भर्खरै :

कोभिड सङ्क्रमितको शल्यक्रिया गरिएको मध्यपुर अस्पतालका चिकित्सक क्वारेन्टिनमा

भक्तपुर, २४ जेठ । शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएकी भक्तपुरकी भनिएकी महिलाको सुत्केरीको शल्यक्रिया गरिएको मध्यपुर अस्पतालले शनिबार एक वक्तव्य जारी गरेको छ । जारी वक्तव्यमा सङ्क्रमित महिलाको प्रत्यक्ष सम्पर्कमा आएका ६ जना चिकित्सक, १२ जना नर्सिङ्ग स्टाफ, ११ जना हेल्पर र १ जना ल्याब स्टाफलाई क्वारेन्टिनमा राखिएको बताएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. रविना प्रधानाङ्गले जारी गरेको वक्तव्यमा भनिएको छ,“दोलखा स्थायी घर भई हाल भक्तपुर कमलबिनायकमा डेरा गरी बस्ने वर्ष ३० की गर्भवती महिला जेठ २१ गते अस्पतालमा भर्ना भई सोही दिन अपरेशन गरिएको थियो । अपरेशन गर्न अगाडि गरिएको पीसीआर टेस्टको रिपोर्ट जेठ २४ गते शनिबार पोजेटिभ भनी जानकारी भएको हुनाले मध्यपुरा थिमि नगरपालिका, महानगरीय प्रहरी वृत्त, मध्यपुर थिमि तथा सीसीएमसीको टोलीसँग बैठक बसी प्राथमिक सम्पर्क खोजी भइसकेको पनि जानकारी गराउन चाहन्छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *