भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, ३० असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाभित्रका सांस्कृतिक समूहहरूसँग गाईजात्रा पर्व २०७७ सञ्चालनबारे मङ्गलबार छलफल कार्यक्रम भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले कोरोना भाइरस रोग नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले विदेशबाट फर्केकाहरूलाई अनिवार्य क्वारेन्टिनको व्यवस्था गरिरहेको बताउँदै समुदायस्तरमा कोरोना फैलिए नियन्त्रण गर्न निकै गा¥हो हुने बताउनुभयो ।
कोरोना महामारीकै कारण देशकै अर्थतन्त्र खस्किरहेको अवस्थामा भक्तपुर नगरपालिकालाई पनि आर्थिक भार परेको चर्चा गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आन्तरिक पर्यटनलाई वृद्धि गरी आत्मनिर्भर बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।
लकडाउनको समयमा पनि भक्तपुरका विकास निर्माण कार्यहरू चालू रहेको स्मरण गर्दै उहाँले देशकै अग्लो ऐतिहासिक ङातापोल मन्दिर जीर्णोद्धारमा नगरवासीहरूले गरेको जनश्रमदानका कारण अनुमानित लागतभन्दा आधा बजेटमा ङातापोल मन्दिर जीर्णोद्धार कार्य सम्पन्न भएकोमा सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
जुनसुकै समयमा आइपर्ने अप्ठ्यारो परिस्थितिमा सबैले आफूले सक्दो सहयोग र योगदान गर्नुपर्नेमा जोड दिँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले लोप भइसकेको भक्तपुरको दरबार क्षेत्रमा अवस्थित लापां देगको पुनःनिर्माण गर्ने सोचका साथ अगाडि बढिरहेको बताउनुभयो ।
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस रोगलाई बेवास्ता गरेका देशहरूमा निकै भयावह स्थिति आएको हुँदा रोगको जोखिम न्यूनीकरण गर्न भक्तपुर नगरपालिकाले गाईजात्रालगायतका जात्राहरूलाई औपचारिकतामा सीमित गर्ने योजना तय गरेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले कोरोना रोगको जोखिमका कारण भक्तपुरको सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नाच तथा प्रदर्शनीहरू समय र परिवेशअनुसार परिमार्जन र परिष्कृत गर्दै लानुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुरका मूर्त अमूर्त सम्पदा र संस्कृतिहरू यहाँको पहिचान भएको बताउँदै कोरोना सङ्क्रमित रोगीहरूसँग सम्पर्क हुन नदिन नजिकिँदै गरेका जात्रा तथा पर्वहरूलाई औपचारिकतामा सीमित गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
छलफल कार्यक्रममा जात्रासँग सम्बन्धित सांस्कृतिक गुरु र सांस्कृतिक समूहका प्रतिनिधिहरूले कोरोना सङ्क्रमणको जोखिमका कारण अरू जात्रा र पर्वजस्तै अब आउने जात्रालाई पनि औपचारिकतामा मात्र सीमित गर्नुपर्ने, ठुलो भीड जम्मा हुने कुनै किसिमको सांस्कृतिक प्रदर्शनीमा रोक लगाउनुपर्ने, जनतालाई यो रोगबारे निरन्तर सचेत बनाउँदै लानुपर्नेलगायतका राय–सुझावहरू दिनुभएको थियो । जात्रा सञ्चालनबारे भक्तपुर नगरपालिकाको औपचारिक निर्णयको लागि पनि उहाँहरूले आफ्नो धारणा राख्नुभयो ।
गाईजात्राबारे भक्तपुर नगरपालिका नगर कार्यपालिकाको मङ्गलबार बसेको बैठकले ऐतिहासिक तथा सांस्कृतिक नगरी भक्तपुरमा २०७७ साउन ४ गते गथामग च¥हे र साउन १९ गतेदेखि २७ गतेसम्म गाईजात्रा (सापारु) पर्वमा एकै ठाउँमा सयौँको सङ्ख्या जम्मा हुने हुँदा कोरोना भाइरस (कोभिड–१९) रोगको महामारीको जोखिम बढ्ने खतरा हुने भएकोले सरोकावाला संस्कृतिकर्मीहरूको नगरस्तरीय भेलाबाट प्राप्त राय सुझावअनुसार गथामग च¥हेको दिन गथामग नबनाउन र गाईजात्रा सापारु औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र परम्परागत एवम् आधुनिक सांस्कृतिक प्रदर्शनी नगर्ने निर्णय गरेको छ ।
Leave a Reply