-चम्पा
सभ्य र सु–संस्कृत समाज निर्माणका निम्ति लडिने हरेक लडाइँहरूमा क्रान्तिकारी पार्टी अग्रमोर्चामा उभिने गर्दछ । विश्वव्यापी महाव्याधिको रूपमा पैmलिएको कोरोना भाइरस कोभिड १९ विरुद्धको लडाइँ चीनले बहादुरीपूर्वक लड्यो र लड्दै छ । त्यो लडाइँको नेतृत्व क्रान्तिकारी पार्टी, चिनियाँ कम्युनिस्ट पार्टीले गर्दै छ । आज युरोपलगायत विश्वका करिब १९९ वटा देशहरूमा कोरोना भाइरसको सङ्क्रमण छ । ती सम्पूर्ण देशहरूले चीनबाट सिक्दै सङ्क्रमण विरुद्ध लड्दै छन्, चीनले सघाउँदै छ । सङ्कटविरुद्ध अनुशासित र सभ्य भई लड्न विश्वलाई चीन शिक्षा दिँदै छ । समाजमा अनुशासन र सभ्यता छोटो समयको उपलब्धि होइन । त्यो त लामो र निकै कठिन सङ्घर्षशील इतिहासको देन हो, क्रान्तिकारी विचारको प्रतिफल हो । जनता र नेतृत्वबीचको आपसी सौहार्द सम्बन्ध अर्को महत्वपूर्ण पक्ष हो ।
इटली, स्पेन र अमेरिकालगायतका केही देशहरूमा सङ्क्रमण र मृत्युदर तीव्र बनिरहँदा विश्वले त्यहाँको व्यवस्थामाथि नै प्रश्न गर्दै छ । कमजोरी र असफलतालाई जित्नुभन्दा पनि संरा अमेरिकाको दोषारोपण र आरोप प्रत्यारोपको घिनलाग्दो प्रवृत्तिप्रति विश्व खेद प्रकट गर्दै छ । संरा अमेरिकाले यो महाप्रकोप या सङ्कट रोक्न कुनै पूर्वतयारी नगरेको, महाव्याधिलाई कम आँकेको र जनताप्रति नेतृत्व उत्तरदायी नबनेको संसारले देखे । विज्ञान र चिकित्सा क्षेत्र विकसित हुँदैमा महाव्याधिसँग लड्ने तागत नहुन सक्छ भन्ने दृष्टान्त हालको समय नै हो ।
विज्ञान, प्रविधि र स्वास्थ्य क्षेत्रमा आवश्यक तयारी, खोज, अनुसन्धानसँगै व्यवस्था असल हुन जरुरी छ । जनउत्तरदायी नेतृत्व र सभ्य समाजले विज्ञानको उत्तम र उत्कृष्ट प्रयोग गर्न सक्दछ । विज्ञानलाई मानव जातिको सेवा र उत्थानमा उपयोग यतिबेला समाजवादी देश चीन र क्युवा दुवैले गरिरहेका देखिन्छन् । आज चीन देशभित्रको लडाइँमा सफल भई विश्वको निम्ति लड्न, मानव जातिको रक्षा गर्न थुप्रै देशहरूमा मेडिकल सामग्री निर्यात गर्दै छ साथै स्वास्थ्यकर्मीहरू पठाउँदै छ । क्युवाले गएको दुई हप्तामै दर्जनौँ देशहरूमा मेडिकल ब्रिगेड पठायो । करिब ५ सत्न्दा बढी क्युवाली चिकित्सक र एक हजारभन्दा बढी अन्य स्वास्थ्य प्राविधिज्ञहरू यतिबेला खटाइएका छन् । यो सफलता कसरी ? चिनियाँ र क्युवाली चिकित्सकहरूमा अन्तर्राष्ट्रिय जगतको सेवा गर्ने ऊर्जा कहाँबाट आयो ? यी प्रश्नहरू मनमा खेल्नु मनासिब छ ।

इटली, स्पेन र अमेरिकालगायतका केही देशहरूमा सङ्क्रमण र मृत्युदर तीव्र बनिरहँदा विश्वले त्यहाँको व्यवस्थामाथि नै प्रश्न गर्दै छ । कमजोरी र असफलतालाई जित्नुभन्दा पनि संरा अमेरिकाको दोषारोपण र आरोप प्रत्यारोपको घिनलाग्दो प्रवृत्तिप्रति विश्व खेद प्रकट गर्दै छ । संरा अमेरिकाले यो महाप्रकोप या सङ्कट रोक्न कुनै पूर्वतयारी नगरेको, महाव्याधिलाई कम आँकेको र जनताप्रति नेतृत्व उत्तरदायी नबनेको संसारले देखे । विज्ञान र चिकित्सा क्षेत्र विकसित हुँदैमा महाव्याधिसँग लड्ने तागत नहुन सक्छ भन्ने दृष्टान्त हालको समय नै हो ।

‘तुल्सी उमार्न तुल्सी नै रोप्नुपर्छ ।’ जनतामा सेवाभावको निम्ति शिक्षाको बन्दोबस्त त्यो अनुरूप आवश्यक हुन्छ । भविष्यको तयारीको निम्ति शिक्षा हतियार बन्न सक्छ । असल भविष्यको निम्ति असल शिक्षाको बीउनै रोप्न जरुरी हुन्छ । देश या समाजको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक धरातल र शिक्षाबीचको अन्तरसम्बन्ध पनि स्वाभाविक हो । शिक्षाको बन्दोबस्त कस्तो गर्ने त्यो व्यवस्थाले निर्धारण गर्छ र त्यहाँको नेतृत्वले निर्णय गर्छ । चीन र क्युवालगायत समाजवादी देशहरू मानव जातिको सेवा गर्ने शिक्षा दिन्छन् । क्रान्तिकारी पार्टीले निर्धारण गरेको क्रान्तिकारी शिक्षापद्घति र विचारधारात्मक क्रान्तिकै कारण चीन र क्युवा विश्वमा सफल बन्दै छन् ।

पुँजीवादी व्यवस्था, पुँजीवादी पार्टीले नेतृत्व गर्ने देशमा एउटा सङ्कट आइलागे त्यसको निवारणभन्दा पनि अर्को सङ्कट जन्माउने गरेको छ । यो सङ्कटको घडीमा नेपालमा कालोबजारी र भष्टाचारको समाचार सुनिनु पक्कै राम्रो कुरा होइन । नेपालमा सरकारको नेतृत्व पुँजीवादी पार्टीको हातमा छ । बुर्जुवा शिक्षा र शिक्षामा व्यापारीकरणको चपेटामा परेको नेपाली समाजमा महामारीसँग लड्ने कुनै आधारहरू छैनन् । नाफाको निम्ति खोलिएका निजी अस्पतालहरू र क्लिनिकहरूले सामान्य बिरामीहरू पनि जाँच्न मानेका छैनन् । कोरोना भाइरस परीक्षणका लागि त तिनका ढोकाहरू पूरै बन्द छन् ।

देश आर्थिक, राजनीतिक, सांस्कृतिकरूपमा शक्तिशाली बन्न क्रान्तिकारी पार्टी बलियो बन्न आवश्यक हुन्छ । क्रान्तिकारी पार्टीको बल र ऊर्जा भनेकै जनता हुन् । जनतासँगको राम्रो सम्बन्धमा मात्रै पार्टी विराट बनी उभिन्छ । शिक्षाले यो भूमिकामा सहयोग गरेको हुनुपर्छ । एउटा रुखको जरा बलियो भएमात्रै लामो आयु, विशाल आकृति र मीठो फलको आशा गर्न सकिन्छ । नत्र लामो हाँगाबिँगा भएर पनि जरा कमजोर छ भने सानो हावाको झोकामै ढल्न सक्छ । पार्टीको जरा भनेको विभिन्न वर्गीय सङ्गठनहरू हुन् अर्थात् जनताको सङ्गठन । जनतामा विचार प्रवाह भनेको पार्टीको निम्ति सिंचाइ जतिकै हो । पार्टीलाई सिँच्ने नेतृत्व कार्यकर्ता नै हुन् । नेता र कार्यकर्ता जनतासँग विनम्र बन्नै पर्छ । तब जनताले नेतृत्व पछ्याउँछन् । चीनमा नेतृत्वको निर्देशन पाउनासाथ जनताले आपूmलाई ६०–७० दिन क्वारिन्टिनमा राखे । अनुशासनमा राखिए र सङ्क्रमणविरुद्धको सङ्घर्ष द्रुतगतिमा अगाडि बढ्न सक्यो र सफलता मिल्यो ।
पुँजीवादी व्यवस्था, पुँजीवादी पार्टीले नेतृत्व गर्ने देशमा एउटा सङ्कट आइलागे त्यसको निवारणभन्दा पनि अर्को सङ्कट जन्माउने गरेको छ । यो सङ्कटको घडीमा नेपालमा कालोबजारी र भष्टाचारको समाचार सुनिनु पक्कै राम्रो कुरा होइन । नेपालमा सरकारको नेतृत्व पुँजीवादी पार्टीको हातमा छ । बुर्जुवा शिक्षा र शिक्षामा व्यापारीकरणको चपेटामा परेको नेपाली समाजमा महामारीसँग लड्ने कुनै आधारहरू छैनन् । नाफाको निम्ति खोलिएका निजी अस्पतालहरू र क्लिनिकहरूले सामान्य बिरामीहरू पनि जाँच्न मानेका छैनन् । कोरोना भाइरस परीक्षणका लागि त तिनका ढोकाहरू पूरै बन्द छन् । नेपाली स्वास्थ्यकर्मीहरू महाव्याधिसँग लड्न नडराउनु पनि कसरी ? आवश्यक पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई), मास्क र पञ्जा नै पुग्दो छैन । स्वास्थ्यकर्मीहरूका निम्ति सुरक्षित वातावरणको बन्दोबस्त सरकारले गर्न सकेको छैन । पीपीई पनि भारत र चीनले पठाइसकेपछि मात्र उपलब्ध भएको गुनासो स्वास्थ्यकर्मीहरूबाटै सुनियो । सरकारले लक डाउनको घोषणा त ग¥यो, लक डाउनसँगै आवश्यक तयारी र योजना बनाउन नसकेकै हो ।
निजी अस्पतालहरूले बिरामीहरूलाई हेर्दै नहेरी रेफर गरिरहेको समाचार थुप्रै आइरहेका छन् । जनकपुरधाम मुलाबारीकी ४५ वर्षीय मरनी देवीको उदाहरण काफी छ । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित गोदावरी मोर्डन अस्पतालबाट ‘कोभिड– १९’ को सङ्क्रमण लेखेर अन्तै रेफर गर्यो । प्रादेशिक अस्पतालमा ल्याइएकी मरनी देवीको रेफर कागज हेरेपछि आइसीयूमा भर्ना गर्नुपर्ने उनलाई ढोकामै छिर्न दिइएन । क्वारेन्टिनमा राख्नपर्ने बताइयो । क्वारेन्टिनसम्म लान एम्बुलेन्सले बोक्न मानेन । मुटुको रोगी मरनी जनकपुरको प्रादेशिक अस्पताल प्राङ्गणमा छटपटिँदै गरेको दृश्य कहालीलाग्दो थियो । (अन्नपूर्ण पोष्ट, ०७६ चैत १४) यस्ता थुप्रै घटनाहरू छन् ।
सरकारले कोरोनाको लक्षण हुनेबित्तिकै स्वास्थ्यचौकीमा जाँच्न भनिरहँदा अस्पतालहरू तयार भएको देखिन्न । यो सरकारको कमजोरी नभएर के ? यस्ता कमजोरीहरू हटाउनेतर्फ सरकार केन्द्रित देखिन्न । कोरोना भाइरसविरुद्ध लड्न थुप्रै देशहरूरूमा अन्धविश्वास फैलाइँदै छ । भारतमा कोरोना भारइरसविरुद्ध महायज्ञ गरियो । भारतमा हिन्दुत्वले कोभिड– १९ परास्त गर्ने बेतुकको तर्क सेलाउन नपाउँदै नेपालमा विभिन्न ठाउँहरूमा कोरोना भाइरस भित्रिन नदिन यज्ञहरू गरिए । इसाई धर्मका पास्तर केशव आचार्यले कोरोना भाइरस भगाउन ‘तँ मरिजा, तेरो शक्तिलाई निष्क्रिय पार्छु, यशुको नाममा’ भन्दै चिच्याएको भिडियो पनि भाइरल भयो । भारतबाट आएका नेपालीहरू क्वारेन्टिनमा नबसी जीवन रक्षाको माग गर्दै कुलदेवतालाई बली चढाएको समाचार बाहिरियो । जाजरकोटको बारेकोट गाउँपालिकामा कोरोना भारइरसबाट बचाइदिनु भन्दै कुलदेवतालाई तीन दिनमा विभिन्न गाउँमा १५ भन्दा बढी बोकाको बली चढाइएको समाचार छ (अन्नपूर्ण पोष्ट चैत १४) । सुदूरपश्चिम कैलालीमा नयाँ भ्रमको रूपमा कोइलाको टीका लगाए कोरोना नहुने भन्दै आँगन खन्दै छन् भन्ने समाचार तस्वीरसहित सेतोपाटीले चैत १४ गते नै छाप्यो । नेपालमा यस्ता अन्धविश्वासका घटना दिन प्रतिदिन बढ्दै छन् । यी त केही दृष्टान्तमात्रै हुन् ।
शिक्षा विकासमुखी नभई नाफामुखी भएको समाजमा अन्धविश्वास र रुढीवादी चरित्र हावी हुन्छ । विज्ञान र प्रविधिको यस युगमा कोरोना भाइरससँग लड्ने शक्ति तेत्तीस कोटी भगवानले दिन्छ भन्ने सांसदहरू पनि छन् । अन्धविश्वास अर्को महामारीको रूपमा फैलिनुमा ती सांसद तथा शासक पार्टी जिम्मेवार छन् ।
विज्ञान र प्रविधिको विकास, चिकित्सकीय सामग्री उत्पादन र आवश्यक औषधि उत्पादनमा सरकारले सिन्को भाँचेको थिएन । आज नेपालमा सङ्क्रमण बढ्दै गएको समाचार छ । रोक्नसक्ने क्षमता नेपालसँग छैन । इटलीसँग संसाधन भएर पनि सङ्क्रमण रोक्न नसकेको वास्तविकताबाट नेपाली जनता सचेत भएको हुनुपर्छ ।
२०७६ चैत १४ गते शुक्रबार नयाँ पत्रिकाको एउटा लेखमा लेखिएको थियो, “(काकिस्टोक्रेसी) जसको अर्थ सबैभन्दा खत्तम, अयोग्य, क्षमता नभएका, मूर्ख अनि अनैतिक व्यक्तिहरूले चलाएको सरकार हो । अझ अङ्ग्रेजीमा एउटा शब्द पनि छ ‘क्लिप्टोक्रेसी’ यसको अर्थ ठग र चोरहरूले चलाएको सरकार हो ।’ नेपालमा कोरोना भाइरसभन्दा खतरनाक सरकार र शासक पार्टी छन् । यो समयमा कोरोना अत्यधिक फैलिए के गर्ने होला भन्ने एक किसिमको त्रास जनतामा हुनु स्वाभाविक पनि हो ।
नेपालसँग सङ्क्रमणसँग लड्ने हतियार नभएको थाहा पाएका जनता आफैँ संयमित र अनुशासित हुनुपर्ने समय हो यो । घरभित्रै सुरक्षित रहनुको विकल्प छैन ।
नेपालमा वैज्ञानिक शिक्षा, क्रान्तिकारी पार्टीको नेतृत्वको आवश्यकताबारे अब जनताले जरुर सोच्नेछन् । समाजवादी विचार र व्यवस्था, कम्युनिस्ट आचरणबारे विचार विमर्श चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *