भर्खरै :

विश्व परिदृश्यमा कोरोना भाइरस संक्रमण

-प्रज्ज्वल
चीनको उहान सहरमा शनिबारदेखि सब वे सुरू भयो । बजार खुल्यो, मानिस निस्के । ६ सातापछि लकडाउन हटाइएको छ । ५० प्रतिशत ठूला कम्पनीले आफ्नो काम सुरू गरे । पूरा चीनमा ९० प्रतिशत ठूला कम्पनीले आफ्नो उत्पादन सुरू गरेका छन् भने ८० प्रतिशत व्यापारिक केन्द्र खुल्यो । रेस्टुराँ, होटल, पार्क, जिम हल सञ्चालनमा आए । विद्यालय खुल्यो, विद्यार्थीलाई कोभिड–१९ बारे सुरक्षा ज्ञान दिइँदै छ । मार्चसम्म ५ लाख उडान रद्ध भएको हवाई उद्योग आइतबारदेखि चीनबाट कुनै एक मुलुकका लागि अन्तर्राष्ट्रिय उडान पनि हुँदै छ । चीनमा मानिस हेल्थएपविना बाहिर निस्कन पाइँदैन । शरीरमा तापक्रम बढ्यो भने एपमा चेतावनी आउँछ ।

औद्योगिक क्रान्ति युरोपमा भयो । यो राजनीतिकभन्दा पनि विज्ञान र प्रविधिको क्रान्ति हो । कोभिड–१९ नियन्त्रण गर्न विज्ञान र प्रविधिमा भरपर्नु आवश्यक छ । तर, संरा अमेरिकाले क्युवाको चिकित्सक टोली क्यारिबियन र दक्षिण अमेरिकी देशमा कोभिड–१९ नियन्त्रण गर्न गएकोलाई ‘क्युवाको सेतो कोटको कूटनीति’ भनी सम्बन्धित देशलाई सहयोग नलिन चेतावनी दियो । विश्व स्वास्थ्य स·ठनले कोभिड–१९ विश्व स्वास्थ्य सड्ढट नै भएको घोषणा गरिसकेको हुँदा संरा अमेरिकी दबाबमा संरा सङ्घले क्युवा, प्रजग कोरिया, इरान, सिरियालगायत देशमा लगाएको नाकाबन्दी अविलम्ब हटाउनु आवश्यक छ 

चीन खुल्दै गर्दा नेपालमा चैत ११ गतेदेखि १८ गतेसम्म ‘लक डाउन’ घोषणा भयो । चैत १६ गते सरकारले लक डाउनको अवधि बढाएर २५ गते पु¥याएको छ । कोभिड–१९ सङ्क्रमण रोक्न मानिस–मानिसबीच दूरीमा बस्नु आवश्यक छ । नेपालको भारतसँग खुला सीमा भएको हुँदा कोभिड–१९ नियन्त्रणमा पनि भारत निर्भर हुनुप¥यो । भारतले सीमा बन्द नगरेसम्म नेपालको प्रयास निरर्थक हुने भयो । भारतले तीन हप्ताको लागि लक डाउन गरेको हुँदा नेपालको लक डाउन पनि लम्बिने सम्भावना बढ्दो छ । नेपालीले पनि २१ दिन नै घरभित्र बस्ने तयारी गर्नु आवश्यक छ । कोभिड–१९ नियन्त्रण गर्न सारा संसारले नै चीनबाट सिक्नु आवश्यक छ । नेपाल सरकारले चीनको जस्तै हेल्थएप कहिले विकास गर्ने होला ? यसकारण नेपालमा जोखिम बढ्दो छ ।
चीनले एक महिना अगाडि नै कोभिड–१९ नियन्त्रण गर्ने काम राजनीतिक नभएको बरु वैज्ञानिक र प्राविधिक भएको स्पष्ट गरेको थियो । वैज्ञानिक र प्राविधिकको भरमै चीनले यो भाइरसलाई नियन्त्रण गरेको हो । कुनै पनि खालको राजनीतिक व्यवस्था भएको देशमा यो भाइरस देखापर्दै छ । देश र जनताप्रति समर्पित राजनीतिक व्यवस्थाले यो भाइरस सङ्क्रमण रोक्ने र सङ्क्रमितको सफल उपचार गर्ने पुष्टि चीनबाट भइरहेको छ । प्रजग कोरियामा यो भाइरसको सङ्क्रमण देखिएन भने क्युवामा पनि तुलनात्मकरूपले सङ्क्रमण बढेको छैन । क्युवामा आइतबारसम्म सङ्क्रमित ११९ र मृत्यु ३ भयो । क्युवाले क्यारिबियाली देशहरू बेलिज, एन्टिगुवा र बर्मुडा, सेन्ट भिन्सेन्ट, ग्रानेडाइन्स, दक्षिण अमेरिकी देश अर्जेन्टिनामा कोभिड–१९ नियन्त्रण गर्न चिकित्सक टोली पठायो ।
औद्योगिक क्रान्ति युरोपमा भयो । यो राजनीतिकभन्दा पनि विज्ञान र प्रविधिको क्रान्ति हो । कोभिड–१९ नियन्त्रण गर्न विज्ञान र प्रविधिमा भरपर्नु आवश्यक छ । तर, संरा अमेरिकाले क्युवाको चिकित्सक टोली क्यारिबियन र दक्षिण अमेरिकी देशमा कोभिड–१९ नियन्त्रण गर्न गएकोलाई ‘क्युवाको सेतो कोटको कूटनीति’ भनी सम्बन्धित देशलाई सहयोग नलिन चेतावनी दियो । विश्व स्वास्थ्य स·ठनले कोभिड–१९ विश्व स्वास्थ्य सड्ढट नै भएको घोषणा गरिसकेको हुँदा संरा अमेरिकी दबाबमा संरा सङ्घले क्युवा, प्रजग कोरिया, इरान, सिरियालगायत देशमा लगाएको नाकाबन्दी अविलम्ब हटाउनु आवश्यक छ ।
चीनमा कोरोना भाइरस सङ्क्रमण सुरूसँगै चीनस्थित दक्षिण कोरियाको राजदूतावासले आफ्नो पर्खालमा ‘चीनको कठिनाइ हाम्रो पनि कठिनाइ हो’ उल्लेख ब्यानर टाँगेको थियो । त्यसबेला चीनलाई सहयोग गर्ने देशहरूमध्ये एक दक्षिण कोरिया पनि थियो । यसकारण चीनले दक्षिण कोरियामा कोभिड–१९ नियन्त्रण गर्न तत्कालै मास्क, सुरक्षित पोशाक, चस्मा, परीक्षण किट, थर्मोमिटर र अन्य सामानहरू सहयोग ग¥यो ।
अमेरिकालगायत पश्चिमा देशहरूले चीनमा गरिएको ‘लक डाउन’ लाई मानव अधिकार हनन् भनी विरोध गरे । गएको मंगलबार सार्वजनिक एक अध्ययनअनुसार विद्यालय, कलेज र कार्यस्थल बन्द गरी शारीरिक दुरीमा बस्नु नै कोभिड–१९ नियन्त्रणको प्रभावकारी उपाय हो । युरोपको इटाली र संरा अमेरिकाले यसलाई बेवास्ता गरे । जनवरी ३० सम्म इटालीमा यो भाइरस देखापरेको थिएन भने संरा अमेरिकामा सङ्क्रमित ५ जनामात्र थिए । ३१ जनवरीमा इटालीमा सङ्क्रमित २ जना देखिए भने अमेरिकामा ६ जना पुग्यो । वर्डोमिटरअनुसार २८ मार्चसम्म इटालीमा सङ्क्रमित ९२,४९२ र मृत्यु १०,०२३ पुग्यो भने अमेरिकामा सङ्क्रमित १,२३,७५० र मृत्यु २,२२७ पुग्यो ।

नेपालमा शनिबारसम्म ५ जनालाई यो भाइरस सङ्क्रमण भयो तर कसैको मृत्यु भएको छैन । नेपालमा कोभिड–१९ भएको वा नभएको रगत परीक्षण गर्न नमुना काठमाडौँमा पुग्नुपर्छ भने शनिबार धरानमा पनि परीक्षण सुरू गरियो । डाक्टरहरूले दक्षिण कोरियामा सङ्क्रमितसँग सम्पर्कमा पुगेका सबैको रगत परीक्षण गरेर यो भाइरस नियन्त्रण गरिरहेको बताउंँदै छन् । तर, नेपालमा अनुगमन र निगरानी फितलो छ भने सङ्क्रमितसँग सम्पर्कमा पुगेका सबैको रगत परीक्षण गरिएको छैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग सहकार्य गर्नुभन्दा पनि ‘चिनियाँ भाइरस’ र ‘उहान भाइरस’ भनी विरोधमा समय बिताए । उनले विश्व स्वास्थ्य संगठनलाई समेत चीनको पक्ष लिएकोजस्ता झुटो आरोप लगाए । इटालीले समयमै चीनसँग सहकार्य ग¥यो । १७ मार्चसम्म चीनले इटालीलाई दोस्रोपटक नौ टन सामग्री सहयोग ग¥यो । इटलीमा युरोपेली सङ्घको झन्डा हटाएर चीनको झन्डा गाडिएको तस्वीरसमेत प्रकाशित भयो । चीनले नेपाल, पाकिस्तानलगायत ८३ देशमा कोभिड–१९ नियन्त्रण गर्न सहयोग गर्दै छ ।
नेपालमा शनिबारसम्म ५ जनालाई यो भाइरस सङ्क्रमण भयो तर कसैको मृत्यु भएको छैन । नेपालमा कोभिड–१९ भएको वा नभएको रगत परीक्षण गर्न नमुना काठमाडौँमा पुग्नुपर्छ भने शनिबार धरानमा पनि परीक्षण सुरू गरियो । डाक्टरहरूले दक्षिण कोरियामा सङ्क्रमितसँग सम्पर्कमा पुगेका सबैको रगत परीक्षण गरेर यो भाइरस नियन्त्रण गरिरहेको बताउंँदै छन् । तर, नेपालमा अनुगमन र निगरानी फितलो छ भने सङ्क्रमितसँग सम्पर्कमा पुगेका सबैको रगत परीक्षण गरिएको छैन । यसकारण नेपालमा यो भाइरस भुसको आगोजस्तै फैलिने सम्भावना बढ्दो छ । सि·ापुर र जापानले पनि सङ्क्रमितसँग सम्पर्कमा पुगेका सबैको रगत जाँच गरेर यो भाइरसलाई नियन्त्रण गरेको हो । नेपालमा रोगीको रगत परीक्षणमा कोभिड–१९ पोजिटिभ आएको स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालका निर्देशकलाई समेत थाहा नहुने स्थिति भएको समाचार छ । यो भाइरससम्बन्धी अध्ययनमा लागेका वैज्ञानिकहरू औषधी पत्ता लगाउन १०–१२ वर्ष लाग्ने बताउँछन् । यस्तो अवस्थामा नेपाल सरकारले बिरामीको उपचारमा खटेका स्वास्थ्यकर्मीहरूलाई पर्याप्त व्यक्तिगत सुरक्षाका उपकरण (पीपीई) लगायत उपलब्ध गराएको छैन, गराउनु आवश्यक छ । घरभित्र बसेका जनताको लागि खाद्यान्न र खानेपानी आपूर्ति व्यवस्थित गरी शारीरिक दुरी बढाउन सबैलाई प्रेरित गर्नु आवश्यक छ ।
२०७६ चैत १६

Leave a Reply

Your email address will not be published. Required fields are marked *