संरा अमेरिकामा बन्दुक किन्ने अधिकार संविधानप्रदत्त छ, त्यसकारण त्यसमा रोक लगाउन पाइँदैन भन्नेहरू भन्दा बन्दुक किन्न पाउनुहुन्न भनी हात उठाउनेहरूको जनमत बलियो छ । बन्दुक खरिद गर्नसक्ने संवैधानिक अधिकारले सिर्जना गर्ने हत्याहिंसाको पीडा सन् २०१२ डिसेम्बर १४ मा भएको स्यान्डी हुक आधारभूत विद्यालय (Sandy Hook Elementary School-SHES) को नरसंहारमा आफ्ना साना विद्यार्थी नानीहरूको जीवन रक्षाका लागि बन्दुकधारीहरूबीच चट्टान बनी उभेर प्राण त्याग्ने शिक्षिका सोटोका पीडित परिवारजनलाई मात्र थाहा छ । हत्याकाण्डमा सोही विद्यालयका ६ वर्षे नानीलाई आफ्नो छात्तीमा टाँसी हत्याराले प्रहार गरेका सबै गोली आफ्नै पीँठ्यूले छेकेर फूलजस्तो कोमल साना विद्यार्थी नानीसँगै ज्यान गुमाउने निर्भिक शिक्षिका ऐनी मारीका अभिभावकसँग सोध्दा थाहा हुन्छ–विद्यालय प्राङ्गणमा हुने बन्दुक आतङ्कले दिने मानसिक जलन कस्तो हुन्छ ¤ संरा अमेरिकाका दुई ठूला राजनीतिक पार्टीहरूलाई ठुला पुँजीपति र बन्दुक उद्योगका मालिकहरूबाट आउने मोटो आर्थिक सहयोगसँग मात्र सरोकार छ र उद्योगपतिहरूलाई आफ्नै नाफासँग र स्वार्थ सँगमात्र । When money speaks, the truth is silent अर्थात् ‘जब पैसा बोल्छ, सत्य मौन बस्छ’ भन्ने रुसी भाषाको प्रचलित उखानले संरा अमेरिकाको वास्तविक अवस्थालाई चरितार्थ गर्छ, अनि त्यसको मूल्य निर्दाेषको ज्यान !

ओबामाको गोहीको आँसु
आफ्नो राष्ट्रपतीय कार्यकालमा SHES भएको नरसंहारको विषयलाई लिएर अघिका राष्ट्र प्रमुखहरूले जस्तै डेमोक्रेटिक पार्टीका नेता, पहिलो अश्वेत तथा ४४ औँ राष्ट्रपति बाराक ओबामाले मृतकका अभिभावकहरूझँै आफू पनि मर्माहत भएको भन्दै शोकविह्वल परिवारजनप्रति समवेदना व्यक्त गरे । उनले दुई थोपा बनावटी आँसु जीवन्त अभिनयसँगै थुप्रै सञ्चारकर्मीहरूले बोकिरहेका क्यामरासामु टप्काउँछन् । टेलिभिजन क्यामराका लेन्सहरूको फोकस त्यसैमा पर्छ । टेलिभिजनमा देखाइएका समवेदना र ईश्वरसँग गरेको प्रार्थनाका औपचारिक वाक्यांश र नक्कली आँसुको अर्थ कसले पो नबुझेको छ र ? के तलको तस्वीरले प्रस्ट्याउँदैन ?(हेर्नोस् ओबामाको तस्वीर)
नानाभाँतीका भावनात्मक शब्दहरू उनीबाट पोखिए । तर, बन्दुक उत्पादन गर्ने उद्योगमा रोक्न लगाउने सन्दर्भमा एक शब्द पनि उच्चारण गरेनन्, गोलाबारुद र हातहतियारका मालिकहरूलाई रिझाउन चपाइ चपाइ राष्ट्रको नाममा वक्तव्य दिने संरा अमेरिकी राष्ट्रपति जस्तोलाई पनि कति गा¥हो ! पुँजीवादी व्यवस्थामा कुनै पनि राष्ट्रप्रमुख काला होस् या गोरा, गरिब र अल्पसङ्ख्यकका लागि केही तात्विक भिन्नता हुँदैन किनभने यो व्यवस्थामा ‘सीसीभित्रको रक्सी’मा फेरबदल तबसम्म आउँदैन जबसम्म न्यायको पक्षमा हुने विरोध र सङ्घर्ष व्यापक बन्दैन । हाम्रै मुलुक नेपालको उदाहरण पर्याप्त छ । भारतीय विस्तारवादले जतिखेर नाकाबन्दी लगाई वा सिमाना मिच्दै नेपाल र नेपाली जनतालाई हेप्छ, दबाउन खोज्छ, तब हाम्रा हरेक रेडियो र टीभीमा केही दिन राष्ट्रिय गीत बजाइन्छ, हिन्दी चलचित्र र तिनका गीतहरू बहिष्कार गरिन्छ । तर, केही दिनपछि फेरि अश्लील गीत, छाडा नाच र हिन्दी गीतहरूलाई युवा जमातको मन मस्तिष्कमा नकारात्मक प्रभाव पार्न रेडियो र टीभीका काँचका पर्दाहरूमा अनावश्यक स्थान दिइन्छ । यसरी नेपाली युवाहरूमा देशभक्ति भावना कहिल्यै विकास हुँदैन ।
सेप्टेम्बर २४, १९९८ मार्गेट, फ्लोरिडामा बुबाविनाको आमाको कोखबाट
निकोलस जाकोब क्रुज (Nicoals Jacob Cruz) नाम गरेको एक बालकको जन्म हुन्छ । बच्चा जन्माउने आमाको मञ्जुरी दिई एक वकिलको साक्षी किनारमा त्यो नाबालकलाई उहीबेला लिन्डा र रोगर क्रुज जोडीले गोद लिएर धर्मपुत्र बनाउँछ । रोगरको यो दोस्रो विवाह हो भने लिन्डाको ढिलो लगनगाँठो हो । पहिलो श्रीमतीबाट चार जना सन्तान भए पनि पारपाचुकेपश्चात् रोगर आफ्नो दोस्रो धर्मपत्नीसँग सुखी जीवन बिताइरहेका हुन्छन् । एक वर्षपछि फेरि निकोलसको साखै आमा (biological mother) ले बुबा ठेगान नभएको अर्काे बच्चा पाउँछे, त्यसलाई पनि क्रुज दम्पतिले गोद लिन्छन् । यो दस वर्ष फरकको क्रुज जोडीले दुवै नाबालकलार्ई आफ्नो तरिकाले हुर्काउँदै जान्छन् । रोगर ६७ वर्षको उमेर छँदा सन् २००४ मा आफ्नो श्रीमती लिन्डा र दुवै धर्मपुत्रलाई छोडेर हृदयघातको कारण परमधाम हुन्छन् र आफ्नो जीवनसाथीको मृत्युपछि घरैमा बढी दिन बिताउन मनपराउने ६८ वर्षकी लिन्डालाई सन् २०१७, नोभेम्बरमा निमोनियासँगको हानथापमा सदाका लागि पराजित हुन्छिन् । १९ वर्षसम्म आफ्नो व्यक्तित्व विकासका लागि सम्पूर्ण जिम्मेवारीको गहुङ्गो भारी एक्लैले बोक्दै आएकी आमाको मृत्यु निकोलसलाई बज्रपात बन्छ । उनलाई आफूलाई टुहुरो भएको आभास हुन्छ । अनि उनी कहिले साथी र कहिले आफ्न्तहरूसँग बस्न थाल्छन् ।
निकोलस क्रुज संरा अमेरिकाको पार्कल्यान्ड, फ्लोरिडाको एक सुन्दर स्थानमा अवस्थित (Marjory Stoneman Douglas High School (MSDHS) का पूर्वविद्यार्थी हुन् । उनी Junior Reserve Officers’ Training Corps (JROTC) तालिमका एक सहभागी विद्यार्थी हुन् । (नेपालमा निरङ्कुश पञ्चायत शासन कालमा विद्यार्थीहरूलाई दिइने एनसीसीएनको तालिमजस्तै ।) केही दिनअघि विभिन्न कक्षाकोठाहरूमा स–साना नानीहरूका लागि सो विद्यालय हाताभित्र गोला बारुदको डरलाग्दो आवाज सुनिए ज्यान जोगाउन कसरी के गर्ने भन्ने एउटा क्रियाकलाप सिकाइएको हुन्छ । जसमा गोली पड्केको ठुलठुला आवाजहरू स्पिकरद्वारा बजाइन्छ र शिक्षकहरूसँगै विद्यार्थी नानीहरू बेन्चमुनि लुक्दै ज्यान जोगाउ व्यस्त हुन्छन् । जसलाई अङ्ग्रजीमा Fire Drill भनिन्छ । यो तालिमले बच्चाहरूलाई हिंसा भड्केको बेला स्थानान्तर गर्न सहज हुन्छ, भनिन्छ ।

बन्दुक आतङ्कको विरोधमा
अति विकसित भनिने मुलुकमा डर र भयलाई अङ्गाली विद्यालय जानुपर्ने विचरा बालबालिकाहरूको यो कहालीलाग्दो दुर्दशालाई वैज्ञानिक शिक्षा भन्न मिल्छ ? कहिले खुला आकाशमा त कहिले शान्त र रमाइलो कक्षा कोठामा आफ्ना शिक्षिकाहरूसँग रमाउँदै खेलेर सिक्ने (learning by playing) कलिलो उमेरमा प्रत्येक दिन आमाको न्यानो अङ्गालोबाट विछोड्दै त्रास बोकी विद्यालय जानुपर्ने बाध्यतालाई सर्वमान्य बालमनोविज्ञानको सिद्धान्तले निको मान्छ ? नेपाल गरिब मुलुक भए पनि कमसेकम हाम्रा नानीहरूलाई त्यस्तो व्यथा त छैन । जतिसुकै ‘अमेरिका प्रथम’ (America is the first) भनी खोके पनि शैक्षिक क्षेत्रजस्तो पवित्र स्थानलाई कुनै पनि प्रकारको हिंसाबाट मुक्त गर्न नसकेसम्म ती निर्दाेष दिवङ्गत मृत्तकहरूले पुँजीपति वर्गको ‘सञ्चालक समिति’ संरा अमेरिकी सरकारलाई सरापिरहने छन्, क्षमा दिनेछैन ।
फेब्रुअरी १४, सन् २०१८ को Marjory Stoneman Douglas High School लागि पीडादायक दिन थियो । विद्यालयको नियमित शैक्षिक क्रियाकलाप सकिने केही छिनअगावै निकोलस सरकारी अनुमति प्राप्तAR-15 को अर्ध स्वचालित राइफल, पिँठ्यूमा झुन्डाउने झोलाभित्र केही माग्याजिन बोकेर दिउँसो अन्दाजी २ः२० बजेतिर विद्यालय प्रवेश गरे । त्यस्तो डरलाग्दो र हिंस्रक अवस्थामा देखिएका व्यक्तिलाई विद्यालय प्राङ्गणमा निषेध गर्न नसक्नु एउटा ठुलो भूल थियो । विद्युतीय साधनमार्फत एकजना कर्मचारीले आफ्ना अन्य सहपाठीहरूलाई सम्भावित प्रलयको सूचना दिए । निकोलस ३० कोठा भएको १२ नं. को तीनतले भवनभित्र छिरे जहाँ ९ सय विद्यार्थी र ३० जना शिक्षकहरू आ–आफ्नो कक्षामा व्यस्त थिए । कक्षा कोठाभित्र जानुअगावै निकोलसले बन्दुक पड्काउन थाले । चारवटा कक्षाभित्र पसी उनले ती सबै जनालाई बन्दुकको निसाना बनाए र प्रहार गरे । एघार जना व्यक्तिहरूले ठाउँको ठाउँ प्राण त्यागे । केही कर्मचारीहरूलाई यो वास्तविक घटना पनि विद्यालयमा बेलाबखत भइरहने Fire Drill को पूर्वाभ्यासझैं लागिरहेको थियो । अर्काे कर्मचारीलाई अप्रिय घटनाको सङ्केत पक्कापक्की भएपछि विद्युतीय आन्तरिक सञ्चार पद्धतिमार्फत सम्बन्धित सबैलाई सूचना प्रवाह गरे र बाहिरबाट कोही भित्र आउन र भित्रबाट कोही बाहिर जान नसक्ने गरी आन्तरिक बन्दाबन्दी (Code red lockdown) छिनमै लागू गरे । तर, यति हुदाँहुँदै पनि सधैँजसो शैक्षिक संस्थाको सुरक्षाको लागि भनेर स्थानीय सरकारले नै खटाएका विद्यालय सशस्त्र अनुसन्धान अधिकृत घटनास्थलमा नगई बाहिर बसिरहे । यो उनको पूर्णतया गैरजिम्मेवारीको पराकाष्ट थियो ।
निकोलस फेरि दोस्रो तलामा रहेका अरू दुईबाट कक्षाकोठाभित्र पसे र जथाभावी गोली प्रहार गरे । तर, भाग्यवश कसैको पनि हत्ताहत भएन । तेस्रो तलाको कक्षाकोठाबाट निस्केर ज्यान जोगाउन सुरक्षित ठाउँको खोजीमा त्रासले रात्तोपिरो हुँदै आत्तिएर आइरहेका छ जना विद्यार्थीहरूसँग राक्षसी आत्मा भएका निकोलसको अचानक जम्काभेट भयो । तिनीहरूको उनले निर्ममतापूर्वक हत्या गरे । यसरी बन्दुकधारी निकोलस क्रूजले आफ्नै विद्यालयका कर्मचारी, शिक्षक र साथीहरू गरी १७ जनाको नरसंहार गरी अक्षम्य अपराध गरे । उनको गोली प्रहारले १७ जना नराम्रोसँग घाइते भए । यतिले पनि उनको अशान्त मन भरिएन, बाहिरतिर हेर्दै झ्यालबाट जथाभावी बाहिर गोली प्रहार गरे । १२ नं. को विद्यालय भवनमा यो बन्दुक आतङ्क ६ मिनेटसम्म चलिरह्यो । एक्कासि राइफलमा प्राविधिक गडबडी आउँछ र पुनः उक्त अर्ध स्वचालित हतियारलाई चलायमान बनाउन निकोलसले व्च्इत्ऋ र क्अजयय िच्षभि त्भबm तालिमको बेला सिकेको ज्ञानले उनलाई नसघाएपछि आफ्नो हतियार त्यही छोडी भागदौड गरिरहेका विद्यार्थीहरूबीच लुकेर विद्यालय प्राङ्गणबाट बाहिरिन सफल भए । आँत्तिएर भौतारिरहेका निकोलस एउटा सपिङ सेन्टरतिर पसे जहाँ उनले सोडा पिए । त्यहाँबाट फेरि फास्टफूड रेष्टुरेन्टमा पसे । आफ्नै पापले भित्रभित्रै भतभती पोलेर अशान्त निकोलस मानसिक शान्ति पाउन MSDHS बाट ३ किमि टाढा प्राकृतिक सौन्दर्यको छटाले भरिपूर्ण फोरिडाको विभिन्न साना ठुला ५ वटा तालहरूको एउटा ताल विनडाम लेक्स्मा केही क्षण आराम गर्न नपाउँदै विना कुनै मुठभेड प्रहरीले पक्राउ गरी निकोलस क्रुजलाई हत्कडी लगाए ।

MSDHS को गोली काण्डमा ज्यान गुमाएका शिक्षक तथा विद्यार्थीहरू
अदालतमा निकोलस क्रुजलाई पीडितहरूको पक्षबाट पैरवी गर्ने वकिलहरूले मृत्युदण्डको माग गरे । उनले आफू दोषी नभएको, १७ जनाको हत्याको अपराध स्वीकारी इमानदारीपूर्वक सम्मानित अदालतको आदर गरेको र उमेरको हिसाबले १९ वर्षको व्यक्तिविरुद्ध ज्यानसजाय कानुनको विपरीत हुने भएकोले निश्चित वर्षको कैदमात्र मनासिब हुने जिकिर निकोलस क्रूजको तर्फबाट वहस गर्ने कानुन व्यवसायीहरूले तर्क प्रस्तुत गरे । अदालतको अन्तिम फैसला मुताबिक आउँदा दिनहरूमा कुनै पनि प्रकारको क्षमादानको कानुनी प्रक्रिया यस हत्याकाण्डको हकमा आकर्षक नहुने गरी ३४ वर्षको जेल सजाय सुनाइयो ।
Leave a Reply