भर्खरै :

समाजवादी चीन र फासीवादी भारतबीच तुलना हुन सक्दैन

‘यो सन् ६२ को भारत होइन’ यो भारतीय सञ्चारमाध्यमहरूको ‘नारा’ हो । यो कुरा हरेक दिन मात्रै होइन, चीनसँग जोडिएका हरेक कार्यक्रममा पटक – पटक दोहो¥याइन्छ । यो थेगो नै बनेको छ । यो कुरा सुन्दा लाग्छ, सन् १९६२ पछि भारतले मात्र प्रगति गरेको छ । र, चीन ‘कुम्भकर्णको निद्रा’मा छ । चीनले कुनै, केही र कतै पनि प्रगति गर्न सकेको छैन । ‘सन् १९६२ मा जस्तै चीनले भारतलाई लज्जाजनक’ रूपमा हराउन सक्दैन । भारतीय फासीवादी शासकहरू विद्युतीय सञ्चारमाध्यममार्फत यसरी जतिसुकै चिच्याए पनि सन् ६२ को बेलाभन्दा पनि भारतको यथार्थ खराब छ ।
भारत महाशक्ति बनेको उद्घोष गर्दै बुरुक्कबुरुक्क उफ्रिरहेका भारतीयहरूको अगाडि चीनको ग्लोबल टाइम्सले सन् १९६२ मा चीन र भारतको अर्थव्यवस्था लगभग बराबर रहेको तर अहिले भारतको भन्दा चीनको अर्थतन्त्र धेरै ठूलो रहेको तस्बिर सार्वजनिक ग¥यो । ग्लोबल टाइम्सले अझ प्रस्ट पार्दै भन्यो, “यदि भारत र चीनको युद्ध भयो भने भारतलाई बढी नोक्सान हुन्छ ।” चीनको ग्लोबल टाइम्समा दुई देशको तुलनात्मक रिपोर्ट आएपछि भारतको दैनिक ‘भास्कर’ले पनि बिहीबार एक आर्थिक विश्लेषण प्रस्तुत गरेको छ ।
‘भास्कर’ले सन् १९६२ मा सीमायुद्ध हुँदा चीन र भारत दुई देशको क्षमतामा खासै फरक नरहेको स्वीकारेको छ । त्यतिबेला चीनको जिडिपी भारतको भन्दा १२ प्रतिशत मात्रै बढी थियो । चीनले सन् १९८० देखि ३९ वर्षभित्रमा ७५ गुना आर्थिक प्रगति ग¥यो । आज भारत र चीनबीचको जिडिपीमा ५ गुनाभन्दा धेरै फरक परिसकेको छ । सेवा र सामान निर्यातमा भारतको २.६ प्रतिशत योगदान छ भने चीनको १८ प्रतिशत योगदान छ । यसमानेमा विश्वव्यापी व्यापारमा भारतभन्दा चीन १४.४ प्रतिशतले अगाडि छ । भारतको रक्षा बजेट ४७ खरब छ भने चीनको ४ गुना बढी अर्थात् १८८ खरब छ । सन् ६२ मा ४१ प्रतिशत अन्तर रहेको जनसङ्ख्या अहिले ४ प्रतिशतमा झरेको छ । भारतले जनसङ्ख्या वृद्धिमा मात्र अन्तर घटाएको छ । दुई देशको प्रगतिमा देखिएको अतुलनीय भिन्नताले ‘यो सन् ६२ को भारत होइन’ भन्ने भनाइमा कुनै तुक देखिँदैन ।
‘भास्कर’ले यसअघि असार २२ गते पनि भारत र चीनको तुलनात्मक तथ्याङ्क प्रस्तुत गरेको थियो । सन् १९८० मा भारतको जिडिपी १८६ अरब डलर र चीनको जिडिपी १९१ डलर रहेकोमा अहिले चीनको जिडिपी भारतको भन्दा करिब ७ गुना बढी भएको जनाएको छ । चीनमा प्रतिव्यक्ति आम्दानी ३० हजार ७३३ युआन अर्थात् ३ लाख २८ हजार भारतीय रूपैयाँ छ भने भारतको प्रतिव्यक्ति वार्षिक आम्दानी १ लाख ३५ हजारमात्र रहेको छ । साथसाथै, डिसेम्बर २०१९ सम्ममा भारतको विदेशी ऋण ४०१ खरब ८० अरब छ भने २०१९ सेम्टेम्बरसम्ममा चीनको १ खरब ५० अरब विदेशी ऋण रहेको छ ।
पछिल्लो तथ्याङ्कमा चीन र भारतको जनसङ्ख्यामा खासै अन्तर छैन । १ अरब ३९ करोड २७ लाख चीनको जनसङ्ख्या छ भने भारतमा १ अरब ३८ करोड ७२ लाख छ । अर्थात्, दुई देशको जनसङ्ख्यामा ५५ लाखमात्र फरक छ । तर, यी दुई ठूला जनसङ्ख्यामा शिक्षित र अशिक्षित, रोजगार र बेरोजगार अनि गाउँमा बस्ने र सहरमा बस्नेबीचको भिन्नतामा भने डरलाग्दो अन्तर देखिन्छ । चीनमा १ अरब ३५ करोड ५६ लाख शिक्षित छन् भने भारतमा ७६ करोड ३६ लाखमात्र पढ्न लेख्न जान्ने मानिस छन् । भारतमा ३४ प्रतिशत जनसङ्ख्या अशिक्षित छ भने चीनमा २.५ प्रतिशत मात्रै पढ्न लेख्न नजान्ने मानिस छन् । भारतमा ६.१ प्रतिशत बेरोजगारी दर छ भने चीनमा ३.६ प्रतिशत बेरोजगारी दर छ । भारतमा ३६ करोड २५ लाख कामदार जनशक्ति छ भने चीनमा २ गुना बढी अर्थात् ७८ करोड ८ लाख कामदार जनशक्ति छ ।
मे महिनादेखि सिमानामा भारतीय सेना र चिनियाँ जनमुक्ति सेनाबीच घम्साघम्सी हुन थालेपछि भारतीय समाचार टीभीमा दिनदिनै जसो भारतीय र चिनियाँ सैन्य क्षमताको पनि तुलना देखाउने गरिएको छ । वायु, जल तथा स्थल क्षेत्रबाट युद्ध लड्न प्रयोग हुने हतियार, मेसिन, जहाज अनि सैनिक सङ्ख्यासमेतमा चीनभन्दा पछाडि परेपछि भारतीय मनोबल बढाउन ती टीभी प्रस्तोताहरूले गज्जबको भाष्य आविष्कार गरेका छन् । चिनियाँ जनमुक्ति सेना भनेका देशका सेना होइनन्, कम्युनिस्ट पार्टीका सेना हुन् । तिनीहरूलाई जबरजस्ती पार्टीले लड्न पठाएको हो । भारतीय सेना देशको सेना हो । देशको निम्ति मर्न परेपनि पछाडि नहट्ने भावनाका साथ भर्ति भएका सेना हुन् । सेना भनेको नै आफ्नो देशको भूमि र सार्वभौमसत्ता रक्षा गर्नको निम्ति प्राण आहुति दिन पनि तयार भएको शक्ति हो । तर, भारतीय सेनाकै हकमा सेनाको यो आधारभूत तत्व नै मेल खाँदैन । किनभने, भारतीय सेनामा गोर्खा रेजिमेन्टलगायतका लाखौँ सैनिकहरू आफ्नो देशको लागि भर्ति भएका होइनन्, रोजगारीका लागि भारतीय सेनामा भर्ति भएका हुन् । जसले आफ्नो सेना बलियो बनाउन विदेशी नागरिकलाई भर्ति गराएको छ उसैले चिनियाँ जनमुक्ति सेनाको देशभक्तिपूर्ण समर्पणमा औँला उठाउन खोज्नु आफैमा हास्यास्पद कुतर्क हो । चिनियाँ कम्युनिस्ट पार्टीको सबल नेतृत्व र पार्टीको निर्देशनअनुसार देश र जनतामा समर्पित अनुशासित जनताकै कारण आज चीन दरिलो आत्मविश्वासका साथ चुनौतिहरू सामना गर्न क्षमतावान् भएको हो । आत्मसुधार र कडा आत्मानुशासन कायम गर्न हिम्मत गर्न सक्नु नै चिनियाँ कम्युनिस्ट पार्टीको सबभन्दा महत्वपूर्ण विशेषता बनेको छ । त्यसकारण, चिनियाँ जनमुक्ति सेनालाई कम्युनिस्ट पार्टीको मात्र सेना हो भनी खिल्ली उडाउन खोज्नु स्वयम् भारतीय सेनाहरूलाई उत्तेजित पारी आगोमा झोस्नुमात्रै हो ।
सेनाबारे नयाँ भाष्यले भारतीय शासकहरू भूअखण्डताप्रति जिम्मेवार हुनुभन्दा पनि चिनियाँ कम्युनिस्ट पार्टीको सिद्धान्त र आचरणबाट अत्तालिएको प्रमाणित गर्दछ । भारतीय जनताले पनि चीनमा जस्तो रोजगारी, शिक्षा, स्वास्थ्य र सुव्यवस्था खोज्लान् भनेर नै चीनप्रति द्वेष फैलाउन नै निश्चित नगरिएको सीमामा निहुँ खोज्न भारतीय शासकहरू अघि सरेका भन्ने सिद्ध हुन्छ । जनताको आधारभूत आवश्यकता पूरा गर्नभन्दा पनि सीमा क्षेत्रमा पूर्वाधार बनाउने नाममा छिमेकी देशहरूसँग कलह चर्काउन भारतीय शासकहरू उद्दत रहेको प्रस्ट हुन्छ ।
फासीवादी भारतीय लोकतान्त्रिक व्यवस्था र चिनियाँ विशेषतासहितको समाजवादी व्यवस्थामा कुन उत्तम हो ? भनी छुट्याउन कोभिड–१९ ले झन् सहज बनाइदिएको छ । चीनमा स्वतन्त्रता छैन, मानवअधिकार छैन भनी कोकोहोलो मच्चाउने पुँजीवादी, फासीवादीहरूले पनि देखे कि चीनमा कसरी कोभिड–१९ को व्यवस्थापन भयो ? कोभिड–१९ को रोकथाम र उपचारसँगसँगै त्यसबाट उत्पन्न दैनिक जिविकाको सङ्कटलाई कसरी किनारा लगायो ? कोभिड–१९ सङ्क्रमण पैmलिन नदिन राज्य आफै कति जिम्मेवार हुनुपर्ने रहेछ ? चीन सरकारले विदेशीसहित सबै सङ्क्रमितहरूको उपचार तथा उचित व्यवस्थापन ग¥यो । लकडाउनमा भोकै भएर कोही भौँतारिनु परेन । विदेशमा सङ्क्रमण नफैलियोस् भनेर नै चीनले स्वदेश फर्किन चाहने विद्यार्थीलगायत विदेशीहरूको स्वास्थ्य परीक्षणको व्यवस्था ग¥यो । चिनियाँ विशेषतासहितको समाजवादी व्यवस्था भएकै कारण चीन कोभिड–१९ सँग विजय हासिल गर्न सफल भएको हो ।
जबकि भारतमा कोभिड–१९ आज पनि भयावहरूपमै फैलिरहेको छ । अचानक कोभिड–१९ को सङ्क्रमणमा परेको चीन आज २२ औँ स्थानमा झर्दा कोभिड–१९ को प्रतिरोध गर्न पूर्वतयारी गरेको भारत आठ लाखभन्दा बढी सङ्क्रमितसहित तेस्रो स्थानमा चढिसकेको छ । फासीवादी मोदी सरकार जनताप्रति जिम्मेवार नभएकै कारण करोडौँ करोड मजदुर भोकभोकै पैदलै हजारौँ किलोमिटर हिँड्न बाध्य भए । कति बाटामै मरे, कति रेलमै मरे ¤ कतै हिसाब छैन । उपचार त के खाना र बस्नकै अभावमा लाखौँ लाख नेपाली नै लखेटिए । भारतीय खराब शासन व्यवस्थाकै कारण नेपालमा पनि कोभिड–१९ सङ्क्रमितहरूको सङ्ख्या हजारौँ पुगेको हो भन्ने दाबी गर्न कतै सन्कोच मान्नुपर्ने अवस्था छैन ।
फेरि पनि फासीवादी भारतीय लोकतन्त्रमा वाक–स्वतन्त्रता, मानवअधिकार रहेको भ्रम फैलाउनेहरूले स्पष्ट पारून् कि मोदी सरकारको विरोध गरेकै कारण जुलाईको पहिलो हप्तामै प्रतिपक्षी दलका नेता प्रियङ्का गान्धीलाई दिल्लीस्थित लोधी स्टेटको सरकारी बङ्गला खाली गर्न उर्दी किन दिइयो ? भारतीय लोकतन्त्रको अर्को स्वतन्त्रता भनेको हिजो कोभिड–१९ बाट मरिएला भनी बम्बईलगायत औद्योगिक सहरबाट गाउँमा भाग्न पाउनु र आज गाउँमा भोकै मरिएला भनेर बम्बईलगायत सहरमा कोभिड–१९ लाई बेवास्ता गरी छिर्न पाउनु मात्रै रहेछ । खासमा त्यहाँ जीवनको कुनै सुनिश्चिता छैन, तावाको माछा भुँग्रोमा परे जस्तो ¤ त्यसैले फासीवादी भारतीय लोकतान्त्रिक व्यवस्था वा भारत र चिनियाँ व्यवस्थासहितको समाजवादी व्यवस्था वा चीनबीच कुनै पनि कोणबाट तुलना हुन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *