भर्खरै :

विचार नपु¥याइए करोडौँको सङ्क्रमित र लाखौँको मृत्यु हुने

– दीनबन्धु केसी
विश्वमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले केही प्रश्न उब्जाएको छ । यो रोगको सङ्क्रमण गरिब मुलुकभन्दा धनी मुलुकमा किन बढी फैलियो ? यो रोगको निदान किन कुनै देशले छिट्टै ग¥यो भने कुनै देशले किन गर्नसकेन ? कुनै देशमा लकडाउन गरियो भने कुनै देशमा गरिएन । यो रोग विश्वभरि कसरी फैलियो ? अब यो रोगबाट विश्व कहिले मुक्त हुने या रोगशून्य हुने हो ? यिनै जिज्ञासा र चर्चा परिचर्चा संसारका जनताबीच भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सक र विज्ञहरू रोगको निदान सँगसँगै गर्नुभन्दा फैलिन नदिने तर्क राख्छन् । सङ्क्रमित व्यक्तिमा प्रतिरोधात्मक क्षमता बढाउने उपाय खोजेर उनीहरु उपचार गर्दै छन् । जुन जुन देशमा स्वास्थ्योपचारका लागि आवश्यक सबै बन्दोबस्त गरेर सरकार, पार्टी, जनता, सेना र स्वास्थ्यकर्मी तडारुकता लागे, जुटे त्यहाँ त्यहाँ कोरोना भाइरसको सङ्क्रमण अन्त्य भएको या नियन्त्रण गर्न सकेको देखिन्छ । पूर्वतयारीसहित लक डाउन गरिएको देशमा सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ । लकडाउन गरेर पनि कुनै पूर्वाधार तयार नभएको देशमा सङ्क्रमितको सङ्ख्या बढेको र जनताको व्यापक विरोध भएको देखिन्छ । चीनमा पूर्व तयारीका साथ लक डाउन गरियो भने भारतमा गरिएन । चीनले लकडाउन गरेसँगै घर–घरमा खाद्यान्न र पानीको व्यवस्था ग¥यो भने भारतले गरेन । कोरोना भाइरसलाई न्यूनीकरण गर्नसक्नुको कारण त्यहाँका जनताको एकता पनि हो, सचेतता पनि हो । राजनीतिक चेनता र सांस्कृतिक स्तरले पनि रोग नियन्त्रणमा टेवा पु¥याएको हुन्छ । सरकार, पार्टीको आदेश पालना भएको र सरकार र पार्टीलाई साथ दिएको देशमा रोग नियन्त्रण गर्न सजिलो भएको देखिन्छ । आम जनताको शत्रु कोरोनाविरुद्ध लड्न सबैको एकै मन र दृढता आवश्यक हुन्छ । रोगको वास्ता नगरी आ–आफ्नै धुन या क्रियाकलापमा लागि रह्यो भने रोग नियन्त्रण गर्न कठिनाइ हुन्छ । चिल्ला सडक, ठूला र अग्ला भवन भएका धनी देशहरूमा पनि कोरोना भाइरस भयावहको रूपमा फैलिरहेको छ । यसरी रोग फैलिरहेको हिसाबले रोग नियन्त्रण चाँडै होला भन्न सकिंदैन ।
यस्तो बेला रोग नियन्त्रण गर्न सफल भएको देशबाट शिक्षा लिनुपर्छ । विचार नमिलेको आधारमा कुनै देशको रोगको रोकथामबारे शिक्षा नलिनुको अर्थ जानी जानी रोग फैलाउन दिनु हो । मुख्य कुरा रोगको निदान गर्नु हो । रोग निदानको उपाय खोज्नु हो । रोग निदानको उपाय र विधि अपनाउने विषयमा रोग नियन्त्रित देशहरूबाट शिक्षा लिनुपर्छ र रोग नियन्त्रणमा लाग्नुपर्छ । समयमा रोग निदान भएन भने विश्वमा लाखौँ होइन करोडौँमा रोग सर्नेछ र लाखौँको मृत्यु हुनेछ । हरेक देशले समयमै विचार पु¥याउनु बुद्धिमानी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *