भर्खरै :

सानो बेवास्ताले पनि सङ्क्रमितको सङ्ख्या बढ्ने

गोपाल नगरकोटी
हालसम्म नेपालमा पाँच नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएको सरकारले पुष्टि गरेको छ । त्यसमध्ये एकजनाको निको भएको जनाइएको छ । सङ्क्रमित सबै नेपालीहरू विदेशबाट नेपाल पसेका हुन् । विदेशबाटै सङ्क्रमित भएर पसेका नेपालीहरूले घर पस्नुअघि नै स्वास्थ्य परीक्षण गराउनुपर्ने थियो । स्वास्थ्य परीक्षण नगरी सीधै घर पुगेको हुँदा अहिले तिनै व्यक्तिहरूबाट अन्यलाई सर्ने धेरै सम्भावना हुन्छ । घरमा कुनै एकलाई सङ्क्रमित भएपछि अरुलार्ई पनि सर्ने भएको हुँदा सङ्क्रमितको आशङ्का भएका व्यक्तिहरू स्वास्थ्य परीक्षण नगरी परिवार या बस्तीमा पस्नु हुन्न । विदेशबाट नेपाल पसेका नेपाली नागरिकहरूको सुरुदेखि नै स्वास्थ्य परीक्षण नभएको कारण हाल हरेक दिनझैँ एक एक जना नेपालीलाई सङ्क्रमितले छोएको जानकारी प्रकाशमा आइरहेको छ ।
एकातिर विदेशबाट नेपाल छिरेका स्वयम् नेपालीहरू सचेत हुनुपर्छ भने अर्काेतिर यसबारे चनाखो हुनुपर्छ । आफ्नो घरबस्ती वरपर विदेशबाट फर्केर कुनै नेपाली बसिरहेका छन् भने सम्बन्धित परिवारका सदस्यहरूले प्रशासनमा जानकारी दिनुपर्छ या समुदायका कुनै व्यक्तिले भए पनि जानकारी दिनुपर्छ । एक जना सङ्क्रमित व्यक्तिको कारण बस्ती बस्तीका नागरिकहरू नै सङ्क्रमित भएर ठूलो नोक्सानी हुने हुँदा समुदायका प्रत्येक नागरिकहरू सचेत र सतर्क हुनुपर्छ ।
कसैलाई सङ्क्रमित भएको आशङ्का हुनेबित्तिकै क्वारेन्टिन र आइसोलेसनमा बस्ने, बसाउने व्यवस्था हुनुपर्छ । रोग नसरुञ्जेल बेवास्ता गर्ने बानी पटक्कै छोड्नुपर्छ । कोरोना भाइरस फैलेपछि, एकले अर्काेलाई सरेपछि त्यो प्रकोपको रूपमा फैलिनेछ । प्रकोपको रूपमा फैलेपछि सरकारले चाहेर पनि निन्त्रण गर्नसक्दैन । कसैसँग जति पैसा भए पनि रोग निको पार्न सक्दैन । यस्तो रोगलाई कसैले लुकाउनु हुँदैन, लुकाएर राख्नु हुँदैन । रोग सरेपछि परिवारका सदस्यहरूमात्र होइन बस्तीका बस्ती परिवारका सदस्यहरू नै सङ्क्रमित हुनेछन् । हाल विश्वका सबैजसो देशमा व्यापक फैलिरहेको घटनाले यहीँ पुष्टि गर्छ । पछिल्लो पटक बेल्जियमबाट नेपाल फर्केकी बागलुङकी एक युवती सङ्क्रमित भएका हुन् । सङ्क्रमित नागरिकलाई सम्बन्धित निकाय या सरोकारवालाले तुरुन्तै टेकु अस्पतालमा पु¥याएर स्वास्थ्य परीक्षण गर्ने र कोरेन्टिनमा राखिने व्यवस्था गर्नुपर्छ । यस कार्यमा हामीले अलिकति पनि ढिलाइ गर्नुहुन्न । हाम्रो बेवास्ता या ढिलाइले नेपालमा पनि ठूलो धनजनको क्षति हुनेमा शङ्का छैन । समयमा विचार पु¥याऔँ र विवेक प्रयोग गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *