरा थाहा भइसकेको छैन । त्यसकारण, यसको सङ्क्रमणबाट जोगिन राज्यको लागि निकै जटिल भएको कुरा जनताले समयमा नै बुझे ।

मानिसले घरमा क्वारेन्टिनमा बस्नुपर्ने सरकारी सूचनाको उल्लङ्घन गरेको र सरकारको आँखाबाट आफ्नो भ्रमण रेकर्ड लुकाउन खोजेका धेरै समाचार आएका छन् । यसको एउटा उदाहरण प्रतिष्ठित श्रीचित्र तिरुनल मेडिकल साइन्स एन्ड टेक्निोलोजी इन्स्टिच्युटको घटनालाई लिन सकिन्छ । मार्च १ मा सो प्रतिष्ठानका एक जना चिकित्सक स्पेनको यात्रा सकेर आफ्नो ड्युटीमा फर्के । दस दिन उनले लगातार आफ्नो ड्युटी गरे । त्यसपछि उनले आफू स्पेनको यात्रा गरेर आएको कुरा खुलाए । उनको स्वास्थ्य परीक्षण गर्दा भाइरसको सङ्क्रमण देखियो । त्यतिञ्जेल प्रतिष्ठानका धेरै वरिष्ठ चिकित्सक र अस्पतालका धेरै कर्मचारी उनको सम्पर्कमा आइसकेका थिए । उनकै कारण धेरै सङ्ख्यामा चिकित्सक र स्वास्थ्यकर्मी निकै महत्वपूर्ण समयमा घरमा क्वारेन्टिनमा बस्न बाध्य भए ।

केरलाले सङ्कटको पहिलो चरणमा सफलतापूर्वक उहानबाट आएका सङ्क्रमित विद्यार्थीलाई क्वारेन्टिनमा राख्यो र पूर्णतः निको नहुञ्जेल अस्पतालमा उपचार गराएर अन्यत्र रोग पैmलिनबाट सफलतापूर्वक रोक्यो । त्यसको केही समयमा नै इटालीको भ्रमण सकेर केरलाको कोची विमानस्थलमा तीन सदस्यीय एक भारतीय परिवार फर्कियो । सरकारले कोरोना भाइरस सङ्क्रमित देशबाट आएका कोही पनि व्यक्तिको सन्दर्भमा जारी गरेको सन्देशको बेवास्ता गर्दै उनीहरू आफ्नो गाउँ घुमे । साथै, पठानमठिट्टा जिल्लाका विभिन्न स्थानको पनि भ्रमण गरे ।
स्थानीय एक अस्पतालमा उनीहरूको एक जना आफन्त थला परेपछि र उसमा कोरोना भाइरस सङ्क्रमण दखिएपछि मात्र सरकारलाई त्यो परिवारको भ्रमण रेकर्ड थाहा भयो । सरकारले तत्कालै उनीहरूलाई क्वारेन्टिनमा पठायो । त्यसपछि भने केरलाले आफ्नो क्षेत्रभित्र भाइरस सङ्क्रमणको पहिलो सानो सिलसिला सुरु भएको बोध ग¥यो ।
यही समयमा केरलामा वर्षकै सबभन्दा ठूलो धार्मिक पर्व हुँदै थियो । त्यो पर्वमा ३० लाखभन्दा बढी महिलाहरू दस दिनसम्म अटुकल भगवती मन्दिरमा जम्मा भएका थिए । मन्दिर केरलाको राजधानीमा पर्छ ।
केरला सरकारले सहभागी स्वयम् जिम्मेवार हुने भन्दै त्यो पर्व रोकेन । सरकारले त्यस्ता भीडभाडमा सहभागी बन्नु खतरा हुनेबारे सामान्य सावधानीमात्र जारी ग¥यो । रोगका कुनै पनि लक्षण भएका कसैलाई पनि सो पर्वमा भाग नलिन आग्रह ग¥यो । कोभिड–१९ को पहिलो सङ्क्रमित भेटिएयता केरला सरकारले गरेको यो नै सबभन्दा खराब निर्णय बन्यो । खासमा त्यो पर्व रोक्नुपर्ने समयान्तरमा महसुस गरियो ।
मार्च १९ मा भारतमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या १९८ पुग्यो । उहानबाट आएका तीन जना सङ्क्रमितको पूर्ण उपचारयता त्यतिञ्जेल केरलामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २५ पुगेको थियो । ३१ हजार १७३ जनामा रोगको शङ्का गरियो । तीमध्ये पनि २३७ जनालाई अस्पतालको अलग्ग कोठामा राखियो । बाँकीलाई घरमै क्वारेन्टिनमा बस्न भनियो । सङ्क्रमण प्रभावित विभिन्न देशमा मानिसको हुल क्रमशः बढ्न थालेपछि केरला सरकारले आशङ्कित मानिसको सङ्ख्या पनि बढेको देख्यो । मार्च १९ एक दिनमा मात्र ६ हजार १०३ जना मानिसमा रोगको लक्षण देखियो । त्यसको अघिल्लो दिन ७ हजार ८६१ जना मानिसमा रोगको लक्षण देखिएको थियो ।
महामारीको बखत सुरुको चरणमा चालिने कदम नै मात्र सफल हुने कुरा केरला सरकारले पक्कै सिकेको हुनुपर्छ । नियन्त्रणमूलक कामको निरन्तरताको लागि आवश्यक सामग्रीको नियमित बन्दोबस्त अर्को चुनौती हो । यस्तो परिस्थितिलाई थप भयावह हुनबाट जोगाउन सरकारी सूचनाप्रति नागरिकको प्रतिक्रियाले ठूलो भूमिका खेलेको हुन्छ ।
मानिसले घरमा क्वारेन्टिनमा बस्नुपर्ने सरकारी सूचनाको उल्लङ्घन गरेको र सरकारको आँखाबाट आफ्नो भ्रमण रेकर्ड लुकाउन खोजेका धेरै समाचार आएका छन् । यसको एउटा उदाहरण प्रतिष्ठित श्रीचित्र तिरुनल मेडिकल साइन्स एन्ड टेक्निोलोजी इन्स्टिच्युटको घटनालाई लिन सकिन्छ । मार्च १ मा सो प्रतिष्ठानका एक जना चिकित्सक स्पेनको यात्रा सकेर आफ्नो ड्युटीमा फर्के । दस दिन उनले लगातार आफ्नो ड्युटी गरे । त्यसपछि उनले आफू स्पेनको यात्रा गरेर आएको कुरा खुलाए । उनको स्वास्थ्य परीक्षण गर्दा भाइरसको सङ्क्रमण देखियो । त्यतिञ्जेल प्रतिष्ठानका धेरै वरिष्ठ चिकित्सक र अस्पतालका धेरै कर्मचारी उनको सम्पर्कमा आइसकेका थिए । उनकै कारण धेरै सङ्ख्यामा चिकित्सक र स्वास्थ्यकर्मी निकै महत्वपूर्ण समयमा घरमा क्वारेन्टिनमा बस्न बाध्य भए ।
अर्को एउटा घटना – थिरुभानानथापुरम मेडिकल कलेजमा सडक दुर्घटनामा परेर एक जना बिरामी उपचारका लागि आए । उनलाई अस्पतालमा भर्ना गरियो । पछिमात्र ती बिरामीले आफू कोरोना भाइरस सङ्क्रमित भएर घरमा क्वारेन्टिनमा बसेको र क्वारेन्टिन उल्लङ्घन गरेर बाइकमा घुम्न निस्कँदा दुर्घटना भएको कुरा खुलाए । अनि उनको सम्पर्कमा आएका १६ जना चिकित्सक र ९ जना अस्पतालका कर्मचारी क्वारेन्टिनमा बस्न बाध्य भए । अस्पतालमाथि धेरै जिम्मेवारी भएको समयमा उनको त्यो कमजोरीले अस्पतालको चुस्त सञ्चालनमा समस्या भयो ।
तर, यस्ता घटना केही अपवाद मात्र हुन् । यस्ता घटनाले कोभिड–१९ भाइरसमाथि नियन्त्रण गर्न सरकारले चालेका महत्वपूर्ण उपाय र अनिश्चितकालसम्मको लागि सरकारको तयारीलाई कुनै तलमाथि पार्न सकेको देखिँदैन ।
सुरुमा तीन जना कोभिड–१९ सङ्क्रमित मानिस फेला परेयता केरला सरकारले चालेका मुख्य कदम अनुकरणीय छन् ।
भारतमा सबभन्दा पहिला विद्यालय बन्दको घोषणा गर्ने प्रान्त केरला हो । विद्यालयसँगै ट्युसन सेन्टर र मद्रसा, सिनेमा र अन्य सबै सार्वजनिक थलो मार्च महिनाको अन्त्यसम्म बन्दको घोषणा गरिएको छ । मानिस र भीडभाडबाट टाढा बस्न तथा व्यक्तिगत सरसफाईमा ध्यान दिन जोड दिइएको छ । थप परीक्षणस्थलको तत्काल बन्दोबस्त गर्ने, विद्यालय पुनः सञ्चालन नभएसम्म विद्यालयका विद्यार्थीको लागि दिउँसोको खाजाको बन्दोबस्त गर्ने, सबै कारागारमा क्वारेन्टिन बस्ने कोठाको बन्दोबस्त गर्ने, कैदीहरूलाई मुखमा लगाउने मास्क उपलब्ध गराउने, स्थानीय स्तरमै स्यानिटाइजरको ठूलो परिमाणमा उत्पादन गर्ने, स्थानीय तहका प्रतिनिधिहरूले क्वारेन्टिनमा रहेका जनताको नियमित हेरचाह गर्ने, सामुदायिक सङ्गठनहरूलाई सहरका चोक र गल्लीमा स्यानिटाइजर बाँड्ने थलो बनाउने, घरबाटै काम गर्ने मानिसहरूको लागि ब्रोडब्यान्ड इन्टरनेटको गुणस्तर र सहजता बढाउने, ‘जीओके डाइरेक्ट’ नामको विशेष एपको विकास गरी गलत समाचार र सामाजिक सञ्जालका झूटा हल्लाबाजी चिर्ने, सरकारका निर्णय र यात्रा निर्देशिकाका सबै जानकारी विस्तृत उपलब्ध गराउने काम केरला सरकारले गर्दै आएको छ ।
सरकारले कोभिड–१९ सम्बन्धी वैज्ञानिक र आम सूचना सर्वसाधारण एवम् स्वास्थ्यकर्मीलाई उपलब्ध गराउन अन्तरक्रियात्मक वेभ पोर्टलको विकास ग¥यो । प्रार्थना, चाडपर्व र रीतिथितिको नाममा धार्मिक थलोमा भेला नगर्न धार्मिक र सामुदायिक नेताहरूलाई सम्झाइयो । घरमा क्वारेन्टिनमा बसेका मानिसलाई घर–घरमा गएर सहयोग गर्ने, एम्बुलेन्स चालक, अटो र ट्याक्सी चालकजस्ता सर्वसाधारणसँग नियमितरूपमा सम्पर्कमा आउने मानिसलाई तालिमको बन्दोबस्त गरिएको छ ।
केरला सरकारले सङ्क्रमित व्यक्तिलाई सङ्क्रमण सार्ने सम्पर्क सुत्र पहिल्याउने कठिन काम ग¥यो । कोरोना भाइरसको सङ्क्रमण देखिएको व्यक्ति पुगेको ठाउँ र समयबारे तालिका बनाएर काम ग¥यो । सङ्क्रमणको बढी सम्भावना भएका मानिसलाई अझ प्राथमिकताका साथ जोड दियो । ‘ब्रेक द चेन’ (सिलसिला तोड) नामको चर्चित र प्रभावकारी अभियान सञ्चालन ग¥यो । मन्त्री र चर्चित कलाकारहरूमार्फत टेलिभिजन र सामाजिक सञ्जालमा मानिसको भीडभाडमा नजान र बारम्बार हात धुन आग्रह गर्ने प्रचार कार्य सरकारले ग¥यो । भाइरसको सङ्क्रमण फेला परेको मानिसलाई त्रसित नहुन अनुरोध गर्दै उनीहरूका कुनै गैरजिम्मेवारी व्यवहारमा चित्त बुझाएर सुधार्न लगायो ।
कोरोना भाइरस फैलिएसँगै समाजले सामना गर्नुपर्ने कठिनाइमा राहत दिन केरला सरकारले आर्थिक सहायताका कार्यक्रम घोषणा ग¥यो । यस्तो घोषणा गर्ने केरला भारतमै पहिलो प्रान्त हो । मार्च १९ मा केरलाका मुख्यमन्त्रीले २० हजार करोड भारुको राहत कार्यक्रम घोषणा गरे । त्यसमध्ये ५ सय करोड (अन्य सहायताका नियमित कार्यक्रमबाहेक) पूर्णतः स्वास्थ्य क्षेत्रको लागि थियो । २ हजार करोड भारु कुदुमम्बश्री नामको महिला स्वयम्सेवी सञ्जालमार्फत ऋण जारी ग¥यो । १ हजार करोड भारु ग्रामीण क्षेत्रमा रोजगारी सुनिश्चितताको लागि जारी गरियो ।
सरकारले जुनसुकै परिवारलाई पनि एक महिनाको रासन निःशुल्क उपलब्ध गराउने घोषणा ग¥यो । साथै, सामाजिक कल्याण भत्ता पाउने सबै मानिसलाई दुई महिनाको भत्ता अहिले नै दिने घोषणा गरेको छ ।
मार्च १९ मा काङ्ग्रेस नेतृत्वको विपक्षी गठबन्धनले सत्तारुढ वामपन्थी प्रजातान्त्रिक मोर्चा (एलडीएफ) सँग कोभिड–१९ विरुद्धको प्रतिरोध युद्धमा हातमा हात मिलाउने घोषणा ग¥यो । केरलाका सबै स्थानीय निकायका सबै वडा सदस्य तहको संयुक्त भिडियो सम्मेलनमा मुख्यमन्त्री पिनरायी विजयन र विपक्षी दलका नेता रमेश चेन्निथलाले सबै राजनीतिक भिन्नतालाई छोडेर कोभिड–१९ को सङ्क्रमणविरुद्ध स्थानीय तहसम्म सबै मिलेर लड्न आह्वान गर्नुभयो । केरलामा भाइरसको व्यापक सङ्क्रमण हुनसक्ने सम्भावनालाई ध्यानमा राखी त्यस्तो आह्वान गरिएको थियो ।
सामुदायिक स्तरमा सङ्क्रमण भएको देशका अनुभवको आधारमा विपक्षी दलका नेताले सरकारले नागरिकको नाममा जारी गरेको निर्देशिका र रोकको कडाईका साथ पालना गर्न स्थानीय प्रशासन निकै चनाखो बन्न सरकारको आह्वानलाई समर्थन जनाउनुभयो ।
केरलाले नियमित अनुगमन, सम्पर्क सुत्रको पहिचान, परीक्षण र बिरामीको उपचारमा स्थानीय समुदायको संलग्नतामा लगातार ध्यान दिंदै गर्दा उसले त्यहाँको स्वास्थ्य प्रणालीलाई अझ बलियो बनाएको छ । विगतमा केरला सरकारले सामाजिक क्षेत्रमा गरेको लगानी आज विश्वव्यापी महामारी नियन्त्रणको लागि निकै सहयोगी सिद्ध भएको छ ।
महामारी फैलिएलगत्तै केरला तुरुन्तै प्रतिकारमा उत्रन सक्नु र महामारीको प्रतिरोधको लागि तयारी अवस्थामा रहनु महामारी फैलिएपछि मात्र थालेको तयारीको परिणाम थिएन । अनिवार्य र निःशुल्क शिक्षा, शक्ति र स्रोतको प्रभावकारी विकेन्द्रीकरण, महिला सशक्तिकरण आदि विभिन्न कारणले नै अहिलेको यो तदारुकता सम्भव भएको हो । कोरोना भाइरसविरुद्धको लडाइँमा आज त्यतिबेलाको लगानीको प्रतिफल देखिँदै छ ।
सन् १९९० को दशकदेखि नै केरलामा विकेन्द्रीकरण व्यवहारमा लागू गरिएको थियो । २५ देखि ३० प्रतिशत विकास बजेट स्थानीय तहमार्फत खर्च गरिंदै आएको छ । स्थानीय तहमै योजना र स्रोत परिचालन हुँदै आएका छन् । स्थानीय स्तरका धेरै अस्पतालको अवस्थामा नाटकीय सुधार भएका छन् ।
बितेका दशकमा केरला सरकारले झन्डै ९ सय ग्रामीण प्राथमिक स्वास्थ्य केन्द्रको सञ्जाल विस्तार ग¥यो । तल्लो तहसम्म स्वास्थ्यकर्मीलाई तालिम दिइयो । उनीहरूमार्फत हरेक घरको स्वास्थ्य अवस्थाबारे नियमित अनुगमन गरियो । नगर, जिल्ला र सार्वजनिक अस्पतालका साथै मेडिकल कलेजसम्बद्ध अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्न गुणस्तीय उपचार सेवाको व्यवस्था गरियो । सबै सरकारी अस्पतालमा बिरामीमैत्री वातावरणको विकास गरियो ।
स्वास्थ्य क्षेत्रमा निजी अस्पतालभन्दा सरकारी अस्पतालको सञ्जाललाई बलियो र प्रभावकारी बनाउने केरलाका योजनाकारहरूको विवेकले आजको गम्भीर अवस्थामा ठूलो राहत प्रदान गरेको छ । लामो समय रहने देखिएको यो भाइरसको महामारीबाट भारतका अन्य प्रान्तले के गर्ने मेलोमेसो नपाएको अवस्थामा केरलाले भने यसको प्रभावकारी प्रतिरोध गरिरहेको छ ।
स्रोत ः आउटलुक
नेपाली अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *