भर्खरै :

एउटामात्र मुलुकले कोभिड–१९ को लडाइँमा जिते पनि सम्पूर्ण मानव जातिलाई बचाउन सक्दैन 

– झाङयु (वर्षा)
विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीबाट छिमेकी देश चीन र नेपाल पनि प्रभावित छ । सन् २०१९ को डिसेम्बर महिनामा चीनको हुपे प्रान्तको उहान सहरबाट फैलिएका ठानिएको यो भाइरसबाट सङ्क्रमितको सङ्ख्या नेपालमा पनि दिनानुदिन बढिरहेको छ । यस्तो परिस्थितिमा नेपाली जनताको दुःख सुखको मित्र देश चीनले महामारी रोकथाम र नियन्त्रणको लागि लगातार नेपाललाई सहयोग गर्दै आएको छ । चीनले म हामारी नियन्त्रणको क्रममा हासिल गरेको अनुभव यतिबेला नेपालको लागि पनि उपयोगी बन्दैछ । यही सेरोफेरोमा मजदुर दैनिकका प्रतिनिधि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोसँग सम्बद्ध रहेर लामो समयदेखि नेपालमा रहेर पत्रकारिता गर्दै आउनुभएका चिनियाँ मिडिया ग्रुप नेपाली सेवाका प्रमुख लागि सीआरआई नेपाली सेवाका झाङयु (वर्षा) सँग लिएको अन्तर्वार्ता प्रस्तुत छः
जनगणतन्त्र चीनले कोभिड–१९ महामारीको सफलतापूर्वक नियन्त्रण गरेको छ । तथापि संसार अझै पनि यो प्राणघातक महामारीबाट मुक्त भने भइसकेको छैन । अहिले जनगणतन्त्र चीनको अवस्था कस्तो छ ?
चीनले झन्डै तीन महिनाको प्रयास गरेर कोभिड–१९ को लडाइँमा चरणबद्ध सफलता प्राप्त गरेको थियो । सबैभन्दा पहिले कोरोना भाइरससँग लडिरहेका चीनको उहान सहरका सबै बासिन्दाहरूलाई हाल पीसीआरबाट परीक्षण गरियो । यसमा एक जना पनि सङ्क्रमित भएको देखिएको छैन । उहानलगायत चीनका विभिन्न ठाउँका मानिसहरूको जीवन सामान्य हुँदै आएको छ । कलकारखाना, पसल र स्कूलहरू क्रमशः खोलेका छन् ।
जनगणतन्त्र चीनले छोटो अवधिमै कोभिड–१९ महामारीको सफलतापूर्वक नियन्त्रण गर्नसकेकोमा सम्पूर्ण विश्व चकित परेको छ । चीनले महामारी नियन्त्रणमा यो सफलता कसरी हासिल ग¥यो ?
चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारका नेताहरूले आफैँ उहानमा पुगेर कोभिड–१९ सित लड्न निर्देशन गर्नुभएको छ । चीनले जनताको ज्यानलाई सबैभन्दा महत्वपूर्ण स्थानमा राखेको छ । चिनियाँ जनताले पनि आफ्नो सरकारको समर्थन गरी एकत्रित भएर काम गरे । यसले चीनमा चाँडै राम्रो नतिजा देखाएको छ ।
नेपालमा पनि दिनानुदिन कोभिड–१९ भाइरसका सङ्क्रमितको सङ्ख्या फैलिरहेको छ । यस्तो परिस्थितिमा छिमेकी मित्र देश चीन र चिनियाँ जनताबाट नेपाल र नेपाली जनतालाई के कस्तो मद्दत भइरहेको छ ?
चीनले आफ्नो छिमेकी देश नेपालको समृद्धि र नेपालीहरूको सु–स्वास्थ्य तथा सुरक्षामा ठुलो महत्व दिएको छ । चीनका राष्ट्राध्यक्ष र नेपालका राष्ट्रपतिबीच टेलिफोनमा कुराकानी भएको थियो । चीनका विभिन्न तहका सरकार, सेना, मैत्रीपूर्ण सङ्गठन र सामान्य चिनियाँहरूले नेपाल सरकार र नेपालीहरूलाई चिकित्सा सामग्री प्रदान गरेका छन् । दुवै पक्षबीच धेरै चोटि अनलाइन बैठकमार्फत अनुभव आदान–प्रदान भएको छ ।
चीनले नेपाललगायत संसारका अधिकांश कोभिड–१९ पीडित देशलाई आफ्नो क्षमताले भ्याएसम्मको सहयोग गरेको देखियो । आफँै कोरोनाको महामारीबाट समस्यामा परेको बेला चीनले किन अन्तर्राष्ट्रिय सहायता दिन हात बढायो ?
चीनले संसारभर एउटै भाग्यको समुदाय रहने धारणा प्रस्तुत गरेको छ । अहिलेको युगमा कुनै एउटामात्र मुलुकले कोभिड–१९ को लडाइँमा जिते पनि सम्पूर्ण मानव जातिलाई बचाउन सक्दैन । सबै मुलुक, सबै जाति, सबै लिङ्गका मानिसहरू एकजुट भएमात्र यसमा पूर्ण सफलता प्राप्त गर्नसक्छ । चीन अहिले विश्वको सबैभन्दा ठूलो विकासोन्मुख मुलुक हो । चीनले अन्तर्राष्ट्रिय समाजमा आफ्नो कर्तव्य पालना गर्ने प्रयास गरिरहेको छ ।
चीनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा हासिल गरेको सफलताको अनुभवलाई आधार मानेर नेपाली जनतालाई अहिलेको अवस्थामा के कस्ता सुझाव दिन चाहनुहुन्छ ?
मैले काठमाडौँमा बसेर नेपाल सरकारको स्टे होमलगायतका कदमहरू पालना गरिरहेकी छु । खोप नपाइञ्जेलसम्म स्टे होम अर्थात् बन्दाबन्दी एउटामात्रै राम्रो उपाय होला । नेपाल सरकारले स्वास्थ्य परीक्षण गरिरहेको छ । उपचारमा ३०० भन्दा बढी सङ्क्रमित रोगीहरू निको भएका छन् । तर, हाल सङ्क्रमित सङ्ख्या बढ्दै गएको देखिन्छ । यस्तो अवस्थामा झन् बढी परीक्षण गर्नुपर्छ । अस्थायी अस्पतालको स्थापना गर्ने आवश्यकता पनि छ ।
कोरोना भाइरसको महामारीपछि विश्व व्यवस्थामा के–कस्ता परिवर्तन आउन सक्ने तपाईको विश्लेषण छ ?
कोभिड–१९ ले सारा विश्वको आर्थिक विकासमा असर पु¥याएको छ । यो महामारीपछि विभिन्न देशहरूले आन्तरिक खाँचो बढाउनुपर्ला । अन्तर्राष्ट्रिय व्यापार बढ्ने गति पहिलेभन्दा ढिलो हुनेछ । धेरै नेपालीहरू विदेशमा रोजगार गर्ने पनि कम हुने देखिन्छ । नेपालीले देशभित्रको पर्यटन र कृषि आदि क्षेत्रमा अझ बढी महत्व दिनेछन् ।
अन्त्यमा थप भन्नुपर्ने केही कुरा छन् कि ?
म नेपालमै नेपालीसँग यस महामारीलाई जित्न अडिरहेकी छु । हामीले सफलता प्राप्त गर्नको लागि प्रयास गरौँ । आफू बचौँ र अरूलाई पनि बचाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *