अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
समा
‘ज्याला, मूल्य र नाफा’ (Wages, Price and Profit) कार्ल माक्र्सको सर्वहारा वर्गीय राजनीतिक अर्थशास्त्रका पाण्डुलिपीहरूमध्ये एक हो । पुँजीवादी व्यवस्थाको आर्थिक आधार र गतिको अध्ययनसँगै संसारलाई शोषणबाट मुक्तिको बाटो देखाउने क्रममा कार्ल माक्र्सले थुप्रै सङ्घर्षका शृङ्खला पार गर्नुभयो । तीमध्ये बौद्धिक अर्थात् विचारको लडाइँ एउटा महत्वपूर्ण पाटो हो । उहाँले थुप्रै पँुजीवादी शास्त्रीय अर्थशास्त्रीहरूको आलोचना गर्नुभयो । ती आलोचनाहरू नै पछि नयाँ अर्थशास्त्रीय विश्लेषणका रूपमा तयार पारियो । यो पुस्तक बौद्धिक सङ्घर्षको एउटा अनुपम दसी हो भन्दा उपयुक्त होला । ‘ज्याला, मूल्य र नाफा’ सन् १८६५ जुन २० देखि २७ मा सम्पन्न पहिलो अन्तर्राष्ट्रियको सम्मेलनमा माक्र्सले राख्नुभएको भाषण हो । यस पुस्तकले उत्पादन, ज्याला, मूल्य, मुद्रा, नाफासम्बन्धी सिटिजन वेस्टन (Citizen Weston) का तर्कहरूको खण्डन गर्छ । सो भाषण पहिलो पटक सन् १८९८ मा माक्र्सकी छोरी एलिअनोर माक्र्स एभ्लिङ (Eleanor Marx Aveling) ले लन्डनमा प्रकाशित गरिन् । सन् १९५१ मा माक्र्सका ‘छानिएका रचनाहरू’ मा छापियो भने पहिलो पटक छुट्टै पुस्तकाकारको रूपमा सन् १९६५ मा प्रकाशित भयो ।
उत्पादन, ज्याला र नाफाबीचको सम्बन्धबारे प्रस्ट विश्लेषण पुस्तकभित्र छ । ज्यालाको वृद्धिले वस्तुको मूल्यमा कसरी असर पर्छ ? यसको जवाफ पुस्तकमा छ । वस्तुको माग र पूर्तिबीचको वास्तविक अनुपातका कारण मूल्यमा प्रभाव पर्छ । कामगरि खाने मजदुरको ज्याला बढ्दा आवश्यकीय वस्तुको माग बढ्छ । पुँजीपतिहरूले मागअनुसारको पूर्ति गर्नुको सट्टा उत्पादन घटाइदिन्छन् र बजार मूल्य बढाइदिन्छन् । श्रमिक कामबाट निकालिन्छन् । पुँजीपतिको नाफा घट्छ । श्रमिकको ज्याला वृद्धि मात्र नाफा घट्नुको कारण नभई आवश्यकीय वस्तुको मूल्यवृद्धि र विलासिताका वस्तुको मूल्य घट्नु पनि कारण हुन् ।
सिटिजन वेस्टनले उत्पादन र ज्यालासम्बन्धी दुईवटा तर्क अघि सारेका थिए । राष्ट्रिय उत्पादनको मात्रा सधँै स्थिर हुन्छ भन्ने उनको पहिलो तर्क थियो । ज्यालाको वास्तविक मात्रा (कामदारले किन्न सक्ने वस्तुको मात्रामा मापन गरिएको ज्याला) सधैँ स्थिर र परिमाण सधँै नबदलिने प्रकृतिको हुन्छ भन्ने दोस्रो तर्क थियो ।
कार्ल माक्र्सले यी दुवै तर्कहरू अव्यावहारिक र गलत प्रमाणित गर्नुभयो । कुनै पनि देशको उत्पादन वर्षैपिच्छे बढ्दै जान्छ । देशको श्रमशक्तिको वृद्धि र आवश्यक मुद्राको परिसंरचनाले उत्पादन वृद्धिमा परिवर्तन ल्याउँछ । उत्पादनको मात्रा या विशालता निरन्तर परिवर्तन भइरहन्छ । साथै, यो स्थिर होइन बदलिरहने प्रकृतिको हुन्छ । जनसङ्ख्या वृद्धिसँगै पुँजीको सञ्चिति र श्रमशक्तिको उत्पादकीय क्षमताले राष्ट्रिय उत्पादनमा निरन्तर परिवर्तन भइरहनु स्वाभाविक हो । त्यस्तै गरी ज्याला पनि स्थिर र नबदलिने प्रकृतिको हुँदैन । उत्पादन बढेसँगै ज्याला नबढ्न सक्छ तर ज्याला स्थिर र नबदलिने हुँदैन । सधैँभरि श्रमिक या मजदुरले आप्mनो ज्याला बढाउने कोसिस गरिरहेको हुन्छ भने पुँजीपतिहरू एवम् मजदुर मालिकहरू ज्याला घटाउनेतर्फ केन्द्रित हुन्छन् । यो वास्तविकताबाट वेस्टन अनभिज्ञ नरहलान् भन्ने तर्क पुस्तकको हो ।
उत्पादन, ज्याला र नाफाबीचको सम्बन्धबारे प्रस्ट विश्लेषण पुस्तकभित्र छ । ज्यालाको वृद्धिले वस्तुको मूल्यमा कसरी असर पर्छ ? यसको जवाफ पुस्तकमा छ । वस्तुको माग र पूर्तिबीचको वास्तविक अनुपातका कारण मूल्यमा प्रभाव पर्छ । कामगरि खाने मजदुरको ज्याला बढ्दा आवश्यकीय वस्तुको माग बढ्छ । पुँजीपतिहरूले मागअनुसारको पूर्ति गर्नुको सट्टा उत्पादन घटाइदिन्छन् र बजार मूल्य बढाइदिन्छन् । श्रमिक कामबाट निकालिन्छन् । पुँजीपतिको नाफा घट्छ । श्रमिकको ज्याला वृद्धि मात्र नाफा घट्नुको कारण नभई आवश्यकीय वस्तुको मूल्यवृद्धि र विलासिताका वस्तुको मूल्य घट्नु पनि कारण हुन् । कारखानाका विभिन्न विभागहरूमा यस्ता प्रक्रिया चलिरहेको हुन्छ । साथै, बजारमा आवश्यकीय र विलासिताका वस्तुहरू वैदेशिक वस्तुहरूले छोप्ने सम्भावनाबारे उल्लेख छ । बजार मूल्यको केही समयको उतारचढावलाई साटफेर गर्न मिल्ने अन्य वस्तुहरूले प्रतिस्थापन गरेपछि पहिलेकै मूल्यमा आइपुग्छ । त्यसकारण, ज्यालामा सामान्य वृद्धिले अन्तत्वगत्वा कुनै पनि पक्षलाई प्रभाव पर्दैन बरु पुँजीपतिको नाफाको दर भने सामान्य घट्छ ।
वेस्टनले पुरानै तर्कलाई नयाँ तरिकाबाट प्रस्तुत गर्न ज्याला र मुद्राबीचको सम्बन्धलाई अगाडि सारे र भने — “ज्याला रकम वृद्धि भएपनि मुद्रा स्थिर रहन्छ ।” मुद्राको सन्दर्भमा वेस्टनको जिद्दीपूर्ण अभिव्यक्तिलाई माक्र्सले ‘राक्षसी त्रुटि’ भनी आलोचना गर्नुभयो । वेस्टनले त्यही कुरा बारम्बार दोहो¥याउनुलाई अध्ययनको जननी ठान्दै आफ्नो प्रारम्भिक अभिव्यक्तिलाई नै विभिन्नरूपमा दोहो¥याइरहे । वास्तवमा उनी ज्याला वृद्धिका विरोधी थिए । श्रमिकको ज्याला वृद्धिमा उनको टाउको दुखाइ थियो । माक्र्सले प्रश्न गर्नुभयो — “कतिलाई उच्च ज्याला र कतिलाई न्यून ज्याला भन्ने ?” यो त सापेक्षित हुन्छ । एउटा उत्कृष्ट विन्दुसँग तुलना गरिन्छ ।
वेस्टनका अनुसार ‘वस्तुको मूल्य (Price) ज्यालाले निर्धारण गर्छ’ । तर, वस्तुको मूल्य निर्धारणमा कामदारको ज्यालामात्र होइन पँुजीपतिको नाफा र भूमि मालिकको भाडा पनि सम्बन्धित हुन्छ । वस्तुको मूल्य ३० रूपैयाँ छ भने रू. १० ज्याला, रू. १० भाडा र रू. १० नाफाको रूपमा गणना हुन्छ । वस्तुको मूल्य श्रमको मूल्यका आधारमा निर्धारण गरिन्छ । मूल्य साटफेर गर्न मिल्ने मोल (Value) को रूपमा व्याख्या गरिएको छ । त्यसकारण वस्तुको मोल श्रमको मोलले निर्धारण गर्छ भन्न सकियो । के ‘श्रमको मोल’ आफै निर्धारण हुन्छ ? वेस्टनका अनुसार त ज्याला बढ्दा वस्तुको मूल्य बढ्छ । यो ठम्याइ फगत विवेकहीनता बाहेक केही नभएको तर्क पुस्तकमा छ ।
वस्तुको मोल सापेक्षित हुन्छ । वस्तुको मोल यसको साटफेर मोलसँग अन्योन्याश्रित हुन्छ । वस्तुको साटफेर योग्य मोल यसको प्राकृतिक गुणभन्दा पनि सामाजिक कार्यले निर्धारण गर्छ । सम्पूर्ण वस्तुको साझा सामाजिक तत्व भने श्रम नै हो । कुनैपनि वस्तु उत्पादनका लागि श्रम नभइहुन्न । श्रममात्र भएर पुग्दैन ‘सामाजिक श्रम’ आवश्यक हुन्छ । व्यक्तिगत प्रयोजनका लागि गरिएका उत्पादनमा सामाजिक श्रम हुने गर्दैन । उत्पादन पनि सामाजिक हुनुपर्छ । श्रमलाई सामाजिक बनाउन समाजभित्रै श्रमको विभाजन आवश्यक हुन्छ । श्रमविभाजनले श्रमिकलाई एकीकृत बनाएको हुनुपर्छ । एकीकृत सामाजिक श्रम परिष्कृत अर्थात् क्रिस्टलीकरण गरिन्छ । वस्तुको मूल्य श्रमको परिमाणले निर्धारण गर्छ । आवश्यक श्रमको परिमाण समाजको दिइएको अवस्था, श्रमिकको औसत सीप र उत्पादनको औसत अवस्थासँग जोडिएको हुन्छ । श्रमको परिमाण श्रमको उत्पादनमूलक क्षमता या शक्तिमा आधारित हुन्छ ।
आफ्नो श्रमशक्ति बेच्छ । त्यसको मूल्यस्वरूप केही मूल्य श्रमिकले ज्यालास्वरूप पाउँछ । श्रमिकलाई दैनिक ६ घण्टा कामबापत ज्याला दिई १२ घण्टा बराबरको श्रमशक्ति लगाउनुपर्छ बाँकी ६ घण्टा भनेको ‘अतिरिक्त श्रम समय’ अर्थात् ‘अतिरिक्त उत्पादन’ अर्थात् ‘अतिरिक्त मूल्य’ हो ।
श्रमको प्राकृतिक स्वरूप जस्तै माटो, खानी र अन्य प्राकृतिक तत्वहरू एवम् सामाजिक श्रमशक्तिको प्रगतिउन्मुख उन्नतिकै जगमा श्रमको उत्पादनमूलक क्षमता या शक्ति आधारित हुन्छ । उत्पादनमूलक श्रमशक्ति बढेमा कम श्रमले नै बढी उत्पादन हुन्छ । त्यसकारण, वस्तुको मूल्य र वस्तुको उत्पादनमा लगाइएको श्रमबीच प्रत्यक्ष सम्बन्ध हुन्छ भने वस्तु उत्पादनमा लगाइएको उत्पादनमूलक शक्तिबीच विपरीत सम्बन्ध रहन्छ । मूल्य भने वस्तुको मूल्यको मौद्रिक प्रस्तुति मात्रै हो । यही मौद्रिक अभिव्यक्तिलाई आडम स्मिथले ‘प्राकृतिक मूल्य’ को संज्ञा दिएको प्रसङ्ग पुस्तकमा छ ।
अतिरिक्त मूल्यको उत्पत्ति या उत्पादनबारे माक्र्सको प्रस्ट धारणा पुस्तकमा छ । श्रमिकले पुँजीपतिलाई आफ्नो श्रमशक्ति बेच्छ । त्यसको मूल्यस्वरूप केही मूल्य श्रमिकले ज्यालास्वरूप पाउँछ । श्रमिकलाई दैनिक ६ घण्टा कामबापत ज्याला दिई १२ घण्टा बराबरको श्रमशक्ति लगाउनुपर्छ बाँकी ६ घण्टा भनेको ‘अतिरिक्त श्रम समय’ अर्थात् ‘अतिरिक्त उत्पादन’ अर्थात् ‘अतिरिक्त मूल्य’ हो ।
पुँजीपतिले आफ्नो तिरिक्त श्रम समय या मूल्य बढाउन खोजिरहन्छ । १२ घण्टा काम गराई ६ घण्टाको श्रमको मूल्य पुँजीपतिले तिर्दैन र त्यसैलाई नाफाको संज्ञा दिइन्छ । यो ज्याला प्रणालीमा नतिरिएको श्रम पनि तिरिएको झैँ गरी देखाइन्छ । पुँजीपतिहरूले वस्तुको मूल्यमा पनि नाफा खोज्छ । एकाधिकार र बजार अर्थतन्त्रमा पुँजीपतिहरूको मनपरि चल्छ । पुँजीपतिले भाडाको नाममा त्यस्तै ब्याजको नाममा पनि अतिरिक्त मूल्य थुत्ने गरेको हुन्छ । जसलाई पुँजीपतिहरू औद्योगिक र व्यावसायिक नाफा बताउँछन् । जुनसुकै नाममा अतिरिक्त मूल्य उठाए पनि त्यो श्रमिकलाई नतिरेको ज्यालाको अंश नै हो भनी पुस्तकले तथ्यसहित विश्लेषण पस्केको छ । पुँजीपतिले नाफाको दर बढाउने प्रयास गरिरहन्छ । नाफाको दर भन्नाले श्रमिकलाई तिरेको र नतिरेको ज्यालाको अनुपात हो । जसलाई माक्र्सले शोषणको दरका रूपमा व्याख्या गर्नुभएको छ ।
ज्याला परिवर्तन हुँदा नाफा पनि बदलिन्छ । यी दुईबीच विपरीत सम्बन्ध हुन्छ । ज्याला बढ्दा नाफा घट्छ र ज्याला घट्दा नाफा बढ्छ । पुँजीवादी उत्पादन प्रणालीका केही अवस्थाहरू छन्– शान्त अवस्था, जीवन्त वृद्धिको अवस्था, समृद्ध अवस्था, आवश्यकताभन्दा अति बढी उत्पादन र व्यापारको अवस्था, मन्दी र गतिहीनताको अवस्था । यसरी अर्थतन्त्र बिस्तारै ओरालो झर्छ । अर्थतन्त्र समृद्ध अवस्थामा रहँदा पुँजीपतिले अतिरिक्त नाफा बटुल्छ तर ज्याला बढाउने सोच्दैन । नाफा नै पुँजीका रूपमा जम्मा गरिन्छ र पुँजी सञ्चय बढ्छ । पुँजीपतिले सधैँभरि मजदुरको ज्याला कटौती र जागीर कटौतीमै शक्ति लगाउँछ भने सर्वहारा श्रमिक त्यसको ठीक उल्टो दिशामा आप्mनो तागत प्रयोग गर्न थाक्दैन । पुँजीपति र सर्वहारा अर्थात् मजदुर मालिक र मजदुरबीच सदा द्वन्द्व चलिरहन्छ, वर्गीय द्वन्द्व । पुँजीपति शोषणको दर बढाउन खोज्छ, मजदुर शोषणबाट मुक्तिको बाटो खोजिरहन्छ । माक्र्स भन्नुहुन्छ, “वर्ग रहेसम्म वर्गसङ्घर्ष चलिरहन्छ ।” श्रम गरेको दिनअनुसारको ज्याला ‘A fair days wage for a fair days work’ को सट्टा ज्याला प्रणालीको उन्मूलन (Abolition of the wages system) क्रान्तिकारी पहल हुनसक्नेबारे पुस्तकले बोलेको छ ।
माक्र्सका अनुसार सारमा
१) ज्यालाको वृद्धिले नाफाको दर घट्छ तर यसले वस्तुको मूल्यमा कुनै असर गर्दैन ।
२) पुँजीवादी उत्पादन प्रणालीको प्रवृत्ति भनेको ज्यालाको औसत मानक दर नै घटाउने हो, बढाउने होइन ।
३) पुँजीमाथि पुँजीपतिहरूको नियन्त्रण र पुँजीको अतिक्रमणविरुद्ध प्रतिरोधका निम्ति टे«ड युनियनलाई केन्द्रमा राखिए पनि ती आफ्नो शक्तिको उपयुक्त प्रयोग गर्न असफल रहे । वास्तवमा अस्तित्वमा रहेको प्रणाली परिवर्तन गर्न अन्ततः ज्याला प्रणालीको उन्मूलन गर्नुपर्दछ ।
सन् १८६५ जुन २७ मा अङ्ग्रेजीमा माक्र्सले लेख्नुभएको यस भाषणको सान्दर्भिकता आज पनि उत्तिकै छ । पुँजीवादी व्यवस्था आक्रामक बन्दै गरेको यो बेला माक्र्सका ओजश्वी विचारको महत्व झन् बढेको छ । माक्र्सका कृतिहरूको अध्ययन अझै थुप्रै युगसम्म सान्दर्भिक रहने निश्चित छ ।
Leave a Reply