भर्खरै :

कोभिड– १९, लक डाउन र ओली सरकार

एस. महर्जन
यतिखेर विश्वको अधि कांश देशमा कोरोना भाइरस (कोभिड– १९) को संत्रास वा आतङ्क व्याप्त छ । सन् २०१९ डिसेम्बरको अन्तमा मध्य चीनको उहान सहरमा देखापरेको कोभिड– १९ अहिले १९९ देशमा फैलिसकेको छ । यसबाट ५ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् । यस रोगबाट २५ हजारभन्दा जना मानिसको मृत्यु भइसकेको छ ।
कोरोना भाइरस सुरुमा देखिएको उहान सहरमा चीन सरकार, चिकित्सक र स्वास्थ्यकर्मीको अथक प्रयासले नयाँ सङ्क्रमण र मर्नेको सङ्ख्यामा कमी ल्याउन सफल भएको छ । तर, यो रोग युरोप, संयुक्त राज्य अमेरिका, एसिया, अफ्रिका र अस्ट्रेलियालगायतका देशहरूमा विस्तार भइरहेको छ । कोरोना भाइरस आफूलाई विकसित र शक्तिशाली सम्झिने देशहरूको लागि समेत ठूलो चुनौती बनेको छ ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमित सङ्ख्या ५ पुगेको छ भने सयौँ क्वारेन्टिनमा रहेका छन् । सुरुवातमा नै यसलाई थप भयावह हुनबाट जोगाउनको लागि चीन सरकारले अपनाएको विधि (लक डाउन) घरमा बस्ने वा रहने विधिलाई यतिखेर धेरै देशले आफ्नो देशमा उतारेका छन् । विश्वव्यापी कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि मन्त्रिपरिषद्को बैठकले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लक डाउनको आदेश जारी ग¥यो । लक डाउनको कारण देशको राजधानी काठमाडौँलागायत मुख्य–मुख्य सहरबजार पोखरा, विराटनगर, धरान, वीरगञ्ज, नेपालगञ्ज, झापा, धनगढी, सुर्खेत सबै बन्दझैँ रहेका छन् । अधिकांश ठाउँमा सरकारको यो आदेशलाई सर्वसाधारण नेपाली नागरिकले घरभित्र रहेर सहयोग पु¥याइरहेका छन् भने केही सहर बजारमा यसको छिटपुट उल्लङ्घन भएका समाचार बाहिर आएका छन् । केही ठाउँमा सुरक्षाकर्मी र जनप्रतिनिधि आफैँले सडकमा आएका मानिसलाई बाँसका भाटाले हिर्काएको दृश्य पनि प्रसारित भए । सरकारको आदेश उल्लङ्घन गर्ने नागरिकलाई दण्ड सजात्न्दा पनि उनीहरूलाई मानवोचित व्यवहार गरी कोरोना भाइरसको विषयमा सचेतना दिनु उपयुक्त देखिन्छ । सुरक्षाकर्मीले यतिखेर आफ्नो संयमता राख्न सक्नुपर्छ । सबैको संयुक्त प्रयासले मात्र यो सफलता हासिल गर्न सकिन्छ ।

इटाली र स्पेनको घटनाबाट नेपाल सरकारले पाठ सिकेर कोभिड– १९ को आवश्यक तयारी गर्न ढिलो गर्नुहुँदैन । ओली सरकार र प्रदेश सरकारहरूले कोरोना भाइरसको सङ्क्रमणको महामारीको कार्यान्वयन पक्ष प्रभावकारी बनाउन चुकेमा यसले अनुमान गरेको भन्दा धेरै गुणाले बढी क्षति हुनेमा शङ्का नगर्दा हुन्छ । चीनले जस्तै यसको समयमा नै नियन्त्रणभन्दा बाहिर नपठाउनको लागि नेपाल सरकारले समयमा नै ध्यान दिनु आवश्यक छ ।

चीन सरकारले उहान सहरमा लक डाउन नै घोषणा ग¥यो । त्यसलाई पश्चिमा देशहरू र संयुक्त राज्य अमेरिकाले मानव अधिकारको उल्लङ्घनको हवाला दिँदै चीन सरकारको आलोचना ग¥यो । ती देशहरूले कोरोना भाइरसको सङ्कट आफ्नो देशमा पनि आउन सक्छ भनेर सोचेनन् । चीनको सङ्कटमा सहानुभूति र सहयोग देखाउनुपर्ने मानवीय कर्तव्य बिर्सेर ती देशहरूले विश्वसामु आफ्नो सक्कली रूप देखाए । अहिले आफूलाई विकसित र शक्तिशाली सम्झने युरोपका स्पेन, इटाली र संयुक्त राज्य अमेरिका कोभिड– १९ ले आक्रान्त बनेका छन् । ती देशका सरकार र स्वास्थ्य निकायहरूले कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न सकिरहेका छैनन् । ती देशका सरकारहरू कोरोना भाइरसको सङ्क्रमण रोक्न असफल भएका छन् । माओले भन्नुभएझँै साम्राज्यवादी संयुक्त राज्य अमेरिका कागजी बाघ हो भन्ने कुरा अहिलेको स्थितिले पुष्टि गरेको छ । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अहङ्कार कति चुलिएको छ भन्ने उनको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोसले केही दिनअघि संयुक्त राज्य अमेरिका कोरोना भाइरसको केन्द्र बन्नसक्ने यथार्थ बाहिर ल्याएका हुन् । संयुक्त राज्य अमेरिकामा सङ्क्रमितको सङ्ख्या १ लाख नाघेको छ भने मर्नेको सङ्ख्या १२ सत्न्दा बढी पुगिसकेको छ । युरोपका दुई देशहरू इटाली र स्पेनमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या चीनको भन्दा बढी छ ।
समाजवादी देशहरू जनवादी गणतन्त्र चीन र क्युवाले कोरोना भाइरस सङ्क्रमित देशहरूमा मेडिकल सामग्री औषधिसहित चिकित्सकको टोली पठाएर मानवीय कर्तव्य पूरा गर्दै छन् । नेपाललाई समेत चीन सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि आवश्यक सामग्री पठाउँदै छ । यतिखेर विश्व नै कोभिड– १९ ले आक्रान्तको स्थितिमा रहेको छ । यस महामारीबाट न गरीब न धनी न त विकसित र शक्तिशाली सबै देशमा यसले आफ्नो आतङ्क फैलाइसकेको छ । हाम्रै देशमा पनि यसले प्रवेश गरिसकेको छ । यस महामारीबाट जोगिनका लागि आम नेपाली नागरिकले संयमतापूर्वक सरकारका आदेशहरूको पालना गर्नुपर्ने देखिन्छ । नेपाल सरकारले वास्तविकरूपमा नै सरकार र सरकारी निकायले कोरोना भाइरसको आतङ्कलाई परास्त गर्नका लागि छिटोछरिटो आवश्यक तयारी गर्न आवश्यक देखिन्छ । नेपाल सरकारले स्वास्थ्यसम्बन्धी विज्ञको राय सल्लाहअनुसार सातै प्रदेशमा सङ्क्रमण पत्ता लगाउन प्रयोगशालाको स्थापना गर्न र चिकित्सक स्वास्थ्यकर्मीको लागि आवश्यक ९एएभ्० एभचकयलब िएचयतभअतष्खभ भ्त्रगष्ऊभलत लगायत मास्क आदिको व्यवस्था गर्न ढिलो गर्नुहुँदैन ।
इटाली र स्पेनको घटनाबाट नेपाल सरकारले पाठ सिकेर कोभिड– १९ को आवश्यक तयारी गर्न ढिलो गर्नुहुँदैन । ओली सरकार र प्रदेश सरकारहरूले कोरोना भाइरसको सङ्क्रमणको महामारीको कार्यान्वयन पक्ष प्रभावकारी बनाउन चुकेमा यसले अनुमान गरेको भन्दा धेरै गुणाले बढी क्षति हुनेमा शङ्का नगर्दा हुन्छ । चीनले जस्तै यसको समयमा नै नियन्त्रणभन्दा बाहिर नपठाउनको लागि नेपाल सरकारले समयमा नै ध्यान दिनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *