नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
रोङ स्याओसिङ
केही दिनअघि न्युयोर्कको माउन्ट सिनाई अस्पतालका तीन जना नर्सको एउटा तस्वीरले संसारको ध्यानाकर्षण ग¥यो । अस्पतालको कक्षमा खिचिएको त्यो तस्वीरमा नर्सहरूले शल्यक्रियामा लगाउने वस्त्रमाथि प्लास्टिक लगाएका थिए । फेसबुकमा पोस्ट गरिएको सो तस्वीरको क्याप्सन थियोः ‘सिङ्गो माउन्ट सिनाई अस्पतालमा अब गाउन सकियो । न कुनै मास्क छ । फाल्नुपर्ने सामानको पुनः प्रयोग गरिँदै छ । …कोभिड–१९ सङ्कटको समयमा नर्सहरू यस्तो समस्यासँग जुझिरहेका छन् ।’
अस्पतालले आफ्ना स्वास्थ्यकर्मीलाई सुरक्षावस्तु उपलब्ध नगराइएको कुरा अस्वीकार गरेको छ । बरु सञ्चारमाध्यमले सो तस्वीरलाई अतिरञ्जनापूर्वक प्रचार गरेको आरोप लगायो । माउन्टी सिनाई अस्पतालको वास्तविकता जे भए पनि विश्वव्यापी महाव्याधि सुरु भएदेखि नै संरा अमेरिकाका अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामग्री अभाव भएको वास्तविकता भने कसैले अस्वीकार गर्न सक्दैन ।
सामान्यतः सधैँ मनग्य चिकित्सा सामग्री हुने गरेको संरा अमेरिकालाई अहिलेको सुनामी जस्तो महाव्याधिले यस्तो विषम् अवस्थामा पु¥याउनु कुनै आश्चर्यक होइन । सन् १९९० को दशकको अन्त्यतिर स्थापना भएको रणनीतिक सामानको राष्ट्रिय भण्डारले आतङ्कवादी हमला, प्राकृतिक प्रकोप र महामारीको समयमा स्थानीय सरकारलाई आवश्यक सामान आपूर्ति गर्ने व्यवस्था गरेको छ । तर, सन् २००९ मा एन १ एच १ फ्ल्यू फैलिएको समयमा दसौँ लाख एन ९५ मास्क र सर्जिकल मास्क वितरण गरिसकेपछि भण्डारमा सामान कहिल्यै भरिएन ।
संरा अमेरिकाका १ हजार १४० जना स्वास्थ्यकर्मीबीच मार्च २३ देखि २५ सम्म गरिएको एक सर्वेक्षणअनुसार झन्डै २० प्रतिशत उत्तरदाताले आफूसँग उच्च प्रभावकारी एन ९५ मास्क एउटा पनि नभएको बताए । झण्डै २८ प्रतिशत उत्तरदाताले धेरै चाँडै त्यस्ता स्वास्थ्य सामग्रीको अभाव हुने बताए । आधा जति उत्तरदाताले आफू काम गर्ने अस्पतालमा अनुहार छोप्ने मुखुन्डो (फेस सिल्ड) मनग्य नभएको बताए । झन्डै १३ प्रतिशतले आफ्नो अस्पतालमा त्यस्ता मुखुन्डो नै नभएको बताए । झण्डै एकतिहाई उत्तरदाताहरूले आफूसँग साधारण सर्जिकल मास्क पनि नभएको दुःखेसो पोखे । एकचौथाइ उत्तरदाताले हाते स्यानिटाइजर समेत सकिएको गुनासो पोखे ।
यस्तो परिस्थितिमा संरा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले मुख छोप्ने मास्क उत्पादन बढाउने रणनीति अघि सारेको थियो । सीडीसीले राम्रो खालको मुख छोप्ने मास्क नभए रुमाल र स्कार्फ भए पनि प्रयोग गर्न सर्वसाधारणलाई सल्लाह दिएको थियो ।
सामान्यतः सधैँ मनग्य चिकित्सा सामग्री हुने गरेको संरा अमेरिकालाई अहिलेको सुनामी जस्तो महाव्याधिले यस्तो विषम् अवस्थामा पु¥याउनु कुनै आश्चर्यक होइन । सन् १९९० को दशकको अन्त्यतिर स्थापना भएको रणनीतिक सामानको राष्ट्रिय भण्डारले आतङ्कवादी हमला, प्राकृतिक प्रकोप र महामारीको समयमा स्थानीय सरकारलाई आवश्यक सामान आपूर्ति गर्ने व्यवस्था गरेको छ । तर, सन् २००९ मा एन १ एच १ फ्ल्यू फैलिएको समयमा दसौँ लाख एन ९५ मास्क र सर्जिकल मास्क वितरण गरिसकेपछि भण्डारमा सामान कहिल्यै भरिएन ।
मार्च महिनाको सुरुसम्म भण्डारमा १३ लाख एन ९५ मास्क र ३० लाख सर्जिकल मास्क थियो । संरा अमेरिकामा सुरुमा नोबेल कोरोना भाइरस सङ्क्रमण फैलिएको क्यालिफोर्नियाले त्यतिबेला २० लाख एन ९५ मास्कको माग गरेको थियो ।
तर, यो अभावको लागि बजारको कथित ‘अदृश्य हात’ पनि जिम्मेवार छ । सरकारको कुनै मार्गनिर्देशनविना बजारलाई सबै कुरा निर्णय गर्न दिनु नै संरा अमेरिकी पुँजीवादको मूल आन्तर्य हो । त्यहाँका सबै अनुदारवादी दक्षिणपन्थीहरू सबै सरकार नै खराब र अक्षम भनी सोच्छन् ।
यो विचारले अमेरिकी धनी वर्गलाई फाइदा भएको छ । तर, सम्पूर्ण देश मानिसको जीवन रक्षा र भाइरसले तेर्साएको खतरा सामना गर्न लागिपरेको अहिलेको जस्तो सङ्कटको समयमा पनि सरकारको नेतृत्व र केन्द्रीय नियन्त्रणको अभाव ठूलो समस्या बनेको छ ।
मार्च १८ को दिन संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिरक्षा उत्पादन ऐन सक्रिय बनाउने कार्यकारिणी आदेशमा हस्ताक्षर गरे । त्यो ऐन सन् १९५० मा पारित गरिएको थियो । सो ऐनले सङ्कटकालीन समयमा निजी कम्पनीहरूलाई अत्यावश्यक वस्तु उत्पादन गराउन राष्ट्रपतिले आदेश दिन सक्ने उल्लेख छ । अत्यावश्यक सामग्री उत्पादन गर्ने यो कानुनी हतियार प्रयोग गर्दै ट्रम्पले मार्च २७ मा जनरल मोटर्सलाई भेन्टिलेटर उत्पादन गर्न आदेश दिँदा कानुनअनुसार नौ दिनभित्र उत्पादन थाल्नुपर्ने प्रावधान भने उल्लेख गरेनन् ।
मार्च २२ मा आयोजित पत्रकार भेटघाटमा ट्रम्पले आफूले त्यसो नगर्नुको कारण खुलाए । उनले भने, “मैले कार्यकारिणी आदेशपत्रमा हस्ताक्षर गरेको वास्तविकता तपाईँहरूसामु नै छ । तर, हामी व्यापार राष्ट्रियकरण गरिने देशमा छैनौँ भन्ने कुरा पनि तपाईँलाई थाहा छ । भेनेजुयलाबाट कोही एक जना व्यक्तिलाई व्यापार व्यवसाय राष्ट्रियकरण गर्दा के हुन्छ भनी सोध्नुस् त । अहँ राम्रो भएको छैन ।”
निःसन्देह अमेरिकी निजी क्षेत्र यस्तो समयमा निकै भरपर्दा छन् । न्यूयोर्क र देशभरिका लुगा कपडा उत्पादक तथा हेभी उद्योग कम्पनीहरूले बहुला माथि सारेर आफूले उत्पादन गर्दै आएका वस्तुको उत्पादन रोकेर देशलाई खाँचो परेका वस्तु उत्पादनमा तल्लीन भएर लागेका छन् । तर, स्वतन्त्र बजारको स्वाभाविक कमजोरीले यस्ता असल कामका प्रभावलाई निष्प्रभावी बनाउने गरेको छ ।
विचारधारालाई अरू सबै कुराभन्दा सर्वोपरि मान्ने मानसिकता अझै पनि संसारमा लोकप्रिय छ । यो मानसिकताले हामीलाई सबै व्यवस्थाका सकारात्मक पक्ष देख्न नसक्ने बनाइदिन्छ । सबै व्यवस्थाबाट सिक्न हामीलाई दुरुह बनाइदिएको हुन्छ । सामान्य अवस्थामा यसले वैचारिक कट्टरता स्वीकार्न सक्छ । तर, महाव्याधिको समयमा सरकार सक्रिय, सिर्जनात्मक र सशक्त हुनुपर्ने बेलामा यस्तो कट्टरता घातक हुनसक्छ ।
अमेरिकी स्थानीय सरकारले स्वतन्त्र बजारमा कुनै अत्यावश्यक सामान खरिद गर्न जाँदा उसले एकआपस वा केन्द्रीय सरकारविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । जसले वस्तुको मूल्य आकाशिन्छ र विक्रेता खुशी हुन्छ ।
न्युयोर्कका गर्भनर एन्ड्र् क्युमोले एउटालाई ८५ सेन्ट पर्ने एन ९५ मास्कको मूल्य हिजोआज ७ डलर परेको बताए । भेन्टिलेटरको मूल्य पहिले २० हजार अमेरिकी डलर थियो । अहिले त्यसको मूल्य ५० हजार डलर छ । यति महँगो मूल्य तिरेर पनि पाए भाग्यमानी मान्नुपर्ने अवस्था भएको उनले एक पत्रकार भेटघाटमा भने ।
विचारधारालाई अरू सबै कुराभन्दा सर्वोपरि मान्ने मानसिकता अझै पनि संसारमा लोकप्रिय छ । यो मानसिकताले हामीलाई सबै व्यवस्थाका सकारात्मक पक्ष देख्न नसक्ने बनाइदिन्छ । सबै व्यवस्थाबाट सिक्न हामीलाई दुरुह बनाइदिएको हुन्छ । सामान्य अवस्थामा यसले वैचारिक कट्टरता स्वीकार्न सक्छ । तर, महाव्याधिको समयमा सरकार सक्रिय, सिर्जनात्मक र सशक्त हुनुपर्ने बेलामा यस्तो कट्टरता घातक हुनसक्छ ।
वास्तवमा हामी जब निश्चित विचारधाराको चस्माले डामिएर कुनै पनि कुरा हेर्ने गर्छौँ, तब आकस्मिक अवस्थाको सामना गर्न देशका सबै आर्थिक र औद्योगिक स्रोतको परिचालन गर्नुपर्ने हुन्छ । अहिले धेरै देशको अवस्था यही छ । कुनै पनि आपत्कालमा जन्मिने नयाँ वास्तविकता यही हो ।
(लेखक न्युयोर्कका पत्रकार हुनुहुन्छ ।)
स्रोत ः ग्लोबल टाइम्स
नेपाली अनुवाद ः सुमन
Leave a Reply