उकेश कवां
कोभिड–१९ नाम पाएको विनान्युक्लियसको कोरोना भाइरस विश्वका मानव जातिलाई चुनौती दिँदै लम्किरहेको छ । ती चुनौतीहरूसँग सामना गर्न विश्वका राजनीतिज्ञ र विज्ञहरू लागिपरेका छन् । तर, कोभिड–१९ को चुनौती अझै विस्तार भइरहेको छ । कोभिड–१९ बाट सङ्क्रमित मानवको सेवामा दिन–रात स्वास्थ्यकर्मीहरू खटिरहेका छन् । त्यसको असरलाई रोक्न संसारका सुरक्षाकर्मी र सचेत नागरिकले अथक मेहनत गरिरहेका छन् ।
कोभिड–१९ विरुद्धको औषधिका लागि कैयौँ औषधिविज्ञ र जीवविज्ञहरूले कठोर परिश्रम गरिरहेका छन् । त्यसको फल पाउन मानव जगतले अझै मेहनत गर्नुपर्ने र पर्खिनुपर्ने अवस्था छ । विश्वको २ सत्न्दा बढी देशमा यो रोग फैलिसकेको तथ्याड्ढ छ । त्यसले ७ लाखभन्दा बढीलाई सङ्क्रमित गरिसकेको छ । ३७ हजारभन्दा बढीको जीवन लिइसकेको छ ।

चिनियाँ जनताले चीनको उहानबाट सुरु भएको कोभिड–१९ लाई नियन्त्रण लिई संसारका मानव जातिको लागि पाठ सिकाएका छन् । समाजवादी देश क्युवाले अरु देशसँग लड्न आणविक हतियार र बम बारुदभन्दा प्रकृतिसँग जुझिरहेका मानव जगतको सुरक्षार्थ सेवाभावले मानवीय सेवा गर्नु नै सबभन्दा उच्च हो भने समाजवादी व्यवहार देखाइरहेको छ । सड्ढटमा परेका मानिसहरूलाई जोगाउनु र सहयोग गर्नु नै समाजवादको मूल मन्त्र हो भने हामीलाई बुझ्न सजिलो बनाएको छ 

पैसाको राजनीतिमा रम्ने पुँजीवादी समाजले संसारमा धेरै निजी अस्पताल सञ्चालन गरेका छन् । ती सबै बिरामीको खल्ती छाम्ने मेसोमात्र रहेको तीतो अनुभव संसारका सचेत जनता गर्दै छन् । स्पेन सरकार निजी अस्पताल राष्ट्रियकरण गर्न बाध्य हुनु त्यसको ज्वलन्त उदाहरण हो । पैसामुखी अस्पताल सञ्चालकहरूले सामाजिक कर्तव्य र मानवीय संवेदना केबल पैसामै जोखिरहेका छन् । कोभिड–१९ नियन्त्रणको नाममा अमेरिकी सरकारले ठूलठूला उद्योगपति र व्यापारीको लागि मात्र आर्थिक सहयोग दिएको, महामारीको प्रभाव सर्वसाधारण जनताका लागि मात्र भएको, उद्योगहरू सञ्चालन गरिरहेको, कामदारहरूको पर्याप्त मात्रामा सुरक्षा नदिएको विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी भन्दै छन् । त्यसैको परिणाम आज अमेरिकामा कोभिड–१९ को सङ्क्रमण भयावह स्थिति छ । यस्तो प्रतिकूल परिस्थितिमा पनि उसले इरान, भेनेजुयलाजस्ता देशमाथि नाकाबन्दी कायम राखेको छ । कोभिड–१९ ले संसारका जनतालाई समाजवाद र पुँजीवादको प्रकृतिसँग सङ्घर्ष गर्ने तौरतरिका, मानवीय संवेदना र मानव समाजको कर्तव्यबारे सिकाइरहेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) भन्नुहुन्छ, “२१ औँ शताब्दी समाजवादको हुनेछ ।” यसले पुँजीवादलाई पर्छादै साम्यवादको बाटो तय गर्नेछ । प्राकृतिक प्रकोपसँग संसारका कामदार वर्गको नेतृत्वले सङ्घर्ष गर्नेछ र सबै खालका प्राकृतिक प्रकोपलाई जित्नेछ ।
चिनियाँ जनताले चीनको उहानबाट सुरु भएको कोभिड–१९ लाई नियन्त्रण लिई संसारका मानव जातिको लागि पाठ सिकाएका छन् । समाजवादी देश क्युवाले अरु देशसँग लड्न आणविक हतियार र बम बारुदभन्दा प्रकृतिसँग जुझिरहेका मानव जगतको सुरक्षार्थ सेवाभावले मानवीय सेवा गर्नु नै सबभन्दा उच्च हो भने समाजवादी व्यवहार देखाइरहेको छ । सड्ढटमा परेका मानिसहरूलाई जोगाउनु र सहयोग गर्नु नै समाजवादको मूल मन्त्र हो भने हामीलाई बुझ्न सजिलो बनाएको छ ।
चीनले समयमै लक डाउन गर्नु, छिटो छरितो सङ्क्रमित पहिचान गर्नु र सामाजिक भेटघाट, व्यक्तिगत सम्पर्क कम गर्नु र बन्दा–बन्दीमा बस्नु नै कोभिड–१९ को उपचार हो । क्वारेन्टिनमा बस्नु सजाय होइन, त्यो आफू र अरुलाई बचाउने उपाय हो । मानव समाजको सुरक्षा हामी आफैँले गर्ने हो । डढेलोसरि फैलिरहेको भाइरसको अन्त्य गर्नु हामी सबैको कर्तव्य हो ।
कोभिड–१९ ले आ–आफ्नो नागरिकको सुरक्षा गर्न संसारका सबै देशलाई दबाब सिर्जना ग¥यो । यसले २१ औँ शताब्दीको विकासलाई अवरोध ग¥यो । यसले संसारका मानव जातिलाई भेदभाव होइन, एक आपसमा घमण्ड गर्ने होइन, एक आपसमा सहयोगको पाठ सिकाउँदै छ ।
भाइरसको सङ्क्रमणले जल, हवाई अर्थात् सम्पूर्ण यातायातका साधन बन्द गर्न बाध्य भयौँ र अन्तर्राष्ट्रिय सिमानाहरू सबै बन्द भएका छन् ।
भारत सरकारले भारतसँग जोडिएका सार्क राष्ट्रहरूमध्ये भुटान र नेपालका नागरिकहरू आवतजावत गर्नसक्ने गरी सिमाना बन्दको घोषणा ग¥यो । भारतले सिमाना बन्दको घोषणा गर्दासम्म नेपालमा कोभिड–१९ बाट सङ्क्रमित एकजनामात्र थियो भने भुटानमा दुईजना ।
अब रह्यो भारतसँगको खुला सीमा । जंगबहादुरको पालामा सन् १८६० नोभेम्बर १५ मा बनाइएको २ सय ५२ वटा ज·े खम्बाहरू नै भारतसँग नेपालको सिमानास्तम्भ हुन् । (जंगे सीमा खम्बाको गन्ती –बुद्धिनारायण श्रेष्ठ)
दुई देशले बनाएका ती जंगे पिलरहरूको सुरक्षार्थ अहिलेसम्मका नेपालका सरकारहरूले सानोभन्दा सानो तारबारसमेत राख्ने प्रयास गरेनन् । ती पिलरहरूमध्ये कति प्रकृतिसँग सामना गर्दागर्दै विलिन भए, कति रातारात हराए त कति नेपालतर्फ सारियो । स्थानीय जनता रोए, कराए पनि सरकारले सुनेन ! नाटक मञ्चन हुन्थ्यो आक्कलझुक्कल अनि सीमा अवलोकनको भत्ता सकिन्थ्यो, काम केही हुँदैनथ्यो । नेपाल साँघुरिएको साँघुरिएकै छ । हजारौँ हेक्टर जग्गा भारतले मिचिसकेको छ । तर, सरकार मौन छ । खुला सिमाना नियमन गर्नु, पर्खाल लगाउनु वा तारबार लगाउनेबारे सरकारलाई चासो छैन । त्यसो गर्दा नेपाल र नेपाली जनताको हित हुन्थ्यो । तर भारतसामु लाचार सरकारहरूले त्यो हिम्मत गरेनन् । जनताको आवाज पानीको फोका सावित भइरहेको छ ।
कोभिड–१९ को महामारीबाट जोगिन नेपाल सरकारले चैत ११ गतेबाट २५ गतेसम्मका लागि लक डाउन घोषणा ग¥यो । सरकारले भारततर्फबाट नेपालमा प्रवेश गर्ने भीडलाई रोक्न सकेन । जताततैबाट बाढी पसेझँै मानिसको भीड पस्यो अर्थात् कोभिड–१९ लाई खुला सिमानाले रोक्न सकेन । फलतः नेपालको आकाशमाथि कोभिड–१९ को महामारीको कालो बादल मडारिन थाल्यो । कोभिड–१९ बाट सङ्क्रमित व्यक्तिहरूको पहिचान अझै पनि हुनसकेको छैन । न्यायप्रेमी एवम् देशभक्त जनताले पुनः भारतको सिमानामा पर्खाल वा तारबार लगाउन आवश्यकता देखे ।
के सहर, के गाउँ, सर्वत्र कोरोना भाइरसको चर्चा छ । १० वर्षे अराजकताले ग्रसित नेपाली जनता पुनः भाइरसबाट भयग्रस्त बनेका छन् । खुला सिमानाका कारण सङ्क्रमित व्यक्तिहरूको पहिचान गर्न सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूको लागि हम्मेहम्मे भएको छ । शासकहरू भगवान भरोसा भन्दै राज्य सञ्चालन गरिरहेका छन् । क्वारेन्टिन र आइसोलेसन सेन्टर बिनासुरक्षा कवचको विषयमा हल्लामात्र बढी भयो, काम भएन ।
सरकारले सुरक्षा बन्दोबस्त गरेर स्वास्थ्यकर्मीहरूको मनोबल बढाउनु सकेन । परीक्षणका लागि प्रयोगशालाहरू सीमित छन् । परीक्षणका लागि आवश्यक किटहरूको अभाव कायम नै छ । विदेशीको मुख ताक्दै नेपाली सीप र ज्ञानलाई ओझेलमा पारिएको छ । नाकामा सामान्यरूपमा गर्नसक्ने क्लोरिनसमेत नछर्की सङ्क्रमित देशबाट फर्केका नागरिकलाई स्वास्थ्य जाँच नगरी देशभित्र हुलियो ।
मानिसको जीवनको यात्रा दिनहँु काममै व्यस्त छ । तन–मन त्यसैमा अभ्यस्त हुन्छ । एकैचोटि बन्दा–बन्दीमा बस्न मुस्किल हुन्छ । हात–मुख जोर्न समस्या हुन्छ । समाजमा अर्को विकृति सिर्जना गर्नसक्छ । तसर्थ सरकारले गर्नसक्ने धेरै काम यतिबेला गर्न जरुरी छ । नागरिकहरू सधैँ सतर्क र सजग हुनु अति आवश्यक छ । समस्या विकराल नहुँदै समाधानको उपाय खोज्नु बुद्धिमानी हुनुपर्ने इटली, स्पेन र संरा अमेरिकाको घटनाले पुष्टि हुन्छ । सजग रहे जोगिन्छ भन्ने उदाहरण चीन, दक्षिण कोरिया, स्वीजरल्यान्ड, नर्वे, नेदरल्यान्ड आदि देशले देखाएका छन् ।
हो, आज संसारका मानिसहरू प्रकृतिसँग सङ्घर्ष गर्दै छन् । यसमा सबैले हातमा हात मिलाउनु आवश्यक छ । एकअर्कामा विश्वास र भरोसाको खाँचो छ । सङ्क्रमणका सम्भावित व्यक्तिहरूले आफै सचेत र जिम्मेवार भई व्यवहार परिवर्तन गर्नसके कोभिड–१९ लाई कमजोर बनाउन सक्छन् । यसले मानवको रक्षा हुनेमा कुनै दुविधा छैन । समयमै सूचना प्रवाह र जिम्मेदारी बहन गर्दै कोरोना भाइरसमाथि विजय गर्नु हामी सबैको दायित्व हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *