भर्खरै :

कोरोनाविरुद्ध सरकारी उदासिनताको हद

रसिक
विश्वव्यापीरूपमा फैलिएको नोवल कोरोना भाइरसको सम्भावित सङ्क्रमणको जोखिमबाट जोगिन जनस्तरबाट सजगता देखिनु स्वभाविक हो । स्थानीय जनताको सबैभन्दा नजिक र सहज पहुँचको सरकार अर्थात् वडा कार्यालयमा पनि यसको प्रभाव परेको देखियो । शुक्रबार वडा कार्यालयमा अन्य दिनको तुलनामा भिडभाड कम देखिन्थ्यो । जनप्रतिनिधि, कार्यालयका कर्मचारी र अधिकांश सेवाग्राहीहरू मास्क प्रयोग गरिरहेका थिए । कार्यालय छिर्नेबित्तिकै सानिटाइजरको प्रयोग गर्ने व्यवस्था गरिएको थियो । भित्तामा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिने उपायबारे जानकारीमूलक पम्प्लेट टाँसिएको थियो ।
“नमस्ते वडाध्यक्ष ज्यू ।”
जग्गा नामसारीसम्बन्धी संवेदनशील सिफारिसपत्र र सर्जमीन कागज अध्ययन गरिरहेका वडाध्यक्ष चिरपरिचित आवाज सुन्नासाथ झस्किए र खुसी हुँदै “आप्mनै साथीलाई पनि के नमस्ते र ज्यू लगाइराखेको” भन्दै हात मिलाउन आप्mनो हात अगाडि बढाए ।
“मैले त कुर्सीको सम्मान गरेको साथी । फेरि दुई हात जोडेर नमस्ते गर्नु त हाम्रो संस्कार नै हो नि ¤ कोरोना सङ्क्रमणको जोखिम बढेको बेला हात मिलाउनुभन्दा नमस्ते गर्नु नै उत्तम, होइन र ? पश्चिमी विकसित देशका राष्ट्रप्रमुखहरूले नमस्ते संस्कारलाई स्वीकार गरेको बेला हामी किन हात मिलाउने उनीहरूको संस्कार पछ्याउने ? वडाध्यक्षले यति कुरा त अरू सर्वसाधारणलाई पनि सिकाउनुप¥यो त ¤”
“एकदम सही कुरा भन्यौ । ठिक छ । बरु सरकारी उच्च पदका कर्मचारी भएर कार्यालय समय छोडेर यहाँआउनुको कारण के हो ‘पासा’ ? कोरोना सङ्क्रमणको संवेदनशील घडीमा सेवाग्राहीलाई छरितो सुविधा दिनुपर्ने समयमा यता किन नि ?”
“विभागका एकजना उच्च पदाधिकारीको निधन भएकोले श्रद्धाञ्जलीस्वरूप पर्व बिदा काट्ने गरी आज एक दिन बिदा दिएकोले घरमा के बसौँ भनेर आएको साथी । घरको नियमित कर पनि तिर्नु थियो । त्यसैले ।”
“ठिक छ । चिया खाऔँ न त ।”
चियाको चुस्की लिँदै साथीले गम्भीर हुँदै कुरा राख्न थाल्यो, “आज प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने रे ¤ कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि देशवासीलाई सचेत रहन र नेपाल सरकारको तर्फबाट गरिने पूर्वतयारीबारे जानकारी दिने भनिएको छ ।”
“मैले पनि त्यस्तै सुनेँ । स्कूलको एसईई परीक्षा अन्तिम समयमा स्थगित गरियो । कलेजका परीक्षाहरू पनि स्थगित गरिए । कक्षा सञ्चालन पनि अनिश्चितकालका लागि बन्द गरियो । जनतालाई अनावश्यकरूपमा घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ । एयरपोर्टमा पनि स्वास्थ्यजाँच कडा गरिएको छ ।”
“ती सबै कुरा ठिक छ । तर, मलाई कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमबाट बचाउन सरकारी तयारी नपुगेको भन्ने लाग्छ है । हुन त आपूm सरकारी तलब खान्छु तर सरकारको उदासिनता र गैरजिम्मेवारीपन पटक्कै चित्त बुझिरहेको छैन ।”
“विश्व स्वास्थ्य सङ्गठनले १७० भन्दा बढी देशमा महामारीको रूपमा यो रोगको सङ्क्रमण तीव्रगतिमा फैलिएको, दुई लाखभन्दा बढी मानिसहरू बिरामी भएको र दश हजारभन्दा बढीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिसकेको छ । हाम्रो सरकारी तयारी फितलो देख्दा दिक्क लाग्छ । हाम्रा स्वास्थ्यमन्त्रीलाई कोरोनाको पिरभन्दा घरमा ‘पाहुना’ आएको चिन्ता रहेछ । जनतालाई सेल्फ क्वारेन्टिनमा बस्नु भन्ने सरकार, आपूmले कति ठाउँमा क्वारेन्टिनको व्यवस्था गर्ने तयारी ग¥यो त खोइ ? देशका सबै सरकारी तथा निजी अस्पताल एवम् स्वास्थ्य केन्द्रहरूलाई एलर्टमा राखेको देखिएन । गजब छ हाम्रो सरकार ¤”
“राष्ट्रप्रमुख नै बिरामी भएको बेला देश बिरामी हुनु स्वाभाविक हो । यस्तो संवेदनशील समयमा आप्mनो शरीरले साथ नदिएपछि राजीनामा दिएर अर्को सक्षमलाई कार्यकारी जिम्मेवारी दिनुपर्ने होइन र ? अथवा, त्यति नगरे पनि विद्यमान मन्त्रीहरूमध्ये कसैलाई कार्यकारी जिम्मा सुम्पनुपर्ने नि ¤ देश नै भड्खालोमा जाकिए पनि आप्mनो पद र स्वार्थ नछोड्ने कस्तो संस्कार हाम्रा नेताहरूमा ?”
“यो पँुजीवादी व्यवस्था हो नि साथी ¤ एउटा कार्टुन हेरेको हौला नि, गिद्धले सर्पलाई आप्mनो पन्जामा पारिसकेको हुन्छ तर सर्पले नजिकैको भ्यागुतो खाने लालसा छोडेको हुँदैन ।”
“म तिमीहरूको राजनीतिको कुरा बुझ्दिनँ । तर, यति कुरा चाहिँ साँचो हो कि राज्यले हरेक नागरिकसँग विभिन्न करको नाउँमा राजश्व उठाइरहँदा पनि जनताको स्वास्थ्यको जिम्मा लिन सरकार पछि हट्नु एक हिसाबले अपराध नै हो ।”
“नेपाली जनताले शिक्षा र स्वास्थ्य उपचार सेवा पाउनु संविधान प्रदत्त नैसर्गिक हक भएकोले राज्यले सम्पूर्ण जिम्मेवारी बहन गर्नुपर्छ त हामीले भनिरहेकै छौँ । आफैँले बनाएको कानुनप्रति सरकार जिम्मेवार छैन ।”
“वडाध्यक्ष साथी, म सरकारलाई कति कर तिर्छु, तिमीलाई थाहा छ ? मेरो मासिक तलबको करिब आधा तिर्छु ¤”
“कसरी ?”
“मेरो मासिक आम्दानीको ३६ प्रतिशत त आयकर मात्र तिर्छु । त्यसमा अझ सामाजिक सुरक्षा कर थपिन्छ । सवारी कर, इन्धनमा कर, उपभोग्य सामग्री खरिदमा कर, छोराछोरीलाई स्कूलमा पढाउँदा कर । त्यसपछि नगरपालिकामा घर मूल्याङ्कन कर, सफाइ कर, मालपोत कर त तिर्नैपर्छ । बिजुली, टेलिफोन, मोबाइल, इन्टरनेट सेवा शुल्कमा लाग्ने कर त छँदै छ । सबै जम्मा गर्दा करिब मेरो तलबको आधा जति त सरकारलाई करमात्र जान्छ ।”
“तिमीहरू श्रीमान् श्रीमती दुवै सरकारी ओहोदाका कर्मचारी हौ । वार्षिक आम्दानी ३० लाखभन्दा बढी हुन्छ तिमीहरूको त । सर्वसाधारण जनता, किसान र मजदुरहरूको विषयमा सोच त । उनीहरूको वार्षिक नियमित आम्दानी हुँदैन, तै पनि कति कर तिर्छन् तिनीहरूले सरकारलाई ? ख्याल गरेका छौ ?”
“त्यही त भनेको । नागरिकले खाइनखाई सरकारलाई यसरी कर तिर्ने, अनि अहिले कोरोना सङ्कट आउँदा सरकार मुकदर्शक भएर आप्mनो सुरक्षा आफैँ गर भन्ने, यो त मिलेन नि साथी ।”
“मिल्दैन भन्ने त सबैलाई लागेको छ नि, तर सरकारमा बस्नेहरूको घैँटोमा घाम लाग्दैन । आज प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने भनिएको छ, सरकारी तयारी के छ सुनौँ न त ।”
“हामीसँग प्रधानमन्त्रीको सम्बोधन सुन्नेबाहेक उपाय के नै छ र ? सरकारले केही गर्ला कि भन्ने आशमात्रै त हो । लौ त म गएँ, स्कूलमा बिदाको कारण बच्चाबच्ची घरमा त्यत्तिकै छन् । पछि भेटौँला ।” साथी हिँडेपछि वडाध्यक्ष पुनः आफ्नो काममा लाग्छन् ।
साँझ ६ बजे प्रधानमन्त्रीको सम्बोधन टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरियो । करिब ११ मिनेटको सम्बोधन गर्न पनि प्रधानमन्त्रीलाई गा¥हो भइरहेको उनको बसाईको तरिका, मलिन अनुहार, मधुरो स्वर र बोल्ने क्रममा समय – समयमा अड्किएको आवाजको अवस्थाबाट सहजै अनुमान गर्न सकिन्थ्यो ।
प्रधानमन्त्रीको सम्बोधन सकिनेबित्तिकै वडाध्यक्षको फोन बज्यो । मोबाइलमा सेभ नगरिएको ल्यान्ड लाइन नम्बरबाट फोन आएको थियो । “हजुर, भन्नुस त ?”
“प्रधानमन्त्रीको सम्बोधनबाट म त निराश नै भएँ ।”
कार्यालयमा कुराकानी गर्ने उही साथीको फोन रहेछ । “किन ? कोरोनाको जोखिमबाट बच्न नागरिकलाई आह्वान गरिएकै छ त ¤ केही पूर्व सावधानीका निर्णयहरू पनि सुनाइएको छ नि ।”
“सरकारले त्यति भनेर पुग्छ त भन्या ? नागरिकलाई बारम्बार हात धुन, अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन त यसअघि पनि आग्रह गरिएकै हो नि ¤ स्कूल कलेज बन्द नै छ । अन्तर्राष्ट्रिय हवाइ उडान चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने र लामो दुरीका सवारी साधन चैत्र १० देखि बन्द गर्ने कुरामात्र नयाँ छन् । अरू त खै के नै नयाँ छ र ?”
“सरकारले जनतालाई संयमित हुन भनेकै छ, अरू के भन्नुप¥यो त ? देशै ‘लकडाउन’ गर्दा जनतालाई धेरै समस्या आउँछ भनेर विचार पु¥याएको पनि त हुनसक्छ ।”
“मैले त्यसो भनेको होइन साथी । चीनले कारोना भाइरसबाट आप्mना नागरिकलाई सुरक्षित गर्न सरकार, सुरक्षा निकाय, स्वास्थ्यकर्मी र सबै जनता एकजुट भएर रातदिन मेहनत गरेको समाचार सुनिरहेकै छौँ ।” तैपनि त्यहाँ हजारौँको ज्यान गयो । अन्य विकसित देशहरूमा भौतिक पूर्वाधार प्रशस्त भएर पनि रोग सबैतिर फैलिरहेको छ, सारा त्रसित भइरहेका छन् । हामीकहाँ भने – न कुनै स्वास्थ्य पूर्वाधार थप्ने कुरा छ, न स्वास्थ्यकर्मी, सुरक्षा निकाय र सरोकारवाला सबैलाई आवश्यक तयारीको लागि भनिएको छ । माक्स र सानिटाइजर सहज उपलब्ध गराउने प्रतिबद्धता त दिन नसक्ने सरकारले भोलि उपचार कसरी गर्ने सोचेको छ ? राजधानी काठमाडाँैमा थुप्रिएको जनसङ्ख्यालाई तत्काल व्यवस्थापन गर्न सकेन भने महामारीले सखापै पार्छ कि ? कम्तीमा अन्य देशहरूले गरिरहेको पूर्व सावधानीबाट त हाम्रो सरकारले सिक्नुपर्ने होइन र ?”
“हो त ¤ सरकारमा बस्नेहरूलाई आप्mनोबाहेक जनताको विषयमा सोच्ने फुर्सद भए पो ¤ हाम्रा मन्त्री, सत्ताधारी दलका नेता र उच्चपदस्थ कर्मचारीहरू आपूm खोपीमा बस्छन्, जनता सडकमा कोरोनाविरुद्ध सङ्घर्ष गर्छन् ¤ गैरजिम्मेवारीपनले पराकाष्ठा नाघ्ने निश्चित छ ।”
“कस्तो सरकार ¤ अनिर्णयको चौघेरामा बन्दी सरकार ¤ पैसाले जित्ने जनप्रतिनिधि र सरकार । विवेकमा भोटेताल्चा लगाएको सरकार ? ¤ कोमामा पुगेको सरकार हो र ¤”
“सरकारको विरोधमा धेरै नबोल है साथी ¤ हाम्रो फोन ट्यापिङ गरिएको हुनसक्छ ¤ फेरि तिम्रो सरकारी जागीर चट् होला ! फोन राख ।”
‘यस्तै छ सरकारको चाला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *