रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
प्रतिष्ठा
अमेरिकी राष्ट्रपति ट्रम्पले जनवरी २५ का दिन ट्वीट गरे, “कोरोना भाइरस नियन्त्रणको लागि चीनले कडा परिश्रम गर्दै छ । संरा अमेरिका चीनको प्रयास र पारदर्शिताको प्रशंसा गर्दछ । चीनले सबै काम राम्रोसँग गर्नेछ । अमेरिकी जनताको तर्फबाट म चीनका राष्ट्रपति सीलाई धन्यवाद दिन चाहन्छु ।”
विश्व स्वास्थ्य सङ्गठनका अनुसार फेब्रुअरी २३ मा संरा अमेरिकामा एक जना कोरोना भाइरस सङ्क्रमित बिरामी भेटियो । मार्च १६ सम्म अमेरिकामा सङ्क्रमित १,६७८ र मृत्युको सङ्ख्या ४१ पुग्यो । सोही दिन ट्रम्पले ट्वीट गरे, “संरा अमेरिकाले ‘चिनियाँ भाइरस’ को कारण नोक्सानमा गएका विमान सेवा कम्पनीलगायत उद्योगहरूलाई आर्थिक सहयोग गर्नेछ र अमेरिका यस अगाडिभन्दा बलियो हुनेछ ।”
फेब्रुअरी ७ मा चिनियाँ राष्ट्रपति सीले समकक्षी ट्रम्पलाई फोनमार्फत कोरोना भाइरसविरूद्धको लडाइँमा सकारात्मक नतिजा निस्केको उल्लेख गर्दै संरा अमेरिकाले कोरोनाविरूद्ध चीनसँग सहकार्य गर्ने अपेक्षा गरे । त्यसबेला समकक्षी ट्रम्पले कोरोनाविरूद्ध लड्न अमेरिकाले विज्ञ टोलीसहित अन्य सहयोग गर्ने बताएका थिए ।
विश्व स्वास्थ्य सङ्गठनले फेब्रुअरी ११ मा कोरोना भाइरसलाई कोभिड–१९ नामकरण गरेको थियो । तर, ट्रम्पले मार्च १६ अर्थात् एक महिना ५ दिनपछि ‘चिनियाँ भाइरस’ भनी चीनविरूद्ध साम्प्रदायिक आक्रोश पोखे भने कोभिड–१९ विरुद्ध लडिरहेको चीनलाई सहयोग होइन हतोत्साही गर्न खोजे ।
ट्रम्पले १७ मार्चका दिन अर्को ट्वीट गर्दै अमेरिकाको केही राज्य ‘चिनियाँ भाइरस’ बाट आघात भएको दोहो¥याए तर अहिले सबै राज्यमा सङ्क्रमण बढ्दो छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता केङ्ग शुआङले विश्व स्वास्थ्य सङ्गठनबाट कोभिड–१९ नामकरण भइसकेपछि पनि चीनविरुद्ध ‘चिनियाँ भाइरस’ भनी साम्प्रदायिक आक्रोश पोखेका ट्रम्पले आफ्नो गल्ती सुधार्नुपर्ने र कोभिड–१९ विरूद्धको लडाइँमा सहकार्य गर्नुपर्ने भनाइ सार्वजनिक गरे ।
ट्रम्पको यो आक्रोश बेठिक भएकोले उनका समर्थकहरूले नै ट्रम्पलाई ‘अमेरिकन भाइरस’ को कल्गी लगाए । कोभिड–१९ को हानीबाट सचेत अन्तर्राष्ट्रिय समुदायले ट्रम्पको चीनविरोधी साम्प्रदायिक आरोपको कारण विश्व युद्ध भड्किने खतरा बढेको समेत औँल्यायो । एथेन्सको ‘प्लेग’ पच्चीस सय वर्षअघिको र ‘स्पेनिस फ्लू’ एक सय वर्षअघिको नामकरण थियो । संरा अमेरिका स्थापनाको बेला गोराहरूले कालाहरूलाई दास बनाउँथे । यो अठारौँ शताब्दीको कुरा थियो । अहिले कसैलाई दास बनाउनु दण्डनीय हो । सीमा बन्द गरेर मानिसको आवतजावत रोकिएला तर भाइरसको प्रवाह रोकिँदैन ।
ट्रम्पलगायत उनका समर्थकहरूले ‘प्लेग’ र ‘स्पेनिस फ्लू’ जस्तै ‘चिनियाँ भाइरस’ भन्न मिल्ने अठारौँ शताब्दीको तर्क राख्नु साम्प्रदायिक हो । बरु स्पेनिस प्mलू र स्वाइन प्mलू अमेरिकामा उत्पत्ति भएको एच १ एल १ भाइरस नै भएकोले यी दुवै अमेरिकी प्mलू नै भएको दाबी गर्नेहरू पनि छन् । फेरि कोभिड–१९ को स्रोत अमेरिका नै भएको खुल्दै छ । यसरी ट्रम्पको ‘चिनियाँ भाइरस’ आप्mनो अपराध छोप्ने धुवाँको पर्दा साबित हुँदै छ ।
यतिबेला चीनले कोभिड–१९ लाई नियन्त्रण गर्दै छ । चीनले उहानमा पठाएका ४० हजार चिकित्सक र नर्सलाई फिर्ता गर्दै इटाली, इरान, इन्डोनेसिया र दक्षिण कोरियामा चिकित्सक र उपकरण सहयोग गर्दै छ । स्पेन, फिलिपिन्स र सर्वियाले चीनसँग उपकरण र अनुभव माग्दै छन् । चीनले नेपाललाई पनि आवश्यक उपकरण र चिकित्सक पठाउँदै छ । चिनियाँ राष्ट्रपति सीसँग पोल्यान्ड र कजाखका नेताहरूले फोनवार्तामा सहकार्यको निम्ति अनुरोध गरेका छन् । चीनले विश्वका ८३ देशमा कोभिड–१९ नियन्त्रण गर्न चिकित्सक र उपकरण सहयोग गर्ने घोषण गरिकेको छ ।
विश्व स्वास्थ्य सङ्गठनअनुसार मार्च २६ सम्म कोभिड–१९ बाट संरा अमेरिकामा सङ्क्रमित सङ्ख्या ६३,५७० पुग्यो भने मृत्यु सङ्ख्या ८८४ पुग्यो । यो भाइरसले न्यूयोर्कमा बढी सङ्क्रमण गर्दै छ । त्यहाँका गभर्नरले २६ हजार भेन्टिलेटर माग गरेकोमा चारसयमात्र पठाएको भनी ट्रम्पको विरोध गर्दै छन् । विश्व स्वास्थ्य सङ्गठनले न्युयोर्क नै कोभिड–१९ को अब सङ्क्रमण केन्द्र हुने चेतावनी दिएको छ ।
अमेरिकामा प्रत्येक ३ दिनमा सङ्क्रमित दुई गुणा बढिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने, “पहिलो बिरामी भेटिएको ६७ दिनपछि एकलाख पुग्यो, त्यसको ११ दिनपछि २ लाख र त्यसको ४ दिनपछि ३ लाख पुग्यो भने अर्को दुई दिनमै यो सङ्ख्या ४ लाख पुग्यो । प्रत्येक सङ्क्रमित र उनको सम्पर्कमा भएका व्यक्तिलाई अलग राखी निगरानी गर्नुु यो भाइरसविरुद्धको लडाइँको महत्वपूर्ण कदम हुने सङ्घको जोड हो ।” संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले राष्ट्र सङ्घको ७५ वर्षको इतिहासमै विनाशकारी स्वास्थ्य सङ्कट आएको बताए ।
यो सङ्कटको घडीमा ट्रम्पले अमेरिका बन्द नहुने र छिट्टै काम सुरू गर्ने बताए । तर, वर्डोमिटरअनुसार शुक्रबारसम्म अमेरिकामा ८५,६१२ सङ्क्रमित र मृत्यु सङ्ख्या १३०१ पुग्यो । ट्रम्प आफै उद्योगी–व्यापारी भएकोले उनले उद्योगी–व्यापारीलाई बलियो सहयोग गर्ने र अमेरिकी उद्योग–व्यापारको क्षेत्र छिट्टै खोल्ने बताए । ट्रम्पको यो हचुवा भनाइको सर्वत्र विरोध भइरहेको छ । कोभिड–१९ पीडितको नाममा ट्रम्पले अमेरिकी धनीलाई १२ सय डलर तर गरिबलाई ६ सय डलरमात्र सहयोग गर्ने पक्षपाती नीति बनाएको हुँदा अमेरिकामा यसको पनि विरोध भइरहेको छ ।
अमेरिकाको एलर्जी र सरुवा रोग राष्ट्रिय केन्द्रका निर्देशक एन्थोनी फाउसीले ट्रम्पको ‘चिनियाँ भाइरस’ जस्ता साम्प्रदायिक आरोपलाई अस्वीकार गरे । कोभिड–१९ का बिरामीलाई मलेरियाको औषधी खुवाउने ट्रम्पको प्रस्तावलाई पनि एन्थोनीले अस्वीकार गरे । आप्mनै सहयोगीबाट घेरिएपछि ट्रम्पले मङ्गलबारको प्रेस भेटघाटमा ‘चिनियाँ भाइरस’ भन्ने साहस गर्न सकेनन् ‘भाइरस’ मात्र भने अर्थात् ट्रम्पको बुद्धिको बिर्को खुलेको देखियो । ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सीसँग पुनः फोन वार्ता गरेको सार्वजनिक गर्दै ट्वीट गरे– “हाम्रो ग्रहको ठूलो भूभागमा पैmलिएको कोरोना भाइरस नियन्त्रण गर्न चीनसँग नजिकमा काम गरिरहेका छौँ ।” यसरी ढिलै भए पनि कोभिड–१९ विरुद्ध चीनसँग सहकार्य गर्ने ट्रम्पको बुद्धिको बिर्काे खुलेको देखिन्छ ।
२०७६/१२/१४
Leave a Reply