अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एन्क्रुमा – ३
- आश्विन ६, २०८३
सुनिता गाइसी
सन्दर्भ विश्व अटिजम जागरुकता दिवस अप्रिल २ । अटिजम एक विशेष प्रकारको जटिल रोग हो । सामान्यतया अटिजम भन्नाले जीवनभर भइरहने स्नायुसम्बन्धी विचलन हो जुन भएपछि जीवनभर निको हँुदैन । यदि कुनै बालबालिकामा अटिजम भएमा यसको लक्षयण ३ वर्षको उमेरसम्म देखिनसक्दछ । कुनै पनि मानिसमा भएको सामाजिक कौशलता चुनौती, दोहोरिने व्यवहार आफ्नो मनको भावनालाई बोलेर व्यतिm गर्न नसक्ने समस्यालाई बुझाउँदछ । धेरैलाई यो विषयमा थाहा नहुन पनि सक्दछ । यो समस्या कुनै जाति, वर्ग वा क्षेत्रको मानिसलाई हुन्छ भन्ने पुष्टि भएको छैन । यो एउटा स्पेक्ट्रम डिसअर्डर हो । यो रोगले अहिले अमेरिकाका ५९ जना बालबालिकामध्ये १ जना बालक प्रभावित भएको तथ्याङ्कले देखाएको छ । अटिजम धेरै प्रकारका हुन्छन् । यो जेनेटिक कारणले पनि हुने गरेको अनुसन्धानले देखाएको छ भने अटिजम हाम्रो वातावरणको प्रभाव पनि पर्नसक्दछ । अटिजमबाट प्रभावित मानिसको चुनौतीहरू एकै किसिमका हँुदैनन् । यो व्यतिmअनुसार फरक–फरक किसिमको हुन्छ । अटिजमबाट प्रभावित भएका बालबालिका वा व्यतिmहरूले केही गर्नसक्दैनन् भन्ने हँुदैन । उनीहरूमा पनि विशेष कला हुनसक्दछ । जस्तैः कोही गीत गाउन सक्दछन् भने कोही कविता लेख्न सक्दछन्, कोही चित्र बनाउने । कतिपय अटिजम प्रभावित महिलाहरूले विभिन्न माला बनाउने, पोते बनाउने वा विभिन्न सजावट वस्तुहरू बनाउने गरेको पाइन्छ । अटिजमबाट प्रभावित भएकाहरूलाई विभिन्न सङ्घ संस्थाले सहयोग गरिरहेका छन् । उनीहरूले यस्ता व्यतिmहरूलाई विभिन्न किसिमका सीपमूलक तालिमहरू दिने गरेका छन् । विश्वभर बढिरहेको यो समस्याबारेमा सबैलाई जागरुक बनाउन यो दिवसले अटिजमको समस्याबाट प्रभावित भएका मानिसहरूको अनियमित प्रतिभाहरूको एक पाइला अगाडि बढेर उत्सव मनाउने गर्दछ । आज विश्व अटिजम जागरुकता दिवस हो । हामी सबैले अटिजमका शिकार भएकाहरू हितको लागि सोच्नुपर्दछ । उनीहरूलाई हेप्ने, जिस्क्याउने गर्नुहुँदैन । सकारात्मक सोचले मात्र समाज परिवर्तन हुनसक्दछ ।
अटिजम निकै गम्भीर समस्या हो । तथ्याङ्कका अनुसार अटिजमको खतरा केटीहरूलाई भन्दा केटाहरूमा ४ गुणा बढी हुने पुष्टि भएको छ । धेरै उमेर भएका आमा बुबाबाट जन्मिएका बालबालिका पनि अटिजमको खतरा हुने देखिने गरेको छ । तर, त्यै कारणले मात्र यो समस्या उत्पन्न भएको हो भन्ने वैज्ञानिक आधार भने छैन । अटिजमको समस्या भएका मानिसहरूलाई यो समस्याबाट मुतm गर्न नसके पनि यसको रोकथाम वा केही सुधार हुने तर त्यसको लागि चिकित्सकसँग निरन्तर सल्लाह लिनुपर्ने कुरा विज्ञहरू बताउँछन् । अटिजम भएका व्यतिmहरूलाई राम्रोसँग कुराकानी गर्न समस्या हुनुका साथै कसै कसैलाई Non verbal communication गर्नमा पनि असर पार्ने गरेको देखिन्छ । कतियप विज्ञहरूले धेरै टीभी हेर्ने बच्चालाई पनि अटिजम हुने सम्भावना भएको कुरा २००६ मा भएको एक अध्ययनले देखाएको छ । विभिन्न कारणले बालबालिकामा अटिजमको समस्या हुनसक्दछ । अटिजम विभिन्न प्रकारका हुन्छन् । जस्तैः Asperger’s syndrome, Pervasive, Developmental Disorder. यिनीहरूका लक्षयणहरू उस्तै देखिन्छ । तर, यसले पार्ने प्रभावहरूले गर्दा यी ३ प्रकारका अटिजम पनि एक अर्कामा फरक हुन्छन् । अटिजमको बारेमा विभिन्न चलचित्रहरूमा देखाइएको छ । जस्तैः शारुखानको फिल्म ‘माइ नेम इज खानू’ मा पनि अटिजमको बारेमा देखाइएको छ । यसमा शारुखानको समस्या पनि एक किसिमको अटिजम नै हो जसलाई चलचित्रमा भने Asperger’s syndrome भनी उल्लेख गरिएको छ । यो गहन विषय भएकोले चलचित्रमार्फत समाजमा योबारे चेतना दिने कोसिस गरिएको छ ।
अटिजम एक मानसिक विकासको क्रम हुने विचलन हो । नेपालमा अटिजम भएका बालबालिका र व्यतिmहरूलाई हेरविचार गर्ने विभिन्न सङ्घ–संस्थाहरू रहेका छन् । अटिजम केयर नेपाल समाजलगायत विभिन्न संस्थाहरूले यस कार्यमा हातेमालो गरिरहेका छन् । यस्तै कार्यमा संलग्न विभिन्न संस्थामध्ये काठमाडाँै सिनामङ्गलमा रहेको विशेष स्कूल पुनस्र्थापना केन्द्र SSDRC पनि एक हो । यस संस्थाले अटिजमका शिकार भएका बालबालिकालाई मन्टेश्वरी विधिबाट पढाउने र विभिन्न सीपहरू पनि सिकाउँदै आएको छ । यस संस्थाले अटिजमबाट प्रभावित बालबालिकालाई विशेष किसिमको शिक्षा प्रदान गरिनुका साथै, विभिन्न थेरापीहरू पनि गराउँदछ ।
अटिजमबारे बिस्तारै जनमानसमा सचेतना फैलाउनु जरुरी छ । यदि अटिजमबाट प्रभावित भएकी महिला गर्भवती भएमा विशेष ध्यान दिनुपर्दछ । यस्तो अवस्थामा सुरुको ८ हप्तामा विशेष हेरविचार गर्नुपर्दछ । मानिस सामाजिक प्राणी हो । समाजमा फरक–फरक क्षमता भएका बालबालिकाहरू हुन्छन् । जे जस्तो भए पनि सबैको समानरूपमा हुर्कने, बढ्ने, रमाउने र जीवन जिउने अधिकार रहेको हुन्छ । यो सत्यलाई सबैले स्वीकार गर्नुपर्दछ र फरक क्षमता भएकाहरूलाई आफूले सकेको सहयोग गर्नुपर्दछ । यस्तो कार्यमा सबैले हातेमालो गर्नु जरुरी छ ।
Leave a Reply