नेपालभाषा साहित्य तःमुंज्याको ऐतिहासिक कदम !
- कार्तिक ७, २०८३
बिहान उपभोक्ता समितिको बैठक भएकोले खाना खाएर कार्यालय पुग्दा एक घन्टाजति ढिलो भयो । मुख्य ढोकाबाट कार्यालय छिर्दै गर्दा बैठक कक्षबाट चर्को स्वर आइरहेको सुनेँ । कार्यकक्षमा पुगेर वडा सचिवलाई डाकेँ ।
“सचिवज्यू, माथि त चर्काचर्की छ, के विषयमा हो हँ ?”
वडा सचिवले नमस्कार गर्दै जवाफ फर्काए, “बकसपत्रको विषयमा हो सर । कार्यालयमा हल्ला गर्नुहुन्न भन्दा एकछिन मधुरो बोल्छन्, एकैछिनमा फेरि चर्को आवाज भइहाल्छ । ८० वर्ष नाघेका ज्येष्ठ नागरिकहरू रोइरहेका छन्, ३० वर्ष पनि नकटेको नाति चाहिँ कानुनको हवाला दिएर चर्काचर्की गरिरहेको छ, दुई भाइ छोराहरू केही बोल्न सकिरहेका छैनन् । के गर्ने सर ?”
वडा सचिवसँग थप बुभ्mने प्रयास गरेँ । अन्य वडा सदस्यहरूलाई टेलिफोनबाट विवादको विषयमा जानकारी गराई बैठकमा सँगै बस्न आग्रह गरेँ । वडा सदस्यहरू उमेर र अनुभव दुवैमा आफूभन्दा पाको भएकोले उहाँहरूको उपस्थितिमा घर झगडा मिलाउन मलाई सजिलो हुने गर्छ । मेरो आग्रहमा उहाँहरू तीनैजना तुरुन्तै कार्यालय पुग्नुभयो । समस्या समाधानको सम्भावित उपायको विषयमा उहाँहरूसँग छलफल गरेपछि हामी चारै जना बैठक कक्षमा गयौँ ।
भ¥याङबाट उक्लँदै गर्दा मैले देखेको थिएँ, एकजना केटा दुई ज्येष्ठ नागरिकलाई चोर औँला देखाउँदै चर्को स्वरमा धम्कीपूर्ण कुरा गर्दै थियो । उहाँहरूको गहभरि आँसु पनि देखेँ ।
“नमस्ते है सबैलाई !”
हामीलाई देख्नेबित्तिकै दुई ज्येष्ठ नागरिकको अनुहार उज्यालो भएको महसुुस गरेँ, अब समस्या समाधान हुन्छ भन्ने आशा र विश्वासले पनि हुनुपर्छ । दुवैजना दुई हात जोडेर नमस्कार गर्दै हामीसँग नजिकिएर बस्नुभयोे । दुई भाइ छोराहरू हामीलाई देखेर मुसुक्क हाँसे मात्रै । नाति भने प्रतिक्रियाविहीन भई बस्यो । अनुहारमा रिस र घमण्डी भाव प्रस्टै देखिन्थ्यो । हामीलाई चिनेनन् कि भन्ने लागेर हामीले आफ्नो परिचय पनि दियौँ तर उसलाई हाम्रो उपस्थितिको कुनै मतलब थिएन । ऊ हामी आउनुअघिकै मुद्रामा बुढाबुढीप्रति आक्रामक भई कराउन खोज्यो । परिस्थितिलाई सामान्य बनाउनु पहिलो कर्तव्य ठानेँ ।
“हेर्नुस्, यो वडा कार्यालय हो । जनताको सबैभन्दा नजिकको सरकार हो । वडावासीहरू यहाँ आउँछन्, आप्mनो पीडा र समस्या पोख्न । यो कार्यालयले सबैका कुरा सुन्छ र समाधान गर्छ भन्ने ठूलो विश्वास हुन्छ । तपाईँहरूजस्तै तल थुप्रै वडावासीहरू आउनुभएको छ ।”
मैले यति भन्दासमेत नाति चाहिँ प्रतिक्रियाशून्य भई बस्दा अचम्म लाग्यो । मैले उसलाई चकटीमा राम्ररी बस्न आग्रह गरेँ । ऊ फेरि पनि रिसमै बोल्न खोज्दै थियो, मैले रोकेँ । सबैजनालाई चिया खुवाउन कार्यालय सहयोगीलाई आग्रह गर्दै बकसपत्र पढ्न थालेँ । केही समय सबैजना मौन बसे ।
ज्येष्ठ वडा सदस्यले मौनता भङ्ग गर्दै भन्नुभयो, “म यो वडामा पञ्चायत कालदेखि नै जनप्रतिनिधि भएको मान्छे हुँ । अधिकांश वडावासीको विषयमा मलाई धेरैथोरै जानकारी छ । अधिकांशको सम्पत्ति विवाद छ । जनप्रतिनिधिहरूको रोहवरमा स्थानीय अगुवाहरू समेत बसेर छलफल गर्दा धेरैजसो सम्पत्ति विवाद हल भएका छन् । त्यसैले तपार्इँहरूको पनि समस्या समाधान हुने विश्वास छ । सबैले पालैपालो बोलौँ, चर्को स्वरमा बोल्दैमा सही हुन्छ भन्ने पनि होइन । सबैभन्दा पहिला पाको मान्छेको कुरा सुनौँ है !”
बुढाबुढीले एक आपसमा अनुहार हेर्न थाले । बायाँ हातले आँसु पुछ्दै बुढो मान्छेले आप्mनो कथा सुनाउनुभयो, “दुई छोराहरूलाई सानोमा अनेक कष्ट गरी हुर्कायौँ । खानलाउन अहिलेजस्तै कहाँ सजिलो थियो र ? मादल पार्टीका नेता तथा टोलका अगुवाहरू हाम्रो खेतमा आएर जग्गाधनीसँग नलडिदिएको भए हाम्रो नाउँमा एक टुक्रा पनि जग्गा जमिन हुँदैनथ्यो । मैले छोराहरूलाई धेरै पढाउन त सकिनँ । ठूलो छोराले ४ कक्षासम्म पढ्यो क्यारे, सानो छोराले एसएलसी पास ग¥यो । दुवैका सन्तानहरू अहिले हुर्कँदै छन् । यो नातिलाई वकिल बनाउनुपर्छ भनी ठूलो छोराले भनेपछि एक टुक्रा जग्गा बेच्यौँ । सानोको छोरा विदेशमा डाक्टरी पढ्छु भनेकोले अर्को टुक्रा जग्गा पनि बेच्यौँ । छोरा नातिको भविष्य बन्ने भयो भनेर खुशी बनेका थियौँ । तर, अहिले आफैँ घरवारविहीन हुन लाग्यौँ । हामीलाई न्याय दिनुप¥यो हजुर !”
“हजुरआमा, अब तपाइँ बोल्नुस् !” बुढीआमातिर फर्किएर अनुरोध गरेँ ।
उहाँलाई नेपाली भाषा बोल्न आउँदो रहेनछ । दुई हात जोड्दै उहाँले नेपालभाषामा बोल्नुभयो, “काय्पिन्ता यक्व विश्वास यङ बुरां ध ध थाय् सही तल, अ जिमिता फल्चाबास याय् तान बाबू !” (छोराहरूको विश्वासमा बुढोले भटाभट कागजमा सही गरे, अहिले हामीलाई पाटी बास गर्न खोजियो बाबू !)
मैले ठूलो छोरोलाई बोल्न आग्रह गर्दा नाति चाहीँले बोल्न खोज्यो । “बाबू, पहिला बुबालाई बोल्न देऊ, तिमीलाई पनि पालो दिन्छु है !”, मैले भनेँ ।
“मेरो बुबालाई बोल्नै आउँदैन, त्यसैले मैले बोल्न खोजेको । उहाँलाई नेपाली भाषा राम्ररी बोल्न आउँदैन, कानुनको विषयमा त उहाँलाई पटक्कै थाहा छैन ।”
“जति थाहा छ, त्यति बोलोस् न त ¤ ठूलो मान्छेदेखि क्रमशः बोल्ने पालो दिन्छु ।”
“कहाँ हुन्छ ? उहाँको सट्टा म बोल्छु । मैले नेपालको संविधान र देवानी संहिता दुवै साथमा ल्याएको छु ।”
“यो अदालत होइन नि बाबू, कानुन पल्टाउनलाई । व्यावहारिक कुरा गरौँ, समाजलाई पच्ने कुरा गरौँ !”
मेरो जोडबलले जेठो छोरोले एक वाक्य मात्र बोल्यो, “मलाई बोल्न आउँदैन सर, सबै कुरा मेरो छोराले भन्छ ।”
“वडा कार्यालयमा तपार्इँले यति मात्र बोलेर कहाँ हुन्छ, अरू थप कुरा राख्नुस् !”
“होइन, मलाई बोल्नै आउँदैन ।”
“देख्नुभयो, उहाँलाई केही पनि बोल्न आउँदैन । मैले भनेकै थिएँ नि !”
मैले फेरि कर गरिनँ । कान्छो छोरोलाई बोल्ने पालो दिएँ ।
“नमस्ते सर ! हामी दाजुभाइ भिन्न बसेको ५ वर्ष भयो तर कानुनी अंशबन्डा भएको छैन । बुबाआमा मसँगै बस्नुहुन्छ । पुख्र्यौली घरमा दाइको परिवार बस्छ, हामी मेरी श्रीमतीको नाउँमा किनेको जग्गामा घर बनाएर बसिरहेका छौँ । दाइले बुबालाई खुसखुस गरेर सबै पैत्रिक सम्पत्ति ‘हालैदेखिको बकसपत्र’ गरेर लिनुभएको हामीलाई थाहा छैन । बुबाले न आमासँग सल्लाह गर्नुभयो, न त हामीलाई नै केही भन्नुभयो । अहिले मात्र यो कागज देखेँ । बाउ–बाजेदेखिको पैत्रिक सम्पत्ति दाइले एक्लै खान खोज्नुभयो । पुख्र्यौली सम्पत्तिमा मेरो अधिकार हुँदैन र सर ?”
मैले बोल्न अनुमति मात्र के दिएको थिएँ, नाति चाहीँले आप्mनो पारा देखाइहाल्यो, “म भर्खरै कानुनमा एलएलबी पास गरेको वकिल हुँ । मैले वकालत परीक्षा पनि पास गरेर लाइसेन्स लिइसकेँ ।”
उमेरले ३० नाघेको छैन होला । जमानाअनुसार झुसे दा¥ही पालेको छ । बायाँ हातले ‘स्टाइलिस’ चस्मा मिलाउँदै हातमा संविधान बोकेर बोल्न थाल्यो । उसले कसैप्रति सम्मान प्रकट गर्ने सामान्य औपचारिकता पूरा गर्न समेत नचाहेको बुझ्न गा¥हो थिएन ।
“वडाध्यक्षज्यू, हामीले बुढोलाई राम्ररी सम्झाएर नै बकसपत्रमा सही गर्न लगाएका हौँ । उहाँले राजीखुशीले नै हामीलाई बकसपत्र दिनुभएको हो । हालैदेखिको बकसपत्र दिएपछि त्यो सम्पत्ति हामीले कसैलाई बाँड्नुपर्छ भनी कानुनले भन्दैन । सबै सम्पत्ति हाम्रो भएपछि अरूलाई किन टाउको दुखाइ ?”
“होइन वडाध्यक्ष बाबू । मलाई त सही गर भन्यो । जेठो छोरालाई धेरै विश्वास गर्छु, त्यसैले उसले भनेको ठाउँमा सही गरेँ । सही गर्दा कागज पढेर पनि सुनाएको थिएन । आफ्नै छोराले यस्तो गर्ला भनी सोचेको पनि थिइन बाबू !”
“कहाँ हो बुढा ? मैले सबै कुरा भनेको होइन ?” नाति चाहिँले हजुरबुवालाई थर्काउन खोज्यो ।
“यो कार्यालय हो बाबू । संयमित र अनुशासित भएर बोल । तिमीले पढेको कानुनका केही पाना हामीले पनि त पढेका हौँला नि ! फेरि समाज कानुनले मात्र चल्दैन । सामाजिक र व्यावहारिक पक्ष पनि त हेर्नुपर्छ ।”
“कानुनका ठेलीहरू कण्ठ गरेर उत्कृष्ट डिभिजनमा पास गरेको वकिल हुँ म वडाध्यक्ष ज्यू ¤ तपाईँजस्तो राजनीति गर्ने, चुनावमा जितेर आएको मान्छे होइन म । फोहरी राजनीति गर्नेले त कानुनलाई आप्mनोअनुकूल बङ्ग्याइहाल्छ नि !”
केटाको घमण्डको कडा प्रतिवाद गरुँ जस्तो लागेको थियो । मुखभरि जवाफ नआएको त होइन तर सामाजिक पदमा बसेपछि संयम आवश्यक हुँदो रहेछ!
“पदको मान राख्न सिक बाबू ! जथाभावी नबोल । तिमी त भर्खरै स्नातक पास गरेको मान्छे, उहाँले त स्नातकोत्तर पास गरिसकेर पनि कलेजमा पढाउन थाल्नुभयो ।” महिला सदस्यलाई असह्य भएछ क्यारे, “कालो कोट लगाउनेको मन पनि कालो हुन्छ भन्ने गरिन्छ । अन्यायमा परेका व्यक्तिको सेवाको लागि पनि कानुन पढिन्छ भनेर देखाउनुपर्ने मान्छेले उल्टो व्यवहार गर्न सुहाउँछ ?”
केटाको घमण्ड अभैm तल झरेको थिएन, “कानुनलाई नमान्ने भए यहाँ के कुरा गराइ भयो र ? अब अदालत जाऔँ बुबा ! अदालतले जे फैसला गर्छ, त्यही हुन्छ ।”
अर्का वडा सदस्यले केटोलाई सम्झाउने प्रयास गर्नुभयो, “तिमीले किताब पढ्यौ तर समाज पढेनौ बाबू ¤ तिम्रै कानुनको पछि मात्र लागेको भए, तिम्रो हजुरबुवाले पुर्खौँदेखि कमाइआएको जग्गाबाट वञ्चित हुनुपथ्र्यो । यो सम्पत्ति तिमीहरूको हुन्थेन । त्यतिबेला हाम्रा अग्रजहरूले कानुनी तथा गैरकानुनी सङ्घर्ष नगरेको भए, तिम्रो हजुरबुवाको नाउँमा मोहियानी हक कायम हुन्थ्यो ? सोध त हजुरबुवासँग ¤”
बाजेले विगत सम्झँदै बिस्तारै भन्नुभयो, “हो बाबू । त्यतिबेला जग्गा मात्र हामीले गथ्र्यौँ, जग्गाको पूर्जामा हाम्रो नाम थिएन । हामीले खाइनखाइ परिश्रम गरेर फलाएको अन्न साहुलाई बाली तिर्दैमा सकिन्थ्यो तर बाली बुझाउँदा भर्पाइ दिइँदैनथ्यो । साहुसँग भर्पाइ माग्यो भने अर्को वर्ष खेतमा अर्कै किसानलाई कमाउन दिइन्थ्यो । त्यस्तो बेला गोसाई दाइ, दुवाल दाइ, न्याइच्याइ दाइ लगायतका किसान साथीहरूले साहुसँग झगडा गरेर बाली बुझाएको भर्पाइ ल्याउनुहुन्थ्यो, खेतमा बाली काट्दा साहुले पुलिस ल्याएर हामीलाई कुट्थ्यो । उहाँहरू सबैजना आएर बाली काटिदिनुहुन्थ्यो, पुलिससँग खेतमै लड्नुहुन्थ्यो । त्यतिबेला उहाँहरूले गुण नलगाउनुभएको भए यो सम्पत्ति कहाँ हुन्थ्यो र ? अनि कहाँबाट छोरा नातिहरूलाई पढाउन सकिन्थ्यो र ?”
“अहिलेको पुस्ताले उहिलेको दुःख बुझेन बाबू ! उनीहरूलाई पैसा भए पुग्छ, सम्पत्तिको लागि आप्mनो बुवा र बाजे पनि भन्दैनन् बाबू ।” बाजे पुर्पुरोमा हात राखेर रुन थाल्नुभयो ।
सम्झाउने पालो मेरो आयो, “तिमीले एलएलबी त ग¥यौ बाबू ¤ धेरै राम्रो पढ्यौ । तर, आप्mनै इतिहास भुल्दै छौ । इतिहास भुल्ने र धरातल बिर्सने मान्छे क्षणिकरूपमा माथि चढे पनि उसको दुःखद अन्त्य हुन्छ । राजनीति सेवाभावले गरिन्छ, लुट्न र पैसा कमाउन होइन । राजनीति गर्नेहरू सबैजना अनपढ हुन्छन् भन्ने पनि होइन । उतिबेला हाम्रा अग्रजहरूले गरिब किसानको पक्षमा राजनीति नगरेको भए तिम्रो हाम्रो सम्पत्ति जोगिन्नथ्यो होला र हामीले यति पढ्न पाउँदैनथ्यौँ होला ।”
केटा मेरो कुरा सुन्ने पक्षमा पटक्कै थिएन । मैले कडा बोल्नै प¥यो, “हेर बाबू, धेरै घमण्ड नगर ! तिमीले पढेकै कानुनलाई टेकेर मैले यो बकसपत्र पढेँ । हालैदेखिको बकसपत्र गराएकोले तिमीले फूर्ति गरेका हौ । तर, तिमीले यो बकसपत्रमा हजुरबुबालाई सही गराउँदा उहाँको उमेर ८० नाघिसकेको थियो । ज्येष्ठ नागरिकलाई सही गराउँदा संरक्षक चाहिन्छ भन्ने कुरा बिर्सेछौ कि ! संरक्षकविनाको सही झुक्याएर जबरजस्ती गराइएको अर्थ लाग्छ । तिम्रो हजुरबुबा त्यही भन्दै हुनुहुन्छ । फेरि यो कागज गराउँदा अंशियारहरू कसैलाई पनि साक्षी राखिएको देखिएन । पैत्रिक सम्पत्तिको अंशियार तिम्रो बुबामात्र होइन, सबैभन्दा नजिकको अंशियार तिम्रो हजुरआमा अझै पनि जिवित नै हुनुहुन्छ । तिम्रो काका पनि अंशियार नै हो ।”
“लौ ठिक छ, मानौँ तिमीले हजुरबुबाको राजीखुशीमै हालैदेखिको बकसपत्र गराएका हौ । तर, हजुरआमाले अदालतमा अंशमुद्दा राख्नुभयो भने उहाँले पैत्रिक सम्पत्तिको आधा हक पाउनुहुन्छ नै । तिम्रो कागजी भाषा त त्यही नै हो । कागज छ भनेर के मनपरी गर्न पाइन्छ ?”
ज्येष्ठ वडा सदस्यले मेरो कुरामा थप्नुभयो, “कागज गराएँ भनेर बाजे–बज्यैलाई सम्पत्तिबाट बेदखल गर्दा तिम्रो काकीले दुवै बुढाबुढीलाई घरबाट निकाल्नुभयो भने के गर्ने ?”
कान्छो छोराले भन्यो, “मैले अघिदेखि यही नै भनेको हो । मलाई पैत्रिक सम्पत्ति नदिएपछि मेरी श्रीमतीको नाउँमा रहेको घरमा मैले आमाबुवालाई राख्नुपर्छ भन्ने के छ ? अहिलेसम्म मैले आमाबुवालाई अन्याय गरेको छैन । वडा कार्यालय र समाजका अगुवाहरूमार्फत मेरो हक सुरक्षा गराइ पाऊँ ¤”
“कानुनी कागजमा लेखिएको कुरा पनि कहीँ वडाले मिलाउँछ, समाजले मिलाउँछ ? वाहियात कुरा । अदालत जाने नि, अदालत । अदालतमा ठूलो वकिल चिनेकै छु, न्यायाधीश पनि चिनेकै मान्छे हो । हामी जितिहाल्छौँ नि !” नाति जङ्गियो ।
“घमण्डले मान्छेको विनासमात्र निम्त्याउँछ बाबू ¤ अदालतले पनि एकैचोटी फैसला गर्ने होइन, मिलापत्रको निम्ति यही वडा कार्यालयमा नै पठाउँछ वा मेलमिलापकर्तामार्फत समाजमै मिलाउन जोड दिन्छ । समाज र हामीबाट भागेर कहाँ जान्छौ तिमी ? जालझेल गरेर अरूको सम्पत्ति कुम्ल्याउने मान्छेहरू समाजबाट एक्लिएका थुप्रै उदाहरणहरू छन् है ! त्यस्तो नियति तिमीले भोग्न नपरोस् !” महिला वडा सदस्यले फेरि पनि सम्झाउने प्रयास गर्नुभयो ।
“जे होला देखा जायगा । मलाई समाजको मतलब छैन । जाऔँ बुबा !” केटाले बुबालाई तानेर बाहिर लग्यो ।
“कसैका कुरा नसुन्ने मै हुँ भन्ने घमण्डी नातिकै कारण जेठो छोरो बिग्रेको हो हजुर !” बाजे भन्दै हुनुहुन्थ्यो ।
“चिन्ता नलिनुस् । म फेरि पनि नाति चाहिँलाई सम्झाउने प्रयास गर्छु । समाजका अगुवा र टोलवासीहरू बोलाएर फेरि बैठक डाक्छु र समस्या समाधान गर्ने प्रयास गर्छु । अदालत नै जान्छ भने पनि हामीसँग उपचार गर्ने तरिका छ । बरु कान्छो छोरोले बुबाआमाको चित्त दुख्ने काम नगर्नू है !”
जनप्रतिनिधिप्रतिको विश्वासमा लामो स्वास तान्दै उहाँहरूले हामीसँग बिदा माग्नुभयो । कान्छो छोरो पछिपछि लागे ।
नयाँ पुस्तामा नजानिँदोरूपमा विकास भइरहेको व्यक्तिवादी एवम् स्वार्थी सोच चिर्न हतारै भइसकेको अनुभव भयो ।
Leave a Reply