नेपालभाषा साहित्य तःमुंज्याको ऐतिहासिक कदम !
- कार्तिक ७, २०८३
(प्रस्तुत लेखको पहिलो खण्ड जेठ २२ र २३ को ‘मजदुर’ दैनिक र दोस्रो खण्ड असार ५ र ६ गते प्रकाशित छ ।)
ठुलठुला भौतिक संरचना, विद्युतीय प्रणाली, सुपरमार्केट, स्विमिङ पुल, सुविधा सम्पन्न विद्यालय, विश्वविद्यालयलगायत थुप्रै विलासिताका संरचनाहरू निर्माणमा सन् १९७० देखि नै जापान उकालो चढ्दै थियो । जापानी नयाँ पुस्ता एवम् युवाहरू समयानुसार आधुनिक बन्दै थिए तर तिनीहरूसँग व्यक्तिवादको गुञ्जायस थिएन, सामाजिक भावना थियो । सार्वजनिक ठाउँहरू सुरक्षित रहने, चोरी, डकैतीका घटना नहुने, मानिसहरू अत्यन्त शिष्ट र झुकेर अभिवादन गर्ने संस्कारयुक्त समाज हुर्कंदै थियो । जापानीहरू के कुरामा विश्वास गर्थे भने, “बेरोजगारी बेरोजगार मानिसको समस्या होइन बरु सारा समाजको समस्या हो ।” नयाँ मानिसलाई एयरपोर्ट र ट्रेन गाडी स्टेसनहरूमा अलमल नहुने बन्दोबस्त, समयमै काम गर्ने गराउने बन्दोबस्त जापानले ग¥यो । सम्पूर्ण आधुनिक सुविधा सम्पन्न जापानी समाजमा मूल्यमान्यता, संस्कार, अनुशासनको पनि उत्तिकै उच्च स्थान थियो । जापानी समाजशास्त्री ची नाकानी (Chie Nakane) ले भनेका थिए, “जापान बाहिरबाट हेर्दा पश्चिमजस्तै देखिन्थ्यो तर भित्र जापान जापानी नै थियो ।”
१९ औँ शताब्दीमा औद्योगीकरणलाई अगाडि बढाउने एसियाली देशमा जापान नै मात्र एउटा देश थियो । औद्योगिक कारण र विकासको सन्दर्भमा पश्चिमको अनुकरण गर्ने देशमा जापान नै सफल देश बन्यो । सन् १९१४ अगाडि नै औद्योगीकरणलाई विशेष महत्व दिएको जापानले पुनः सन् १९३९ अगाडि औद्योगीकरणलाई तिव्रता दियो । सन् १९४५ बाट जापानले पूर्वी एसियाको ठुलो भागलाई आप्mनो उपनिवेश बनायो, औपनिवेशिक रणनीति पश्चिमको अन्धनक्कल थियो भन्ने दृष्टान्तहरू पुस्तकभित्र भेटिन्छन् । सन् १९८० को दशकसम्ममा त प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादनको ठुलो भाग अझ भनौं पश्चिमको प्रतिव्यक्ति कुल गार्हश्थ उत्पादनको ठुलो हिस्सा जापानले लियो । जापान एक प्रभावशाली आर्थिक मोडलसहित अगाडि बढिरहेकै बेला सन् १९५० को दशकमा पूर्वी एसियाली बाघहरूले आप्mनो आर्थिक उडान भर्न सुरु गरेका थिए । एसियाको आधुनिताबारे जान्न–बुझ्न र अध्ययन गर्न इच्छुक जो कोहीले जापानबाट अध्ययन थाल्न सुझाउनुहुन्छ, मार्टिन । उहाँका अनुसार एसियामा आधुनिकताको सुरुवातमा जापान उत्कृष्ट र पहिलो उदाहरण हो । त्यतिमात्र होइन जापान पूर्वी एसियाको एउटा हिस्सा पनि हो र हरेक हिसाबले पृथक पनि रह्यो ।
जापान कहाँबाट आयो ?
जापान दुई महत्वपूर्ण सभ्यतासँग संलग्नता राखेको देश हो, आज पनि धेरै क्षेत्रमा त्यो सानिध्यता कायम नै देखिन्छ । जापानले ५ औँ र ६ औँ शताब्दीमा चीनको सभ्यता र १९ औँ र २० औँ शताब्दीमा पश्चिमेली सभ्यता पछ्याएको बताइन्छ । जापानको इतिहास चीनबाट प्रभावित इतिहास हो । इतिहासको त्यो कालखण्ड जतिबेला चीन असाध्यै सभ्य, परिष्कृत र उन्नत देश कहलिन्थ्यो । चीनसँग जोडिन अघि जापानसँग आप्mनो लेखन लिपि प्रणालीसमेत थिएन । धेरै चिनियाँ शैली र विशेषतालाई जापानले जापानीकरण गरी मौलिकता प्रदान ग¥यो । त्यतिमात्र होइन चिनियाँ लिपिसँग मिश्रण गरी नयाँ खालको लिपि अर्थात् लेखन शैली आविष्कार ग¥यो, त्यसैलाई जापानी शैली भनियो । त्यसरी मिश्रण गर्न त्यति सजिलो थिएन किनभने दुवै भाषा आफैँमा जटिल, कठिन र एक अर्कोसँग असम्बन्धित थिए । मार्टिन जोड दिनुहुन्छ, “चिनियाँ साहित्यिक एवम् शैक्षिक परम्परा नै जापानी संस्कृतिको आधारशीला बन्यो ।” ताओवाद ( Taoism), बौद्ध दर्शन (Buddhism) र कन्फुसियसको दर्शन (Confucianism) चीनबाटै जापानमा प्रवेश गराइएको हो । जापानी मूल्यमान्यता, संस्कार, परम्परामा गहिरोसित चिनियाँ प्रभाव थियो । चिनियाँ विचार र दर्शनले जापानको सामाजिक, नैतिक, राजनीतिक, धार्मिक विचारको विकासलगायत शिक्षा र संस्कृतिको क्षेत्रमा अद्वितीय योगदान गरेको इतिहासले देखाउँछ । जापानमा थुप्रै शताब्दीसम्म चीनको प्रभाव रह्यो । पश्चिमसँग सन् १८६८ मा मेइजी पुनस्र्थापना नभएसम्म त्यो प्रभाव कायम नै रहेको बताइन्छ । चिनियाँ सभ्यताको सर्वोच्चताले जापानीहरूको मस्तिष्क प्रभावित र पोषित थियो भन्ने बुझ्न थुप्रै आधार प्रस्तुत गरिएको छ ।
दुवै देश लामो समयसम्म वंश प्रणालीले शासन गरेका देशहरू हुन् । यद्यपि, दुवै देशमा उल्लेख्य भिन्नताहरू मार्टिनले केलाउनुभएको छ । पहिलो, चीनको इतिहासमा ३६ डाइनेष्टिले (राजवंश) शासन गरे भने जापानमा १७०० वर्षसम्म एउटै जापानी शाही परिवारले शासन ग¥यो । दोस्रो, चिनियाँ डाइनेष्टिले सम्पूर्ण शक्ति प्रयोग गरे भने जापानी शाही परिवारले गर्न सकेन । जापानमा दोहोरो तेहोरो सरकार बन्थ्यो जसलाई सेना नायकले चलाउँथ्यो । टोकुगावा युग (१६०३–१८६७) मा साँचो राजनीतिक शक्ति र अधिकार सेनाले प्रयोग गरेको थियो जसको नेतृत्व सेनाध्यक्षले गरे । त्यतिबेला शाही परिवार साङ्केतिक या सेरेमोनियल थियो ।
मेइची पुनस्र्थापना Meiji Restoration अघिको २५० वर्ष अर्थात् टोकुगावा युगमा उच्च केन्द्रीकृत र औपचारिक एवम् व्यवस्थित सङ्घीय प्रणाली अभ्यास भयो । जापानी समाजमा शाही परिवार (देवीदेवतालाई छोडेर) ४ वटा श्रम या जातिको आधारमा विभाजन भयो । ती हुन् – लडाकु (Warriors), किसान, कारिगर (Artisans), व्यापारी (Marchants) । यीबाहेक कामका हिसाबले छुन नहुने जात भनेर पनि छुट्याइएको पाइन्छ । जुन परिवार वंश या जातिमा जन्म भयो त्यहीअनुसारको लवाइ, बसाइ र रहनसहन विकास भयो । त्यही युगमा चीन नागरिक अर्थात् असैनिक कन्फुसियन देश बन्यो भने जापान सैन्य कन्फुसियन देशको रूपमा अगाडि बढ्यो । १७ औँ शताब्दीको सुरुआतीमा टोकुगावा परिवारले जापानलाई बाहिरी विश्वसँग अलग अर्थात् जापानलाई बन्द गरिदियो । क्रिस्चिया नीति लाद्यो । जापानी मान्यता र धार्मिक परम्पराहरूको सवालमा वैदेशिक प्रभाव अस्वीकार ग¥यो । त्यो समयमा युरोपेली जहाजले जापानी बन्दरगाह प्रयोग गर्न पाउँदैनथ्यो, डच भने अपवाद थियो । व्यापारका निम्ति पनि जापान खुला बनेन । त्यही समयमा थुप्रै गतिशील परिवर्तनहरू भए । जापान एक एकताबद्ध समुदायको रूपमा विकास भएको देश बन्यो । भाषा परिष्कृत गर्ने, प्रदेशबीच आपसी सौहार्द सम्बन्ध विस्तार र साझा नीति नियम, मूल्यमान्यता हुर्काइयो । त्यो समय नै जापान आधुनिक राष्ट्रिय राज्यमा पदार्पण गर्ने सुरुआती समय बन्यो । ठुलठुला महलसहितका सहरहरू बन्न थाले । सम्पूर्ण प्रदेशहरूलाई जोड्ने सडक सञ्जाल निर्माण गरिए । जसले देशलाई एकतामा त बाँध्यो नै साथै ती सहरहरू जीवन्त व्यापारको केन्द्र बन्न सघायो । टोकुगावा अवधिको अन्त्यतिर इडो र टोक्यो दशौँ लाख जनसङ्ख्यासहित ठुलो लण्डनको रूपमा चिनियो । ओसाका, क्योटो, नागोया र कानाजावा पनि ठिक्कको जनसङ्ख्यासहित उदाउँदै थियो ।
सन् १८०० मा जापानको अर्थतन्त्र उत्तर–पश्चिम युरोपसँग तुलनायोग्य बन्यो । यद्यपि, चीन र युरोपजस्तै जापान पनि स्रोत साधनको सीमितताबाट प्रभावित नै थियो । सन् १८६८ तिर मेइची पुनस्र्थापनाको पूर्वसन्ध्यामा जापानको समाजमा सैन्य जाति प्रशासनिक वर्गमा फेरिए । यद्यपि, सो समाज कन्फुसियन परम्पराको प्रभावकारी प्रशासनमा खडा भयो । तिनको ज्ञान र प्रक्षेपण अनिवार्र्यरूपमै सैन्य, वैज्ञानिक तथा प्राविधिक थियो न कि तिनका प्रतिद्वन्द्वी चिनियाँजस्तो साहित्यिक या शैक्षिक थियो । यो खालको झुकाव र विशेषताले सन् १८६८ पछिको समय अर्थात् पोस्ट १८६८ को जापानी प्रकृति र विशेषता प्रभावित बन्यो ।
मेइची पुनस्र्थापना
सन् १८५३ मा टोकुगावा युगको शान्ति र स्थिरता टोक्यो बे अफ कोमोेडोरे पेरीमा अमेरिकी नौसेना अधिकारीको उपस्थितिले बिथोल्यो । जापानलाई पनि व्यापारको लागि खुला हुन बाध्य पारियो । जापानलाई एक्लो बस्न दिइएन । अन्य देशहरूले जस्तै १९ औँ शताब्दीमा जापानले पनि पश्चिमलाई बेवास्ता गर्न सकेन । सन् १८५८ सम्ममा जापानले निरन्तर आक्रमणको धम्की सामना गर्नुप¥यो । जापानले थुप्रै असमान सन्धिहरूमा हस्ताक्षर गर्नुप¥यो । अत्यन्त प्रतिकुल सर्तहरूमा पनि देशलाई व्यापारमा खुला गर्ने सम्झौता स्वीकार्नुप¥यो । थुप्रै असमान सन्धिहरूले जापानको सार्वभौमिकतामै खलल पु¥यायो । जापानमा पश्चिमा देशहरू बेलायत, अमेरिका, फ्रान्स र डचको हस्तक्षेप र क्रियाकलाप बढ्यो । टोकुगवा शासन पक्षघातजस्तै भयो । नयाँ मेइची शासन उदायो जुन सन् १८६८ देखि १९१२ सम्म चल्यो ।
तत्कालीन समयमा पश्चिमलाई उपेक्षा नगर्नुको विकल्प जापानसँग थिएन नत्र थुप्रै चुनौती (बर्बरता) सामना गर्न तयार रहनुपथ्र्यो । चिनियाँ सभ्यताको प्रभावले स्थापित जापानको समाजमाथि निरन्तर पश्चिमी हमला भई नै रह्यो । विशेषतः कुलीन वर्गलाई तुरून्तै पश्चिमी ढाँचा अङ्गाल्न चेतावनी दिई नै रह्यो । त्यतिमात्र होइन देशको सार्वभौमिकता र स्वतन्त्रता जोगाउन अफिम युद्धले गुमेको चीनको प्रभावबाट अछुतो रहन जापानलाई पश्चिमको दबाब थियो । नभन्दै करिब दुई दशकमै जापानमा निर्मित नयाँ सङ्घसंस्थाहरूमा पश्चिमा अनुभव हाबी देखियो । जापानले युरोप र संरा अेमेरिकाबाट राम्रा पक्षहरू सिक्नका निमित्त राजदूतहरू पठायो । फरक–फरक क्षेत्रका निम्ति छुट्टाछुट्ट्रै देशहरूबाट सिक्ने प्रक्रिया अत्यन्त व्यवस्थित ढङ्गले अगाडि बढ्यो । प्रतिफल चाँडै नै देखिन थालेको थियो । सन् १८७३ मा जापानमा अगाडि सारिएको शिक्षा प्रणाली फ्रान्सेली शिक्षा प्रणालीको नमुना थियो । जलसेना बेलायत, सेना फ्रान्स र पछि जर्मनीमा आधारित ढाँचाअनुसार अगाडि बढ्यो । रेलको बन्दोबस्तीमा बेलायतबाट भने विश्वविद्यालयहरू अमेरिकी नमुनाबाट सिक्यो । सन् १८७१ र १८७६ को अवधिमा युरोपबाट करिब ३०० जना विशेषज्ञलाई जापानका विभिन्न सङ्घसंस्था र सरकारले आमन्त्रण गरेको सन्दर्भ पुस्तकमा छ । ती विज्ञहरूले जापानको निर्माण र योजना बनाउने प्रक्रियामा सघाए । यसरी जापान एउटा अलग बसेको देशबाट विस्तारै अन्य देशहरूसँग अन्तरक्रियामा उत्रियो । तर, एउटै देशको अत्यधिक प्रभावबाट विमुख हुँदै, थुप्रै देशहरूको बेग्लाबेग्लै विशेषताबाट सिक्दै अगाडि बढ्यो । सन् १८७० को दशकबाट सरकारले नयाँ बनेको उद्योगबाट निर्यात सुरु ग¥यो र त्यहीँबाटै जापानले एउटा पुँजीपति वर्गको पनि विकास थाल्यो । ती वर्गमा केही पहिलेका लडाकु जाति पर्दथे । नयाँ पुँजीपति वर्गसँग दुई फरक विशेषता थियो । पहिलो, तिनको अस्तित्व र स्थान बृहत् स्तरमा सरकारको संरक्षणबाट निर्मित थियो । त्यसकारण, शक्तिशाली दायित्वको बन्धन सम्भव भयो । दोस्रो, ती उद्यमीभन्दा पनि प्रशासनिक तालिम र स्वभाव लिई हुर्केका थिए । यही वर्ग मेइचीपछिको जापानको हलमार्क बन्यो । मेइची पुनस्र्थापनाले परिवर्तनका केही विशेषताहरूको उदय गराएको बताइन्छ । पुनस्र्थापनाको उद्देश्य जापानलाई एउटा आधुनिक राज्य निर्माण गर्ने र देशको सङ्घीय विरासत जोगाउनु थियो । पुनःस्र्थापनाको नेतृत्व उही पुरानो लडाकु जाति र अस्तित्वमा रहेको कुलीन शासक वर्गले गरेका थिए जो समयक्रमले प्रशासनिक नेतृत्वमा फेरिए । पुराना कुलीन वर्गले बर्वर चुनौतीको मुकाबिला गर्ने भन्दै आप्mनो शक्ति र अधिकार स्थापित नै राखे । त्यसकारण जापान एउटा रुढीवादी देशको रूपमा पनि गनियो । आप्mनो इतिहासको निरन्तरता अर्थात् आप्mनो मूल्यमान्यता, परम्परा, जीवनशैलीको निरन्तरतालाई जापानले जोड दियो । आधुनिकीकरणको होडमा पश्चिमी प्रभावका बीच आप्mनो मूल्यमान्यता जोगाउनु पनि एक किसिमको क्रान्ति नै थियो, रगत नबगेको क्रान्ति । पुराना कुलीन वर्ग आप्mनो जीवनशैली, परम्परा, मान्यता, पारिवारिक ढाँचा, सम्बन्ध र वंशज प्रणाली जोगाउन धेरै हदसम्म सफल रहे । मेइची पुनस्र्थापना यसरी पुराना जापानी शासक र कुलीन वर्र्गको लचकता, भित्री शक्ति र अनुकूलनको क्षमताको प्रमाण बन्यो ।
यो युरोपका अन्य परिवर्तनहरूभन्दा फरक थियो । जस्तै फ्रान्सेली क्रान्तिले देशभित्रका अर्थात् आन्तरिक पुँजीपति वर्गलाई उदय ग¥यो भने मेइची पुनस्र्थापनाले बाहिरी चुनौती र धम्कीको सामना गर्दै विस्तारवादी पश्चिमीविरुद्ध नयाँ वर्गको जन्म दियो । यो नै युरोप र बाँकी विश्वको भूराजनीतिको अन्तर थियो । युरोप शक्तिमा थियो र विश्वको नेतृत्व गर्नुका साथै सिकार पनि गर्दै थियो र बाँकी विश्व भने युरोपको शक्ति र विस्तारवादी नीतिसँग सामना गर्ने बाटाहरू पहिल्याउँदै थिए । यो परिदृश्यबाट जापानको ‘पुनस्र्थापना’ किन कुलीन वर्गको नेतृत्वमा गर्नुप¥यो भन्ने प्रश्नको जवाफ मिल्छ । उदीयमान विरोधी समूह र व्यापारी वर्गबाट पश्चिमका धम्की अर्थात् बाहिरी शक्तिसँग मुकाबिला गर्न नसक्ने स्थिति थियो ।
Leave a Reply