ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
गोविन्दनाथ योगी, सुर्खेत
कोरोना भाइरसको सङ्क्रमणका कारण विश्व महामारीको अवस्थामा छ । नेपालसमेत हाल लकडाउनको अवस्थामा छ । सङ्क्रमित सङ्ख्या ६ बाट ९ पुगेसँगै नेपाल सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । त्यसैगरी लकडाउनको समयसमेत चरणबद्ध वृद्धि गर्दै अहिलेलाई २०७७ वैशाख ३ सम्म पु¥याइएको छ भने सो समय बढ्ने सम्भावना पनि छ । संसारमा डढेलो फैलिएझैँ फैलिएको कोरोना महामारी नियन्त्रणको अर्को कुनै भरपर्दो उपाय फेला नपरेको अवस्थामा लकडाउन नै एकमात्र नियन्त्रणको उपाय हो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत कोरोना सङ्क्रमणको उच्च जोखिममा छ । एकातर्फ भारतबाट लुकिछिपी आउनेबाट खतरा छ भने अर्कोतर्फ खुलेआम भारतबाट दैनिक तरकारी ढुवानीको क्रममा आइरहेका चालक र सहचालक तथा सहज अवस्थामा जस्तै सयौँको भीडभाड भइरहेको छ । मानौँ, कोरोना भाइरसबारे उनीहरूलाई कुनै जानकारी छैन । त्यहाँ राज्य संयन्त्र, जनप्रतिनिधि, बौद्धिक समुदायको खासै नजर पुगेको छैन । १÷२ हप्ता भारतीय तरकारी नखाई कोही मर्ने थिएन । सङ्क्रमणबाट बच्नु र बचाउनु महत्वपूर्ण कुरा हो । मलाई सूचना भएसम्म सुर्खेतको पश्चिममा दैलेखको गुराँस गाउँपालिका, पूर्वी सुर्खेत, सल्यान, दाङ, चितवन र धादिङलगायतका धेरै ठाउँका कृषकहरूको तरकारी बिक्री नहुँदा खेतबारीमै खेर गएको समाचार बारम्बार आइरहेका छन् ।
के नेपाली कृषकहरूको उत्पादनमा कोरोना भाइरस छ ? भारतीय तरकारीमा कोरोना नभएको प्रमाणित छ ? किन किसानहरू रोईकराइ गर्दा आवाज सुनिँदैन ? के यहाँ विपद्को बेला सरकार छैन ? कहाँ गए कृषिमन्त्री ? भारतीय तरकारीहरूको गाडी आउन बन्द गरी नेपाली कृषकको उत्पादन प्रचलित मूल्यमा बिक्री वितरणको व्यवस्था गर्दा नेपाली कृषकको उत्पादन बिक्री पनि हुने र भाइरस सङ्क्रमणको पनि खतरा नहुने । यो सङ्कटको बेलामा समेत नेपाली जनताको हितमा काम नगर्ने नेपाल सरकार के भारतीय एकाधिकार पुँजीको चङ्गुलमा उम्कनै नसक्ने गरी फसेको हो ? हरेक विपत्तिको समयमा नेपाली जनता पीडित छन् । यसपटक पनि व्यवहारले पुष्टि गर्दै छ ।
चैत १७ गते प्रदेश सरकारका कानुनमन्त्री नरेश भण्डारीले स्वास्थ्यकर्मीहरूको सल्लाहविना ३ वटा बसमा ठेलमठेल यात्रु कर्णालीतर्फ पठाएको समाचार सार्वजनिक भयो । चैत २४ गते मुगुबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेश सांसद दानसिंङ परियारले राज्यको स्रोतसाधन दुरूपयोग गरेर बाँकेको अगैयाबाट आफ्नी श्रीमतीलाई सुर्खेत ल्याएको विषयमा प्रतिक्रिया लिन खोज्दा सांसद परियारले नागरिक दैनिकका नगेन्द्र उपाध्यायलाई अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेकोमा नेपाल पत्रकार महासङ्घ शाखा सुर्खेतले उक्त घटनाप्रति खेद प्रकट ग¥यो ।
लकडाउन भएसँगै गरिब मजदुरहरू साँझबिहानको छाक कसरी टार्ने भन्ने चिन्तासँगै भोकभोकै बस्नुपर्ने बाध्यता छ । सरकारले वितरण गर्ने भनिएको राहतसमेत कोठा भाडामा बस्ने मजदुरहरूले पाएको अवस्था छैन । राहतको नाउमा केही सामान केही समुदायमा वितरण गरेर फोटो खिच्ने र समाचार व्यापक बनाउने व्यवहारमा व्यापक जनताको गुनासो छ ।
कतिपय अप्ठ्यारोमा परेका मजदुरहरू स्थानीय सरकारले खाद्यवस्तु राहत दिने खबर पाई नाम टिपाउन जाँदा बसाइसरार्इँको प्रमाणपत्र मागेको हुँदा रित्तै हात फर्कनुपरेको गुनासो छ । पीडित मजदुरहरू भन्छन् “अकस्मात् २०७६ चैत ११ गतेदेखि लकडाउन भयो । यो वैशाख ३ गतेसम्म लम्बियो । लामो समयसम्म घरमा जान पनि नपाउने र सामान्य राहत पाउन बसोबासको प्रमाणपत्र पेस गर्नुपर्ने भनेपछि कोरोनाबाट भन्दा पनि भोकभोकै मर्नुपर्ने अवस्था भयो ।”
Leave a Reply